Published On:Saturday, December 13, 2014
Posted by dadad

चिसो अत्याधिक बढ्दै

२८ मंसिर,काठमाडौं । हिउँदको पहिलो वर्षा र हिमपातसँगै देशभर चिसो बढेको छ । 

पश्चिम तराइ तथा पहाडी क्षेत्रमा वर्षा र उच्च भूभागमा हिउँ परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार चिसो झनै बढ्नेछ । 
अहिलेसम्म यो वर्षकै चिसो हिजो शनिबार रह्यो । हिउँदमा भुमध्यसागरमा न्यूनचापिय वायुको उद्भव हुने गर्दछ । 

पश्चिमी बायुले त्यसलाई पूर्वतिर धकेल्दै ल्याउँछ । 

त्यही धकेलाइ न्यूनचापीय जलवाष्पयुक्त वायु इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर भारत हुँदै शनिबार बिहान नेपाल भित्रिएको हो । कान्तिपुर दैनिकमा खबर छ। 

0 comments for "चिसो अत्याधिक बढ्दै"

Leave a reply

    Popular Posts

    Blog Archive