किस्मतले यस्तो खेल खेल्यो कि हुनेवाली भाउजूलाई बनायो श्रीमती !

Posted by dadad | Sunday, June 7, 2015 | Posted in

जेठ २४ गतेकाठमाडौं । तुर्की गाउँमा एक अनौठो घटना देखियो, जहाँ हुने वाली भाउजू नै श्रीमती बनिन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको खबर अनुसार हितेश लाल देव नामका युवकको विवाह तय भएको थियो । दुलही पनि सजिएर सबै प्रक्रिया पूरा गर्न तयार थिईन् । अचानक प्रहरी आयो र बेहुलालाई हत्याको आरोपमा गिरफ्तार गरेर लगे ।
हितेशमाथि राकेश कुमार यादव नामका १५ वर्षका युवकको हत्या आरोप लागेको थियो । बेहुला पक्राउ परेपछि दुबै परिवार अप्ठेरोमा परे । बेहुलालाई त्यो समयमा पक्राउ गरियो जब उनी घरमा टिकाटालो गरेर ससुराल जाने तयारीमा थिए ।
समाजमा लाज हुने डरले बेहुली पक्षले बेहुलाका भाईसँग छोरीको विवाह गरिदिने प्रस्ताव राखे । पहिला त बेहुलाका भाई विवाह गर्न तयार भएनन् । तर जब घरपरिवार र गाउँलेले सम्झाए त्यसपछि पछि मात्रै विवाह गर्न तयार भए ।
यो घटनापछि किस्मतको खेलले उनलाई यस्तो खेल खेलायो कि हुने वाली भाउजूलाई आफ्नी श्रीमती बनाउनु बाध्य बनायो । विवाहमा सबै जन्ती गए र र भाईसँग दुलहीको विवाह गरियो । उनका दाई अहिले प्रहरी हिरासतमा छन् । एजेन्सी

.हस्त रेखा विज्ञानले यस्ता हात छन् भने तपाइँ धनी बन्ने निश्चित

Posted by dadad | Saturday, June 6, 2015 | Posted in

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं ।


जौको चिन्ह
समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।




शंखको चिन्ह

अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।




जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन् ।


हस्त रेखामा हातमा हुने चक्रकोबारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।


सूर्य पर्वत

हातको अनामिका औंलाको फेंदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।

भुकम्प पिडीत पत्रकारलाई आर्थिक सहयोग

Posted by dadad | Thursday, June 4, 2015 | Posted in

जेठ २१,काठमाडौं
भुकम्प पिडीत पत्रकार केपी अनमोललाई ईजरायलमा बस्दै आएकी रिङ्कु राईले आर्थिक सहयोग गर्नु भएको छ ।  
बैशाख बाह्र गते नेपालमा आएको महाभुकम्पमा परि आफन्त गुमाएका पत्रकार अनमोललाई राईले आफ्नो ब्यतmीगत तर्फबाट नेपाली दश हजार आर्थिक सहयोग गर्नु भएको हो ।  
भारतको दार्जिलिङ स्थायी घर भई हाल बैदेशिक रोजगारीका लागि राई ईजरायल बस्दै आउनु भएको छ । फेसवुकबाट पत्रकार अनमोलसंग परिचीत राईको माइती घर नेपालको ईलाम हो । आफ्नो जन्मभुमी नेपालमा आई परेको बिपत्तीबाट आफु ज्यादै दुखित भएको र बिपत्तीमा परेका सबै नेपाली दाजुभाईलाइ आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने राईको भनाइ छ । महाभुकम्पमा परि पत्रकार अनमोलकी श्रीमती, भाई र छोरीको ज्यान गएको थियो ।

सामूहिक बलात्कारमा संलग्नलाई जनही १० वर्ष कैद

Posted by dadad | Tuesday, June 2, 2015 | Posted in ,

१९ जेठ, इलाम  । सामूहिक बलात्कार गर्ने छ जनालाई जिल्ला अदालत इलामले जनही १० वर्ष कैद फैसला सुनाएको छ ।

तीन वर्षअघि एक महिलालाई बजारबाट घर फर्कने क्रममा सामूहिक बलात्कार गर्ने बाँझो–२ का फिरज लिम्बू, केशर लिम्बू, झापा दमक–१ का आश्विन राई, प्रवीन कुमाल, अनील लिम्बू र सुरज कुमालविरुद्ध सो फैसला सुनाएको हो ।

सामूहिक बलात्कारमा संलग्न उनीहरू हाल फरार रहेकाले मुल्तबीबाटै उनीहरूलाई कैद सजाय सुनाइएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले उनीहरूलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (५) बमोजिम जनही पाँच वर्ष कैद र सोही महलको ३ (क) बमोजिम थप पाँच÷पाँच वर्ष कैद र पीडितलाई रु १०÷१० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । रासस

घरबेटीलाई एक महिनाको भाडा मिनाहा गरिदिन अनुरोध गर्ने तयारी

Posted by dadad | Monday, June 1, 2015 | Posted in ,

 
१९ जेठ, काठमाण्डौ । राजधानीको जमलपछाडि डेरा लिएर बस्दै आएकी गोरखाकी ३० वर्षीया मीना छिनाललाई आफ्नो कोठामा जान घरबेटीको डर छ । टुँडिखेलमा बस्दै आएकी उनी १२ गतेको भुँइचालोपछि मुस्किलले २ पटक कोठामा पुगिन् । चर्केको घर, साँघुरो कोठा र भाग्ने ठाउँ कतै नभएको ठाउँमा ५ महिनाको काखे बच्चा लिएर कोठामा बस्ने आँट नआएको उनी बताउँछिन् । कान्तिपुर दैनिकमा समाचार छ ।

‘बच्चालाई खुवाउने दुधको बट्टा कोठामै छुटेकाले लिन गएकी थिएँ,’ उनले भनिन्, ‘घरबेटी आएर भाडा देऊ, नत्र कोठाको केही सामान झिक्न पाइँदैन भन्दै तथानाम गाली गर्न थालिन् ।ऋण खोजेरै भएपनि तपाईको भाडा तिर्छु भन्दा ‘२ महिनाको भाडा चाहियो नत्र निक्लेर जा’ भन्छिन् ।’

छिनालका श्रीमान सुन्दर गलैचा उद्योगमा काम गर्थे । भुँइचालो आएपछि उद्योगै बन्द भयो । ‘उद्योग खुल्यो कि भनेर श्रीमान् बेलाबेला बालाजुमा रहेको उद्योग गइरहनुहुन्छ,’ उनी सुनाउँछिन्, ‘आइतबार बेलुकासम्म खुलेको छैन ।’ खाना खर्चसमेत जुटाउन नसकेका बेला भाडा तिर्न नसकेको उनले बताइन् ।

भुकम्पपछि किर्तिपुरमा बस्दै आएका उमेश सुवेदीलाई घरबेटीले कोठा छाड्न दबाब दिए । केही समय कोठा नपाउन्जेलका लागि बस्न दिन अनुरोध गर्दा तुच्छ शब्द प्रयोग गर्दै गाली गरेपछि सुबेदीले प्रहरीमा निवेदन दिएका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालमानवीय संवेदना बुझेर सम्पूर्ण घरबेटीलाई एक महिनाको भाडा मिनाहा गरिदिन अनुरोध गर्ने तयारी भइरहेको बताउँछन् ।

टेक्सासमा बस्ने नेपालीहरुको भूकम्प पीडितहरुका लागि ४ करोड रुपैयाँ सहयोग

Posted by dadad | Thursday, May 28, 2015 | Posted in , ,



१४ जेष्ठ, काठमाडौं । १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिका साना ठूला पराकम्पनहरुले ठूलो जनधनको क्षति पुर्यायो । विनाशकारी भूकम्पले अति प्रभावित जिल्लाका पीडितहरुका लागि सहयोगी र मनकारी हातहरु अघि सरिरहेको छ ।

अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपालीहरुले नेपालका भूकम्प पीडिहरुका लागि करिब ४ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् । टेक्सासको डलास सहरमा रहेका नेपालीहरुको संगठन नेपाली समाज मार्फत सो रकम बराबरको राहत वितरण गरिएको हो ।

संकटग्रस्त सबैजसो जिल्लामा पुगेर नेपाली समाजका प्रतिनिधिहरुले पीडितहरुलाई खाद्यन्न, त्रिपाल, स्लिपिङ ब्याग, औषधि, म्याट्रेस आदि वितरण गरेका छन् । नेपालमा भूकम्प जाँदा अमेरिकामा रात थियो । भोलिपल्ट बिहानदेखि नेपालीहरुले नै बनाएको मन्दिरमा स्वतस्फूर्तरुपमा नेपालीहरु जम्मा भए ।


नेपालीबाहेक अन्य समुदायका मानिसहरुले पनि सहयोग गरेको समाजका सदस्य कृष्ण लामिछानेले बताए ।
भूकम्प गएल गत्तै सक्रिय भएका टेक्सासबासी नेपालीहरुले समाजको आह्वानमा नगद अनुदान, औषधी तथा अन्य राहत सामाग्री सहयोग गरे ।

राजधानी काठमाडौ सहित अन्य जिल्लाहरु भूकम्पका कारण क्षत–विक्षत हँुदै गर्दा काठमाडौबाट ठूलो संख्यामा मानिसहरु सुरक्षित बसोबासको खोजीमा काठमाडौ बाहिरिंदै गर्दा अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका नेपालीहरुको एउटा समूह भने आफ्नो सुरक्षाको प्रवाह नगरी नेपाल आएको समाजका उपसभापति बाल जोशीले बताए ।

पहिलो समुहमा १७ जना र दोस्रो समुहमा ५ जना रहेको उक्त समूहमा चिकित्सक, नर्स, इन्जिनियर, नेपाली मुलका अमेरिकी सेना तथा अन्य स्वयंसेवकहरु छन् ।

नेपाल आउनका लागि लाग्ने हवाई खर्च देखि अन्य सम्पूर्ण खर्च सबै स्वयंसेवकहरुले आफैं व्यहोरेका छन् । राहतका लागि उठाइएको कुनैपनि रकम स्वयंसेवकको लागि खर्च नगरिएको उपसभपति जोशीले जानकारी दिए ।

राहतको कार्यक्रम पछि पुननिर्माणमा पनि नेपाली समाजले सहयोग गर्ने योजना बनाएको छ । यसका लागि अमेरिका फर्केपछि छलफल हुने बताईएको छ ।

डलास सहरमा करिब ३० हजार नेपालीहरु बसोबास गर्छन् । उनीहरुले आफ्नै खर्चमा मन्दिर निर्माण गरेका छन् । नेपालीहरुको एकता र विपद्मा सहयोग गर्ने तत्परताका कारण डलासका नेपालीहरुमाथि अन्य समुदायको विश्वास पनि बलियो रहेको नेपाली समाजले जनाएको छ ।

एउटा सहृदयीले भोटेनाम्लावासीलाई दिएको खुसी

Posted by dadad | Wednesday, May 27, 2015 | Posted in

(रमेश लम्साल) 

भोटेनाम्लाङ (सिन्धुपाल्चोक), १३ जेठ । भूइँचालोले थातथलो गुम्यो, वर्षभरि खानका लागि जम्मा पारेको खाद्यान्न पनि माटोमा मिल्यो । भएका पशु चौपाया पनि मरे । बस्ने घर छैन, खानलाई अन्न छैन । 

केही सहयोगी मनले दिएको त्रिपालको भरमा अस्थायी टहरा बनाएर बसिरहनुभएकी सिन्धुपाल्चोक भोटेनाम्लाङ–८ जमदारटोलकी हर्ककुमारी गुरुङलाई आजको दिनमा पनि सहयोगी मन भेटिएला भन्ने लागेको थिएन । 

वर्षाभरि पानीमा रुझ्दै दिनहरु काट्नुपर्ला भन्ने चिन्ताले सताएको थियो । तर संसारमा सहयोगी र ठूला हृदय भएका मान्छे पनि रहेछन् भन्ने लाग्यो । एक महिना पहिले गएको ‘गोरखा भूकम्प’ले गुरुङको मात्रै होइन, मुलुकभर नै प्रभाव पा¥यो । नजिकै रहेको बरुवामा त २०० को ज्यान नै लियो । उमेरको उत्तराद्र्धमा प्रकृतिले दिएको विपत्ति अत्याशलाग्दो छ । निक्कै तल बगिरहेको मेलम्ची नदी जस्तै हर्ककुमारीको आँखाबाट निरन्तर आँसु बगिरहेको थियो । 

ललितपुर लेले स्थायी घर भएका भई अस्ट्रियामा बस्दै आउनुभएका औषधि विज्ञानमा विद्यावारिधि गर्नुभएका अमृत पौडेलले उहाँको आँसु पुछ्ने सानो प्रयास गर्नुभयो जस्तापाता वितरण गरेर । वर्षा कसरी काट्ने भन्ने चिन्ताले सताएको बुढ्यौली शरीरलाई ओत लाग्ने जस्तापाता पाए पनि उहाँले भन्नुभयो–“संसारमा भगवान् रहेछन् । मान्छे त देखेको हो आज भगवान् नै देख्न पाइयो ।” 

पौडेलको स्वपहलमा अस्ट्रियाका विभिन्न सहरमा सङ्कलन गरिएको रकमबाट सिन्धुपाल्चोक भोटेनाम्लाङ–८ को गुरुङ बस्तीलाई छाना छाउने जस्तापाता वितरण गर्नुभयो । भूइँचालोले खोसेको थातथलो र उजाड जिन्दगीको पयो सिउने मेसोमा भेटिनुभएका रुक्मिणी गुरुङ सहृदयी मान्छेहरुले दिएको राहत सामग्रीबाट सहज जीवनमा फर्कने प्रयास गरिरहनुभएको छ । 

कसरी ओत लाग्ने भन्ने पीडामा रहनुभएकी उहाँलाई पौडेलले प्रदान गर्नुभएको आठ पाता जस्ताले वर्षा धानिएला भन्ने विश्वास पलाएको छ । उहाँ भन्नुहुन्छ–“सरकारले जस्तापाता खरिदका लागि दिने भनेको रकम कहिले आउने हो र कहिले पाइने हो भन्ने ठेगान नभएको बेला व्यक्तिगत रुपमा प्राप्त भएको सहयोगले खुसी दियो ।” 

भोटेनाम्लाङमा भूइँचालोले अधिकांश घर भत्काएका छन् । २२ को ज्यानसमेत लियो । सयाँै पशु चौपायाको निधन भयो । भूइँचालोले दिएको पीडाबाट बौरिने प्रयासमा रहेका सो गाविसका अधिकांश जनता भग्नावशेषबाट पुराना सामग्री हटाएर अस्थायी थातथलो बनाउने प्रयासमा रहेका छन् । 

सरकारी राहतको प्रतीक्षामा रहेका उनीहरु खाद्यान्नको अभाव र मरेका पशु चौपायाको उचित सतर्कता नहुँदा थप समस्यामा परेका छन् । व्यक्तिगत रुपमा राहत आयो, त्रिपाल, खाद्यान्न पनि आयो, केही त्रिपाल पनि आयो तर पछिल्ला दिनमा लगातार आएको हुरी बताससहितको पानीले त्रिपाल उडाएपछि रात कसरी कटाउने भन्ने चिन्तामा रहेका छन् । जस्तापाताको विकल्पमा कुनै पनि त्रिपाल नहुँदोरहेछ उनीहरु यस्तै गुनासो गरिरहेका छन् । 

मनसुन त सुरु भई नै हाल्यो, जस्ता कहाँबाट ल्याउने होला भन्ने चिन्ताले सताएको बेला पौडेलले प्रदान गर्नुभएको जस्तापाताले जिन्दगीको छुटेको पयो मिलाउने तयारीमा रहेका छन् । स्थानीय जमदार टोलकी ईश्वरी गुरुङ भन्नुहुन्छ–“एउटा नेपालीलाई परेको दुःखमा साथ र सहयोग गर्ने अर्को नेपाली पनि पाइँदोरहेछ । वर्षाकालभरि राम्रो छानो छाएर बस्छु ।” 

विष्णुमाया गुरुङ भूइँचालो गएको दिन बारीमा मकै गोड्न व्यस्त हुनुहुन्थ्यो । हेर्दाहेर्दै लामो समयदेखि बस्दै आएको घर भत्कियो, दुईवटा बाख्रा र खसी मरे । भएका सबै सकिए पनि जिन्दगीमा निरासाको बादल मडारिन नदिएको उहाँ बताउनुहुन्छ । “धैर्य राख्नुपर्छ धेरै सहयोगी मन र हात छन् । जस्तापाता पाइयो, किला काँटी पनि पाइयो, भत्केको घरबाट बाँकी रहेकाजस्ता निकालेर वर्षाकालभरिका लागि अस्थायी आवास स्थल बनाउँछु”–गुरुङ भन्नुहुन्छ । 

चन्द्रमाया गुरुङलाई श्रीमान् प्रताप गुरुङले कान्छी श्रीमती ल्याएर घर छाडेको पीडाभन्दा भूकम्पले दिएको पीडा ठूलो र बढी लागिरहेको छ । “म बारीमा मकै गोड्न व्यस्त थिएँ, घरमा छोराछोरी मात्र थिए । केही समय पहिले किनेर ल्याएको भँैसी पनि थियो । नुन तेल खानका लागि सानो पसल पनि चलाएको थिएँ । भैँसी दाम्लो चँुडालेर भागेछ, छोराछोरी पनि कालको मुखबाट फर्किए । घर भत्केर के भो, दुःखमा साथ दिने सहृदयी पाइयो”–चन्द्रमाया भन्नुहुन्छ । 

अस्ट्रियामा बस्दै आउनुभएका पौडेलले भोटेनाम्लाङ–८ का ५३ घरलाई छानो छाउनका लागि जस्तापाता वितरण गर्नुभयो । “एउटा नेपालीलाई परेको पीडामा मल्हम लगाउन मैले सानो प्रयास गरेको हुँ । मसँग धन भएर होइन, मन भएर सहयोग गरेको हुँ । मैले प्रदान गरेको सहयोग सदुपयोग होस् भन्ने चाहन्छु ।” 

भगवान् गौतमबुद्धको मावलीस्थल पङ्डितपुरमा चौथोचरणको उत्खनन जारी

Posted by dadad | | Posted in

परासी, १३ जेठ । भगवान् गौतमबुद्धको मावलीस्थल नवलपरासीको बन्जरियास्थित पङ्डितपुरमा पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको छ । 

ऐतिहासिक कोलिय राज्यको राजधानी प्रमाणीकरणका लागि पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको हो । 

नवलपरासीको बन्जरिया–९ स्थित पङ्डितपुर नै कोलिय राज्यको राजधानी देवदह रहेको पछिल्ला उत्खननबाट प्राप्त प्रमाणले देखाइ सकेको छ । 

उत्खननबाट अहिलेसम्म विभिन्न कालखण्डका विभिन्न प्रकारका प्रमाण पाइएका भएपनि विभागले विभिन्न समयका उत्खननबाट ऐतिहासिक अभिलेखको खोजी गरिरहेको उत्खनन कार्यक्रमका सल्लाहकार एवम् वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्राले बताउनुभयो । 

गत वैशाख २४ गतेदेखि पुरातत्वविद् मिश्राको नेतृत्वमा पुरातत्व विभागका पाँच जनाको टोलीले नवलपरासीको पङ्डितपुरका विभिन्न पाँचस्थानमा उत्खनन एवम् अध्ययन गरिरहेको छ । 

यसपटक पनि उत्खननबाट विभिन्न कालखण्डमा बनेका विभिन्न प्रकारका प्रमाण फेला परिरहेका पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले सञ्चारकर्मीलाई बताउनुभयो । 

विसं २०५९ मा स्थानीयवासी नारदप्रसाद यादवले पङ्डितपुरमा खेतमा काम गर्ने क्रममा केही प्राचीनकालका वस्तु प्राप्त गरेपछि यो स्थान कुनै महत्वपूर्ण ऐतिहासिक स्थान हुनसक्ने अनुमान गरिएको छ । 

जिल्ला विकास समितिले प्रारम्भिक अध्ययनका लागि अनुरोध गरेपछि यो स्थान प्रागैतिहासिक महत्वको स्थान भएको थाहा लागेपछि यसका बारेमा विभिन्न प्रकारका उत्खनन एवम् अध्ययन सुरु गरिएको हो । रासस 

हेभेन्ली पाथद्वारा ४५ लाख बराबरको राहत सामाग्री वितरण

Posted by Tekman Shakya | Sunday, May 24, 2015 | Posted in ,


  • पुननिर्माणमा १ हजार स्वयंसेवक परिचालन
  • सर्वधर्म पूजा गरिने, अनाथ बालबालिकालाइ आश्रय दिइने



 काठमाडौ, १० जेठ । विश्वका एक दर्जन देशमा सक्रिय आध्यात्मिक संस्था हेभेन्ली पाथले गत बैशाख १२ गते नेपालमा आएको बिनाशकारी महाभुकम्प प्रभावित विभिन्न जिल्लामा ठूलो मात्रामा राहत वितरण अभियान संचालन गरेको छ ।

हिज होलीनेस मास्टर गड्यान्जलको नेतृत्वमा हेभेन्ली पाथले भुकम्प प्रभावित क्षेत्रमा ४५ लाख भन्दा बढीको राहत वितरण गरेको हो । 

हेभेन्ली पाथले आज काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी थप २० लाख बराबरको राहात वितरणको तयारी गरेको जानकारी गराएको हो । हेभेन्ली पाथले बैशाख १४ गते देखि नै गोरखा, सिन्दुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, रसुवा, रामेछाप र ओखलढुङ्गाका दुर्गम स्थानमा पुनस्थापना कार्यक्रम संचालन गरेको हो । 

पत्रकार सम्मेलनमा हिज होलीनेस मास्टर गड्यान्जलले देश दुखिरहेको समयमा निस्वार्थ सेवा भावले राहत वितरण र पुनस्थपनामा जुटन आफ्ना अनुयायीलाइ आग्रह गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो घडीमा सबैले प्रेमभाव, करुणा भावका साथ सहयोगी हात अगाडी बढाउन आग्रह गर्दछु ।’

हेभेन्ली पाथका प्रणेता समेत रहेका हिज होलीनेस मास्टर गड्यान्जलले सबै धर्मका धर्मगुरुको सहभागितामा सर्बधर्म पूजा गरिने बताउनु भयो । उहाँले भुकम्प प्रभावित कुनै ठाउमा राहत नपुगेको थाहा भए, आफू राहत लिएर सो ठाउमा जाने बताउनु भयो । 

उद्धार टोलीले रसुवाको अति प्रभावित रसुवाको अति प्रभावित गाबिस हाकुको मैलुङ, गोगने र तिरु गाउमा पीडितलाइ शव उत्खलन तथा दाह संस्कारमा सहयोग गरेको थियो । यस्तै काभ्रेको बालुवापाटी गाबिसमा धरापमा रहेका घर भत्काउन र पुरिएका अन्नपात निकाल्न मद्दत गरेको थियो । 

हेभेन्ली पाथले कुनै गैर सरकारी संस्थाको सहयोगमा नभइ आफ्ना अनुयायीको स्वतस्फुर्त सहयोगमा राहत वितरणको अभियान संचालन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । आध्यात्मिक एवम् सामाजिक संस्थाको रुपमा हेभेन्ली पाथ नेपाल लगायत भारत, भुटान, हङकङ, बेलायत, अमेरिका, ब्रुनाई, मलेसिया, कतार, सिंगापुर तथा थाइल्याण्ड आदि मुलुकहरुमा सक्रिय छ । 

कालीगण्डकी थुनियो, पर्वत उच्च जोखिममा

Posted by Tekman Shakya | Saturday, May 23, 2015 | Posted in , ,

(सन्तोष गौतम र कमल खत्री) 
बााबियाचौर(म्याग्दी), १० जेठ । भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको छ । 

आज बिहान १ बजे राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिराले कालीगण्डकी थुनेको हो । करिब एक हजार ५०० मि माथिबाट पहाड भत्किएर खसेको पहिराले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । 

नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पूरै रोकिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताउनुभयो । 

अँध्यारो भएकाले पानीको सतह कति बढेको छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । पहिरो नियमित खसिरहेको छ । बैसरीमाथिका बस्तीमा डुबान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सतर्कता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् । 

बैसरीमाथिका वेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दानालगायत ठाउँमा डुबानको खतरा रहेको छ । 

यसैगरी गलेश्वर, म्याग्दी बेनी, पर्वत बगर, पर्वत बेनीलगायत बागलुङ, पर्वत, स्याङ्जालगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्ती जोखिममा रहेका छन् । सो स्थानमा शुक्रबारदेखि पहिरो खस्न थालेपछि बैसरी र राम्चे औलका २६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिइसकेको छ । बेनी र आसपासका बासिन्दा रातिदेखि नै सुरक्षित स्थानतर्फ लागेका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन । 

नेपाली सेना र प्रहरीले पनि नदी किनारका घरका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गरेका छन् । गत वैशाख १२ गतेको भूकम्प र त्यसयताका पराकम्पनका कारण चर्किएको पहाड भत्किएर पहिरो खसेको हो । 

कालीगण्डकीबाट पर्वत उच्च जोखिममा
कालीगण्डकी नदी थुनिएपछि माझफाँट गाविसको वारि बेनीबजार, धाइरिनको मिलनचोकबजार, पाङ गाविसको मालढुङ्गा बजार, रानीपानी गाविसको इमिचौर तथा पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको सेतीबेणी बजार उच्च जोखिममा छन् । 

त्यस्तै म्याग्दीको पुर्तिघाटबजार र कालीगण्डकीको बाँधस्थल स्याङ्जाको मिर्मी पनि उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले माइकिङ गर्दै नदी किनाराबाट ५०० मिटर माथि जान आग्रह स्थानीय बासिन्दालाई आग्रह गरिरहेको छ । 
ती स्थलका बासिन्दा तटीय क्षेत्रबाट घर छाडेर सुरक्षित स्थानतर्फ लागिसकेको पर्वतका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिनुभयो । रासस 

अस्थायी बसोबासको व्यवस्था गर्न भारतद्वारा सहयोगको प्रतिबद्धता

Posted by dadad | Wednesday, May 20, 2015 | Posted in ,

काठमाडौँ, ६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा पिके मिश्राले वर्षायाम प्रारम्भ हुनुअगावै भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्नु पहिलो प्राथमिकता भएको बताउँदै त्यसनिम्ति नेपाल सरकारलाई भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

भूकम्पपछिको नेपालको पुनःनिर्माणमा भारतीय सहयोगको खाका तयार गर्न तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग छलफल गर्न मङ्गलबार राजधानी आउनुभएका उहाँले स्वदेश फर्कनुअघि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अस्थायी आवास निर्माणका सामग्री उपलब्ध गराउन भारत तयार रहेको बताउनुभयो । 

“नेपाल सरकारले विपत्तिपछिको आवश्यकता मूल्याङ्कन गरिरहेको र त्यो भारतलाई प्राप्त भएपछि त्यसैका आधारमा सक्दो सहयोग गर्न हामी दृढ छौँ”–अस्थायी आवास निर्माणमा वस्तुगत सहायता प्रदान गर्ने स्पष्ट गर्दै उहाँले भन्नुभयो । 

गुजरात भूकम्प व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतका रुपमा साढे तीन वर्षको अनुभव बटुल्नुभएका उहाँले प्रधानमन्त्री मोदीको विशेष निर्देशनमा आफू वैशाख १२ यता दोस्रोपटक नेपाल आएको बताउनुभयो । 

विपद् व्यवस्थापनको हाम्रो अनुभव नेपालमा उपयोग गर्न तथा हरसम्भव सहयोग उपलब्ध गराउन प्रधानमन्त्री मोदीले दिनुभएको निर्देशनले नेपालप्रतिको भारतको प्राथमिकता प्रतिविम्बित हुन्छ भन्दै उहाँले छिमेकी मुलुकका नाताले आर्थिक एवम् भौतिक सहयोगसँगै ज्ञान, सीप र अनुभव आदानप्रदानमा आप्mना प्रधानमन्त्रीले जोड दिएको बताउनुभयो । 

पुनःस्थापना, पुनःनिर्माण, जनजीवनलाई पुरानै अवस्थामा फर्काउने, आतङ्कित जनसाधारणलाई मनोवैज्ञानिक परामर्श दिने, घाइतेको समुचित उपचार एवम् उनीहरूको सामाजिक सुरक्षा विपद्पछिका प्रमुख काम भएका उहाँले उल्लेख गर्नुभयो । साथै उहाँले विपत्तिपछिका व्यवस्थापनका काम पूरा गर्न झन्डै चार वर्ष लाग्ने उल्लेख गर्नुभयो । 

एकदिने नेपाल बसाइका क्रममा आफूले भूकम्पबाट अतिप्रभावित दोलखा जिल्लाको भ्रमण गर्नुका साथै प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दप्रसाद पोखरेललाई बेग्लाबेग्लै भेटेर पुनःनिर्माणका काममा भारतको साथ र सहयोग निरन्तर रहने जानकारी गराएको बताउनुभयो । 

एसियाली विकास बैंक, युरोपेली सङ्घ, राष्ट्रसङ्घीय विकास कार्यक्रमका साथै काठमाडौँस्थित नेपालका विकासका साझेदारसँग पनि आफूले भेटवार्ता गरेको जानकारी दिँदै सचिव मिश्राले भूकम्पबाट तहसनहस भएको नेपाललाई स्रोत र साधन जुटाउनु अहिलेको आवश्यकता भएकामा आफूले जोड दिएको उल्लेख गर्नुभयो । साथै उहाँले भूकम्पपीडितको उद्धार तथा राहतमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । 

“अबको निर्माण एवम् पुनःनिर्माण भूकम्प प्रतिरोधात्मक, गुणस्तरीय हुनैपर्छ, विकासका भौतिक पूर्वाधार हुन् वा निजी भवन, गुणस्तरमा सम्झौता गर्नु हुँदैन”–भूकम्पले चुनौतीसँगै अवसर पनि ल्याएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो । 

सचिव मिश्रालाई नेपालका लागि भारतीय राजदूत रणजित राय तथा यहाँस्थित भारतीय दूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभयो । रासस

कागतीको रस वाटै वुढाले कमाए लाखै रुपैयाँ

Posted by dadad | Tuesday, May 19, 2015 | Posted in

हेमन्त के.सी.(झार्पा)जेठ ६ जाजरकोट । यहाँका एक किसान कागतीको रस विक्री गरी लाखै कमाउन सफल भएका छन् । जिल्लाका झार्पा गाविस वडा नं ७ का गगनवहादुर वुढा वर्षेनी कागतीको रस विक्री गरी लाखै कमाउन सफल भएका हुन् ।

 झार्पा जिल्लाको अति विकट गाविस हो । वुढाले ४ वर्ष देखी कागतीका विरुवा र रस झार्पामा वसेर विक्री गदै आएको वताउछन् । वुढाले उत्पादन गरेको रस जाजरकोटको ३० वटा गाविसमा विक्री हुने गरेको छ भने छिमेकी जिल्ला रुकुम, सल्यान र सुर्खेत लगाएतका जिल्लामा समेत निर्यात हुने गरेको छ ।

 ५ रोपनी जग्गामा वुढाले वर्षेनी कागती लगाउने गरेका छन् । अन्य वाँकी जमिनमा २५ हजार कागतीका वेर्ना उत्पादन गरीएको वुढाको भनाई छ । कागतीका वेर्ना पनि जिल्लाका विभिन्न भुभागका विक्री हुने गरेको छ । मेहनत गरेर काम गर्ने नै हो भने पैसाको लागी विदेश नै जाँनु नपर्ने उनको भनाई रहेको छ । कागतीवाट नै उनको वर्षीक कमाई ५ लाख भन्दा माथी हुने गरेको छ ।

 घर परिवारको खर्च, छोरा ,छोरीको पढाई लेखाई र कृषि प्राविधिक लाई खर्च दिएर पनि ४ लाख भन्दा माथी नै वचत हुने गरेको छ । जाजरकोटमा सवै सरकारी कार्यालय, संघ संस्था ,गाउँमा वुढाको कागतीको रसको अत्यधिक माग हुने गरेको छ । यो वर्ष वुढाले १४ सय लिटर भन्दा वढी कागतीको रस उत्पादन गरेका छन् । 

प्रतिलिटर रु १ सय ५० मा गाउँमै विक्री हुने गरेको छ । अन्य गाउँलेहरुले पनि कागती व्यवसायीक खेती गर्ने हो भने आफुले सवै सिप सिकाउने वुढाको भनाई छ ।  

रेग्मी मृत्यु प्रकरणमा श्रीमतीसहित तीन पक्राउ

Posted by dadad | Monday, May 18, 2015 | Posted in

रत्ननगर (चितवन), ५ जेठ । चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले आज जानकारी दिनुभयो । उनीहरुलाई किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको उहाँले बताउनुभयो । 

स्थानीयले उनीहरुको संलग्नतामा ओमप्रकाशको हत्या गरेको आरोप लगाएका छन् । स्थानीयले मृतक रेग्मीकी श्रीमती इन्द्रा रेग्मी र भट्टबीच अनैतिक सम्बन्ध रहेको आरोपसमेत लगाएका छन् । 

सो घटना श्रीमान्ले थाहा पाएपछि हत्या गरेको दाबी गरिएको भए पनि प्रहरीले भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाएको छ । 

रोजगारीको सिलसिलामा भारतमा रहेका ओमप्रकाश रेग्मी भर्खरै घर आएका थिए । उनलाई जेठ १ गते मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

सिलाई कटाईनै वन्यो ,जीउने आधार

Posted by dadad | | Posted in

हेमन्त के सी  
जेठ ५ (रोकायगाउँ) जाजरकोट । सधै दमाई जातीले मात्र सिलाएको कपडा लगाउने यहाँका अधिकांश रोकायगाउँका स्थानियहरु अहिले लेकवहादुर नेपालीले कपडा सिलाएको देख्दा अनौठो मान्दै कपडा सिलाउन वाध्य छन् । 
वर्षेनी खलो स्वरुप अन्न दिएर दुई दिन लगाई नायकवाडाको सिलीगीचौर आएर  कपडा सिचाउने यहाँका स्थानियहरु अहिले तालिम प्राप्त लेक वहादुरले गाउँमै कपडा सिलाएर दिदा खुसी मात्र छैन्न , समय वचत भएको कारण अन्य काम गर्न पाएका वताउछन् ।

  रोकायगाउँ ५ का लेकवहादुर नेपाली परिवार पाल्न मस्किल भएका कारण भारत जाँने आउने गनुहुन्थ्यो । ६ महिना पहिले लेकवहादुरले सदरमुकाम आएर पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना (उपाप) ले दिएको तीन महिने तालिम संगै कपडा सिचाउने  मेसीन दिएर थियो ।

उहाँले मेसीन संगै निशुल्क  सिप पाएपछि जीवन जिउने आधार तयार भएको हो । आर्थीक अभावका कारण तालिम लिन वाट वन्चित नेपाली लाई उपपाले तालिमको व्यवस्था जुटाएपछि परिवार पाल्ने आधार खुलेको हो । 
लेकवहादुर अहिले  दैनिक आप्ना समस्या तादै छोरा छोरीलाई पढाई लेखाई समेत गर्न सफल हुनुभएको छ । सिलाई कटाई सिकेपछि उहाँ घर परिवार संग मिलेर माया साट्दै वस्न पाउनु भएको छ । अहिले  दैनिक ५ सय भन्दा माथी कमाई हुने गरेको नेपालीको भनाई रहेको छ ।

 सिप सिकेपछि रोजगारी आफै सिर्जना हुने रहेछ भन्दै उहाँ अहिले रोकायगाउँ गाविसकै एक्लो कपडा सिलाउने व्यक्ती हुनु भएको छ । परिवारका दैनिक समस्या टादै अहिले स्थानिय ग्रामीण विकास कृषि सहकारी संस्थामा खाता खोली  पैसा जम्म गर्न सम्म उहाँ सफल हुनु भएको छ ।  

अन्तर्राष्ट्रिय रेडक्रसबाट तेब्बर सहयोग घोषणा

Posted by dadad | Saturday, May 16, 2015 | Posted in ,

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री सुशील कोइरालासँग अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घका महासचिव इल्हाज एस्सीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटी नेपाल रेडक्रससँगको साझेदारी र सहयोगमा महासङ्घले काम गरिरहेको बताउँदै सहयोग रकम तेब्बर पार्ने घोषणा गर्नुभएको छ । 

महासङ्घले भूकम्पपीडितलाई तत्काल राहतस्वरुप ३३ मिलियन अमेरिकी डलर सहयोग गरिसकेको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले यस्ता विपत्तिको सामना गर्ने आवश्यक ज्ञान, संस्थागत संरचना, जनशक्ति र स्रोत साधनको कमीले क्षति बढी हुन गएको बताउँदै अब यस्ता विपत्तिलाई हेर्ने अलग्गै विशेष संरचना बनाउन लागिएको जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ । 

नेपालमा आएको विपत्तिमा अन्तर्राष्ट्रिय रेडक्रसले गरेको मानवीय सहयोगको सराहना गर्दै उहाँले पुनःस्थापना र पुनःनिर्माणको चरणमा नेपाललाई नेपालका सबै सहयोगीको थप सहयोग आवश्यक पर्ने बताउनुभयो । 

वार्ताका क्रममा महासङ्घका महासचिव एस्सीले पुनरुत्थान कार्यसँगै प्राकृतिक विपद्बाट जोगाउने संस्थागत संरचना, कानुनी संरचना र आवश्यक जनशक्ति जुटाउँदै राष्ट्रिय सामथ्र्य बढाएर विपद् सामना गर्ने स्रोत साधन तयारी राख्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो । रासस 

अमेरिकी हेलिकप्टर घोरथलीमा फेला

Posted by Tekman Shakya | Friday, May 15, 2015 | Posted in ,

काठमाडौँ, १ जेठ । भूकम्पपीडितको खोज तथा उद्धारका लागि दोलखाको सुनखानी क्षेत्रमा मङ्गलबार परिचालन भइरहेकैे अवस्थामा हराइरहेको अमेरिकी मारिन क्रप्सको ‘युएच–वान वाइ हुई’ हेलिकप्टर आज सिन्धुपाल्चोकको घोरथली गाविसमा फेला परेको छ ।

नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त हेलिकप्टर खोजीका लागि नेपाली सेनाको पैदल फौजले त्यस ठाउँमा दुर्घटना भएको जानकारी पाएपछि सेनाकै दुई हेलिकप्टर त्यस क्षेत्रमा पठाइएको थियो ।

ती हेलिकप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११ हजार २०० फिट उचाइमा रहेको घोरथलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए । सो हेलिकप्टरमा नेपाली सेनाका दुई र विदेशी छ जना सवार थिए ।

उक्त दुर्घटनाग्रस्त इलाकामा नेपाली सेनाको पैदल फौज र मौसम अनुकूल भएमा हवाई साधन पठाइने तथा घटनाको थप विवरण प्राप्त हुनासाथ पुनः जानकारी गराइने निर्देशनालयले जनाएको छ । 

बिहान ५.५ रिक्टर स्केलको पराकम्पन

Posted by dadad | Thursday, May 14, 2015 | Posted in ,

काठमाडौँ, १ जेठ । आज बिहान ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.५ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँ नजिक केन्द्रबिन्दु भएकाले पराकम्पनको धक्का बढी महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

गत मङ्गलबार दोलखालाई केन्द्रबिन्दु बनाएर ६.८ रिक्टर स्केलको भूकम्प गएपछि आजको सबैभन्दा ठूलो पराकम्पन हो । यसअघि हिजो काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर ५.० रिक्टर स्केलको पराकम्पन गएको थियो । रासस

‘एक कप चिया अभियान’ अन्तर्गत दश लाख रुपैयाँ जम्मा

Posted by dadad | | Posted in

काठमाडौं, ३१ वैशाख । नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितको सहयोगका लागि सुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ । 

विनाशकारी भूकम्पका कारण विभिन्न जिल्लामा सर्वसाधारण पीडित बनेका कारण उनीहरुलाई सहयोग पु¥याउन ‘एक कप चिया अभियान’ सुरु गरिएको हो । 

प्रवक्ता युपी लामिछानेका अनुसार सङ्घका प्रत्येक सदस्यलाई न्यूनतम एक कप चिया भूकम्पपीडितको सहयोगका लागि खर्च छुट्याउन आग्रह गरिएको छ । “अभियान अन्तर्गत हालसम्म रु १० लाख जम्मा भइसकेको छ । सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितको सहयोगका लागि पठाइने छ ।” – उहाँले भन्नुभयो । 

सङ्घले भूकम्पका कारण समस्याग्रस्त जिल्लामा उद्धार तथा राहतका लागि जुट्न सङ्घका जिल्ला समितिलाई आग्रह गरेको छ । प्रभावित नबनेका जिल्लाका समितिलाई सहयोग जुटाएर पठाउन तथा समस्याग्रस्त जिल्लाका समितिलाई त्यही उद्धार तथा राहतका लागि जुट्दै पीडितलाई सहयोग गर्न केन्द्रले निर्देशन दिएको प्रवक्ता लामिछानेले बताउनुभयो । रासस 

जमिन फाटेपछि स्थानान्तरणको खोजीमा सहलकोटवासी

Posted by dadad | | Posted in

रामपुर (पाल्पा), ३१ वैशाख । हालैको विनाशकारी भूकम्पले पूर्ण रुपले क्षति भएको सहलकोट गाविसको सुकेकोटको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ । 

लगातार भूकम्पको पराकम्पनका कारण जमिनमा धाँजा फाटेपछि सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको हो । पहिलो र दोस्रो भूकम्पबाट विपत्तिको सामाना गरेका सहलकोटवासीलाई तेस्रोपटकको विनाशकारी भूकम्पले जमिन नै फाट्ने गरी क्षति पु¥याएपछि ५५ घरपरिवार पूर्णरुपले गाउँबाटै विस्थापित हुने भएको छ । 

“भूकम्पबाट घर भत्कियो, दुःखसुख गरी सानोतिनो ओत लाग्ने ठाउँ बनाएर जीविकोपार्जन गरौँला भन्ने सोच थियो तर तेस्रोपटकको प्रकम्पनले घर नजिकैको जमिन पनि चर्कियो, अब कहाँ जाने हो”– तिलबहादुर रानाले भन्नुभयो । घर बनाउन नसकेको अवस्थामा विपत्ति प¥यो, घर बनाउन पनि जग्गा नै छैन् कहाँ जाने स्थानीय अर्का खुमबहादुर रानाले पनि दुःखेसो गर्नुभयो । 

दैवी विपत्ति कतिबेला आउँछ त्यो कसैलाई थाहा नहुँदो रहेछ, पहिले त घरमा मात्र क्षति पुगेको थियो पछि आएको प्रकम्पनले झन् जमिन नै धाँजा फाट्न थालेपछि कहाँ गएर ज्यान बचाउने भन्ने तिन्ताले सताएको यमबहादुर रानाले गुनासो गर्नुभयो । 

गत वैशाख १२ र १३ गतेको भूकम्पले सुकेकोटका ५५ घरमध्ये २६ घर पूर्ण रुपमा र बाँकी घर चर्किएर ठूलो क्षति पुगेको थियो भने पछि गएको अर्को विनाशकारी प्रकम्पनले चर्केका घरमा पूरै क्षति पुगेपछि यस क्षेत्रका बासिन्दा कहाँ गएर दिनरात बिताउने हो भन्ने चिन्तामा डुबेका छन् । 

यस्ता बस्ती जिल्लामा धेरै स्थानमा छन् । कसेनी गाविसको सरापकोट, कोलडाँडाको सत्यवती, हुमिनको लोरेन्जस्ता बस्तीहरु उच्च जोखिममा रहेका छन् । 

विशेषगरी पाल्पामा चुरे आसपासका क्षेत्रमा यस्ता समस्या देखिएका छन् । पाल्पाको कुल भू–भागमध्ये १८ प्रतिशत भू–भाग चुरे क्षेत्रमा पर्दछ । चुरे क्षेत्र आसपासका बस्ती उच्च जोखिममा छन् । रासस 

राष्ट्र बैंक ‘प्रभु’को भवनमा

Posted by dadad | | Posted in ,

काठमाडौँ, ३१ वैशाख । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट नेपाल राष्ट्र बैंकको भवन भत्किएपछि अव्यवस्थित कार्यसम्पादनलाई सहजरुपमा सञ्चालनका लागि केन्द्रीय बैंकका केही शाखा प्रभु बैंकको लैनचौर भवनमा सारिने भएको छ । 

भीम शम्शेरले विसं १९८८ मा बनाएको राष्ट्र बैंकको पुरानो भवन र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा भूकम्पले क्षति पु¥याएको छ । बैंकको कार्यसम्पादनलाई पहिलेकै अवस्थामा फर्काउन अप्ठ््यारो परेकाले केही समयका लागि भाडामा राष्ट्र बैंकका केही विभाग तथा इकाई आगामी सातादेखि लैनचौरमा सार्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

राष्ट्र बैंकको केन्द्रीय कार्यालयस्थित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लघुवित्त कम्पनीका सुपरिवेक्षण विभाग प्रभु बैंकको भवनमा सर्न लागेको हो । केन्द्रीय बैंकको कानुन इकाई र वित्तीय जानकारी इकाई पनि सोही भवनमा सर्न लागेको छ । भूकम्पका कारण गभर्नरको कार्यालय पनि राष्ट्र बैंक केन्द्रीय कार्यालयभित्रकै नयाँ भवनमा सारिएको छ । 

राष्ट्र बैंकले अति आवश्यकीय सेवालाई सहजरुपमा उपलब्ध गराउन सकारात्मक पहल गरेको भए पनि आफ्नै कार्यालय भने व्यवस्थित गराउन सकेको छैन । राष्ट्र बैंकका कर्मचारी पालमुनि रहेका छन् भने उच्च अधिकारी नयाँ भवनमा खाँदाखाँद गरेर अत्यावश्यक निर्णय गर्दैआएका छन् । कर्मचारीले भूकम्प गएको लामो समयसम्म पनि व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् । 

    Popular Posts