Published On:Saturday, December 13, 2014
Posted by dadad
रामेछापमा करेन्ट लागेर ३ जनाको मृत्यु
२८ मंसिर, रामेछाप । रामेछापको दोरम्बामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
घरमा विद्युतीय उपकरणमा आगो लाग्न थालेपछि घरको मेन स्वीच अफ गर्ने क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा दोरम्बा ५ का २५ वर्षकी चन्डिका तामाङ, ६५ वर्षका इन्द्रबहादुर थापा मगर र दोरम्बा ७ का ६० वर्षका अम्बरबहादुर थापा मगर रहेका छन् ।
करेन्ट लागेका एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
रामेछापमा वितरण गरिएको ११ हजार भोल्टेज विद्युतीय तार आइतबार बिहान ४ बजे दोरम्बाको मानेमा चुँडिएर गाउँमा वितरण गरेको लाइनमा छोएको छ ।
गाउँमा वितरण गरिएको लाइनमा ११ हजार भोल्टेट प्रवाह हुन थालेपछि घरघरमा रहेको विद्युतीय उपकरण जल्न थालेका थिए ।

.jpg)

