२०% भन्दा बढीको बृद्धिलाई पुजीले पनि धान्दैन
Posted by dadad | Sunday, May 31, 2015 | Posted in Economic, Main News
मर्जरमा नगएपछि पुँजी बृद्धिका लागि हामी ऋणपत्रकै विकल्प रोज्छौं । ४० करोडको ऋणपत्र जारी भइसकेको छ । अब ६० करोडको ऋणपत्र जारी गर्दैछौं । धितोपत्र वोर्डबाट स्वीकृति पाइसकेका छौं । यो बर्षभित्र हामीसँग एक अर्बको ऋणपत्र नै हुन्छ । आगामी बर्षमा पनि हामी हेर्छौ । स्प्रेड दर कायम राख्नु पर्ने, आम्दानीको स्रोतहरुमा केही परिवर्तन भए । त्यसलाई पनि हामीले समायोजन गर्दै जानुपर्छ । सबै खालको निर्देशनहरुले पुराना बैंकहरुलाई नै असर गर्ने हो, नयाँ बैंकको त आधार नै कम हुन्छ । हामी ‘इल्ड’ बढी दिने संस्था भनेपछि पक्कै पनि स्प्रेड बढी भएको संस्था थियौं होला । ३०औं अर्बको ऋणमा डेढ दुई प्रतिशत छाड्दा असर पर्छ ।
कुनै समय प्रमुख पाँच वाणिज्य बैंक भित्रै पर्ने बैंक अफ काठमाण्डू कहिले सञ्चालकहरुको विवाद त कहिले मेलम्ची आयोजनाको ठेकेदारको बैंक ग्यारेन्टी विवादमा अल्झियो । बजारमा सबैभन्दा बढी सेयर कारोबार हुने सस्थामा पनि यही थियो, ब्लुचिपमा पनि यही बैंकको सेयरलाई उत्तम भन्थे लगानीकर्ता । बैंकको औसत बृद्धिदर घटेको त छैन तर निकै पछि स्थापना भएका बैंकहरुले यसलाई पछाडि पार्न थालिसके । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले सोधे त्यस्तो ब्राण्ड इमेज भएको बैंकको बृद्धिदर किन सुस्त देखियो ?
पुँजीका लागि मर्जर गर्न खोजिएको थियो, तीन वटै संस्थासँग बिओकेको मर्जर तोडियो । तर पुँजी बृद्धि गर्नुपर्ने दवाव त कायमै रहयो ?
तत्कालै पुँजी बृद्धि कि क्रमिक रुपमा पुँजी बृद्धि भन्ने कुरा महत्वपूर्ण हो । पुँजी भएको संस्थासँग मर्जर गरेको भए तत्कालै पुँजी पुग्थ्यो । तत्काल पुँजी बृद्धि गर्दा त्यही समयमा प्रतिफलको कुरा पनि आउँछ । क्रमिक रुपमा पुँजी बढाउने टुल्सहरु पनि हामीसँग छन् । ऋणपत्र जारी गरेर आवश्यक पुँजीको पनि जोहो गर्न सकिन्छ । अहिले त ऋणपत्र पनि पुँजीका रुपमा गणना गर्न पाइन्छ ।
मर्जरबाट हामीलाई करिव दुई अर्बजति थप पुँजी आउँथ्यो होला । दुई अर्बजतिको ऋणपत्र जारी गर्यो भने पनि त्यो पुँजीमै परिवर्तन हुन्छ । अप्सन ‘बि’ त छँदैछ । दोस्रो विकल्पले समय लिने भयो । यो रकम पुँजीमा परिणत हुनका लागि चार/पाँच वर्ष त लागिनै हाल्छ । तर यसको सकारात्मक पक्ष के छ भने जसोजसो पुँजी बढ्दै जान्छ त्यो भएको पुँजीमा प्रतिफल दिन सजिलो हुन्छ । पहिले नै पुँजी लिएर आउँदाखेरी तत्कालै प्रतिफल दिन चुनौती हुनसक्छ ।
मर्जरमा नगएपछि पुँजी बृद्धिका लागि हामी ऋणपत्रकै विकल्प रोज्छौं । ४० करोडको ऋणपत्र जारी भइसकेको छ । अब ६० करोडको ऋणपत्र जारी गर्दैछौं । धितोपत्र वोर्डबाट स्वीकृति पाइसकेका छौं । यो बर्षभित्र हामीसँग एक अर्बको ऋणपत्र नै हुन्छ । आगामी बर्षमा पनि हामी हेर्छौ ।
बोनस वा हकप्रद सेयर जारी गर्ने विकल्प पनि त बाँकी छन्, ती विकल्प तिर जाने संभावना पनि होला ?
हकप्रद सेयरबाट जान अलि कठिन छ । यो पनि विकल्प हो तर पुँजीकरण वृहत्त भएको संस्थामा हकप्रद जारी गर्न चुनौतीपूर्ण हुनसक्छ । कुन दरमा जारी गर्ने, अंकित मूल्यमै जारी गर्न पनि भएका सेयरधनीका लागि अप्ठ्यारो हुन्छ । पुराना संस्थाहरुमा मूल्यांकनका कारणले हकप्रद सेयर वितरण गर्न अलिकित गाह्रो हुन्छ ।
नाफाबाट पनि त विकल्प बाँकी छ नि ?
नाफाबाट दिने भनेको बोनस सेयर हो । बोनस गत वर्ष पनि दिएको हो । बोनस सेयर त हामीले क्रमिक रुपमा वितरण गरिनै रहेका छौं । ऋणपत्र पुँजीकरण गर्दा पनि बोनस सेयर वितरणबाटै हुन्छ । वोनस सेयर त सँधैभरी पुँजी बढाउने टुल्स नै हो । आगामी दिनमा पनि हामी वोनस सेयर दिन्छौं ।
एउटा वाणिज्य बैंकसँग सानातिना संस्थाहरु सजिलै मर्जरमा जानुपर्ने, मर्ज सफल हुनुपर्ने हो । बिओकेसँग साना संस्थाहरु आउँदा पनि मर्ज सफल हुन सकेन । केले रोक्यो ?
जुन बेला हाम्रो मर्जर सुरु भएको थियो त्यो बेला एक्विजिसन नीति आइसकेको थिएन । त्यस कारण हामीसँग एउटै मात्र उपाय थियो मर्ज गर्ने । मर्जरमा जाँदा संस्थाहरुबीच आकारको फरक, स्कोपको फरक हुन्छ । यही समस्या भएर नै एक्विजिसनको नीति आएको हो । पहिलो प्रयास गर्यौं मर्जरको माध्यमबाट जाने । मर्जरबाट जाँदा संस्थाहरुको आकारको फरक, स्कोपको फरकलाई कसरी समाधान गर्ने भन्ने देखियो ।
अब एक्विजिसनको पनि विकल्प आएको छ । केही संस्थाहरु एक्विजिसनमा गएका छन् । यसले गर्दा ठूलो संस्थालाई सानो संस्था लिन केही सहज देखिएको छ । हामी त्यसमा अध्ययन गर्छौं ।
मर्जर चाहीँ के कारणले अगाडि बढ्न सकेन ?
शुद्ध मर्जरको कन्सेप्टबाट गएको हो । मर्जर भनेपछि पहिले मूल्यको कुरा आउँछ । मर्जरबाट जाँदा सबै संस्थाले उचित मूल्य पाओस् भन्ने हुन्छ । एक्विजिसनको माध्यमबाट हुँदा एउटा संस्थाले अर्को संस्थामा गएर सुल्झाउने भन्ने कुरा हुन्छ । मर्जरमा जाँदा मूल्यमा कुरो मिलेन, सबै पक्षलाई चित्त बुझेन भने त्यहाँ समस्या आउँछ । सबै संस्थाले आफ्नो बारेमा केही न केही सोचेको हुन्छ । यसले गर्दा केही अप्ठेरो हुन्छ ।
एक बेला लगानीकर्ताको प्राथमिकताभित्रको सेयरमा बिओकेको थियो, किन्ने धेरै हुने बेच्ने कम हुने । अहिले यो अवस्था उल्टियो, बिओकेको सेयर ‘ब्लु चिप’ बाट हट्यो ?
यो सेयरमा आपूर्ति धेरै छ । किनभने यसको साधारण सेयर वढी छ । आपुर्ति धेरै हुँदाखेरी बजारमा कुनै पनि खालको म्यानुपुलेसन हुँदैन थियो । सहजै किनबेच हुने भएकाले कारोबार भइरहन्थ्यो । त्यस कारण बिओकेको सेयर मुल्य अप्राकृतिक रुपमा बढेर आकासिएको पनि छैन र अप्राकृतिक रुपमा घटेको पनि छैन । बिक्रीकर्ता भइरहेसम्म सेयरहरु कारोबार नहुने वा एउटै मान्छेसँग धेरै हुने भन्ने अवस्था हुँदैन । अहिले मर्जरका कारण सेयर कारोबार रोक्का छ । सेयर कारोबार खुलेपछि घट्छ भन्ने मलाई लाग्दैन ।
पुँजीमा संस्थापक र साधारणको जुन संरचना छ, यो एकदमै छरिएको छ । दुई चार सय कित्ता हुनेहरु पनि सञ्चालक समितिमा गएका छन् । सर्वसाधारण चाहीँ के चाहँदो रहेछ भने बैंक कसैको होल्डमा होस्, जसले गर्दा जवाफदेहिता हुन्छ ?
यो चै ‘क्यास ट्वान्टी टु’ तर्क हो जस्तो लाग्छ । किनभने जुनतर्फको जे कमजोरी देख्यो त्यसैलाई बढी हाइलाइट गर्ने । बढी होल्ड संस्थापकमा थियो भने बैंकमा यो मान्छेले भनेको मात्र चल्छ, बढी होल्ड भएको संस्थामा माइनुरिटीको आवाज नै सुनिँदैन भन्ने कुरा आउँथ्यो होला । सुशासनको हिसावले हेर्दा सबैको सम्मिश्रण आवश्यक छ । यो संस्थामा चेक एन्ड ब्यालेन्स छ भनेर पनि त बुझ्न सकिन्छ । केही सहज भयो भने केही असहजता निश्चय पनि हुन्छ । जति धेरै संख्या भयो त्यति निर्णय गर्दा सबैलाई मिलाउन गाह्रो हुन्छ । तर सवल पक्ष हेर्दा यहाँ कसैले आफ्नो स्वार्थ लाद्न सक्दैन । चेक एन्ड व्यालेन्स छ । आज जे भएन त्यही कारणलाई हाइलाइट गर्न मिल्दैन ।
यो प्रश्न किन पनि जन्मिएको हुन सक्छ भने बीचमा सञ्चालक समितिमा समस्या पनि देखियो । बोर्ड कसले होल्ड गर्ने भन्ने कुराले गर्दा समस्या भएको थियो । त्यही कारणले यो कुरा आएको हुन सक्छ ?
जुन बेला समस्या भएको थियो (म यो बैंकमा थिइन) त्यो ‘चेक एन्ड कन्ट्रोल’ कै कारणले होला । त्यसपछि कति चाँडो सहज भयो भन्ने कुरा पनि हेर्नुपर्छ । त्यो समस्या भएको अवधि भनेको पाँच÷छ महिनाको थियो । राष्ट्र बैंकले सञ्चालक समिति टेकओभर गरेको थियो । तर त्यति चाँडो चुनाव भएर तुरुन्तै सल्टिएको पनि थियो । यो वास्तवमा एउटा युनिक केस हो । अरु कतिपय संस्था टेक ओभर गरेर पनि मिल्न सकेको छैन, समय लागिरहेको छ । तर बिओकेमा तुरुन्तै मिलिहाल्यो । जुन मुद्दाका लागि समस्या भएको थियो त्यो मुद्दा हल भएपछि समस्या पनि आफै समाधान हुन्छ भन्ने उदाहरण यो बैंकले प्रस्तुत गरेको छ ।
तर्क के पनि गर्न सकिन्छ भने बिओकेले जुन मोडल स्थापना गरेको थियो यो एकदमै सहज हुन्थ्यो भने अरु बैंकहरु पनि त यो मोडलमा जान्थे होलान् ?
बिओके सुरुमा ‘जोइन्ट भेन्चर’कै रुपमा स्थापना भएको संस्था हो । विदेशी थाइको लगानी थियो, नेपाली थिए, अनि सर्वसाधारणको पनि लगानी थियो । थाइको सेयर सर्वसाधारणमा विक्री गरियो । त्यसो हुँदाखेरी बढी सेयर पब्लिकमा भयो । यो पुँजी संरचना पनि कुनै सोचेर ल्याएको होइन । गर्दै जाँदा भएको थियो । मेरो तीन वटा संस्थाको अनुभव हेर्दाखेरी यो बैंकमा चेक एन्ड व्यालेन्स राम्रो छ । यस्तो हुँदा सबै कुरामा फियर रिजल्ट आउँछ ।
प्रमोटर सेयरको स्ट्रक्चर हाम्रोमा जस्तो छ, त्यसलाई करेक्सन गर्न सकिने रहेछ नि । अर्थात निश्चित प्रतिशतभन्दा कम संस्थापक सेयर भएकालाई विक्री गर्न दिन सकिन्छ नि ?
अहिले त करेक्सन भइरहेको छ । ५१ प्रतिशतमा धेरैले झार्न थालेका छन् संस्थापक सेयर । पहिले त ७० प्रतिशत प्रमोटर सेयर हुन्थ्यो । विस्तारै सबैतिर सर्वसाधारणको हिस्सा बढ्न थालेको छ । अरुतिर भन्दा बिओकेमा प्रमोटर सेयरमा पनि विविधकरण भएको देखिन्छ ।
कुनै संस्थाले आफ्नो गति स्लो गर्यो भने बुझ्नु पर्छ त्यसले केही ठूलो सोचिरहेको छ । विओकेमा पनि त्यस्तै देखिएको छ । उसको ग्रोथ अहिले कम देखिएको छ । कतैतिर फोकस हुनलाई शक्ति सञ्चय गरिरहनु भएको हो ?
हाम्रो मूख्य ‘टार्गेट एरिया’ भनेको अहिले अरु सबैले गर्नेभन्दा केही पृथक गर्नु पर्छ भन्ने नै थियो र छ पनि । त्यो भनेको हामी कसरी मास बैंकिङ गर्ने भन्नेमै फोकसमा छौं । अब केही सानाठूला अवरोधहरु त आउँछन् । जस्तो मेलम्चीको विवादले गर्दा हाम्रो केही फिगरहरुमा असर परेको होला । ‘रिर्टन अन इक्विटी र रिटर्न अन एसेट’को हिसावले हेर्दा हामीले जुन किसिमको प्रतिफल दिन सकेका थियौं र छौं त्यो कायम राख्ने हाम्रो चाहना हो ।
तपाई हेर्नु हुन्छ भने नेपालमा मार्केट त्यति डिप छैन । आजभन्दा १० बर्षअगाडि प्रतिस्पर्धाको हिसावले हेर्दा २० वटा बाणिज्य बैंक पनि थिएन, अहिले ३० वटा बैंक छन् । त्यही ठाउँमा प्रतिस्पर्धा गरेर साध्य पनि हुँदैन । केही खर्च गर्नु पर्छ । लगानी गर्नु पर्छ भनेर हामीले ग्राहक संख्या बढाउनतिर लागेका छौं । विगतको पाँच बर्षयता हामीले यही रणनीति पच्छ्याइरहेका छौं । त्यसको रिजल्ट अहिले देखिएको छ । म आउँदा यहाँ ९० हजार ग्राहक थिए । अहिले त्यो बढेर चार लाखको हाराहारीमा पुगेको छ । अर्थात पहिलो १३ बर्षमा ९० हजारको ग्राहक र अहिलेको केही बर्षमा चार लाख हाराहारीमा पुगेको छ । ग्राहक बढाउँदा खर्च पनि वढ्छ । मास बैंकिङमा जाँदा खर्च वढ्छ र त्यो खर्च गर्नु पनि पर्छ । खर्च नगरी भएको नाफा दिगो पनि हुँदैन भन्ने मलाई लाग्छ । बीचबीचमा बजारका केही असरहरु पनि आए । स्प्रेड दर कायम राख्नु पर्ने, आम्दानीको स्रोतहरुमा केही परिवर्तन भए । त्यसलाई पनि हामीले समायोजन गर्दै जानुपर्छ । सबै खालको निर्देशनहरुले पुराना बैंकहरुलाई नै असर गर्ने हो, नयाँ बैंकको त आधार नै कम हुन्छ । हामी ‘इल्ड’ बढी दिने संस्था भनेपछि पक्कै पनि स्प्रेड बढी भएको संस्था थियौं होला । ३०औं अर्बको ऋणमा डेढ दुई प्रतिशत छाड्दा असर पर्छ, यसलाई पनि मिलाएर जानु पर्छ ।
हामी के कुरामा संवेदनशिल हुनु पर्छ भने औषत भन्ने कुरा जेमा पनि लागू हुन्छ । औषत के भो भने देशको पाँच प्रतिशतको बार्षिक बृद्धि हो । त्यसको कति गुणा वित्तीय क्षेत्रले ग्रोथ गर्ने ? आखिर हामी गाँसिएर बसेको देशको अर्थतन्त्रसँगै हो । धेरै अर्थशास्त्रीले के भन्छन् भने जिडिपीको तीन गुणा बढी वित्तीय क्षेत्र बढ्यो भने त्यो अप्राकृतिक हुन्छ । सबैको बजार एउटै संस्थाले खोसिरहेको भए ठिकै हो । औसत भन्दा कोही बढी गयो भने कुनै संस्था औसत भन्दा कम हुनुपर्छ ।
नेपालको सन्दर्भमा १५ देखि २० प्रतिशतको बृद्धि भनेको औषतमा मान्नु पर्छ, यो मेरो व्यक्तिगत बिचार हो । कोही योभन्दा माथि जान्छन् भने त्यो औसत भन्दा माथि मान्नु पर्यो । सबै औसतमै त हुँदैनन् । हामी औसतमा बस्ने भन्ने हो । धेरै माथि बस्यो भने तपाईले असाधारण काम गरेको हुनु पर्यो । कि त अरुको झिनाझप्टी गरेर ल्याउनु पर्यो । जुन बेला रियलस्टेट माथि गयो त्यो बेला यो बैंकको रियलस्टेटमा एक्सपोजर निकै कम थियो । जसको रियलस्टेटमा वढी थियो उसको त एभरेजभन्दा माथि हुने नै भयो नि ।
हामीले विगतको चार बर्ष हेर्नुहुन्छ भने बार्षिक १५ देखि २० प्रतिशतको व्यालेन्सिट ग्रोथ गरेका छौं । त्योभन्दा बढी गर्यो भने पुँजीले पनि धान्दैन । अर्थतन्त्रले पनि धान्दैन ।
यहाँ वित्तीय क्षेत्रले बढी ग्रोथ गरेर अर्थतन्त्रलाई माथि ल्याउनु पर्यो भन्ने पनि एकखाले तर्क छ । अर्थतन्त्रले साथ दियो भने वित्तीय क्षेत्र माथि जाने भन्ने हुन्छ । केही हदसम्म दुई वटै कुरा होला तर म चाहीँ पहिलो कुरालाई त्यति विश्वास गर्दिन । वित्तीय क्षेत्रले सबैलाई डोर्याएर लिएर जानु पर्छ, पैसा भयो भने व्यापार गर्न पनि सिक्छन् भन्ने कुरामा मलाई विश्वास लाग्दैन । किनभने व्यापारीले व्यापार गरेपछि बैंकले ऋण लगानी गर्ने हो । ल हामीसँग भएको पैसा लैजाउ व्यापार गर भन्न थाल्यौं भने त्यो डुब्ने सम्भावना पनि उत्तिकै रहन्छ ।
पहिलो सिद्धान्त के हो भने, बैंकले सजिलै पैसा दिने । व्यापारीले चाहीँ व्यापार गर्ने । अनि त्यो व्यापार पनि निश्चित मात्र गर्ने । जे सुकै व्यापार गरेर हुँदैन उत्पादनमूलक व्यापार गर्नु पर्छ भनिएको छ फेरि । सहजै पैसा लानेहरु फेरि अरु नै व्यापार गर्छन् । तिमीहरुलाई दिन्न अरुलाई दिन्छु भन्यो भने त्यसले फेरि सजिलै पैसा खाइदिने पो हो कि ? समस्या छ ।
हामीले बार्षिक १५ देखि २० प्रतिशत ग्रोथ गरिरहेका छौं । स्प्रेड दर आयो । हामीले गरेको एक सालको ग्रोथ स्प्रेडले खाइदियो । तर पनि ग्रो गर्न छाड्नु भएन भनेर हामीले गर्यौं । यो बर्ष १६ प्रतिशतको बृद्धि हुने खालको व्यालेन्सिट देखिएको छ । बैंकिङ क्षेत्रको हेर्दा २०/२२ प्रतिशतको ग्रोथ छ, ऋणतिर । तर पनि रिटर्नको ग्रोथ मेलम्चीको पक्षलाई हटाउने हो भने ३० प्रतिशतको हाराहारीमा नाफा बृद्धि गर्न सक्छौं ।
दुई बर्षलाई म करेक्सन पिरियड ठान्छु । पहिलो बर्ष स्प्रेडको कारणले र अर्को बर्ष अन्य आम्दानीको क्षेत्र पनि त बन्द भयो । जस्तै भएपनि बैंकहरुले यसलाई समायोजन त गरिहाल्लान । आफूलाई ‘सस्टेन’ गराउनै पर्छ ।
बिओकेका बारेमा मेलम्चीसँग सम्बन्धित प्रश्न सोधिएन भने अन्तर्वार्ता अपुरो हुन्छ । मेलम्ची त करिव करिव टुङ्गियो । यसले कस्तो प्रभाव छाडेर गयो ?
यही कारणले बैंकले ८७ करोड रुपैयाँको नोक्शानी व्यवस्थापन गर्नु पर्यो भनेपछि असर त परिनै हाल्छ । यस्तो उदाहरण बजारले देखेको पनि थिएन होला । मेलम्चीमा बैंकहरुको दोष छ जस्तो मलाई लाग्दैन । परिवन्दले समस्यामा परेका हुन् । यो पैसा डुबेर जान्छ भन्ने पनि मलाई लाग्दैन । अन्तर्राष्ट्रिय रुपमै पत्याइएको संस्थालाई ग्लोबल टेन्डर गरेर ल्याइएको थियो । यस्तो केसमा ‘रिक्स एक्सपोज’ हुन्छ है भनेर हामीले कितावमा पढे पनि यो वास्तविकतामा परिणत भयो ।
विकासशील देश भएकाले ग्लोबल टेन्डरिङ भइनै रहन्छ । ठूलो ठूलो आयोजनाहरु आइरहेका छन् । स्थानीय ठेकेदारहरुले त्यो गर्न सक्दैनन् । हाम्रो जस्तो देशमा सबैभन्दा वढी खपत हुने ठेकेदार भनेको छिमेकी देशकै हुन् । दुई छिमेकीमध्ये एउटा देश (चीन)को ठेकेदारको मुद्दा हो यो । मैले जाने बुझेसम्म यो ठेकेदार पनि सानोतिनो थिएन । धेरै देशमा उसले काम गरिरहेको छ ।
मलाई लाग्दैन यस्तो खालको समस्या यही मेलम्चीमा मात्र घुम्छ । यसको ठोस समाधान खोज्नै पर्छ । देशले नै समाधान खोज्नुपर्छ । कुनै पनि आयोजनामा यस्तो समस्या आउन सक्छ । ठेकेदार र कर्मचारीबीच कुरा मिलेन भने ठेकेदारले आफ्नो देशमा गएर मुद्दा हाल्ने विषयलाई अहिलेको मुद्दाले स्थापित गरिदिएको छ । यो तत्कालका लागि एउटा दुईटा बैंकमा परेको समस्या होला तर दुरगामी रुपले हेर्ने हो भने यसले धेरै आयोजनामा प्रभाव पार्नसक्छ । अहिले नै पनि बैंकलाई ग्यारेन्टी जारी गर्ने नगर्ने भन्ने द्विविधा छ । मेलम्चीको यही ठेकेदारको केसमा अरु ग्यारेन्टी पनि जारी भएका थिए, त्यो पैसा भुक्तानी हुने र यही पैसा भुक्तानी नहुने भन्ने पनि छ ।
हाम्रो देशको लगानी दीर्घकालिन हेरिएर गरिएको छ । दीर्घकालिन आयोजना छ भने दीर्घकालिन कोषको पनि कुरा हुन्छ । तर यहाँ सबै कुरा अल्पकालिन हिसावको छ । निक्षेप लियो भने भने अल्पकालिन लिनु पर्ने अवस्था छ । लामो समयको लिएर के गर्ने ? लगानी भएन भने । जति हामी अल्पकालिन भनेर कुद्छौं त्यति नै प्रतिक्रिया पनि अल्पकालिन हुन्छ । सबै पैसा अल्पकालका छन् । निक्षेपकर्ता पनि फरक खालको हुनु पर्छ । निक्षेपकर्ता एक प्रतिशत बढी हुन वित्तिकै अर्को संस्थामा दौडिहाल्छन्, त्यसको प्रभाव संस्थालाई पर्ने भएकाले उसले पनि अल्पकालिन सोच नै राख्छ । मेरोमा निक्षेप घट्यो भने मैले पनि प्रतिक्रिया जनाउनै पर्छ ब्याज बढाएर ।
हामीकहाँ बाणिज्य बैंक धेरै भए । बाणिज्य बैंकसँग अल्पकालिन पैसा नै वढी हुन्छ । छोटो अवधिको पैसा भएपछि बजारमा ब्याज संवेदनशिल वढी नै हुन्छ । अर्को भनेको जुन मौद्रिक बजारका औजारहरु छन् त्यसको दरहरु अप्राकृतिक रुपमै एकदमै कम भयो । अहिले पनि टे«जरी विलमा ब्याज दर दुई प्रतिशत पुग्न सपना भयो । मैले देखुन्जेल नै दुई प्रतिशत पुग्दैन कि भनेजस्तो भइसक्यो । जबकी म यही बैंकमा आउँदा पाँच प्रतिशत सहजै थियो । एउटा बचतकर्ताले बैंकमा बचत गर्दा दुईदेखि चार प्रतिशत ब्याज छ भने कमसेकम ट्रेजरी विलको दर पनि त्यही हाराहारीमा भइदियो भने ब्याज दरमा स्थायित्व आउँथ्यो ।
यहाँ सरकारी ऋणपत्रको ब्याज नै छैन भने पनि हुन्छ । प्रत्येक खाता खोल्दा २० प्रतिशत बराबरमा तीन प्रतिशत जति नोक्शान छ । सय रुपैयाँ निक्षेप लिँदा २० रुपैयाँ ऋण लगानी गर्न पाउँदैनौं तर त्यसको चार प्रतिशत ब्याज निक्षेपकर्तालाई दिनु पर्छ । त्यो पैसा एक प्रतिशतको ऋणपत्रमा हाल्नु पर्छ । यो भार कसले वोक्ने ? यो भार एक पक्षले वोकेर हिँडिरहनु पर्यो भने ब्याज दरमा चाँडै नै प्रतिक्रिया जनाउनु पर्ने वाध्यता छ ।
तपाईको प्रश्न अहिलेको सन्दर्भमा एकदमै सान्दर्भिक छ । मेरो विचारमा बाणिज्य बैंकहरुले प्रतिक्रिया चाँडो नै जनाउँछन् जस्तो लाग्छ । सबै नाफामूलक संस्थाहरु हुन् । यस्ता संस्थाहरुले कुरेर बस्न सक्दैनन् । हाम्रो व्यापार भनेकै व्याज दरसँग सम्बन्धित हुन्छ । ३० प्रतिशत खर्च पनि शुल्क तथा कमिसनको आम्दानीले धान्दैन । ७० प्रतिशत भर त हामी ब्याज आम्दामीमै पर्नु पर्छ । त्यहाँ प्रतिक्रिया जनाएन भने त संस्था नै टिक्दैन । यता खर्चमा त्यो हुँदैन । ब्याज घट्यो भनेर म तलव सुविधा घटाउन सक्दिन, घरको भाडा घटाउन सक्दिन ।
बुझ्न नसकेको एउटा कुरा, बजारमा तरलता छ भन्ने कुरा ट्रेजरी विलको दर, अन्तर बैंक ब्याज दरले देखाउँछ । तरलता बढी हुँदा पनि ब्याज दरमा बृद्धि हुन थालेको छ । हाम्रो बजार ब्याज दरको सिद्धान्त अनुसार चलेको देखिँदैन । के ले हाँकिरहेको छ बजारलाई ?
मेरो बिचारमा त्यो ‘ल्याग इफेक्ट’ हुन सक्ला । यसमा पनि औसत लागु हुन्छ । कसेको के स्थिति छ भनेर निश्चित संस्थाको कुरा भए । औषतमा भन्दा केही संस्थामा अधिक तरलता हुँदा केहीमा अभाव पनि भइरहेको हुन्छ । कसैले ढिला प्रतिक्रिया दिन्छन् कसैले चाँडै । औषतमा हेर्दाखेरी तरलता अभाव हुँदै आयो भने पनि करिव एक महिनाबाट प्रतिक्रिया आउन सुरु हुन्छ । संस्था चापमा परेपछि ब्याजमा असर देखिने हो । जुन संस्थालाई चाँडो चाप पर्छ उसले चाँडो प्रतिक्रिया जनाउने हो ।
अहिले ब्याज दरमा चाँडो प्रतिकृया जनाउनु परेको संस्थाहरुले जारी गरेको प्राथमिक सेयरका कारणले पनि हो । यो बर्ष आइपिओ ठूलो मात्रामा आयो । आइपिओ सर्वसाधारणमा छरिएको पैसा एउटा ठाउँमा गएर थुप्रिन गएको छ । पैसा थुप्रिएको संस्थाले यो बेलामा बार्गेनिङ गर्ने ठाउँ पनि पायो । अहिलेको ब्याज बढ्नुमा यसको असर पनि छ ।
स्प्रेड आयो, सेवा शुल्कमा पनि कटौती भयो । नोक्शानी व्यवस्थापन नीतिमा पनि परिवर्तन भयो । असारसम्म वाच लिस्टमा दुई प्रतिशत नोक्शानी व्यवस्थापन गर्नु पर्छ । ग्राहक पनि संस्था छनौट गर्ने हैसियतमा पुगेका छन् । अब त बैंकहरुको ‘इनोभेटिभ’ नहुँदा नाफा कमाउने दिन सकिएजस्तो देखिन्छ ?
तपाईले ठिक भन्नु भयो । जनजिब्रो अनुसार भन्दा हाम्रो काम त डिस्ट्रिब्युटरको जस्तो भयो । स्प्रेड तोकियो तर स्प्रेड दरभित्र पनि यो अझ घटेर गएको छ । स्प्रे दर प्रतिस्पर्धाका कारणले घटिनै हाल्छ भन्ने पनि एउटा तर्क थियो । हामीले त्यही बेला भनेका थियौं यो गर्न जरुरी पनि छैन । बजारमा प्रतिस्पधा बढायो भने यो घटिहाल्छ भनेका थियौं । जतिबेला यो कुरा उठेको थियो त्यतिबेला केही संस्थाहरुको निकै बढी स्प्रेड थियो भन्ने कुरा पनि आयो । ३० वटामा २५ वटाले सीमाभित्रै काम गरिरहेका थिए । पाँच वटाको मात्र वढी थियो होला । पाँच वटालाई भित्र ल्याउनलाई ३० वटामै नीति लागू गरियो । प्रतिस्पर्धा बढिनै रहेको छ र स्प्रेड घटिनै रहेको छ ।
आउँदा दिनहरुमा इनोभेटिभबाट स्प्रेड दर जोगिन्छ कि जोगिँदैन भन्ने कुरा छ । नेपालको सन्दर्भमा इनोभेटिभ भनेको के हो भन्ने पनि परिभाषा छैन । हामीले वढी इनोभेसन गरेर हाम्रो नाफा बढ्ने हो कि उद्यमी बढी इनोभेटिभ भएर हाम्रो नाफा बढ्ने हो भन्ने कुरा पनि छ । उद्यमीहरु इनोभेटिभ भएर हामी यो यो काम गर्छों हामीलाई पैसा चाहियो भनेर आयो भने हामीले पनि नयाँ नयाँ इनोभेसन गर्ने ठाउँ पाउँछौं । हामी मात्र इनोभेटिभ भएर हुँदैन अर्कोले कपि गर्छ । त्यो इनोभेसन दुई दिन पनि टिक्दैन ।
मेरो बिचारमा बैंकिङ क्षेत्रको विकासमा उद्यमीको क्षमताले निकै ठूलो समस्या खडा गरेको छ जस्तो लाग्छ । यो कसको जिम्माको कुरा हो भन्ने पनि छ । सबैभन्दा वढी कमाउने भनेको हाम्रो देशमा वैदेशिक रोजगार हो । त्यो मान्छेहरु आफ्नो देशमा यहाँ केही भएन भनेर विदेशमा काम गर्न गए । करिव ५० लाख मान्छे वाहिर छ भन्ने छ । ती कृषिमा यहाँ केही नदेखेर त्यहाँ गएका होलान् । उनीहरुको कमाइनै देशको जिडिपीको ठूलो हिस्सा ओगट्छ । बैंकले पनि पत्याएनन् भन्ने आरोप पनि छ । अब त पैसा कमाए । पैसा पनि छ । उनीहरुले कमाएको पैसा लगानी गर्न उनीहरुलाई अप्ठेरो, अनि हामी चै गएर कुन किसानलाई ऋण दिने हो भनेर खोज्नु पर्ने नीति ल्याइएको छ ।
ऋण लगेर काम गरिदिने उद्यमी पनि त चाहियो नि । म के काम गरौं भनेर कोही द्विविधामा छ भने हामीले गएर बंगुर पालन गर भनेर पैसा दिँदा त्यो उठ्छ ? उसले कतै सिकेर केही गर्छु भनेर आए पो हामीले पैसा दिने हो त । माक्र्सको सिद्धान्तलाई हेर्ने हो भने उसले कमाएको पैसा उसका आधारभुत आवश्यकता पुर्ति गर्न खर्च हुन्छ । के के अपुग छ त्यो पुरा गर्न तिर लाग्छ । टिभी किन्छ, घर बनाउँछ । उद्यमशिलता भनेको अन्तिम प्राथमिकता हुन्छ उसको । रोजगारीमा गएर फर्किएर आएकाहरुले अहिले आएर केही गरौं भन्ने सोच्छ होला, किनभने उसँग घर पनि छ टिभी पनि छ । अहिले जानेहरुको त आवश्यकता पुर्ति भइसकेको छैन ।
हामीले गर्न नखोजेको होइन । हाम्रा पनि दुरदराजमा शाखाहरु छन् । शाखाका कर्मचारीहरुलाई लौन केही गर भनेका हुन्छौं । तर उनीहरुले अनगिन्ति समस्याहरु लिएर आउँछन् । खेती गर्न कुलो पानी छैन । पैसा छैन भन्यो भने पैसा दिने हो तर बैंकले गएर पानी पटाइ दिने होइन । खेतालो छैन, बैंकले अब कहाँ गएर खोजेर ल्याइदिने । राज्यले पनि केही गर्नु पर्छ ।
एउटा अन्तिम प्रश्न, राष्ट्र बैंकमा नयाँ गभर्नर आएका छन् । पछिल्ला नीतिहरुमा बैंकहरुले प्रश्न उठाएका थिए । नयाँ गभर्नरले पुराना कुन कुन नीतिहरु पुनर्विचार नै गर्नु पर्छजस्तो लाग्छ ?
एकदमै गाह्रो प्रश्न छ यो । एकिकृत निर्देशिकामा बैंकर्स संघले दिएको सुझाव नै २५ पेजभन्दा मोटो भइसकेको छ । हरेक साल यो बढ्दै जान्छ । अब कुन महत्वपूर्ण कुन सामान्य भन्ने । मलाई जहाँसम्म लाग्छ बजारसँग सम्बन्धित बिषयहरु महत्वपूर्ण छन् । बजारका सन्दर्भमा आएका धेरै निर्देशनहरु छन्, जुन व्यापार व्यवसायसँग प्रत्यक्ष सम्बन्ध भएका छन् त्यसबाट परेका अप्ठ्याराहरु फुकाउनु पहिलो प्राथमिकता हुनुपर्छ जस्तो लाग्छ । किनभने बजार रहेसम्म व्यवसाय हुने हो बजार खुम्चियो भने व्यवसाय खुम्चिन्छ । बाँकी कुरा भनेको छ तपशिलका कुराहरु हुन् । त्यसो भन्दैमा जुन क्षेत्रमा राज्यको आवश्यकता छ त्यो दिशामा वित्तीय क्षेत्र हिँडेको छ कि छैन भनेर हेर्नु पर्दैन भन्ने होइन ।
सरकारसँग सम्बन्धित विषयहरु पनि हुन्छन् । अर्थमन्त्रालयका एजेन्डाहरुलाई पनि राष्ट्र बैंकले कार्यान्वयन गर्न खोज्नु स्वभाविक पनि हो । तर सबै खालका समस्या मौद्रिक नीतिबाटै समाधान हुन्छन् भन्ने छ नि त्यो चै अलिक बढीनै आशा गरिएको हो कि जस्तो लाग्छ । मौद्रिक नीतिबाटै सबै कुरा हुन्छ, जिडिपी वढ्छ भन्नु चै गलत हो, त्यो सम्भव छैन । यो एउटा टुल्स होला, तर यसबाट छोटो समयका लागि रिजल्ट आएजस्तो होला तर लामो समयमा यसले खाल्डामा हाल्छ ।
देशमा जलविद्युत्को विकास हुनु पर्छ भन्ने कुरामा दुई मत छैन । यो सबैभन्दा वढी सम्भावना भएको क्षेत्र हो । तर यति बर्षमा यति ऋण लगानी गरिसक्नु पर्छ भन्नु चै गलत हो । अब विद्युत विकास गर्ने भनेर ककसलाई ऋण दिने हो ? यसबाट बजार विग्रिन्छ । बजारलाई राम्रोसँग बुझेर लगानीकर्तालाई बुझेर त्यहाँ लगानी गर्ने हो । यति लगानी पुग्नै पर्छ भन्यो भने त्यस्तो ऋणमा समस्या आउँछ आउँछ । कृषि ऊर्जा, पर्यटन विकास हुँदा हाम्रो पनि राम्रो हुन्छ । देशलाई पनि राम्रो हुन्छ तर दिनेभन्दैमा जस्तोलाई पनि दिने भन्ने कुरा आएको छ । पर्यटन विकास गर्ने भनेर होटलमा मात्रै लगानी गरेर कोठा राम्रो पारेर मात्रै हुँदैन होला नि त । एयरपोर्ट चाहियो होला, एयरलाइन्स चाहिन्छ होला ।
राष्ट्र बैंक ‘प्रभु’को भवनमा
Posted by dadad | Thursday, May 14, 2015 | Posted in Economic, Samachar
आईएमई र ग्लोबल आईएमईको प्रधानमन्त्री राहत कोषमा साँढे २ करोड सहयोग
Posted by dadad | Friday, May 8, 2015 | Posted in Economic, Main News
नेपाललाई स्विट्जरल्यान्डले ९ करोड बढी सहयाग गर्ने
Posted by dadad | Thursday, May 7, 2015 | Posted in Economic, Main News
सहयोग गर्न दातृ निकायलाई आग्रह गरिनेः अर्थमन्त्री महत
Posted by Tekman Shakya | Wednesday, May 6, 2015 | Posted in Economic, Main News
धादिङ ढोलामा भूकम्प पीडितलाई आईएमईको सहयोग
Posted by Tekman Shakya | Tuesday, May 5, 2015 | Posted in Economic, Image, Samachar
राहत वितरणमा विशेष सहयोग समाजसेवी शिवराज अधिकारीले गरेका थिए । सुनिल अधिकारी, सुबास केसी, सुनिल भट्ट, सरोज बस्नेत लगायतले वितरणमा सहयोग गरेका थिए । राहत स्वरुप २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको आईएमईले जनाएको छ ।
नेपालीमाटोका लागि फोटोहरुः प्रमोद भट्ट


एक–दुई दिनमा थप एक लाख पाल आउँदैछ
Posted by dadad | Sunday, May 3, 2015 | Posted in Economic, Main News, Samachar
प्रधानमन्त्री राहत कोषमा यती डेभलपमेन्ट बैंकको १० लाख रुपैयाँ सहयोग
Posted by Tekman Shakya | | Posted in Economic, Main News
बैंकले २०७२ बैशाख १२ गते शनीबार देशमा आएको महाबिनाशकारी भुकम्पबाट पुग्न गएको अपुरणीय मानबीय तथा भौतीक संरचनाहरुमा भएको क्षती प्रती यती गहिरो दुःख ब्यक्त गर्दै मृतक आत्माहरुको चिर शान्तिको कामना तथा घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गरेको छ ।
बैंकिङ क्षेत्र भुक्तानीलाई सहज बनाउँदै
Posted by my storry | Tuesday, April 28, 2015 | Posted in Economic, Main News
विकासमुखी बजेट आउँछ : अर्थमन्त्री
Posted by my storry | Tuesday, April 21, 2015 | Posted in Economic, Main News
व्यवसायिक कृषि निर्विकल्प / आजको कृषि समाचार
Posted by my storry | | Posted in Economic, National, Tourism and agri
अडिटरहरुलाई चार्टर्ड एकाउण्टेण्टसरह अधिकार चहिन्छ
Posted by my storry | Saturday, April 18, 2015 | Posted in Economic, National, Samachar

कृष्ण पौडेल, चित्तवनबाट ।
परिसुचक १३ अंकले बढ्यो, कारोबार रकम २० प्रतिशतले बढी
Posted by dadad | Friday, April 17, 2015 | Posted in Economic, Main News
२०७१ साल सकसपूर्ण रह्यो पर्यटन क्षेत्र
Posted by dadad | Monday, April 13, 2015 | Posted in Economic, Main News, Tourism and agri
चालु आर्थिक वर्षको ८ महिनामा व्यापार घाटा ११ प्रतिशतले बढ्यो
Posted by dadad | Thursday, April 9, 2015 | Posted in Economic, Main News
आर्थिक समृद्धिका लागि मानसिकतामै परिवर्तन आवश्यक - अर्थमन्त्री डा महत
Posted by Tekman Shakya | Sunday, April 5, 2015 | Posted in Economic
प्रभू मेनेजमेन्टद्धारा सहकारीका लागि नयाँ सफ्टवेरको विकास, सबै सहकारीलाई निशुल्क वितरण गरिने
Posted by my storry | Wednesday, April 1, 2015 | Posted in Economic
मिडिया इन्टरनेशनलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रभु बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले सफ्टवयर विकास भए पछि ग्रामिण क्षेत्रमा रहेका सहकारीबाटै बैंकिङ सेवा सर्वसुलभ हुने बताए । सफ्टवयर आफैमा एक नयाँ प्रविधि भएको भन्दै भट्टचनले भने ‘ग्रामिण भेगमा रहेका सहकारीहरुले सञ्चालन गरेको बैंकिङ सेवालाई यो सफ्टवयरले झन् सहयोग पु¥याउने छ, गाउँका सबै युवा विदेशतिर छन् उनीहरुका लागि बैंकिङ कारोबार गर्न यो सफ्टवयर निकै प्रभावकारी हुनेछ । ।’ दुरजराजमा रहेका गाउँमा सञ्चालित सहकारीहरुले उक्त सफ्टवयरको प्रयोग गरि स्थानीय स्तरमै बैंकिङ सेवा प्राप्त गर्न सफल हुने भन्दै अध्यक्ष भट्टचनले सफ्टवेर विकास गर्ने प्रभू मेनेजमेन्ट टिमलाई धन्यवाद र सुभकामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले वित्तिय अनुसान कायम राख्न तथा जोखिम रहित बैंकका लागि विस्तार गरेको गुरु सफ्टवयर सहकारी क्षेत्रमा कोसेढुङ्गा सवित हुने बताए । उनले अन्तर सहकारी कारोबारलाई सहज बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने भन्दै राष्ट्रिय सहकारी संघ यस सफ्टवेरको विकासबाट हर्षित रहेको बताए । कार्यक्रममा प्रभु मेनेजमेन्टका कुसुम लामाले देशभरीका सहकारीहरुको हितलाई मध्यनजर गर्दै उनीहरुको दिगो विकासका लागि प्रभु मेनेजमेन्टले निःशुल्क रुपमा सफ्टवयर वितरण गर्न लागेको बताइन् । देशभरिको बैंकिङ सेवाको सर्बेक्षण गरी सहकारीको माध्यमबाट हुने बैंकिङ सेवालाई अझै चुस्त दुरुस्त बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने लामाले बताइन् ।
सहकारीका लागि साँच्चैको ‘गुरु’
के हो गुरु सफ्टवयर ?
‘बजेट विनियोजन गर्न नसकेकाले सबल खम्बा हुन सकेन’
Posted by my storry | Saturday, March 21, 2015 | Posted in Economic
पुँजीबजार १० अंकले खस्कियो, कारोबार रकम १४ प्रतिशतले बढ्यो
Posted by Tekman Shakya | Friday, March 13, 2015 | Posted in Economic, Main News













.jpg)



