Published On:Monday, May 11, 2015
Posted by my storry
मनोरञ्जनात्मक वातावरणमा कक्षा सञ्चालन गरिने
काठमाडौँ, २८ वैशाख ।
नेपाल शिक्षक महासङ्घले आगामी जेठ १ गतेदेखि भूकम्प प्रभावित जिल्लामा पनि विद्यालय खोली मनोरञ्जनात्मक वातावरणमा पठनपाठन गराउने भएको छ । विद्यार्थीलाई प्राकृतिक विपद्का कारण मनोवैज्ञानिक असर परेको हुनसक्ने भएकाले परामर्श दिँदै मनोरञ्जनात्मक वातावरणमा कक्षा सञ्चालन गर्न लागिएको हो । शिक्षकहरूको छाता संस्था मानिने महासङ्घका महासचिव तिलक कुँवरका अनुसार जेठ १ अगाडि विद्यालयमा सरसफाइ गरिनेछ ।
उहाँले विद्यालयमा शिक्षक कर्मचारी उपस्थित भई सरसफाइ, राहत सङ्कलनमा सहयोग, राहत कोषमा वृद्धिका कार्यक्रमा जुट्न पनि आह्वान गरिएको बताउनुभयो । भूकम्प प्रभावित १४ जिल्लाका अधिकांशका विद्यालय भवन भत्किएकाले अस्थायी टहरा र वैकल्पिक व्यवस्था गरेर कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयले तयारी गरिरहेको छ । रासस


