गुल्मीको मर्भुङ्गमा नागरिक सुनुवाई

Posted by my storry | Tuesday, June 9, 2015 | Posted in , ,

 अनिल खत्री 
गुल्मी जेष्ठ २७÷

जिल्ला प्रहरी कार्यलय गुल्मीले मर्भुङ्ग गाविसमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यलय गुल्मीले आफना सेवा तथा गतिबिधीहरुको बारेमा जानकारी लिदै नागरिकबाट सुझाव सल्लाह समेत छलफल भएको थियो । मर्भुङ्ग गाविसको सिमलटारी सम्पन्न कार्यक्रममा त्यस क्षेत्रका बिभिन्न संघ संस्था,बुद्धीजिवी, महिला, नागरिक समाज लगायत सर्बसाधारणहरुको  सहभागिता रहेको थियो । 
 कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले घरेलु मदिरा सेवनबाट उत्पन्न हुने समस्या, घरेलु तथा महिला हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको बारेमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले जानकारी गराउदै प्रहरीले समाजमा घरेलु मदिरा नियन्त्रण लगायत सबै सकरात्मक कामहरुमा सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले संञ्चालन गरेको बिद्यार्थीका लागी सचेतना मुलक कार्यक्रम जिल्लाका बिभिन्न स्थानका बिद्यालयमा पुगी कार्यक्रमहरु सम्पन्न भएको छन् ।  सिमलटारीमा मालिका उच्च मा बि का कारिव २ सय भन्दा बिद्यार्थीहरुका लागी लागु औषध दुव्र्यसन, यौन दुव्र्यबहार, घरेलु हिंसा, ट्राफिक नियम, बिद्युतिय अपराध लगायतका बिषयमा अन्र्तक्रिया अन्तक्रिया तथा प्रशिक्षण जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले दिनु भएको थियो । 
 प्रहरीले केहि महिना अघिबाट सुरु गरेको सचेतना मुलक कार्यक्रम सदरमुकामका बिभिन्न बिद्यलयमा संञ्चलन पछि अहिले सदरमुकाम बाहिरका ग्रामीण भेगमा यस्ता कार्यक्रमहरु संञ्चालन भैरहेका छन् ।  गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा संलग्नहरुलाइृ समेत कारवाही प्रक्रृया शुरु गरे सगै शान्ति सुरक्षामा सुधार आएको । जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले आफ्ना गतिबिधीहरु बढाएसगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको हो  । साथै प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ ।

नव नेपाल निमार्णको अभियानमा दौडदैछन् युवा

Posted by my storry | Monday, June 8, 2015 | Posted in , ,

जेष्ठ २६ काठमाण्डौ 
भूकम्प पछि देश सिथिल भयो भन्नेहरु धेरै छन् । तर देशको नव निमार्णमा जुट्नका लागि नेपाली युवाहरु अथक दौडमा संलग्न हुँदैछन् । दौड केवल दौडमा मात्र सिमित हुने छैन । काठमाण्डौमा दौडने, दौडले रामेछापको दुरागाउँका माईला दाईको मनमा आशा जगाउने छ, अनि दोलखाको सिंगटिका ठूलालाईको मुहारमा खुसी छर्ने छ, त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डौ, धादीङ, नुवाकोट, रसुवा, गोरखा लगाएतका भुकम्प पिडित र प्रभावितलाई उर्जा प्रदान गर्ने छ । नव नेपाल निमार्ण अभियानका लागि युवा जनशक्तिलाई थप उत्प्रेरणा हासिल गर्न यस्ता रचनात्मक कार्यमा लाग्न सघाउ पु¥याउने द ह्वाईट जोन नेपालका सचिव निरोज खड्काले बताउनुभयो । 
वाई.एस.पि. नेपाल रामेछाप, युथ नेटवर्क काठमाण्डौ र द ह्वाईट जोन नेपाल काठमाण्डौको संयोजनमा यही जेष्ठ ३० गते शनिवार विहान ७ बजे देखी ९ बजेसम्म पाटन ढोका देखी बसन्तपुर डवलीसम्म नव नेपाल निमार्णका लागि सहयोगार्थ दौड कार्यक्रम आयोजना गरिएको वाई.एस.पि. नेपाल रामेछापका अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 
५ सय देखी १ हजार युवा सहभागि हुने दौड कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार
मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, म्यराथुन धावक वैकुण्ठ मानन्धर, गायक रामकृष्ण ढकाल, फुटवल खेलाडी हरी खड्का, नेपालकै पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का,  अभिनेत्री विनिता वराल, एथलेटिक्स खेलाडी भगवती माझि लगाएत नागरिक समाजका अगुवा, पत्रकार, कलाकार, पेशाकर्मीको  सहभागिता रहने महतले जानकारी दिनुभयो । 

नागरिकका सम्पादक, प्रधानमन्त्रीको प्रेस सल्लाहकार

Posted by my storry | Friday, June 5, 2015 | Posted in , ,

२२ जेठ, 
केही दिन अघि मात्रै नागरिक दैनिक छाडेका प्रतिक प्रधान प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकारमा पत्रकार प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको हो । 
एक वर्ष भन्दा लामो समयसम्म प्रेस संयोजक मात्रै नियुक्त गरेका प्रधानमन्त्री कोईरालाले पत्रकारीतामा अब्बल प्रधानलाई प्रेस सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । 
प्रधानमन्त्रीको प्रेस संयोजकमा प्रकाश अधिकारी पहिलेनै नियुक्त भैसकेका थिए ।

कपिलबस्तुको निग्लीहवामा निस्सासिएर ५ जना मजदुरको ज्यान गयो ।।

Posted by my storry | Thursday, June 4, 2015 | Posted in ,

रन्जना रौतार ,जेठ २१
कपिलबस्तुको निग्लीहवा ७ पचेहरामा आज बिहान साढे ८ बजे ५ जना र्निमाण मजदुरको निस्सासिएर ज्यान गएको छ । स्थानीय ओम प्रकाश केवटको घरको २० दिन अघि र्निमाण गरिएको  सेफटी ट्याङकिको सटरिङ खोल्न जांदा उनिहरु क्रमस निसास्यीएर बेहोस भएका थिए । गहिरो गरि र्निमाण गरिएको सेफटि ट्याङकिमा अक्सीजनको अभावले उनिहरु बेहोस बनेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यलय पिपराका निरिक्षक मुरलिमोहन अधिकारीले जानाकारी दिनुभयो । ज्यान जानेमा बाणगंगा ७ हथौसाका  ४० बर्षिय हदै थारु ,३० बर्षिय तौलेश्वर थारु, बर्ष २५ का तिलक थारु, ३० रमेश पासी र बाणगंगा नगरपालिका ४ पटनाका शिवनारायाण यादव रहेका छन् । मृतक मजदुरहरुको तौलिहवा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

कुनै पनि परियोजनाहरु नरोक्न पूर्व अर्थमन्त्रीहरुको आग्रह

Posted by my storry | Monday, June 1, 2015 | Posted in , ,

काठमाडौं जेष्ठ १८ ÷ 
पूर्व अर्थमन्त्रीहरुले भूकम्पका कारण अर्थतन्त्रका ठुला र साना कुनै पनि योजनाहरु नरोक्न आग्रह गरेका छन् । साथै उनीहरुले यो अबस्थामा सबै निकाय र क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न राज्यसमक्ष आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा आयोजना गरेको ‘भूकम्प पछि अर्थतन्त्रका नयाँ रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्रीहरुले आर्थिक गतिविधि र आगामी वजेटमा संकिर्णता त्याग्न सरकारलाई सुझाव दिए । कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले नेपालभित्रकै पुँजी परिचालन गर्न नसकेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले दाता सम्मेलन भन्दा पनि सरकारले दिर्घकालीन, मजवुत र आर्थिक चलायमानपूर्ण योजनाहरु अघि सार्नुपर्ने आवश्यकता औल्याए । जुन जुन देश र निकायले आर्थिक सहायता गर्ने भनेका छन् उनीहरुलाई राष्ट्रिय योजना तर्जुमा गरेर सरकारले सोही अनुसार साथमा लिनुपर्नेमा उनको जोड थियो । अधिकारीले भूकम्प गयो भनेर विभिन्न राष्ट्रिय लगानीका पूर्वाधारहरुलाई रोक्न नहुने बताउँदै ठुला र साना सबै आयोजनाहरुलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे । 
कार्यक्रममा अर्का पूर्व अर्थमन्त्री संकरप्रसाद कोइरालाले विपतका बेला बजेटमा सिमा तोकेर अघि बढ्न नहुने बताए । ‘यस्तो असामान्य अबस्थामा बजेटमा संकिर्ण ढंगले सिमा तोक्ने फर्मुला ल्याउन हुँदैन’ उनले भने – ‘भूकम्पका कारण राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई असर पर्ने किसमिका योजना पनि ल्याउनु हुँदैन’ । कोइरालाले सडक संजाल, पर्यटन, कृषि, शिक्षा र विद्युतमा दोव्वर बजेट आबश्यक रहेको बताउँदै साधारण अबस्थामा जस्तो सामान्य बजेट आउन नहुँने र जति सकिन्छ धेरै र खुल्ला आकारको बजेट ल्याउनु उपयूक्त हुने उल्लेख गरे । भूकम्पले शिक्षा र पर्यटनमा ठुलो असर गरेको उल्लेख गर्दै उनले त्यसतर्फ बढी ध्यानन दिनुपर्नेमा जोड दिए । 
सोही कार्यक्रममा बोल्दै पूर्र्व अर्थ राज्यमन्त्री हरी खेवा लिम्बुले कम्जोर अबस्थामा रहेको देशको आर्थिक अवस्थालाई उठाउन कृषिमा बढी फोकस हुनुपर्ने बताए । उनले भूकम्पबाट धेरै कृषकहरु पीडीत भएको बताउँदै कृषकलाई आबश्यक पर्ने विउ, प्रविधि, उन्नत जातको पशु पालनतर्फ राज्यले सहुलियत प्रवाह गर्नुपर्ने भन्दै अन्यथा भूकम्पपीडीतहरु मागेर खाने अबस्थामा आउन सक्ने तर्फ सचेत गराए । उनले सरकारले जनताको विश्वास लिन नसकेको बताउँदै जनताको विश्वास जित्न नसके अर्थतन्त्र कम्जोर हुने बताए । कार्यक्रममा पूर्व गभर्नर डा.तिलक रावलले भूकम्पपछि सबै कुरा सिद्धियो भन्नु भन्दा पनि यसबाट पाठ सिकेर आर्थिक सवलिकरणतर्फ मुलुक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले भूकम्पबाट भएको क्षतिका बाबजुत देशका आर्थिक योजनाहरुलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले यतिबेलाका योजना र नीतिहरु सबैभन्दा मजबुत हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघका नव निर्वाचित अध्यक्ष प्रकाशचन्द्र सापकोटा तथा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले भूकम्प पछिको अवस्थामा आर्थिक मुद्धाहरु बढी केन्द्रीत रहन राजनीतिक दल र सरोकारवालालाई । सोही कार्यक्रममा मिडिया इनटरनेसनलले नेपाल आर्थिक पत्रकार संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको थियो । 

गृह मन्त्रीको प्रेस सल्लाहाकार को ? विज्ञप्ति सहित

Posted by my storry | Saturday, May 30, 2015 | Posted in , ,

जेष्ठ १६ शनिवार ,
गृह मन्त्री वामदेव गौतमका प्रेस सल्लाहकारका रुपमा सवैले चिन्दै र वुभ्mदै आएका विश्वमणी सुवेदीको फेसवुक स्टाटसमा शनिवार गृह मन्त्रीले प्रेस सल्लाहकार र संयोजक नराखेको व्यहोरा सहितको पत्र निजी सचिवको हस्तक्षरमा देखिएको छ ।

पत्रमा गृह मन्त्री गौतमका निजी सचिवले अहिलेसम्म गृह मन्त्रीले कसैलाई पनि प्रेसको जिम्मा नदिएको उल्लेख छ । गृह मन्त्रीको हैसियतमा नभए कि उप प्रधानमन्त्रीको हैसियतमा वामदेवले सुवेदीलाई प्रेससंयोजक तोकेका हुन वा दुवै होईन । 

टेक्सासमा बस्ने नेपालीहरुको भूकम्प पीडितहरुका लागि ४ करोड रुपैयाँ सहयोग

Posted by dadad | Thursday, May 28, 2015 | Posted in , ,



१४ जेष्ठ, काठमाडौं । १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिका साना ठूला पराकम्पनहरुले ठूलो जनधनको क्षति पुर्यायो । विनाशकारी भूकम्पले अति प्रभावित जिल्लाका पीडितहरुका लागि सहयोगी र मनकारी हातहरु अघि सरिरहेको छ ।

अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपालीहरुले नेपालका भूकम्प पीडिहरुका लागि करिब ४ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् । टेक्सासको डलास सहरमा रहेका नेपालीहरुको संगठन नेपाली समाज मार्फत सो रकम बराबरको राहत वितरण गरिएको हो ।

संकटग्रस्त सबैजसो जिल्लामा पुगेर नेपाली समाजका प्रतिनिधिहरुले पीडितहरुलाई खाद्यन्न, त्रिपाल, स्लिपिङ ब्याग, औषधि, म्याट्रेस आदि वितरण गरेका छन् । नेपालमा भूकम्प जाँदा अमेरिकामा रात थियो । भोलिपल्ट बिहानदेखि नेपालीहरुले नै बनाएको मन्दिरमा स्वतस्फूर्तरुपमा नेपालीहरु जम्मा भए ।


नेपालीबाहेक अन्य समुदायका मानिसहरुले पनि सहयोग गरेको समाजका सदस्य कृष्ण लामिछानेले बताए ।
भूकम्प गएल गत्तै सक्रिय भएका टेक्सासबासी नेपालीहरुले समाजको आह्वानमा नगद अनुदान, औषधी तथा अन्य राहत सामाग्री सहयोग गरे ।

राजधानी काठमाडौ सहित अन्य जिल्लाहरु भूकम्पका कारण क्षत–विक्षत हँुदै गर्दा काठमाडौबाट ठूलो संख्यामा मानिसहरु सुरक्षित बसोबासको खोजीमा काठमाडौ बाहिरिंदै गर्दा अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका नेपालीहरुको एउटा समूह भने आफ्नो सुरक्षाको प्रवाह नगरी नेपाल आएको समाजका उपसभापति बाल जोशीले बताए ।

पहिलो समुहमा १७ जना र दोस्रो समुहमा ५ जना रहेको उक्त समूहमा चिकित्सक, नर्स, इन्जिनियर, नेपाली मुलका अमेरिकी सेना तथा अन्य स्वयंसेवकहरु छन् ।

नेपाल आउनका लागि लाग्ने हवाई खर्च देखि अन्य सम्पूर्ण खर्च सबै स्वयंसेवकहरुले आफैं व्यहोरेका छन् । राहतका लागि उठाइएको कुनैपनि रकम स्वयंसेवकको लागि खर्च नगरिएको उपसभपति जोशीले जानकारी दिए ।

राहतको कार्यक्रम पछि पुननिर्माणमा पनि नेपाली समाजले सहयोग गर्ने योजना बनाएको छ । यसका लागि अमेरिका फर्केपछि छलफल हुने बताईएको छ ।

डलास सहरमा करिब ३० हजार नेपालीहरु बसोबास गर्छन् । उनीहरुले आफ्नै खर्चमा मन्दिर निर्माण गरेका छन् । नेपालीहरुको एकता र विपद्मा सहयोग गर्ने तत्परताका कारण डलासका नेपालीहरुमाथि अन्य समुदायको विश्वास पनि बलियो रहेको नेपाली समाजले जनाएको छ ।

विपद्को समयमा पनि मोटो रकम असुल्ने दाउमा नीजि शैक्षिक संस्थाहरु !

Posted by dadad | Wednesday, May 27, 2015 | Posted in ,

टेकमान शाक्य 
विनाशकारी भूकम्पले प्रभावित जिल्लाका करिब ९० प्रतिशत विद्यालयहरु बस्न नहुने अवस्थामा छन् । ती विद्यालयहरु पुनर्निर्माणपछि मात्रै आफ्नो कार्य सम्पादन गर्न सक्षम हुन्छन् । भूकम्पका करिण करिब १ महिना विद्यालय संचालन भएन । अध्ययनरत विद्यार्थीहरुको मनोविज्ञानलाई भूकम्पले क्षत विक्षत बनाईरहेको छ । उनीहरुको मनोविज्ञानलाई पहिलेकै ठाउँमा ल्याएर पठन पाठन गराउनुपर्ने ठाउँमा, नीजि क्षेत्रबाट संचालिन विद्यालयहरु भने कमाउने धन्दामै तल्लिन छन् । ती विद्यालयहरु अहिले सेवालाई पछाडी धकेल्दै व्यापारी रुप देखाउनमा तँ भन्दा म के कम भन्दै अघि बढिरहेका छन् ।

विद्यलय संचालन नभएको अवधिको शैक्षिक सुल्क पनि अभिभावकले तिर्नुपर्ने नी विद्यालयहरुले भनिरहेका छन् । शिक्षकलाई तलब दिनुपर्ने र विद्यालय भवनहरु भत्किएको बहाना बनाउँदै विद्यार्थीहरुबाट मोटो रकम असुल्न नीजि क्षेत्रबाट संचालित विद्यालयहरु तँछाड मछाड गर्दै छन् ।

यो अवधिको समयमा अभिभावकले आफ्ना नानीबाबुको शुल्क नतिर्न विभिन्न विद्यार्थी संगठनहरुले भनिरहेका छन् । सेवा नलिएको समयको शुल्क दिन नपर्ने विद्यार्थी संगठनको तर्क छ । तर विद्यालयहरु अरुलाई सस्तो लोकप्रियताको बिल्ला लगाउँदै सेवा नदिएको पनि शुल्क दिनुपर्ने अडानमा छन् ।

भौतिक क्षेत्र नीजि विद्यालयमा मात्रै होइन
यो समयमा नीजि विद्यालयहरुले आफ्नो भौतिक क्षति ठूलो भएको भन्दै सेवा नदिएको समयको पनि शुल्क लिन गोज्नु त्यति न्यायोचित नहोला । नीजि विद्यालयको मात्रै होइन, अन्य सम्पूर्ण विद्यालय, विद्यार्थी, अभिभाव सबैको भौतिक सम्पत्ती सध्ये छैन र बस्न मिल्ने खालको छैन भन्ने उनीहरुको दिमाखमा घुस्नुपर्छ ।
सबै क्षेत्रले आ–आफ्नो क्षेत्रबाट परोपकारी मन बाँडिरहेको समयमा अनेक बहानामा नीजि विद्यालयले शुल्क अशुल गर्नु हुँदैन । भौतिक क्षेति भएको भए त्यसको व्यवस्थापन आफैँले गर्नुपर्छ र आफैँले गर्न नसक्ने हो भने, अन्य कुनै निकायसँग गुहार माग्नुपर्छ । अबोध बालक र उनीहरुको अभिभावकसँग मनपरितन्त्र लादेर शुल्क असुल्नु त्यति जायज नहोला ।

सेवा भन्दा ब्यापारमा जोड
विनाशकारी भूकम्प अघि पनि निजी क्षेत्रका शैक्षिक संस्थाहरु शुल्क बृद्धिको दाउ छोप्दै थिए । उनीहरु विद्यार्थीबाट सेवा सुविधा दिएजस्तो गर्दै पैसा कमाउने धन्दालाई प्राथमिकता दिनमा माहिर छन् । नीजि क्षेत्रका शैक्षिक संस्थाहरुमा त्यस्ता विद्यार्थीहरु छन्, जहाँ सामान्य र सर्वसाधारणले आफ्ना नानीबाबुहरुलाई पठाउन नै सक्दैनन् ।

विहान खाएर बेलुकी के खाउँ भन्नेहरुको पहुँचमा ती शैक्षिक संस्थाहरु पर्दैनन् । विगतदेखि नै कालो धन कमाउने व्यापारी धन्दा गर्ने बानी परेका नीजि विद्यालयले यस्तो विनाशकारी भूकम्पपछिको संकटकालीन अवस्थामा पनि आफ्नो असली रुप लुकाउन सकेनन् । भन्दै छन् की, बिदाको समयको पनि शुल्क अभिभावकले तिर्नुपर्छ, अभिभावकले पैसा नदिए हामीले शिक्षकलाई कसरी तलब दिने ?

दोहोरो मारमा अभिभावक
अभिभावक १ महिनादेखि आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउने सामथ्र्य गर्न सकिरहेका छैनन् । अझै पराकम्पन नरोकिएकाले न त विद्यालयमा शिक्षकहरु अध्यापनका लागि जान सक्छन्, न त अभिभावक आफ्ना नानीबाबुलाई विद्यालय पठाउन नै सक्छन् । प्रभावित जिल्लाका अभिभावकहरुको पनि भौतिक संरचनामा ठूलो परिणाममा क्षति पुगेकाले विद्यालयले त्यो अवधिको शुल्क मिनाह गर्नुपर्ने हो । विनाशकारी भूकम्पले निम्त्याएको संक्रमणकालमा अभिभावक र विद्यार्थीलाई राहत दिनुपर्ने ठाउँमा नीजि विद्यालय उल्टो रकम असुल गर्दै छन् ।

अभिभावक बालबालिकामा परेको मनोबैज्ञानिक असरलाई कम गर्न चाहन्छन् । कत्तिपय अभिभावक बालबालिका लिएर घरबारबिहीन अवस्थामा त्रिपालभित्र बसिरहेछन् । आयस्रोत सबै तहस नहस छन् । यस्तो बेलामा आफ्नो परिवारको जीवनयापन कसोरी गर्ने भन्ने चिन्तामा प्रताडिएका अभिभावकहरुलाई नानीबाबुको शुल्क कसरी तिर्ने ? भन्ने चिन्ताले पिरोलिरहेको छ । उनीहरु भन्दै छन् की,–‘पठाई नै नभएको समयको शुल्क हामीले कसरी तिर्ने ?’

विद्यार्थी संगठनहरु के भन्छन् ?
विगतदेखि नै विद्यार्थी संगठनहरु नीवि विद्यालयप्रति रुष्ट बन्दै आईरहेका छन् । गुणस्तरीयतामा भन्दा कमाउने धन्दामा ती विद्यालयहरु अग्रसर भैरहेको संगठनहरुको तर्क छ । विनाशकारी भूकम्प जानुभन्दा पहिलो पनि शुल्क बढाउने गृहकार्यप्रति विद्यार्थी संगठनहरुले चर्को आलोचना र विरोध गरेका थिए  । उनीहरुले नीजि क्षेत्रबाट संचालित विद्यालयहरुले आफ्नो सुविधा र सेवालाई बढवा नदिईकन अभिभावकसँग मोटो रकम लिईरहेको भन्दै चर्को र खरो विरोधमा उभिएका छन् । विद्यार्थी संगठनहरु पठनपाठन हुन नसकेको अवधिको शुल्क अभिभावकले तिर्न नपर्ने र नीजि विद्यालयहरुले पनि त्यो लिन नपाउने भनेका छन् ।
नीजी शैक्षिक संस्थाहरुमा मनपरितन्त्र मौलाएको भन्दै विद्यार्थी संगठनहरुले त्यसको नियन्त्रणका लागि सरकार र संबन्धित निकायसँग बारम्बार भनिरहेका छन् । सरकार पनि यो विषयमा मुख दर्शक बनिरहेको भन्दै संगठनहरु निक्कै रुष्ट छन् । शैक्षिक माफियातन्त्र अन्त्यका लागि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठन, नेकपा एमाले निकट अनेरास्ववियू, एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनहरु खरा रुपमा प्रस्तुत भैरहेका छन् ।

नीवि विद्यालयहरुको यो कदमले आलो घाउमा मल्हमपट्टी लगाउनुपर्ने ठाउँमा नुनचुक छर्कने काम भएको अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले खबरवाणीलाई बताएका छन् । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका प्रवक्ता यूपी लामिछाने पनि यो कदमप्रति विरोध जनाउँदै तत्काल कदम फिर्ता लिनुपर्ने पक्षमा छन् ।

शुल्क मिनाह हुँदैनः नीजि विद्यालय 
अभिभावकले भूकम्पका कारण करिब एक महिना विद्यालय सञ्चालन नभएकाले सो अवधिको शुल्क मिनाहाका लागि आग्रह गरेको भएपनि नीजि शैक्षिक संस्थाहरुले त्यसलाई नमान्ने भएका छन् । बिदाको अवधिमा शिक्षकको तलव र घरभाडा तिर्नुपर्ने भएकाले बिदाको पनि शुल्क लाग्ने नीजि विद्यालयहरुको तर्क छ । निजी विद्यालयमा करिब १० अर्ब रुपैयाँ बराबरको शैक्षिक पूर्वाधार ध्वस्त भएको जानकारी शिक्षा मन्त्रालयलाई गराइएको भएपनि सरकारले सहानुभूति नदेखाइएको प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीको गुनासो छ ।

करिब एक महिना बन्द हुँदा विद्यार्थीको छुटेको २६ दिनबराबरको पाठ्यभारलाई विद्यालयको शैक्षिक क्यालेण्डर मिलाउन हिउँदे, बर्खे बिदा, स्थानीयस्तरका चाडबाड लगायत बिदामा समायोजन गरी अध्ययन अध्यापनको व्यवस्था मिलाउने नीजि विद्यालयको तर्क छ । जस्तो सुकै अप्ठ्यारा आईपरेपनि शुल्क मिनाह भने नहुने विद्यालयहरुले जनाएका छन् । नीजि क्षेत्रका विद्यालयहरुका यो अडानले आम अभिभावक र विद्यार्थीलाई शुल्क नतिरि नहुने बाध्यता खडा भएको छ ।

मनोवैज्ञानिक समस्यालाई के गर्ने ?
प्राकृतिक प्रकोप वा विपद्ले कसैलाई विभेद नगर्ने भएकाले करिब ५ सय निजी विद्यालयमा प्रत्यक्ष क्षति पुगेको छ । सरकारको निर्णय अनुसार यही जेठ १७ गतेबाट विद्यालय सञ्चालनका लागि तयार रहेको नीजि विद्यालयहरुले जनाएका छन् । विद्यालय सञ्चालन भएको एक हप्तासम्म बालबालिकामाथि परेको मनोवैज्ञानिक असरको अध्ययन गरी मनोवैज्ञानिक त्रास न्यूनीकरणका लागि मनोवैज्ञानिक एवम् मनोचिकित्सकको सल्लाहमा भूकम्पको त्रास कम गर्ने खालका कक्षा सञ्चालन गर्ने नीजि शैक्षिक संस्थाहरुको तयारी छ ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय सङ्घसंस्था र व्यक्ति तथा नेपाल राष्ट्र बैंकलगायत वित्तिय संस्थाबाट सहुलियत ऋणको व्यवस्था गरी सहयोगका लागि प्याब्सनले आग्रह गरेको छ । बालबालिकाहरुको मनोबैज्ञानिक असर न्युनिकरणका लागि नीजि क्षेत्रले १ हप्तासम्म आफ्नो क्रियाकलाप अघि बढाउने भनेपनि चर्को शुल्क तिर्नुपर्ने अभिभावकको बाध्यताले न्युनिकरणमा समस्या देखिन्छ । घरबारबिहीन बालबालिकाहरु चर्को शुल्क तिरेर विद्यालय जानुपर्ने बाध्यताका बाबजुत मनोबैज्ञानिक असर न्युनिकरणमा चुनौती देखिन्छ । मोटो रकम असुल्न पल्लेका नीजि क्षेत्रले आफ्नै पहलमा बाल मनोपरामर्षदाता ल्याएर बालबालिकाभित्रको त्रास हटाउने सामथ्र्य देखाउन सक्लान् भन्नेमा शंका छ ।

के गर्दै छ सरकार ?
नीजि शैक्षिक संस्थाभन्दा धेरै गुणस्तरीय बन्न सफल भैसकेका छन् सरकारी या भनौँ सामुदायीक विद्यालयहरु । लामो समयदेखि मोटो रकम असुल्न पल्केका नीजि विद्यालयलाई कारबाही गर्ने र गुणस्तरीयतामा ध्यान दिन निर्देशन दिने सम्मका विषयलाई सरकार गौण बनाईरहेको छ । विद्यार्थी संगठनहरुले बारम्बार सरकारको ढोका घच्घच्याईरहेपनि सरकार त्यस विषयमा निर्णय गर्न असफल जस्तै बनिरहेको छ । सरकार एक कानले सुन्दै अर्को कानले उठाउने काममा तल्लिन छ ।

केही समयअघि विदेशी नामबाट चलेका नीजि क्षेत्रका शैक्षिक संस्थाहरुमाथि प्रश्न चिन्ह समेत गर्न नसक्ने सरकारले मनपरितन्त्र नियन्त्रणमा त्यति ठूलो हुत्ति देखाउला भन्नेमा शंका छ । गैर–कानुनी रुपमा संचालन भएका विद्यालयहरुलाई समेत सरकारले कानुनी दायरामा ल्याउन सकिरहेको छैन ।

विनाशकारी भूकम्पले सम्पूर्ण विद्यालयहरु बन्द भएपनि बन्द भएको समयको समेत शुल्क असुल्ने नीजि क्षेत्रका विद्यालयहरुले बताईरहँदा सरकार भने मुकदर्शक बन्दै प्रतिक्रिया बिहीन बनिरहेको छ । सरकार यहि जेष्ठ १७ गतेदेदि देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु खुलाउने तयारी बाहेक अन्य कदमलाई ससक्त बनाउन सकिरहेको छैन ।

अन्य नीजि क्षेत्रबाट सिक्नुपर्छ
आफ्नो उपस्थितिलाई पनि सहयोगी मन सहित प्राथमिकता दिनुपर्ने बिषम परिस्थितिमा पनि नीजि शैक्षिक संस्थाहरु ब्रम्हलुट गर्दै छन् । विभिन्न नीजि क्षेत्रले राहतका नाममा लाखौँ रकम खर्च गरेपनि नीजि क्षेत्र भने सेवा नदिएको शुल्क पनि अशुल्छ खोज्दै छन् ।

केही महिनाको शुल्क मिनाह गरेर भएपनि अभिभावक र बालबालिकामा मल्हमपट्टी लगाईदिने काम गर्नुपर्नुे जिम्मेवारीमा रहेको शैक्षिक संस्था जो नीजि क्षेत्रबाट संचालित छन्, उनीहरुले बुझ्नुपर्छ की, यस्तो कदमले आलो घाउमा नुनचुक छर्कने काम मात्रै हुन्छ । सबैले आफुले सक्ने सहयोगहरु गरिरहेको संक्रमणकालिन अवस्थामा आफ्नो भुमिकालाई पनि नीजि शैक्षिक संस्थाले दरिलो बनाउनुपर्छ । @khabaibani 

रोयल्टी बापतको रकम समयमा नबुझाएकोले एभिन्युज टेलिभिजनको इजाजत खारेज !

Posted by Tekman Shakya | Tuesday, May 26, 2015 | Posted in ,

कृष्ण आचार्य
न्युज प्रसारणमा अग्रणी भुमिका खेलीरहेको एभिन्युज टेलिभिजनको इजाजत पत्र नेपाल सरकार सूचना  तथा सञ्चार मन्त्रालयले खारेज गरेको छ ।
 आर्थीक वर्ष २०६९÷७० को रोयल्टी बापतको रकम समयमा नबुझाएकोले इजाजत पत्र सरकारको नियम बमोजिम खारेज भएको सूचना तथा सञ्चार मन्त्रालयका उप सचिव कृष्ण पोखरेलले हामीलाई जानकारी गराउनु भयो ।
उहाका अनुसार नियम बमोजिम इजाजत पत्र खारेज भएको हुँदा अब सरकारले लिने निणर्य बमोजिम अगाडि बड्ने प्रावधान रहेको उहाँले जानकारी गराउनु भयो ।
हरेको  आर्थिक बर्षको आय व्यय बापतको रोयल्टी नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयलाई पुस मसान्त भित्रमा बुझाइसक्नु पर्ने प्रावधान रहेको छ ।

अष्ट्रेलियामा भूकम्प पिडित र प्रभावितको सम्झना, श्रद्धाञ्जली

Posted by my storry | Monday, May 25, 2015 | Posted in , ,

वैशाख ११, सिड्नी,
 नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठान (एन.के.एस.एस.पि) को आयोजनामा वैशाख १२ गते र त्यस पछिको विनाशकारी भुकम्प प्रभावितका लागि सहयोगको अभियान जारी रहेको छ । 
अभियान अन्र्तगत एन.के.एस.एस.पिले आईतवार मुक्ति गुप्तेश्वर मन्दिर मिन्टु सिड्नीमा श्रद्धाञ्जली तथा भजन कार्यक्रमको आयोजना गरेर भूकम्प प्रभावितका लागि सहयोग रकम जुटाएको छ । 
अष्ट्रेलियामा रहने नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, गैर आवासिय नेपाली, पत्रकार, समाजसेवी लगाएतको उपस्थितिमा भएको कार्यक्रममा ११ हजार ७ सय डरल  सहयोग रकम जम्मा भएको घोषणा गरिएको थियो ।
कार्यक्रमकै क्रममा विभिन्न व्यक्तिहरुले १ हजार ३ सय भन्दा बढि डलर भूकम्पपिडितको सहयोगका लागि हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै सम्भु गुणी जी को सक्रियतामा इण्डियन श्री शिव मन्दिरबाट ७ सय ३७ डलर कोषमा प्रप्त भएको थियो । 
संस्थाको कोषध्यक्ष प्रकृति भटईले संयोजन गरेको श्रद्धाञ्जली तथा भजन कार्यक्रम सुजता के.सीको अध्यक्षता एंव मुक्तिराम पोख्रेलको सञ्चालनमा भएको थियो । 
रुद्र गिरिले कार्यक्रमको उद्धेश्य माथी प्रकाशपार्नु भएको थियो भने कार्यक्रममा सहभागिलाई स्वागत जिना केसीले गर्नुभएको थियो । 
सयौ नेपालीको सहभागितामा भएको कार्यक्रममा संस्थाका संरक्षक विदुर ढुङ्गेल लगाएतको टोलीले भजन प्रस्तुत गरेको महासचिव मुक्तिराम पोख्रेलले नेपाली माटोलाई जानकारी दिनुभएको छ ।  
श्रद्धाञ्जली सभामा गैर आवासिय नेपाली संघ एन. आर.एनका महासचिव भरत पोख्रेल, सल्लाहकार इन्दिरा वन लगाएतले भुकम्पमा परि मृत्यु भएका प्रति श्रद्धाञ्जली, घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना एंव आफन्तजन प्रति समवेदना प्रकट गर्नुभएको थियो । 

थुनिएको कालीगण्डकी खुल्यो, क्षति के भयो

Posted by my storry | Sunday, May 24, 2015 | Posted in ,

जेष्ठ ११, काठमाण्डौ, 
फोटो गृह मन्त्रीको सचिवालय :

फोटो गृह मन्त्रीको सचिवालय :
गृह मन्त्रालयले म्याग्दीमा थुनिएको कालीगण्डकीका कारण भएको क्षतिको

विवरण सार्वजनिक गरेको छ । म्याग्दी सहित आधा दर्जन जिल्लामा असर पुग्ने भन्दै सर्तकता अपनाईएपनि थुनिएको खोला आफै खुलेपछि जनजिवन सामान्य वन्दै गएको छ । 
गृह मन्त्रालयले सार्वजनिक गरेको खर्चको विवरण 
क्षति भएको भनि जि.प्र.का.म्याग्दीबाट लेखि आएको
१.राम्चे गा.बि.स. ९ का १० घरका ४३ जना विस्थापित
२.भगवती २ बैसरीका १६ घरका ८० जना विस्थापित
३.पहिरोको उच्च जोखिममा परेका २६ घरका १२३ जना व्यक्तिलाई सुरक्षित स्थान तर्फ सारि अस्थायी बसोवासको व्यवस्था मिलाइएको, विस्थापितहरुको लागि त्रिपाल वितरण गरिएको
४. हाल उक्त स्थान पहिरोले पुरिएको 
५.२०७२।२।१० गते बिहान २ बजे देखी सोहि स्थानमा पहिरो आइ कालीगण्डकी नदी थुनिएको जानकारी प्राप्त भएको ,
६.घटनास्थल बेनी बजारबाट करिब ९ कि.मि.उत्तरमा रहेको,
७. नेपाली सेनाको १२७ जना ,नेपाल प्रहरीबाट २५ जना,सशस्त्र प्रहरी बल ४१ जनाको टोली घटना स्थल तर्फ गई तैनाथ गरिएको,
के के गरिएको छ त्यस क्षेत्रमा 
८.२६ घर विस्थापित भै बस्ती २०७२।२।८ मा नै सारिएको,
९.करिब १०० मि.को गहिराइ र २ कि.मि.लम्बाइको ताल बनेको ,
१०.म्याग्दी जिल्लाको बेनी बजारको बस्तीका सबै ब्यक्तिलाई सुरक्षित रहन बजार क्षेत्रबाट माथि जान जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अनुरोध गरिएको ,
११.तल्लो तटीय क्षेत्रका सबै बस्तीलाई सूचना गर्न प्र.जि.अ.हरुलाई निर्देशन दिइएको कालीगण्डकी जलबिद्युत आयोजनालाई समेत सतर्क रहन निर्देशन दिइएको,
१२. गण्डक आयोजनालाई समेत सतर्क राख्न नबलपरासीका प्र.जि.अ. मार्फत निर्देशन दिइएको,
१३. भूगर्भविद सहितको टोलि हेलिकप्टरबाट पठाइएको, ईन्जिनियरिङ कलेजवाट समेत एक विज्ञ टोली स्थलमार्गवाट परिचालन भएको,
कालीगण्डकी जलविद्युत परियोजना तत्कालका लागि वन्द गरिएको छ । घट्नास्थलमा उप प्रधान तथा गृह मन्त्र वामदेव गौतमले अवलोन गर्नुभएको थियो । 

एउटा फोटोले दिएको नयाँ जिन्दगी...

Posted by Tekman Shakya | | Posted in , ,

२०७२ साल बैशाख १२ गते ११ बजेर ५५ मिनेट जाँदा आएको विनाशकारी भुकम्पको कम्पन केहि हद सम्म शान्त भए होला तर त्यसले सारा नेपालीमा पारेको पिडाको कम्पन अब सय बर्ष सम्म पनि शान्त हुने छैन ।

विनाशकारी भुकम्पमा परी अहिले सम्म आठ हजार भन्दा बढिले ज्यान गुमाएका छन भने हजारौं घाइते भएका छन साथै लाखौ घरबार विहीन भएका छन । गोर्खालाई केन्द्र विन्दु बनाएर गएको त्यो प्राकृतिक विपत्तीले विकाशको बाटोमा लम्कीरहेको नेपाललाई ठुलो क्षति पुराएको छ भने हाम्रा संस्कृतिक सम्पदाहरुमा समेत क्षति पुगेको छ ।

मानिसलाई सबै भन्दा धेरै डर लाग्ने भनेको मृत्यु सँग हो । त्यहि मृत्युको मुख बाट बचेर फर्किदा कति खुसि हुन्छ होला मन । बास्तवमै त्यस्तै भएको छ हामीलाई । यो जिवनको अन्तिम घडि हो अब बाच्न असम्भव छ भन्ने स्थीतिबाट आजको अबस्था सम्म आइपुग्दा धरहराको टुप्पोबाट खसेर पनि बाचेकोलाई कस्तो महसुस भएको छ भन्ने कुरा हामीलाई प्रष्टै छ ।

भुकम्पका जाँदाको समय कोहि कता थिए कोहि कता । सबैका आफ्ना आफ्ना कहानी होलान तर म र केहि साथीहरुले भोगेको त्यो दिनको कहाँनी अलि फरक छ । भन्न त बुडा पाका भन्छन काल नआए सम्म जस्तो अबस्थामा भए पनि मरिदैन । हाम्रो त्यो दिनको कहानीले लाग्ला तपाइहरुलाई पनि साच्चै दिन नआए सम्म भगवानले बचाउने रैछन ।

मानिसमा एउटा स्वभाव हुन्छ जब हामी एक्दमै आपतको अबस्थामा हुन्छौ त्यो बेला सबै भन्दा धेरै माया आफ्नो ज्यानको हुन्छ त्यस पछि घर परिवार र आफ्ना नाता पाताहरुको हुन्छ । त्यो समयमा धन सम्पति भन्ने कुरा समान्य जस्तो लाग्छ । जुन कुरा सबैले अहिलेको विनाशकारी भुकम्पको बेला धेरैले महसुस गर्नु भए होला । ज्यान बाँचे अरु जे सुकै होस आँफु बाँचे पछि परिवार के भए होला भन्ने पिर ।

मिति २०७२ साल बैशाख ११ गते शुक्रवार, सँगै अध्ययन गर्ने साथीहरु मध्येका केहि साथीहरु सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने चिसापानी घुम्नजाने योजना बमोजिम १३ जना साथी सात ओटा बाइकमा बेलुकी शुभसाइत गरियो । उकालो कच्ची बाट त्यस माथी परेको सिम सिमे पानीले पिडा दिएको थियो त्यो पिडालाई प्रकृतिक सुन्दरताले केहि भुलाउने प्रयास गरे पनि सकिरहेको थिएन ।

हिलोमा लडदै बेलुकी सात बजे गन्तव्यमा पुगियो । चिसापानी को त्यो ठाँउ देख्दा लाग्थ्यो नेपाल प्रकृतिको कति धनि देश थोरै पहाड उक्ले पछि मुटु कमाउने जाडो अनि फेरी केहि तराई झरे पछि गर्मी  । यहि प्रकृतिक विविधताको फाइदा लिन नसक्दा हामी गरीव भएको हो । गन्तव्यमा पुगे पछि सबै साथीभाइ बेलुकी अवेर सम्म रमाइलो गरि खान पिन गरि सुतियो । सबैको मनमा आशा छ भोलीको दिन अझ रमणीय र स्मरणीय हुने छ ।

विहानीको भुल्के घाम सँगै रमणीय बातावरणमा प्राकृतिक सुन्दरताले अघिल्लो दिन बाटोमा भोग्नु परेको पिडालाई पनि विर्साइदिएको थियो । सल्लाघारीबाट आवाज सहितको चिसो हावाले यो महिना बैशाख हो भन्ने कुरा पनि विर्साइदिन्थ्यो । यति चिसो कि पुस माघ जस्तो मुटु कमाउने । सुन्दर डाँडा बाट देखिने पा्रकृतिक दृश्यले मन प्रफुल्ल मात्र भएन विहानीको सुल्के घामले न्यानो स्वागत गरेको भान हुन्थ्यो  ।

यता उता बरालिदै गर्दा विहानको खाना खाने समय भयो । विहानको खान पछि सबै साथीहरु बेकुकीका हिला कपडा पुछपाछ पारी बाटो लागियो । अघिल्लो दिन जाँदा बाटो एकदम चिफ्लो भएको हुँदा पनि हामी फर्मिदा अर्को बाट जाने निधो भएको थियो । जथाभावी खनिएका सडक गाडी हिडाउनको लागि भन्दा पनि बाटो छ भन्नेको लागि खनिएको जस्तो लाग्थ्यो । विना योजना खनिएका यस्तै नेपालका कति बाटोहरुमा आज पनि अकालमा कतिले ज्यान गुमाइरहेका छन भन्ने कुरा दैनिक रुपमा हुने सवारी दुर्घटनाले पनि प्रस्ट पार्छ ।
हामी बाटो हिडिरहँदा विभिन्न ठाँउको रमणीय स्थलहरुमा फोटो खिच्दै खोलामा बग्ने चिसो पानी खाँदै यात्रा गरिरहेका थियौ । यात्रा एक दम रमणिय भएको थियो ।

यतिबेला सम्म घडिले विहानको ११ बजाइसकेको थियो । भोटेचौरको लक्ष्य लिएर हिडिरहेको हाम्रो टोली १२ बजे सम्म गन्तव्यमा पुगीसक्ने लक्ष्य लिएर यात्रा गरिएको थियो । हिमाल पहाड र तपाईमा बसोवास गर्ने र पत्रकारीता, बैक, शिक्षा ,व्यापार क्षेत्रलाई पेशाका रुपले अँगालेका साथीहरुको हाम्रो समुह यस्तो थियो कि सिँगो नेपालको प्रतिनिधित्व गरे जस्तो । सानो भए पनि हाम्रो गुरुपमा कामको विविधता थियो । उमेर पनि त्यस्तै कोहि अली पाको कोहि अलि कलिलै उमेरको । यो जोडि पाटन बहुमुखि क्याम्पसले बनाएको जोडि पनि हो । जो दुइ बर्ष भन्दा बढि को मित्रता पनि हो ।

बाटोको रमणिय स्थलको अबलोकन गर्दे १३ जना साथीहरु गाँउको कच्ची बाटोमा मोटरसाइकलमा यात्रा गरिरहेका थियौ । त्यतिबेला सम्म घडिमा दिनको ठिक ११ बजेर ५० बजेको थियोे । यात्राको क्रममा सिन्धुपाल्चोककै एउटा अतिनै रमणीय ठाँउ जहाँ बाट टाढा टाढाको पहाडहरु पनि देखिन्थे त्यहि फोटो खिचौ भन्दै सबैभन्दा अगाडि रहेका मित्र लोकेन धमलाले भने पछि सबै साथीहरु एकै ठाँउमा जम्म भए । क्यामेरालाई अटो मोडमा राखि फोटो खिच्न थालियो ।

तर विडम्वना त्यो क्यामेराले फोटो भने खिच्न पाएन । त्यतिनै समयमा विनाशकारी भुकम्प जान सूरु भयो र सबैमा खैला बैला पैदा भयो । एकान्त ठाउ त्यस माथी विरानो गाँउ । एकदम डरलाग्दो पहाड । यति सम्मकी तिर्खा लाग्दा खानको लागि नजिकै पानीको धारा समेत नभएको त्यस्तो ठाँउमा भएको अबस्थामा आएको भुकम्पले सबैलाइ लाग्न थाल्यो अब बाचिन्न होला ।

माथीबाट पहाड खसिरहेको छ तल टेक्ने ठाँउ पनि भासिएको छ । पातलो रुपमा रहेका घरहरुबाट मान्छे पुरीएको खवर त्यस माथी भुकम्पले चारै तिर धुलै धुलै । हामी त्यहाँ हुने साथीहरुलाई थाहा छ र तपाइ पनि अनुमान लगाउन सक्नुहुन्छ त्यो अबस्थामा पिडा र डर कति थियो होला । हामी सबैले बाच्ने आश मारी सकेका थियो । कतिले त मर्नेबेलामा एक पटक घर त फोन गर्नुपर्छ भन्दै मोवाइलमा टावर हेर्दै थिए । त्यसै त ग्रामीण भेग त्यस माथी त्यो अबस्थामा फोन लाग्नु कैरै भएन यो अस्थाले झन पिडा माथी पिडा थपिदियो ।

जव भुकम्प गए त्यो भन्दा पनि पिडा दायी क्षण तब सुरु भयो जब स्थानीय घाइते र स्थानीहरुको रुवाबासी सूरु भयो । सबैले ढलेको घर देखाउदै यहाँ मेरो यो पुरीएको छ भन्दै रुदै थिए । हामी निरिह भएका थियौ उनीहरुको लागि सहयोग गर्नेको लागि हामी सँग बचन पनि निस्कीरहेको थिएन । अझ काठमाण्डौ पुरै ध्वस्त भयो रे भन्ने खवरले त झन हामीलाई त्रास पैदा भयो ।

आँफु बाचिसके पछि परिवार र आफ्नतको चिन्ता हुन्छ सबैले आफ्नतको हालचाल बुझने प्रयास गरे तर धेरैको फोन लागेन । सबैका आँखामा डर अनि पिडा प्रष्टै देख्न सकिन्थ्यो । त्यो स्थलबाट पार गरि हामी केहि समयको अन्तराल पछि फेरी बाटो लागियो बाटोमा गएका ठुला पहिरा देखे पछि हामीलाई झन डर लाग्न थाल्यो यदि हामी त्यो समयमा फोटो खिच्नको लागि त्यहा न बसेको भए यहि मरीने रैछ ।

धन्न लोकेनले बचाए । एउटा फोटोले हामी सबैको ज्यान बचायो । बाटोमा पर्ने ठुला ठुला पहिरो समेत पन्छाउदै हामी बल्ल बल्ल काठमाण्डौ झरियो । बाटोमा देखिएका दुश्य अतिनै भयानक थिए सबै रुदै कराउदै थिए । मलाई त अझ पनि त्यो ठाउमा सरकारी राहात पुगेको छैन होला जस्तो लाग्छ । त्यति विकट अनि त्यो गाँउमा पुरिएकाहरुलाई निकाल्ने पनि कोहि भएनन होला ।

बाटोको यात्राको क्रममा आइरहने पराकम्पनहरुले भत्कीने बाटाहरु र भिर बाट गुल्टीने ठुला ठुला चट्यानहरुले पछाडी आउदै गरेको साथीलाई त लगेन भनी फर्केर हेर्दा उ मुस्कीलले बाचेको त्यो अबस्थामा डर अनि खुसी दुवैलै मनमा कम्पन भइरहेको थियो ।

 यसरी हिडीरहदा हाम्रो अगाडि बजारीने ठुला ठुला रुखरुले कतै हामीलाई त च्यापेन भनि अगाडिका साथीहरु हाम्रो प्रतिक्षामा हुन्थे जब हामीलाई सकुशल देख्दथे अनि मन ढुक्क बनाई फेरी आफ्नो बाटो लाग्थ्यौ । आफ्नै अगाडि मन्दीको गजुर कोल्टे परेको देख्दा यता धरहराको शिर ढल्यो रे सयौं मान्छी पुरीए रे भन्ने समाचारले छिया छिया मन पारी बजार छिर्दा किन चाहिदो रैछ व्यवस्थीत बजार अनि किन चाहिदो रैछ बलिया घरहरु भन्ने कुराको आवश्यकता बुझन कतै जानु पर्दैनथ्यो ।

सयौ बर्ष पुराना घरहरुमा च्यापीएका हजारौं नेपालीहरुलाई कालको मुखमा पुराउने काम हामी आफैले गरेको हो भन्ने बुझनको लागि त्यति कठिन थिएन । काठमाण्डौ झरिसके पछि बाचिने आसा पलायो । बाटोमा भत्केका घर अनि घाइते देख्दा बरु उतै मर्न पाएको भए हुन्थ्यो नि यस्तो त देख्न पर्दैनथ्यो भन्ने हामीलाई लाग्यो  । सपना हो कि विपना जस्तो आज पनि भइरहेको छ यतिका दिन पछि पुन ठुला धक्का महसुश भइरहेका छन ।

 हजारौले ज्यान गुमाए कति घाइते छन । विनासकारी भुकम्पबाट नयाँ जुन पाएको हामी सबैलाई महसुश भएको छ । नयाँ जुनिको श्रेय साथी लोकेन धमलालाई जान्छ । सगै जाने साथीहरु खगराज पौडेल,दिनेश पौडेल,सन्तोष चापागाई,लोकेन धमला,ज्ञानु प्रसाद न्यौपाने,विशाल के.सी, नवराज निरौला,समिर शर्मा,उत्तम खतिवडा,विकाश पौडेल,मनोज बोहोरा, रघुनाथ भण्डारी लगाएतका साथीहरु आज पनि त्यो दिन सम्झना चाहदैनन् । जिवन दान दिन तथा दुखको बेला पनि धर्यधारण गर्ने शक्ति इश्वरले हामीलाई दिनउ, साथमा मुत्युको मुख बाट बाचेको यो जिन्दगीलाई समाज सेवा र देशको भलाइको लागि जिउन सकौं यहि कामना छ र अब फेरी यस्तो दिन कसैले पनि भोग्न नपरोस यो कामना पनि ।

कालीगण्डकी थुनियो, पर्वत उच्च जोखिममा

Posted by Tekman Shakya | Saturday, May 23, 2015 | Posted in , ,

(सन्तोष गौतम र कमल खत्री) 
बााबियाचौर(म्याग्दी), १० जेठ । भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको छ । 

आज बिहान १ बजे राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिराले कालीगण्डकी थुनेको हो । करिब एक हजार ५०० मि माथिबाट पहाड भत्किएर खसेको पहिराले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । 

नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पूरै रोकिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताउनुभयो । 

अँध्यारो भएकाले पानीको सतह कति बढेको छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । पहिरो नियमित खसिरहेको छ । बैसरीमाथिका बस्तीमा डुबान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सतर्कता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् । 

बैसरीमाथिका वेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दानालगायत ठाउँमा डुबानको खतरा रहेको छ । 

यसैगरी गलेश्वर, म्याग्दी बेनी, पर्वत बगर, पर्वत बेनीलगायत बागलुङ, पर्वत, स्याङ्जालगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्ती जोखिममा रहेका छन् । सो स्थानमा शुक्रबारदेखि पहिरो खस्न थालेपछि बैसरी र राम्चे औलका २६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिइसकेको छ । बेनी र आसपासका बासिन्दा रातिदेखि नै सुरक्षित स्थानतर्फ लागेका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन । 

नेपाली सेना र प्रहरीले पनि नदी किनारका घरका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गरेका छन् । गत वैशाख १२ गतेको भूकम्प र त्यसयताका पराकम्पनका कारण चर्किएको पहाड भत्किएर पहिरो खसेको हो । 

कालीगण्डकीबाट पर्वत उच्च जोखिममा
कालीगण्डकी नदी थुनिएपछि माझफाँट गाविसको वारि बेनीबजार, धाइरिनको मिलनचोकबजार, पाङ गाविसको मालढुङ्गा बजार, रानीपानी गाविसको इमिचौर तथा पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको सेतीबेणी बजार उच्च जोखिममा छन् । 

त्यस्तै म्याग्दीको पुर्तिघाटबजार र कालीगण्डकीको बाँधस्थल स्याङ्जाको मिर्मी पनि उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले माइकिङ गर्दै नदी किनाराबाट ५०० मिटर माथि जान आग्रह स्थानीय बासिन्दालाई आग्रह गरिरहेको छ । 
ती स्थलका बासिन्दा तटीय क्षेत्रबाट घर छाडेर सुरक्षित स्थानतर्फ लागिसकेको पर्वतका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिनुभयो । रासस 

प्रधानमन्त्रीको अध्यक्षतामा पुनःनिर्माण परामर्श समिति गठन

Posted by Tekman Shakya | Thursday, May 21, 2015 | Posted in ,

काठमाडौँ, ७ जेठ । सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा पुनःनिर्माण परामर्श समिति गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को निर्देशनअनुसार प्रधानमन्त्री अध्यक्ष रहने र अन्य राजनीतिक दलका प्रतिनिधिसमेत रहने गरी सो समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो । 

बैठकले हालको प्राकृतिक विपद् तथा भविष्यमा आउन सक्ने विपद्मा स्वदेशी र विदेशी सङ्घसंस्था, व्यक्ति र निकायसँग कार्यविधिका आधारमा सम्झौता गरी अस्थायी, स्थायी विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, कृषि बजार भवन निर्माण तथा मर्मत र त्यसका लागि आवश्यक सामग्रीलगायत अन्य सहयोग प्राप्त गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ । 

यसैगरी सरकारले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ को व्यवस्था बमोजिम सन् २०१० मा नेपालले संयुक्त राष्ट्र सङ्घको मानवाधिकार समितिमा प्रस्तुत गरेको प्रतिवेदन उपर सो समितिले प्रस्तुत गरेको सिफारिसको कार्यान्वयन सम्बन्धमा सिफारिस सङ्ख्या ५, ७ र १० को प्रयोजनका लागि तयार पारिएको नेपालको जवाफलाई स्वीकृत गरेको छ । 

त्यस्तै सरकारले बेरुजु फछ्र्योट मूल्याङ्कन र अनुगमन समितिको वार्षिक प्रतिवेदन–२०७१ को परिच्छेद ३ मा उल्लेख भएका सुझाव एवम् सिफारिसहरु कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री डा रिजालले जानकारी दिनुभयो । 

सरकारले सेवाग्राही सन्तुष्टि सर्वेक्षण वार्षिक प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्नुका साथै सरकारबाट प्रदान हुने सेवा सुधार कार्ययोजना तत्काल बनाएर मन्त्रिपरिषद्मा पेस गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले नेपाली सेनाका सहायक रथी रमेश पुनःलाई साधारणतर्फ रिक्त उपरथीमा, साधारणतर्फका महासेनानी प्रेमसिंह बस्न्यातलाई सहायक रथीमा, रिक्त सहायक रथी चिकित्सकमा अरुणकुमार चौलागार्इंलाई र रिक्त प्राविधिक महासेनानी चिकित्सकमा इभाप्रिया श्रेष्ठलाई पदोन्नति गरेको छ । 

सरकारले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको प्रमुख कन्सल्टेन्ट पदबाट डा अचला वैद्यले दिएको राजीनामा स्वीकृत गरेको मन्त्री डा रिजालले बताउनुभयो । 

प्रभावित स्थलमा सिंहको सक्रियता (फोटो फिचर सहित)

Posted by dadad | Tuesday, May 19, 2015 | Posted in , ,

६ जेष्ठ, काठमाडौं । विनाशकारी भूकम्पले प्रभावित जिल्लाहरुमा उप्र प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सक्रियता देखाईरहेका छन् । उनी प्रभावित स्थलहरुमा निरिक्षणका लागि हिडिरहेका छन् । बुधबार बिहान पनि सिंह ललितपुरको हरिसिद्धी पुगेर भुकम्प पीडितहरुको समस्या सुने । 

उनले लत्कालका लागि अस्थायी बासस्थान मिलाउन सरकारले प्रति परिवार १५ हजार वा सो बराबरको जस्तापाता उपलब्ध गराउने जानकारी दिए ।

भुकम्प पीडितहरुलाई घर बिहीन हुन नदिन सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउन लागेको बताउँदै धैर्य गर्न उनको आग्रह थियो । उप प्रधानमन्त्री सिंहले भुकम्प पीडितका लागि सहयोग गर्न सरकारी स्तरबाट आफुले सकेसम्म पहल गरिरहेको बताए ।

सिंहले हरेक दिन जसो भुकम्प पीडितको घरमा पुगेर उनीहरुको दुःख बुझ्ने क्रममा छन् । केही दिनअघि मात्र उनले सुनदरीजलका भुकम्प पीडितहरुलाई एक एक बण्डल जस्तापाता उपलब्ध गराएका थिए । देशैभरका भुकम्प पीडितहरुका लागि तत्कालीन आवश्यकता पुरा गराउन आफु लागिपरेको उनको भनाई छ ।



 
 


भुकम्प प्रभावितका लागि जापानबाट १० करोड ५० लाख

Posted by my storry | | Posted in ,

हामी पनि गर्दैर्छौंः टोकियोको तोसिमाकु अन्तरगत सुगामोमा रहेको इन्टरनेशनल स्कुल अफ विजनेज कलेजका शिक्षक तथा विद्यार्थीबाट संकलन गरेको १ लाख ५३ हजार ८ सय १८ जापानीयेन आज बुधवार नेपाली प्रतिनिधीलाई हस्तान्तरण गर्ने बताएको छ । 
रकम र हस्तारण्तरण समयको जानकारी यसरी लेखेर सबैलाई देखाइएको छ । 
तस्वीर प्रकाश पन्थी,जापान





प्रकाश पन्थी,
मे २० ,टोकियो
जापान,नेपालमा गएको विनाशकारी भूकम्पयता जापानका दुई प्रतिस्थीत सस्ंथाको पहलमा मात्रै १० करोड ५० लाख भन्दा बढी राहत संकलन भएको छ ।
नेपाली राजदुतावास र भूकम्प पिडित राहत तथा सहयोग समितिको पहलमा जापानी १० करोड ५० लाख भन्दा बढी संकलन भएको हो । 
संकलन भएको रकम मध्ये ६ करोड ७० लाख प्रधानमन्त्री दैवीप्रकोप समितिमा पठाईसकिएको जापानका लागि नेपाली राजदुत मदनकुमार  भट्टराईले बताउनुभयो ।
नेपालमा गतमहिना गएको विनाशकारी महाभूकम्पबाट प्रभावितहरुका लागि जापानवासी नेपाली तथा जापानी बिभिन्न सघंसस्थाबाट संकलित
करिव १० करोड जापानीयेन नेपाल पठाइसकिएको छ । मंगलवार मात्रै नेपाली दुतावास १ करोड ८० लाख जापानीयेन प्रधानमन्त्री दैवी 
प्रकोप केन्द्रीय समितिमा पठाएको छ । यो सगैँ नेपाली राजदुतावासबाट ६ करोड ७० लाख ३९ हजार ८१ जापानीयेन 
भूकम्प प्रभावितको नाममा नेपाल पुगिसकेको जापानमा लागि नेपाली राजदूत भट्टराइले बताउनुभयो ।
भूकम्प प्रभावितहरुको भौतिक संरचना पुनःनिर्माणका लागि एओन नामक जापानी कम्पनीले १० करोड जापानीयेन उपलब्ध गराउने भएको छ ।
जापानभर भएको कम्पनीका शाखामा उठेको रकम बराबर राहत रकम कम्पनीले छुट्टै दिने प्रतिवद्धता जनाएको एओन कम्पनीले मंगलवार
नेपाली राजदुतावासमा गएरै १० करोड ८७ लाख ४८ हजार जापानीयेन दिने पुनःस्मरण गराएको छ । कम्पनीको शाखाबाट ५ करोड ४३ लाख 
जापानीयेन संकलन भइसकेको छ । कम्पनीको तर्फबाट पनि ५ करोड ४३ लाख नै थपेर जम्मा १० करोड ८७ लाख ४८ हजार भूकम्प प्रभावितको 
भौतिक संरचना निर्माणमा लगाउने गरि रकम उपलब्ध गराउने जनाएको राजदूत भट्टराइले बताउनुभयो । 
एओन कम्पनीले १० बर्षअघि पर्सा र कपिलवस्तुमा ५७ विद्यालय बनाएको थियो । 
त्यस्तै भूकम्पयता प्रभावितका लागि राहत तथा सहयोग समितिले ३ करोड ९३ लाख ८ हजार ७ सय ९ जापानी येन संकलन गरेको छ ।
संकलन भएको रकम मध्ये ३ करोड जापानीयेन नेपाल पठाइसकिएको एनआरएन जापानका अध्ययक्ष पारसमणी पोखरेलले बताउनुभयो ।
समितिले राहत संकलनका लागि विभिन्न उपसमिति बनाएको थियो । आर्थिक उपसमितिका संयोजक दीपक थापाका अनुसार टे्न स्टेशन तथा
बढी भिडभाड भएका विभिन्न पार्कहरुमा गरिएको सार्वजनिक अपिलबाट सबैभन्दा कम ७४ लाख ७१ हजार १ सय ७२ जापानी येन संकलन 
भएको थियो । सबैभन्दा बढी नेपाल जापान सोसाइटीको सहकार्यमा भूकम्प पिडितका नाममा खोलिएको बैंक खातामा १ करोड ८० लाख जापानी
येन र विभिन्न श्रव्य दृष्यको माध्यमबाट टेलिभिजन,पत्रपत्रिका तथा रेडियोबाट समाचार सुनेर हेरेर स्वतस्फुर्त रुपमा १ करोड ३८ लाख ३७ हजार
जापानी येन गरि संकलित जम्मा ३ करोड ९३ लाख ८ हजार मध्ये ९३ लाख जापानीयेन समितिमा मौज्दात राखेको जनाएको छ ।

भूकम्पपछि प्रभावितका लागि राहत संकलन कार्यमा जापानीका विश्वविद्यालय ,प्राविधिक शिक्षालयहरु पनि खुलेर लागेका छन् । उनीहरुले अध्ययनरत
विद्यार्थी तथा सहकर्मिबाट अनरोध गर्ने गरेका छन् । यस्तै टोकियोको तोसिमाकु अन्तरगत सुगामोमा रहेको इन्टरनेशनल स्कुल अफ विजनेज कलेजले 
शिक्षक तथा विद्यार्थीबाट संकलन गरेको १ लाख ५३ हजार ८ सय १८ आज बुधवार नेपाली प्रतिनिधीलाई हस्तान्तरण गर्ने बताएको छ । जापानी समय
अनुसार बिहान साढे ११ बजे जिम्मेवार अधिकारीलाई हस्तान्तरण गर्ने प्राविधिक शिक्षालयका सहप्राध्यपक इकेउचीले बताउनुभयो ।जापानमा विश्वविद्यालय र प्राविधिक शिक्षालयमा भूकम्प प्रभावितका लागि राहत संकलन अझै पनि जारि छ । 

मिन्स भएको कति दिनसम्ममा बच्चा बस्छ .. ?

Posted by dadad | Monday, May 18, 2015 | Posted in ,

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब ( अण्डा ) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ ।
१) डिम्ब निष्कासन
२) यौन सम्पर्क
३) वीर्य स्खलन
४) डिम्ब निषेचन
५) डिम्बरोपण
एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

नेविसंघको साईवर क्राईम मुद्धा (पूर्ण पाठ सहित )

Posted by my storry | Wednesday, May 6, 2015 | Posted in , , , ,

२३ वैशाख , 
नेपाली काँग्रेस निकट विधार्थी संगठन नेविसंघले केही दिन अघि त्रिपाल बेचेको भन्ने समाचार विरुद्ध महानगरिय प्रहरी परिसरमा उजुरी जाहेर गरेको छ । 
आप्mनो संगठन विरुद्ध अनर्गल प्रचार प्रसार गरेको भन्दै साईवर क्राईम शिर्षकमा नेविसंघका अध्यक्ष रञ्जित कर्णले प्रहरीमा जाहेरी दिएका हुन । 
केही दिन अघि नेविसंघले समाचारको खण्डन पनि सार्वजनिक गरेको थियो । 
मुद्धाको पूर्ण पाठ 


विहिवार राति फेरी भूकम्पको झड्का

Posted by my storry | Thursday, April 30, 2015 | Posted in ,

वैशाख १८ गते काठमाण्डौ
सुक्रवार विहान २ बजेर ५८ मिनटमा भूकम्पको महशुस भएको छ । पटक पटक साना साना झड्काको महशुस गरेका आम नागरिकलाई यस झड्काले त्रसित वनाएको छ । गत शनिवार देखी निरन्तर आईरहेका झड्काले क्षतिलाई अझै बढाएको छ । भूकम्पका कारण अहिलेसम्म ५ हजार ८ सय भन्दा बढिको मृत्यु भएको छ । हजारौ घााईते भएका छन भने लाखौ घरवार विहिन वनेका छन् ।

भू–कम्पबाट मृत्यु हुनेको संख्या ५ हजार १७ पुग्यो

Posted by my storry | Wednesday, April 29, 2015 | Posted in , , ,

वैशाख, १६ काठमाण्डौ

अहिलेसम्म भू–कम्पबाट मृत्यु हुनेको संख्या ५ हजार १७ पुगेको छ । 

घाईतेको संख्या १० हजार २ सय २४ पुगेको छ । देशका विभिन्न जिल्लाको रिपोर्ट पछि सरकारले ५ हजार १७ पुगेको जानकारी दिएको छ । 
अहिलेपनि जिल्लागत रिपोर्ट आउने क्रम जारी रहेकाले मृतकको संख्या अझै वढ्न सक्ने जनाईएको छ । 
उद्धार कार्य जारी रहेपनि जीवितै उद्धार गर्ने सम्भावना कम रहेको बताईएको छ । 
विभिन्न देशबाट आएको उद्धार टोलीले अहिले आफ्नो काम जारी राखेको छ । 



    Popular Posts