Published On:Tuesday, March 3, 2015
Posted by Unknown
जेठ १५ भित्र संविधान ल्याऔ
२० फागुन, काठमाण्डौ - संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ढिलोमा पनि जेठ १५ भित्र नयाँ संविधान जारी गर्ने लक्ष्य सहित तत्काल काम थाल्ने प्रस्ताव गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
सभाध्यक्ष नेम्वाङले मंगलबार प्रमुख दलका मुख्य सचेतकहरुसंगको बैठकमा ढिलामा पनि आउदो गणतन्त्र दिवसमा संविधान जारी संविधान जारी गर्नेगरी विवादीत अन्तरबस्तु र प्रक्रियामा सहमति गर्न दलहरुलाई आग्रह गरेका हुन् ।
एक वर्षमा संविधान निर्माणको प्रतिवद्धता जनाएका दलहरुले संविधानसभाको कार्यकाल तीन वर्ष बाँकी छ भनेर बस्न नमिल्ने उल्लेखगर्दै नेम्वाङले मस्यौदामा जनताको सुझाव संकलन सहितका बाँकी प्रक्रिया पुरा गर्न तत्कालै काम थाल्नुपर्ने बताएका हुन् ।
प्रतिपक्षी मोर्चा र नागरिक समाज समेतको अनुरोधमा संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको १९ दिन पुगेको उल्लेखगर्दै नेम्वाङले सार्थक वार्ताबाट संविधानसभा स्थगनको औचित्य पुष्टि गर्न सचेत गराएका हुन् ।

.jpg)