गुल्मीको मर्भुङ्गमा नागरिक सुनुवाई

Posted by my storry | Tuesday, June 9, 2015 | Posted in , ,

 अनिल खत्री 
गुल्मी जेष्ठ २७÷

जिल्ला प्रहरी कार्यलय गुल्मीले मर्भुङ्ग गाविसमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यलय गुल्मीले आफना सेवा तथा गतिबिधीहरुको बारेमा जानकारी लिदै नागरिकबाट सुझाव सल्लाह समेत छलफल भएको थियो । मर्भुङ्ग गाविसको सिमलटारी सम्पन्न कार्यक्रममा त्यस क्षेत्रका बिभिन्न संघ संस्था,बुद्धीजिवी, महिला, नागरिक समाज लगायत सर्बसाधारणहरुको  सहभागिता रहेको थियो । 
 कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले घरेलु मदिरा सेवनबाट उत्पन्न हुने समस्या, घरेलु तथा महिला हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको बारेमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले जानकारी गराउदै प्रहरीले समाजमा घरेलु मदिरा नियन्त्रण लगायत सबै सकरात्मक कामहरुमा सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले संञ्चालन गरेको बिद्यार्थीका लागी सचेतना मुलक कार्यक्रम जिल्लाका बिभिन्न स्थानका बिद्यालयमा पुगी कार्यक्रमहरु सम्पन्न भएको छन् ।  सिमलटारीमा मालिका उच्च मा बि का कारिव २ सय भन्दा बिद्यार्थीहरुका लागी लागु औषध दुव्र्यसन, यौन दुव्र्यबहार, घरेलु हिंसा, ट्राफिक नियम, बिद्युतिय अपराध लगायतका बिषयमा अन्र्तक्रिया अन्तक्रिया तथा प्रशिक्षण जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले दिनु भएको थियो । 
 प्रहरीले केहि महिना अघिबाट सुरु गरेको सचेतना मुलक कार्यक्रम सदरमुकामका बिभिन्न बिद्यलयमा संञ्चलन पछि अहिले सदरमुकाम बाहिरका ग्रामीण भेगमा यस्ता कार्यक्रमहरु संञ्चालन भैरहेका छन् ।  गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा संलग्नहरुलाइृ समेत कारवाही प्रक्रृया शुरु गरे सगै शान्ति सुरक्षामा सुधार आएको । जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले आफ्ना गतिबिधीहरु बढाएसगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको हो  । साथै प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ ।

नव नेपाल निमार्णको अभियानमा दौडदैछन् युवा

Posted by my storry | Monday, June 8, 2015 | Posted in , ,

जेष्ठ २६ काठमाण्डौ 
भूकम्प पछि देश सिथिल भयो भन्नेहरु धेरै छन् । तर देशको नव निमार्णमा जुट्नका लागि नेपाली युवाहरु अथक दौडमा संलग्न हुँदैछन् । दौड केवल दौडमा मात्र सिमित हुने छैन । काठमाण्डौमा दौडने, दौडले रामेछापको दुरागाउँका माईला दाईको मनमा आशा जगाउने छ, अनि दोलखाको सिंगटिका ठूलालाईको मुहारमा खुसी छर्ने छ, त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डौ, धादीङ, नुवाकोट, रसुवा, गोरखा लगाएतका भुकम्प पिडित र प्रभावितलाई उर्जा प्रदान गर्ने छ । नव नेपाल निमार्ण अभियानका लागि युवा जनशक्तिलाई थप उत्प्रेरणा हासिल गर्न यस्ता रचनात्मक कार्यमा लाग्न सघाउ पु¥याउने द ह्वाईट जोन नेपालका सचिव निरोज खड्काले बताउनुभयो । 
वाई.एस.पि. नेपाल रामेछाप, युथ नेटवर्क काठमाण्डौ र द ह्वाईट जोन नेपाल काठमाण्डौको संयोजनमा यही जेष्ठ ३० गते शनिवार विहान ७ बजे देखी ९ बजेसम्म पाटन ढोका देखी बसन्तपुर डवलीसम्म नव नेपाल निमार्णका लागि सहयोगार्थ दौड कार्यक्रम आयोजना गरिएको वाई.एस.पि. नेपाल रामेछापका अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 
५ सय देखी १ हजार युवा सहभागि हुने दौड कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार
मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, म्यराथुन धावक वैकुण्ठ मानन्धर, गायक रामकृष्ण ढकाल, फुटवल खेलाडी हरी खड्का, नेपालकै पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का,  अभिनेत्री विनिता वराल, एथलेटिक्स खेलाडी भगवती माझि लगाएत नागरिक समाजका अगुवा, पत्रकार, कलाकार, पेशाकर्मीको  सहभागिता रहने महतले जानकारी दिनुभयो । 

हेलो सरकारको फेसबुक पेज

Posted by dadad | | Posted in

काठमाडौँ, २५ जेठ । जनताका गुनासा सुन्नका लागि स्थापित हेलो सरकार कक्षले फेसबुक पेज सञ्चालनमा ल्याएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव लीलामणि पौड्यालले सो पेजको औपचारिक सुरुआत गर्नुभयो । 

नागरिकले सरकारी सेवा तथा विभिन्न जनसरोकारका गुनासालाई फेसबुक पेजमार्फत पनि हेलो सरकारमा पठाउन सक्नेछन् । नागरिकले धधध। ाबअभदययप।अयmरजभिियकबचपबच।लउ पेजमा गएर आफ्ना गुनासा तथा सुझाव दिन सक्नेछन् । सो पेजमा गएर गुनासाकर्ताले सुझाव दिने तथा आफ्ना गुनासा राख्न सक्ने मुख्यसचिव पौड्यालको भनाइ छ । 

हेलो सरकारलाई थप विस्तार गरिएको र नागरिकको सहज पहुँचमा पुग्ने प्रयास गरिएको बताइएको छ । गुनासोकर्ताले कुन सरकारी कार्यालयसँगको सम्बन्धित गुनासो हो भन्ने खुलाएमा छिटो सम्बोधन गर्नका लागि सहज हुने छ । जनताले सेवा लिँदा भोगेका समस्या सम्बोधन गर्न सो व्यवस्था गरिएकाले नीतिगतभन्दा कुन काम÷सेवा÷कार्यालय वा व्यक्तिसँग गुनासो हो सोको स्पष्ट जानकारी गराउन आग्रह गरिएको छ । 

सामाजिक सञ्जाल विस्तारसँगै व्यक्ति व्यक्तिबीच सम्बन्ध विस्तार भएको र यसको उपयोग गरी कार्यालय कार्यालयबीच समस्या समाधान गर्न सकिने र सरकार तथा जनताबीचको विश्वास बढाउन मद्दत पुग्ने उद्देश्यले सो पेज सञ्चालन ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो । 

फेसबुकमा धेरैको पहुँच पुगेको, सरकारका धेरै कार्यालयमा इन्टरनेट पुगेको, सामाजिक सञ्जालद्वारा कार्यालयबीच नेटवर्किङ गर्न सजिलो हुने उद्देश्यले नयाँ प्रविधि सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि हेलो सरकारले ११११ निःशुल्क टेलिफोन नं, एसएमएस लगायत मार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको थियो । रासस 

नागरिकका सम्पादक, प्रधानमन्त्रीको प्रेस सल्लाहकार

Posted by my storry | Friday, June 5, 2015 | Posted in , ,

२२ जेठ, 
केही दिन अघि मात्रै नागरिक दैनिक छाडेका प्रतिक प्रधान प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकारमा पत्रकार प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको हो । 
एक वर्ष भन्दा लामो समयसम्म प्रेस संयोजक मात्रै नियुक्त गरेका प्रधानमन्त्री कोईरालाले पत्रकारीतामा अब्बल प्रधानलाई प्रेस सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । 
प्रधानमन्त्रीको प्रेस संयोजकमा प्रकाश अधिकारी पहिलेनै नियुक्त भैसकेका थिए ।

जेठ ३२ देखि सम्पदा क्षेत्र खुला गर्नका लागि तयारी तीव्र

Posted by dadad | | Posted in

काठमाडौँ, २२ जेठ । भूकम्पका कारण प्रभावित विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाका ऐतिहासिक सम्पदा आगामी जेठ ३२ गतेदेखि (जुन १५) पर्यटकका लागि खुला गर्न यतिखेर सरसफाइलगायतका कार्यलाई तीव्र रुपमा अघि बढाइएको छ । 

भूकम्पले क्षति पु¥याएका हनुमान ढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, स्वयम्भूनाथलगायतका विश्वसम्पदा सूचीमा सूचीकृत स्थल भूकम्प यता सुरक्षाका कारण बन्द गरिएकामा ती स्थल आगामी जेठ ३२ देखि खुला गर्ने तयारी गरिएको हो । 

सम्पदा क्षेत्रहरु भूकम्पका कारण केही मात्रामा क्षति भए पनि पूर्णरुपमा क्षतिग्रस्त नभएको र सम्पदा क्षेत्रका भत्किएका संरचना सफा गरी पर्यटकलाई अवलोकन गराउन सकिने भएकोले त्यसको तयारी तीव्र बनाइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी गराउनुभयो । 

पुरातत्व अधिकृत देवेन्द्र भट्टराईका अनुसार स्वयम्भू क्षेत्रमा पर्यटकलाई निश्चित स्थान तथा बाटोसमेत निर्धारण गरी सुरक्षितरुपमा अवलोकन गर्ने व्यवस्था मिलाउनका लागि काम भइरहेको छ । 

हनुमान ढोका दरबार हेरचाहा कार्यालयका प्रमुख सरस्वती सिंहले हनुमान ढोका दरबारमा पर्यटकलाई सुरक्षित अवलोकन गराउने व्यवस्थाका लागि सरसफाइलगायतका काम तीव्ररुपमा अघि बढाइएको बताउनु भयो । 

राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले यही जुन १५ बाट पर्यटकका लागि खुला गर्ने तयारीस्वरुप भक्तपुर दरबार क्षेत्रमा भत्किएका संरचनाको सरसफाइ कार्य भइरहेको जानकारी गराउनुभयो । रासस 

फिफा विश्व बरियतामा नेपाल दुई स्थान घटुवा

Posted by dadad | Thursday, June 4, 2015 | Posted in ,

२१ जेठ, काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपाल दुई स्थान तल झरेको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार १८१ स्थानमा रहेको नेपाल १८३औँ स्थानमा पुगेको हो ।

छिमेकी मुलुक भारत छ स्थान फड्को मार्दै १४१आँै स्थानमा पुगेको छ । योसँगै भारत दक्षिण एसियामा शीर्षस्थानमा पुग्न सफल भएको छ ।

अघिल्लो महिना शीर्षस्थानमा रहेको अफगानिस्तान भने १६ स्थान तल झर्दै १५१औँ स्थानमा पुगेको छ । त्यस्तै, भुटान चार स्थान माथि उक्लँदै १५९ मा, बङ्गलादेश तीन स्थान चढ्दै १६६ मा छ भने त्यत्तिनै स्थान माथि चढेको पाकिस्तान १७० स्थानमा पुगेको छ ।

माल्दिभ्स भने ३८औँ स्थान तल झरेर १७७ औँ स्थानमा चित्त बुझाउन बाध्य हुँदा श्रीलङ्का दुई स्थान बढुवा हुनाका बाबजुद १८६औँ स्थानमा रहँदै दक्षिण एसियाको बरियताको पुछारमा रहेको छ ।

बरियताको शीर्षस्थानमा विश्व विजेता जर्मनी कायम रहँदा बेल्जियम दोस्रो स्थानमा उक्लेको छ । विश्वकपको उपविजेता अर्जेन्टिना एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ भने कोलम्बिया र ब्राजिल आफ्नो पुरानै स्थानमा क्रमशः चौथो र पाँचांैँमा छन् ।

त्यसैगरी, नेदरल्यान्ड्स, पोर्चुगल, उरुग्वे, फ्रान्स र स्पेन क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् । रासस

छोरालाई स्कूल पुर्याउँदा ट्रकको ठक्करबाट आमाको मृत्यु

Posted by dadad | | Posted in

२१ जेठ, सुरुङ्गा (झापा), । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ मा ट्रकको ठक्करबाट एक व्यक्तिको आज बिहान मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकको ठक्करबाट बिर्तामोड नगरपालिका– ५ निवासी ४५ वर्षीय रुद्र परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई गएराति राजमार्गमा पैदल हिँडिरहेका बेला ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका परियारको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार याम खड्काले जानकारी दिनुभयो ।

परियारलाई ठक्कर दिने ट्रक र चालक फरार रहेकाले खोजीकार्य भइरहेको बताइएको छ ।

छोरालाई स्कुल पुर्याउँदा आमाको मृत्यु

यसैबीच, छोरालाई स्कुल पु¥याउन हिँडेकी बिर्तामोड नगरपालिका–१ निवासी २६ वर्षीया होमा धितालको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ ।

छ वर्षीय छोरा इसानलाई स्थानीय हिमरेश बोर्डिङ स्कुल पु¥याउन साइकलमा पछाडि राखेर हिँडेकी उनलाई एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडको मे १ ख २२८ नम्बरको बसले अतिथि सदन सडकखण्डमा ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको छ भने इसान गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

धिताललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । रासस


भूकम्पबाट प्रताडित सुत्केरीको पीडा ...

Posted by dadad | | Posted in ,

(युवराज पाण्डे) 
बनेपा, २१ जेठ । परिवारमा नवजात शिशु जन्मेकाले खुसीको कुनै सीमा थिएन । पाहुनापाछाको भिडभाड पनि त्यत्तिकै थियो, न्वारान भर्खरै सकिन आँटेर खानपानको तयारी हुँदै थियो तर अचानक आएको भूकम्पले घर गल्र्यामगुर्लम ढल्यो, भागदौड मच्चियो । 

काभ्रेपलाञ्चोकको खरेलथोक गाविस वडा नं ४ की ११ दिनकी सुत्केरी नीलम श्रेष्ठलाई रिङ्गटा लागेर ढलेको अनुभूति भयो अनि एकछिनमै नवजात शिशुको खोजी गर्दा त उनको बाबुले दौडाएको जानकारी भयो र अनि मात्रै उहाँलाई भूकम्प आएको थाहा भयो । 

घर भत्किएर सबै खाद्यान्न पुरिएपछि गाईबस्तुका लागि बाहिरै राखिएको मकैको खोले खाएर चार रात कटाएको उल्लेख गर्दै श्रीमती श्रेष्ठले एक सातापछि राहतका रुपमा गएको चामलबाट खाना खाएको र त्यो क्षण खुसीको सीमा नभएको बताउनुभयो । “पहिलो पटक खाँदा त असाध्यै मीठो लाग्यो” उहाँले भन्नुभयो । 

भूकम्पका कारण उहाँको हात मर्केर हाडको समस्या देखिएको छ । भूकम्प गएको झन्डै डेढ महिना बित्न लाग्दा पनि उनीहरुलाई पुनःस्थापना गर्न नसक्दा भुइँको चिसोबाट सुत्केरी आमा, नवजात शिशु र गर्भवती बिरामी पर्न थालेका छन् । चिसोले गर्दा आफ्नो डेढ महिनाको छोरालाई रुघाखोकी र ज्वरोको समस्या आएको जानकारी दिँदै श्रेष्ठले भन्नुभयो – “दिउँसो जस्तापातामुनि सुत्दा जस्ताको ताप र राति भुइँको चिसोले थप समस्या भएको छ ।” 

काभ्रेपलाञ्चोक कोसीदेखा गाविस वडा नं २ की गर्भवती शलिना विकको समस्या पनि उस्तै छ । उहाँलाई भूकम्पपछिका कैयौँ रात भुइँमा सुत्दा चिसोले रुघाखोकी लाग्नाका साथै ज्वरो आयो । एक महिनासम्म त्रिपालमुनि बस्नुभएकी नौ महिनाकी गर्भवती विकले अब बच्चा भएपछि वर्षामा के गर्ने भन्ने विषयमा सोच्नै नपाएको गुनासो गर्नुभयो । “ जस्तामुनिकै बास त होला नि ” उहाँले भन्नुभयो । गाउँका छिमेकीसँग मागेर भए पनि खाना खानुभएका उहाँले आफूजस्ता महिलालाई सरकारले प्राथमिकतामा राखेर काम गरिदिए हुन्थ्यो भन्ने माग गर्नुभयो । 

महिला तथा बालबालिका कार्यालयकी निर्मला कार्कीले सुत्केरी तथा गर्भवतीलाई लक्ष्य गरेर जिल्लामा पोषणयुक्त राहत वितरण गरिएको जानकारी दिँदै उहाँले सो अभियान जिल्लाभरि सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार सुत्केरी र गर्भवतीका लागि दुई ‘क्रेट’ अन्डा, आधा किलोग्राम घिउ र शिशुका लागि कम्बल वितरण भएको छ । 

जिल्लामा ८८ महिलाको भूकम्पका कारण गर्भ तुहिएको बताइएको छ । कार्कीले जिल्लामा भूकम्पका कारण चार हजार ६९७ महिला तथा गर्भवती प्रभावित भएको र यो तथ्याङ्क अझै बढ्ने बताउनुभयो । रासस

भूकम्पपीडितलाई निःशुल्क धानको बीउ वितरण, बीउ खोसाखोस

Posted by dadad | | Posted in

२१ जेठ, भक्तपुर  । जिल्ला कृषि विकास कार्यालय भक्तपुरले भूकम्पले पूर्णरुपमा घर भत्किएर बीउ झिक्न नसकेका पीडित कृषकलाई निःशुल्क धानको बीउ वितरण गरेको छ ।
जिल्लामा १७ हजार ९३० किलो धानको धानको बीउ कृषकलाई वितरण गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले बताउनुभयो ।

काभ्रे र भक्तपुरका किसानबाटै खरिद गरेको चाइनुङ्ग २४२, खुमल ४, खुमल १०, खुमल ११ जातको धानको बीउ जिल्लाको विभिन्न नगरपालिकाको दैवीप्रकोप व्यवस्थापन समिति र छ वटा कृषि सेवा केन्द्रबाट वितरण गरिएको हो ।

राष्ट्रिय बीउबिजन कम्पनीबाट १५ हजार किलो र सेभ द चिल्ड्रेनबाट दुई हजार ७०० किलो धानको बीउका लागि आएको अनुदानबाट धान खरिद गरेर वितरण गरिएको हो ।

धानको बीउको माग अत्यधिक भए पनि किसानको मागलाई पूरा गर्न नसकिएको उहाँको भनाइ छ । कार्यालय प्रमुख ढुङ्गानाले भन्नभयो– “भक्तपुरमा धानको बीउको मागलाई पूरा गर्न सकिएन, कतिपय सेवा केन्द्रमा कृषक धेरै आएर वितरणमा नै समस्या परेपछि कृषकले नै धान लुटेको समेत पाइयो ।”

अन्य जिल्लाको दाजोमा भक्तपुरमा रोपाइँ चाँडो हुने भए पनि धानको बीउ अभावले कृषकलाई समस्या परेको छ । रासस

सेफ्टी ट्यांकमा निस्सासिएर पाँचको मृत्यु

Posted by dadad | | Posted in

२१ जेठ, कपिलवस्तु । कपिलवस्तुको निग्लीहवा गाविस–७ पचेहरामा निर्माणाधीन भवनको सेफ्टी ट्यांकमा निस्सासिएर आज पाँच जनाको मृत्यु भएको छ । 

स्थानीयवासी प्रकाश केवटको बन्दै गरेको घरको ट्यांकभित्र पसेका पाँचै जना मजदुरको अक्सिजनको अभावमा मृत्यु भएको हो । मृत्यु हुनेमा बाणगङ्गा–७ का १८ वर्षीय रमेश पासी, २३ वर्षीय विनोद थारु, ३६ वर्षीय भदै थारु, ४० वर्षीय तौलेश्वर थारु र सोही गाविस वडा नं ४ का ३० वर्षीय शिवनारायण यादव रहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोमा थापाले जानकारी दिनुभयो । 

“पाँचै जनाको बाटामै मृत्यु भइसकेको रहेछ” डा थापाले भन्नुभयो । अहिले सबैको शव जिल्ला अस्पताल तौलिहवामा परीक्षणका लागि राखिएको छ । रासस 

सामूहिक बलात्कारमा संलग्नलाई जनही १० वर्ष कैद

Posted by dadad | Tuesday, June 2, 2015 | Posted in ,

१९ जेठ, इलाम  । सामूहिक बलात्कार गर्ने छ जनालाई जिल्ला अदालत इलामले जनही १० वर्ष कैद फैसला सुनाएको छ ।

तीन वर्षअघि एक महिलालाई बजारबाट घर फर्कने क्रममा सामूहिक बलात्कार गर्ने बाँझो–२ का फिरज लिम्बू, केशर लिम्बू, झापा दमक–१ का आश्विन राई, प्रवीन कुमाल, अनील लिम्बू र सुरज कुमालविरुद्ध सो फैसला सुनाएको हो ।

सामूहिक बलात्कारमा संलग्न उनीहरू हाल फरार रहेकाले मुल्तबीबाटै उनीहरूलाई कैद सजाय सुनाइएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले उनीहरूलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (५) बमोजिम जनही पाँच वर्ष कैद र सोही महलको ३ (क) बमोजिम थप पाँच÷पाँच वर्ष कैद र पीडितलाई रु १०÷१० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । रासस

झड्केलो छोरी बलात्कार गर्ने बाबुलाई नौ वर्ष जेल सजाय

Posted by dadad | | Posted in ,

भक्तपुर, १९ जेठ । झड्केलो छोरीलाई एक वर्षदेखि बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले नौ वर्षको कैद सजाय सुनाएको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले आज काभ्रे नासिका–६ घर भई मध्यपुरथिमी नगरपालिका–७ बस्ने वर्ष ३७ को ‘आशिष’ भन्ने कृष्णहरि बस्नेतलाई नौ वर्ष कैद र पीडितलाई रु ७५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार खड्गप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पीडित बालिकाको वयानअनुसार आमालाई पसलमा पठाएर छोरीलाई बलात्कार गर्ने क्रम नरोकिएपछि घर छोडेर जाने सर्तमा उनले आमालाई जानकारी दिएपछि घटना प्रहरीसम्म पुगेको थियो ।
बाह्र वर्षकी झड्केलो छोरीलाई कसैलाई भनेमा आमा र छोरी दुवैलाई मारिदिने डर धम्की दिई बस्नेतले पटकपटक बलात्कार गरेको आरोपमा छोरी र श्रीमतीले गत कात्तिक ७ गते प्रहरीमा उजुरी दिएका थिए ।
उजुरी परेको थाहा पाएलगत्तै श्रीमतीलाई चिठ्ठी लेखेर फरार भएपनि महानगरीय प्रहरी वृत्त थिमिले बस्नेतलाई गत मङ्सिर ८ गते थिमिबाटै पक्राउ गरेको थियो । रासस

मङ्गलबार नेप्सेमा १२ अङ्को वृद्धि

Posted by dadad | | Posted in , ,

१९ जेठ, काठमाडौँ । बजार खुल्ने समयमा केही तल रहेको नेप्से परिसूचक आज बजार बन्द हुँदासम्म ११ दशमलव ५५ अङ्कले वृद्धि भएको छ । 

नेप्सेका अनुसार आज नेप्से ९०१.९८ मा पुगेको छ । एक हजार ५०९ पटक भएको पाँच लाख ४९ हजार ८९९ को सेयर कारोबार भइ रु २४ करोड ६३ लाख ५१ हजार ५२१ को कारोबार भएको थियो । 

बजार खुल्दा भूकम्पपछि खुलेको साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६७.८६ अङ्कले घटेर अन्तिम दिन ८४१.९६ अङ्कमा पुगेको थियो । 

पहिलो सातामा नेपाल स्टक एक्सचेन्जमा १११ कम्पनीको कारोबार भएको छ । जस अनुसार पाँच हजार १४७ कारोबारबाट रु ७४ करोड ५७ लाख ३१ हजार बराबरका १९ लाख १४ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका छन् । रासस 

पाँच गाविसको ४७ गाउँ तत्कालै सार्नु - सभासद् टोली

Posted by dadad | Monday, June 1, 2015 | Posted in

१९ जेठ, धादिङ । धादिङ जिल्लाको अति विकट पाँच गाविसका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न सभासद्को टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको छ । 

पाँच गाविसका मानिसलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको हो । सभासद्हरु दिलमान पाख्रिन, धनबहादुर घले, पररशुराम तामाङ र पूर्वसभासद् पुष्पविक्रम मल्लले अध्ययन गरी एक साताभित्रै गाउँवासीलाई सुरक्षित स्थानमा राख्नका लागि प्रस्ताव गर्नुभएको हो । 

मोटर बाटोले नछोएको लापा गाविसको विभिन्न १५ वटा टोलको ७०० घर, री गाविसको विभिन्न सातवटा टोलबस्तीको एक हजार २९४ घर, तिप्लिङ गाविसको विभिन्न १३ वटा बस्तीको ११० घर, झार्लाङ गाविसको सातवटा टोलको ६५६ घर र सेर्तुङ गाविसको पाँचवटा टोलको ६२९ घर गरी तीन हजार ३८९ घरलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । अहिले पनि लगातार पहिरो गइरहेको र हिँडेर कुनै पनि गाउँ पुग्न नसकिने भएपछि बेलैमा सुरक्षाको उपाय अपनाएर जनतालाई राज्यका तर्फबाट दिन सकिने सेवा उपलब्ध गराउनुपर्ने सभासद् धनबहादुर घलेको भनाइ छ । 

भूकम्पपछि सो क्षेत्रहरुमा लगातारको पहिरोले गाउँवासी जोखिम मोलेर सो क्षेत्रमा बसिरहेका छन् भने केही गाउँलेले बस्न नसकिने अवस्था आएपछि घर छाडेका छन् । लापा, री र झर्लाङका केही सदरमुकाम नजिकै विस्थापित भएर बसिरहेका छन् । 

सभासद्हरुले पेस गरेको प्रस्तावको सम्बन्धमा एक हप्ताभित्र उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न टोली खटिएर गाउँसम्म पुग्ने र नागरिकको सुरक्षाका लागि सबै उपाय अपनाउने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । 

भूकम्पको फाइदा उठाउँदै विद्युत् चोरी बढ्यो !

Posted by dadad | | Posted in ,

१९ जेठ, चितवन । चितवनको रत्ननगरमा विद्युत् चुहावट दोब्बरले बढेको छ । अघिल्लो वर्ष रत्ननगरमा १९ प्रतिशत विद्युत् चुहावट रहेकामा अहिले बढेर ३९ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले जनाएको छ ।

अहिलेको समयमा भूकम्पको फाइदा उठाउँदै झन् चोरी बढेको पाइएकाले चोरी नियन्त्रण अभियान सुरु गरिएको केन्द्रका इन्जिनियर चन्द्रशेखर श्रेष्ठले बताउनुभयो । मुख्यगरी चितवनको भण्डारा, कठार, कुमरोजलगायत क्षेत्रमा चोरी बढेको छ । अन्य क्षेत्रमा पनि अहिले सिँचाइको पानी चलाउने बेला भएकाले चोरी झन् बढेको श्रेष्ठको दाबी छ ।

प्रायः गरेर बिदाको समयलाई सदुपयोग गर्दै चोरी नियन्त्रणमा अभियान चलाइएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । रत्ननगरको यस केन्द्रमा ४५ हजार ग्राहक छन् । यो महिनाबाट सुरु भएको चोरी नियन्त्रण अभियानअन्तर्गत अहिलेसम्म ९० जनालाई कारबाही गरी रु तीन लाख ६७ हजार राजस्व सङ्कलन भइसकेको जानकारी उहाँले दिनुभयो ।
सो क्रममा २५ जनालाई पक्राउ गरेरै कारबाही गरिएको र चोरी गरेर प्रयोग गरिएका कम्प्युटर, मोटर, पङ्खासमेत बरामद गरिएको श्रेष्ठले बताउनुभयो । यसअघि चितवनमा विद्युत् चोरी नियन्त्रण अभियान चलाइएको भए पनि यो वर्ष भने अभियान सेलाएको थियो । रासस

आफूखुसी सहयोग गरे कारबाही

Posted by dadad | | Posted in ,

१९ जेठ, काठमाण्डौ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारको मातहत रहेर वा सरकारले तोकेको मापदण्डमा मात्र सहयोगका काम गर्न पाउने भएका छन् । आफूखुशी सहयोग गर्ने कारबाहीमा पर्नेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

कसले, कहाँ, कसका लागि, के सहयोग गरे भन्ने जानकारी हुन छाडेपछि सरकार निर्देशिकै बनाएर एकद्वार नीतिमा लागेको हो । गैरसरकारी निकायहरुलाई सरकारको मापदण्डबाहिर जान बन्देज लगाउने निर्णय एक साताअघि मन्त्रिपरिषदले पास गरिसकेको छ । तर लागू शुक्रबारदेखि हुनेछ ।

अब दाताले मापदण्डमा काम गरेर सरकारलाई हस्तान्तरण गर्ने र दुवै पक्ष भएर सर्वसाधारणलाई बुझाउने कार्यविधि अपनाइने अधिकारीहरुले बताए । ‘जथाभावी हुन नदिन यस्तो तयारी सरकारले गरेको हो । आफूखुशी कुनै स्थानमा गएर सहयोग गर्न अबका दिनमा पाइदैन’, अर्थ मन्त्रालय बैदेशिक सहायता महाशाखा प्रमुख मधु मरासिनीले भने, ‘सरकारले तोकेको स्थानमा मात्र जानुपर्ने हुन्छ ।’

हिजाे अधिक गर्मी

Posted by dadad | | Posted in ,

 
१९ जेठ, काठमाण्डौ । सोमबार काठमाडौंमा अंग्रेजी वर्ष २०१२ पछिकै सबैभन्दा बढी गर्मी दिन साबित भयो । कान्तिपुर दैनिकमा समाचार छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले सोमवार (१ जुनमा) काठमाडौंमा ३३.५ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको र त्यो तीन वर्षपछिको सबैभन्दा बढी भएको बताए ।

सोमवार काठमाडौंभन्दा विराटनगर सित्तल रह्यो । विराटनगरमा सोमवार ३१.६ डिग्रिसेल्यिसयस तापक्रम रेकर्ड भएको महाशाखाले उल्लेख गरेको छ । पश्चिम नेपालमा झण्डै दुई साताअघिदेखि गर्मी बढेपनि गत सातासम्म काठमाडौं सित्तलै थियो । शनिवार र आइतबार पनि काठमाडौंको तापक्रम ३३ डिग्रिकै हाराहारीमा थियो ।

कुनै पनि परियोजनाहरु नरोक्न पूर्व अर्थमन्त्रीहरुको आग्रह

Posted by my storry | | Posted in , ,

काठमाडौं जेष्ठ १८ ÷ 
पूर्व अर्थमन्त्रीहरुले भूकम्पका कारण अर्थतन्त्रका ठुला र साना कुनै पनि योजनाहरु नरोक्न आग्रह गरेका छन् । साथै उनीहरुले यो अबस्थामा सबै निकाय र क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न राज्यसमक्ष आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा आयोजना गरेको ‘भूकम्प पछि अर्थतन्त्रका नयाँ रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्रीहरुले आर्थिक गतिविधि र आगामी वजेटमा संकिर्णता त्याग्न सरकारलाई सुझाव दिए । कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले नेपालभित्रकै पुँजी परिचालन गर्न नसकेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले दाता सम्मेलन भन्दा पनि सरकारले दिर्घकालीन, मजवुत र आर्थिक चलायमानपूर्ण योजनाहरु अघि सार्नुपर्ने आवश्यकता औल्याए । जुन जुन देश र निकायले आर्थिक सहायता गर्ने भनेका छन् उनीहरुलाई राष्ट्रिय योजना तर्जुमा गरेर सरकारले सोही अनुसार साथमा लिनुपर्नेमा उनको जोड थियो । अधिकारीले भूकम्प गयो भनेर विभिन्न राष्ट्रिय लगानीका पूर्वाधारहरुलाई रोक्न नहुने बताउँदै ठुला र साना सबै आयोजनाहरुलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे । 
कार्यक्रममा अर्का पूर्व अर्थमन्त्री संकरप्रसाद कोइरालाले विपतका बेला बजेटमा सिमा तोकेर अघि बढ्न नहुने बताए । ‘यस्तो असामान्य अबस्थामा बजेटमा संकिर्ण ढंगले सिमा तोक्ने फर्मुला ल्याउन हुँदैन’ उनले भने – ‘भूकम्पका कारण राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई असर पर्ने किसमिका योजना पनि ल्याउनु हुँदैन’ । कोइरालाले सडक संजाल, पर्यटन, कृषि, शिक्षा र विद्युतमा दोव्वर बजेट आबश्यक रहेको बताउँदै साधारण अबस्थामा जस्तो सामान्य बजेट आउन नहुँने र जति सकिन्छ धेरै र खुल्ला आकारको बजेट ल्याउनु उपयूक्त हुने उल्लेख गरे । भूकम्पले शिक्षा र पर्यटनमा ठुलो असर गरेको उल्लेख गर्दै उनले त्यसतर्फ बढी ध्यानन दिनुपर्नेमा जोड दिए । 
सोही कार्यक्रममा बोल्दै पूर्र्व अर्थ राज्यमन्त्री हरी खेवा लिम्बुले कम्जोर अबस्थामा रहेको देशको आर्थिक अवस्थालाई उठाउन कृषिमा बढी फोकस हुनुपर्ने बताए । उनले भूकम्पबाट धेरै कृषकहरु पीडीत भएको बताउँदै कृषकलाई आबश्यक पर्ने विउ, प्रविधि, उन्नत जातको पशु पालनतर्फ राज्यले सहुलियत प्रवाह गर्नुपर्ने भन्दै अन्यथा भूकम्पपीडीतहरु मागेर खाने अबस्थामा आउन सक्ने तर्फ सचेत गराए । उनले सरकारले जनताको विश्वास लिन नसकेको बताउँदै जनताको विश्वास जित्न नसके अर्थतन्त्र कम्जोर हुने बताए । कार्यक्रममा पूर्व गभर्नर डा.तिलक रावलले भूकम्पपछि सबै कुरा सिद्धियो भन्नु भन्दा पनि यसबाट पाठ सिकेर आर्थिक सवलिकरणतर्फ मुलुक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले भूकम्पबाट भएको क्षतिका बाबजुत देशका आर्थिक योजनाहरुलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले यतिबेलाका योजना र नीतिहरु सबैभन्दा मजबुत हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघका नव निर्वाचित अध्यक्ष प्रकाशचन्द्र सापकोटा तथा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले भूकम्प पछिको अवस्थामा आर्थिक मुद्धाहरु बढी केन्द्रीत रहन राजनीतिक दल र सरोकारवालालाई । सोही कार्यक्रममा मिडिया इनटरनेसनलले नेपाल आर्थिक पत्रकार संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको थियो । 

जस्तापाता प्रकरणः त्रिशूली–छहरे–काठमाडौ सडक वन्द

Posted by dadad | | Posted in

जेठ १८, नुवाकोट । जस्तापाता प्रकरणमा दुई जना स्थानीय कुटपिट भएको विरोधमा सोमवार देखि नुवाकोटको त्रिशूली–छहरे–काठमाडौ सडक वन्द भएको छ ।

जस्ता पाताका सम्वन्धमा आइतवार भएको पत्रकार सम्मेलनमा आयोजक पक्षवाट दुई जना कुटिएको विरोधमा स्थानीयवासीे दोषीमाथि कारवाहीको माग गर्दै त्रिशूली–छहरे–काठमाडौ सडक वन्द गराएको स्थानीयवासी मधु कोइरालाले जानकारी दिए । 

सडक वन्द भएपछि नुवाकोटको पुर्वी क्षेत्रमा रहेका ३० भन्दा वढि गाविसका स्थानीय प्रभावित भएका छन् । शुक्रवार स्थानीयले नियन्त्रणमा लिएको एक ट्रिपर जस्तापाताको विषयमा निकै विवाद आएपछि सम्वन्धित निकायले तत्काल छानविन गरिनु पर्ने, स्थानीय कृष्ण वोहरा र शिव वोहरामाथि हातपात गर्नेलाई कारवाही गरिनुपर्ने, ट्रिपर चालकलाई अनुसन्धान गर्नु पर्ने माग गर्दे सडक मार्ग वन्द गरिएको स्थानयिले वताएका छन् । 

विहानैदेखि कविलास, थानसिह, भद्रुटारलगायत सात गाविसका स्थानीयले सडकमा टायर वालेर सडक अवरुद्ध गराएका छन् । सडकमार्ग वन्द भएपछि यातायात खुलाउन र जस्तापाताको विषयमा छानविन गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले अग्रसरता देखाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले बा ३ ख ३८४४ नम्वरको ट्रिपरलाई चालकसहित जस्तापाता छानविन नभएसम्मका लागी सेनाको मैथलिस्थित तालिम केन्द्रमा राखेको छ । 

यस्ता पनि श्रीमान् !

Posted by dadad | | Posted in

लहान, १८ जेठ । घरायसी विवाद बढेपछि मिर्चैया नगरपालिका– २ मलहनिया खोरीका प्रमोद साहले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । 

तीस वर्षीया श्रीमती अमिरदेवी साहको घाँटी थिचेर हत्या गरेपछि आत्महत्याको प्रयासमा पूर्व–पश्चिम राजमार्गमा दौडिएका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार घाइते भएका उनलाई उपचारका लागि विराटनगर लैजाँदा बाटोमा मृत्यु भएको छ । मृतक दम्पतीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पु¥याइएको छ । 

यसैबीच सप्तरीको पोर्ताहा गाविस– ५ का ३५ वर्षीय अनिलकुमार खिडहरि यादवले आज कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेका छन् । 

घटनास्थालबाट प्रहरीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस 

    Popular Posts