हो अामा, म पानीपुरी बेच्ने युवकलाई मन पराउँछु

Posted by dadad | Saturday, June 6, 2015 | Posted in

सेतोपाटीबाट 
पूजनीय ममतामयी आमा
सास्टांग डण्डवत्।
 
आश्चार्य लाग्ला हजुरलाई दैनिक फोन कल र भिडियो कलमा के कुरा बाँकि रह्यो र! यो प्रविधिको जमानामा पनि घण्टौं लगाएर लेख्न र महिनौपछि हात पर्ने चिठ्ठी लेखी छोरीले भनेर।
 
फोनमा गरि साध्य नहुने यौटा लामो कथा र हजुरसँग प्रत्यक्ष राख्न बोल्न नसक्ने एउटा बिन्ती, अनुरोध या माग, पत्र मार्फत हजुरसामु पेश गर्ने साहस जाग्यो। 
 
यो कोलाहल अनि व्यस्त शहरको बीचमा रहेको यो विकसित भवनको आठौं तलाको सुनसान कोठाको टेबलमाथि श्वेत पानामा निलो मसीले मनका संवेगहरू लिपिबद्ध गर्दै सपनाको विशाल आकाशमा एकतमासले उडिरहेकी छु।
 
आमा,
उच्च शिक्षा अध्ययनको लागि सदरमुकाम लागेको पनि यो वैशाख महिनामा आठ  वर्ष  भएछ। स्कुले जीवनमा होस या त कलेज जीवनमा, हार कहिल्यै बेहोर्नु परेन।  यो कुरा त मलाईभन्दा पनि हजुरलाइ प्रष्ट थाहा छ नै आफ्नो छोरीको प्रगति। यति बेला हजुरहरूकै साथ हौसला र सहयोग र आशिर्वादले मास्टर लेबलको पढाई सकेर थेसिस लेखनमा व्यस्त छु। पहिलाको जस्तै व्यस्त भने त्यति छैन त्यसैले होला साथीहरूसँग घुम्न फिर्न निक्लन्छु अचेल एकाध समय।
 
हामी केटीहरू यो पानी पुरी र चटपटे भनेपछि केटाहरूको तुलनामा किन यति हुरुक्क हुन्छौँ, मलाइ थाहा छैन। अमिलो चटपटे खाने बानी त बालापनदेखि कै हो। यहाँ आएपश्चात जब साथीहरूसँग बाहिर घुम्न निक्लन थालें। पानीपुरी र चटपटे असाध्यै खान थालेकी छु।
 
यतिका वर्षको यो अवधिमा करिब पाँच महिना यता मात्र म यहाँको प्राचीन तथा पुरातात्विक वस्तु, धार्मिक तथा एतिहासिक वस्तु, रमणीय ठाउँ, गुरु तथा विद्यार्थी साथीहरूसँगसँगै आम नागरिकसँग घुलमिल, चिनजान र परिचित हुँदैछु। यसै क्रममा एकदमै छिटो घुल्मिल भएँ-  शहरमा एक म जस्तै अजनवी रूप रसाइलीसँग।
 
हो आमा, म आज हजुरलाई रूपको बारेमा केही कुरा बताउन चाहन्छु। रूपसँग मेरो पहिलो चिनजान पानीपुरी खाँदा भएको हो। सधैँजसो फुर्सदमा पानीपुरी खान जाँदा  हामी एक अर्कामा धेरै कुराहरू साटासाट गर्न थाल्यौं। 
 
आमा,
रूप एक गरिब तथा किसान परिवारमा जन्मिएका रहेछन्। हाम्रो समाजले मान्छेलाइ पनि उचो र निच भन्दै विभिन्न जातजातिमा धेरै पहिला देखि नै विभाजन गरेको छ। त्यसै अन्तरगत भनु न रूप पिछडिएको वर्ग वा अझ खुलस्त भन्नुपर्दा कथित् हाम्रो समाजले तल्लो जातिको बिल्ला भिराइदिएको एक युवा हुन्। तर मलाई लाग्दैन उनी कुनै तल्लो या पराई जातका मानिस हुन्। उनी त हामी जस्तै रातो रगत, अटल विचार  गहिरो भावना भएका व्यक्ति हुन्।
 
घरको आय स्तरले नधानेपछि आफ्नो पढाइलाई बिचैमा टुंग्याएका रूप, पढाइ छोडेको पहिलो वर्ष नै िपतृ शोकमा परेछन्। दुइ बहिनीको एक्लो दाइ। घरको सम्पूर्ण जिम्मेवारी उनको काँध चढ्यो। दिनरातको मेहनतले खान नपुगेपछि उनी झोलाभरि किताब रहेको पुरानो ध्वाँसो लागेको झोलाबाट किताब फ्याँकेर शहर पसेछन्।  सदरमुकाम पसेको यो हिँउदमा दश वर्ष हुन्छ।
 
शहर पसेको तीन वर्षपछि हिमपहिरोमा परी आमा र एक बहिनीको पत्तो खबर नपाएका रूप कान्छी बहिनी मात्र लिएर पुन: केही दिनमै शहर फर्केर पुरानै कामकाजमा निरन्तर लागिरहेका छन्। सानी बहिनीलाइ पढाईरहेका छन्। यो महंगो शहरमा गुजारिरहेका छन्।
 
सुरुमा एक होटलमा भाँडा माझ्ने कामबाट शहर बसाइँ सुरु गरेका रूप, बहिनी लिएर शहर आएपछि एक कोठा भाडामा लिएर अर्को नयाँ कामको खोजीमा हिँडेछन्। निकै समय लगाएर राष्ट्रिय दैनिक पत्रिका बेच्ने काम पाएछन्। कमाई त्यति राम्रो वा सन्तोषजनक नभएपनि उनलाई त्यो काम साह्रै मन परेछ। 
 
पहिलो वर्ष यतिकै अल्मलिएकी बहिनाई दोस्रो वर्षदेखि पायक पर्ने नजिकको विद्यालयमा भर्ना गरिदिएछन् । बहिनीको पढाई अत्यन्तै राम्रो र निरन्तर अघि बढिरहेको छ। पत्रिका बेच्ने काम मन पर्दो भएपनि काम दिनभर नहुने केवल बिहानपख मात्र।  सुरु सुरुमा नबिकेका पत्रिका अन्तमा आफैले पुरै पढेर दिन गुजार्ने रूप, पत्रिकामा साहित्य पाटो नै उनको त्यो पेशालाइ थामिरहने पुल बनेको रहेछ। साहित्य पढ्न अत्यन्तै रूचि भएका उनी आफू पनि सानोमा बाल कविता लेखेर पुरस्कार पाएको सम्झँदै कविता कोर्न थालेका रहेछन्।
 
उनले यो समाजको बारेमा राम्ररी बुझेका छन्। आफ्नै नाममा दिएँ भने पत्रिकाले नछाप्ला भनेर उनी 'पुछारघरे साइली' नामबाट कविता पठाउन थालेछन्  हुलाकबाट। आफै बेच्ने पत्रिकामा आफ्नै कविता उपनामबाट छापिदा खुसी हुँदै काम सम्हाली रहेछन्।
 
त्यो कामले मात्र गुजरा नचल्ने भएपछि उनी पत्रिका बेचिसकेपछि रहेको बाँकी बचेको समय के गर्ने त भनेर सोचिरहँदा एकदिन गर्मीको समयलाइ मध्य नजर राख्दै दिनमा बरफ बेच्न थालेछन्।  बरफ एकदमै फापेछ उनलाइ, राम्रो कमाई हुनुको साथै बाँकि पत्रिका पनि बरफ सँगै बिक्न थालेछ। तर बरफ पनि दिउँसो चार बजे पछि खासै नबिकेपछि उनी अझै समय खाली रहेकोमा चिन्ता गरिरहे कसरी यॊ समय सदुपयोग गर्ने भनेर।
 
सानै भएपनि पढाइसँगै बहिनीले खानपान र कोठा लुगाफाटा सफाई गर्नमा सहयोग गर्ने रहेछिन्। चाहिने सरसमान चिजबिज खरिद्ने भनेको नै रूप,  सबै खर्च कटाएर बजेको पैसाले एउटा ठेलागाडा किनेर पाँच बजे पछाडिको समयमा बहिनीको पनि सहयोग लिएर तीन वर्ष यता निरन्तर म:म:, पानी पुरी, जेरी, चटपटे बेच्न थालेका रहेछन्।
 
हो, यसै क्रममा करिब पाँच महिना अगाडि चटपटे खाँन जाँदा निरन्तर हाम्रो भेटमा हुने कुराकानीले मलाई औधि नजिक बनाएको छ। एक दिन पनि उनको हातको पानी पुरी र चटपटे नखाए निन्द्रा पटक्कै लाग्दैन।
 
आमा,
रूप मभन्दा करिब २ वर्षले जेठो युवक हो । बिहान पत्रिका बेच्ने, दिनमा कहाँ कहाँ पुगेर बरफ बेच्ने र विद्यार्थीहरूलाइ लक्षित गर्दै साँझमा पानी पुरी बेचेर ब्यस्त रहन्छन् त्यति मात्र कहाँ हो र एक छिन् फुर्सद मिल्यो कि कविता, गजल गीत मुक्तक लेख्छन् र 'पुछारघरे साइली' नामबाट आफैंले बेच्ने पत्रिकामा छपाउँछन्। पछिल्लो समयमा म उनको साहित्यको नियमित पाठक बनेको छु। चटपटे , पानी पुरी जस्तै एक दैनिकी बनेको छ उनको साहित्य पढ्ने। उसै त म पनि अंग्रेजी विषयको विद्यार्थी भएता पनि नेपाली साहित्य लेखनमा रूचि राख्छु, लेख्छु तर विल्कुलै कम लेख्छु, जब रूपलाइ भेटें मेरो साहित्य लेखन पनि बढेको छ किन कि उनी मलाइ लेख्न प्रेरित गर्छन् । मैले पनि केही कविता गजल लेखेर उनलाइ बुझाउँछु देखाउँछु मलाइ लेख्न कति गाह्रो हुन्छ, कति समय लाग्छ, उनि सजिलै दोष देखाउँछन्, वास्तवमा पढाइकै कुरा गर्ने हो भने म उनी भन्दा दोब्बर तेब्बर पढेकी छु।
 
आमा,
यस्ता प्रतिभावान धैर्यवान लगनशील मान्छेको जीवनमा भगवानको पनि आँखा लाग्दो रहेछ क्यार। पढाइमा अति तेज उनको सानी बहिनीलाई डाक्टरले ब्रेन ट्युमर भएको जानकारी गराएछन् र रोग पनि छिप्पिसकेको बताएछन् । डाक्टरको भनाइअनुसार उनी अब धेरै बेर बाँच्दिनन्।
 
यो कुरा हिजो मात्र मलाई उनले आफ्नो कोठामा आउन निम्तो दिएपछि जाँदा सुटुक्क बताए। बिचरा ती राम्री उज्यालो चेहेरा भएकी बहिनीले हँसिलो मुहारमा चिया बनाएर र दिइन्। मैले उनको अबोध मुस्कानमा मृत्युका अनिश्चित मिति पढें।
 
अब बहिनीलाइ धेरै पढाउने उनको सपना चकनाचुर भएको छ। आफू पनि कमाएर बहिनीको  बिहेपश्चात पढ्ने चाहना रहेछ। र कवि बन्ने इच्छा रहेछ। के का लागि म यो सब दौडधुप गरूँ,  मेरो बाच्ने आधार नै रहन्न भने भन्दै आँखाभरि आँशु लिए। बहिनीको उपचार गर्न नसके पनि आफ्ने बर्कतले जे भ्याउँछ, सकेसम्म गर्ने प्रतिबद्धा जनाइरहँदा मलाइ एउटा निवेदन चढाए।
 
आफूले बेच्ने पत्रिकाको कम्पनिमा गएर 'पुछारघरे साइली' बनेर आफ्नो सिर्जनाको रोयल्टी लिईदिन। जुन पैसा जति आउँछ त्यति र बाँकी जम्मा गरेको पैसा बहिनीको उपचारमा खर्च गर्छु ।
उनको यो निवेदनले मेरो गहभरी आँशु बनायो अनायासै हात अगाडि बढे, र उनको आँशु पुछिदिएँ- रूप नआत्तिनु म छु नि, सब ठिक हुन्छ।
 
आमा,
हामी एक मध्यम बर्गीय परिवार, दु:ख पीडाको महसुस सम्म गर्न परेन। मेरो पढाइ वरिपरिका छिमेकीका छोराछोरीको अनुसार राम्रै छ, अब मास्टर  लेबलको नतिजामा पास भए विदेश पढ्न जाने योजना घर परिवार मेरो सबैको छ।
 
फेरि  मेरो विवाहको लागि  डाक्टर,  लेक्चर, प्रोफेसर इन्जिनियरहरू नआएका   हैनन्। बाबाले जीवनको अन्तिम घडि मेरो छोरी रूपाको बिहे गरेर मर्न पाए स्वर्गमा बास हुन्थ्यो कि भन्नु भएको थियॊ। अझै पनि सम्झना ताजा छ। तर पढाईलाइ निरन्तरता दिने भनेर नै बाबाको वचन काटें ।यस्तो लाग्छ जीवनमा बाबाको भावना बुझिनँ।  कदर गरिनँ। बाबाको वचन राख्न नसकेकोमा आफैंलाई बारबार धिक्कार पनि लाग्छ कहिलेकाहीँ।
 
आमा।
 
यति लामो पत्र कोर्नुको रहस्य हजुरलाइ थाहा भैसकेको हुनुपर्छ। यो पत्र मार्फत म हजुरलाइ एउटा बिन्ति वा निवेदन गर्न चाहान्छु आशा छ पक्कै स्वीकार्य हुन्छ। किनकि आजसम्म मैले गरेका अनुरोध सबै स्वीकार्य छन् हजुरलाई।
 
हो, आमा  रूपले सिर्जनाको रोयल्टी लिन 'पुछा घरे साइली' बन्न गरेको अनुरोधलाइ स्वीकीर्न चाहान्छु। केवल रोयल्टी लिनको लागि मात्र होइन म जीवनभरी एक सच्चा 'पुछारघरे साइली'  भएर रूपसँग जीवन बिताउन चाहन्छु। रूपको कदम-कदममा साथ दिन चाहन्छु।
 
आमा, हजुरको प्यारी छोरीको यो साहसप्रति हजुरलाई घृणा जाग्न सक्छ। तर आमा, हामीले परिवर्तन नगरे कस्ले गर्ने?, हामीले सुरु नगरे कस्ले गर्ने? हामी नै सदस्य रहेको हाम्रो कथित समाजले तल्लो जातको उपमा दिएको केही नभएको तर विशाल ह्रदय र आत्मा विश्वास भएको मेहनती, आफ्नो खुट्टा आफैं उभिएको रूपसँग म हजुरको छोरी रूपा विवाह गर्न चाहन्छु। उसका हर सपनाको सहयात्री बन्न चाहान्छु, उसको पढ्ने धोको र कवि बन्ने धोको पूरा गर्ने अठोट म गर्न चाहन्छु। मेरो यॊ सब एकल निर्णय हो । यो बारे रूपलाई केही पनि थाहा छैन, जब हजुरले हरियो झण्डा सगरमाथामा फरफराएपछि म रूपलाई मनाउने छु। शायद उसले विश्वास नगर्न पनि सक्छ तर मलाई राम्ररी बुझेको छ नत्र भने उसले आफ्नो कोठामा आउने निम्तो गर्दैनथ्यो। उसको मप्रति केही विश्वास छ पक्कै।
 
आमा, के हामी छोरीहरू छोरा मान्छेको घरको शोभा, भान्छाको स्वाद र बिस्तारामा अँगालोभरि हुनु मै सिमित रहने हो त? के हाम्रो कारणले जीवन सुन्दर बनाउन सक्दैनन्, कुनै केटा मान्छे? रूपको आफ्नै अदभूत क्षमतामा म पूर्ण साथ समर्थन दिन चाहन्छु।
 
आशा छ, मबाट सुरुवात भएको यो कार्य प्यारी आमाबाट समर्थन हुनेछ र यो समाजले सिको गर्ने छ र एकदिन सबैको रगत एकै रंगको भए जस्तै हामी पूर्ण रूपमा एक मानव र हामी एकै हौं भन्दै एक अर्काको सम्मान  र एक अर्काको परिपुरक भएर बाँच्ने छौं। सेतोपाटीबाट साभार

रचनाकार -रूप रसाइली विश्वकर्मा
घान्द्रुक ‌ फूलिवाङ

एउटा फोटोले दिएको नयाँ जिन्दगी...

Posted by Tekman Shakya | Sunday, May 24, 2015 | Posted in , ,

२०७२ साल बैशाख १२ गते ११ बजेर ५५ मिनेट जाँदा आएको विनाशकारी भुकम्पको कम्पन केहि हद सम्म शान्त भए होला तर त्यसले सारा नेपालीमा पारेको पिडाको कम्पन अब सय बर्ष सम्म पनि शान्त हुने छैन ।

विनाशकारी भुकम्पमा परी अहिले सम्म आठ हजार भन्दा बढिले ज्यान गुमाएका छन भने हजारौं घाइते भएका छन साथै लाखौ घरबार विहीन भएका छन । गोर्खालाई केन्द्र विन्दु बनाएर गएको त्यो प्राकृतिक विपत्तीले विकाशको बाटोमा लम्कीरहेको नेपाललाई ठुलो क्षति पुराएको छ भने हाम्रा संस्कृतिक सम्पदाहरुमा समेत क्षति पुगेको छ ।

मानिसलाई सबै भन्दा धेरै डर लाग्ने भनेको मृत्यु सँग हो । त्यहि मृत्युको मुख बाट बचेर फर्किदा कति खुसि हुन्छ होला मन । बास्तवमै त्यस्तै भएको छ हामीलाई । यो जिवनको अन्तिम घडि हो अब बाच्न असम्भव छ भन्ने स्थीतिबाट आजको अबस्था सम्म आइपुग्दा धरहराको टुप्पोबाट खसेर पनि बाचेकोलाई कस्तो महसुस भएको छ भन्ने कुरा हामीलाई प्रष्टै छ ।

भुकम्पका जाँदाको समय कोहि कता थिए कोहि कता । सबैका आफ्ना आफ्ना कहानी होलान तर म र केहि साथीहरुले भोगेको त्यो दिनको कहाँनी अलि फरक छ । भन्न त बुडा पाका भन्छन काल नआए सम्म जस्तो अबस्थामा भए पनि मरिदैन । हाम्रो त्यो दिनको कहानीले लाग्ला तपाइहरुलाई पनि साच्चै दिन नआए सम्म भगवानले बचाउने रैछन ।

मानिसमा एउटा स्वभाव हुन्छ जब हामी एक्दमै आपतको अबस्थामा हुन्छौ त्यो बेला सबै भन्दा धेरै माया आफ्नो ज्यानको हुन्छ त्यस पछि घर परिवार र आफ्ना नाता पाताहरुको हुन्छ । त्यो समयमा धन सम्पति भन्ने कुरा समान्य जस्तो लाग्छ । जुन कुरा सबैले अहिलेको विनाशकारी भुकम्पको बेला धेरैले महसुस गर्नु भए होला । ज्यान बाँचे अरु जे सुकै होस आँफु बाँचे पछि परिवार के भए होला भन्ने पिर ।

मिति २०७२ साल बैशाख ११ गते शुक्रवार, सँगै अध्ययन गर्ने साथीहरु मध्येका केहि साथीहरु सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने चिसापानी घुम्नजाने योजना बमोजिम १३ जना साथी सात ओटा बाइकमा बेलुकी शुभसाइत गरियो । उकालो कच्ची बाट त्यस माथी परेको सिम सिमे पानीले पिडा दिएको थियो त्यो पिडालाई प्रकृतिक सुन्दरताले केहि भुलाउने प्रयास गरे पनि सकिरहेको थिएन ।

हिलोमा लडदै बेलुकी सात बजे गन्तव्यमा पुगियो । चिसापानी को त्यो ठाँउ देख्दा लाग्थ्यो नेपाल प्रकृतिको कति धनि देश थोरै पहाड उक्ले पछि मुटु कमाउने जाडो अनि फेरी केहि तराई झरे पछि गर्मी  । यहि प्रकृतिक विविधताको फाइदा लिन नसक्दा हामी गरीव भएको हो । गन्तव्यमा पुगे पछि सबै साथीभाइ बेलुकी अवेर सम्म रमाइलो गरि खान पिन गरि सुतियो । सबैको मनमा आशा छ भोलीको दिन अझ रमणीय र स्मरणीय हुने छ ।

विहानीको भुल्के घाम सँगै रमणीय बातावरणमा प्राकृतिक सुन्दरताले अघिल्लो दिन बाटोमा भोग्नु परेको पिडालाई पनि विर्साइदिएको थियो । सल्लाघारीबाट आवाज सहितको चिसो हावाले यो महिना बैशाख हो भन्ने कुरा पनि विर्साइदिन्थ्यो । यति चिसो कि पुस माघ जस्तो मुटु कमाउने । सुन्दर डाँडा बाट देखिने पा्रकृतिक दृश्यले मन प्रफुल्ल मात्र भएन विहानीको सुल्के घामले न्यानो स्वागत गरेको भान हुन्थ्यो  ।

यता उता बरालिदै गर्दा विहानको खाना खाने समय भयो । विहानको खान पछि सबै साथीहरु बेकुकीका हिला कपडा पुछपाछ पारी बाटो लागियो । अघिल्लो दिन जाँदा बाटो एकदम चिफ्लो भएको हुँदा पनि हामी फर्मिदा अर्को बाट जाने निधो भएको थियो । जथाभावी खनिएका सडक गाडी हिडाउनको लागि भन्दा पनि बाटो छ भन्नेको लागि खनिएको जस्तो लाग्थ्यो । विना योजना खनिएका यस्तै नेपालका कति बाटोहरुमा आज पनि अकालमा कतिले ज्यान गुमाइरहेका छन भन्ने कुरा दैनिक रुपमा हुने सवारी दुर्घटनाले पनि प्रस्ट पार्छ ।
हामी बाटो हिडिरहँदा विभिन्न ठाँउको रमणीय स्थलहरुमा फोटो खिच्दै खोलामा बग्ने चिसो पानी खाँदै यात्रा गरिरहेका थियौ । यात्रा एक दम रमणिय भएको थियो ।

यतिबेला सम्म घडिले विहानको ११ बजाइसकेको थियो । भोटेचौरको लक्ष्य लिएर हिडिरहेको हाम्रो टोली १२ बजे सम्म गन्तव्यमा पुगीसक्ने लक्ष्य लिएर यात्रा गरिएको थियो । हिमाल पहाड र तपाईमा बसोवास गर्ने र पत्रकारीता, बैक, शिक्षा ,व्यापार क्षेत्रलाई पेशाका रुपले अँगालेका साथीहरुको हाम्रो समुह यस्तो थियो कि सिँगो नेपालको प्रतिनिधित्व गरे जस्तो । सानो भए पनि हाम्रो गुरुपमा कामको विविधता थियो । उमेर पनि त्यस्तै कोहि अली पाको कोहि अलि कलिलै उमेरको । यो जोडि पाटन बहुमुखि क्याम्पसले बनाएको जोडि पनि हो । जो दुइ बर्ष भन्दा बढि को मित्रता पनि हो ।

बाटोको रमणिय स्थलको अबलोकन गर्दे १३ जना साथीहरु गाँउको कच्ची बाटोमा मोटरसाइकलमा यात्रा गरिरहेका थियौ । त्यतिबेला सम्म घडिमा दिनको ठिक ११ बजेर ५० बजेको थियोे । यात्राको क्रममा सिन्धुपाल्चोककै एउटा अतिनै रमणीय ठाँउ जहाँ बाट टाढा टाढाको पहाडहरु पनि देखिन्थे त्यहि फोटो खिचौ भन्दै सबैभन्दा अगाडि रहेका मित्र लोकेन धमलाले भने पछि सबै साथीहरु एकै ठाँउमा जम्म भए । क्यामेरालाई अटो मोडमा राखि फोटो खिच्न थालियो ।

तर विडम्वना त्यो क्यामेराले फोटो भने खिच्न पाएन । त्यतिनै समयमा विनाशकारी भुकम्प जान सूरु भयो र सबैमा खैला बैला पैदा भयो । एकान्त ठाउ त्यस माथी विरानो गाँउ । एकदम डरलाग्दो पहाड । यति सम्मकी तिर्खा लाग्दा खानको लागि नजिकै पानीको धारा समेत नभएको त्यस्तो ठाँउमा भएको अबस्थामा आएको भुकम्पले सबैलाइ लाग्न थाल्यो अब बाचिन्न होला ।

माथीबाट पहाड खसिरहेको छ तल टेक्ने ठाँउ पनि भासिएको छ । पातलो रुपमा रहेका घरहरुबाट मान्छे पुरीएको खवर त्यस माथी भुकम्पले चारै तिर धुलै धुलै । हामी त्यहाँ हुने साथीहरुलाई थाहा छ र तपाइ पनि अनुमान लगाउन सक्नुहुन्छ त्यो अबस्थामा पिडा र डर कति थियो होला । हामी सबैले बाच्ने आश मारी सकेका थियो । कतिले त मर्नेबेलामा एक पटक घर त फोन गर्नुपर्छ भन्दै मोवाइलमा टावर हेर्दै थिए । त्यसै त ग्रामीण भेग त्यस माथी त्यो अबस्थामा फोन लाग्नु कैरै भएन यो अस्थाले झन पिडा माथी पिडा थपिदियो ।

जव भुकम्प गए त्यो भन्दा पनि पिडा दायी क्षण तब सुरु भयो जब स्थानीय घाइते र स्थानीहरुको रुवाबासी सूरु भयो । सबैले ढलेको घर देखाउदै यहाँ मेरो यो पुरीएको छ भन्दै रुदै थिए । हामी निरिह भएका थियौ उनीहरुको लागि सहयोग गर्नेको लागि हामी सँग बचन पनि निस्कीरहेको थिएन । अझ काठमाण्डौ पुरै ध्वस्त भयो रे भन्ने खवरले त झन हामीलाई त्रास पैदा भयो ।

आँफु बाचिसके पछि परिवार र आफ्नतको चिन्ता हुन्छ सबैले आफ्नतको हालचाल बुझने प्रयास गरे तर धेरैको फोन लागेन । सबैका आँखामा डर अनि पिडा प्रष्टै देख्न सकिन्थ्यो । त्यो स्थलबाट पार गरि हामी केहि समयको अन्तराल पछि फेरी बाटो लागियो बाटोमा गएका ठुला पहिरा देखे पछि हामीलाई झन डर लाग्न थाल्यो यदि हामी त्यो समयमा फोटो खिच्नको लागि त्यहा न बसेको भए यहि मरीने रैछ ।

धन्न लोकेनले बचाए । एउटा फोटोले हामी सबैको ज्यान बचायो । बाटोमा पर्ने ठुला ठुला पहिरो समेत पन्छाउदै हामी बल्ल बल्ल काठमाण्डौ झरियो । बाटोमा देखिएका दुश्य अतिनै भयानक थिए सबै रुदै कराउदै थिए । मलाई त अझ पनि त्यो ठाउमा सरकारी राहात पुगेको छैन होला जस्तो लाग्छ । त्यति विकट अनि त्यो गाँउमा पुरिएकाहरुलाई निकाल्ने पनि कोहि भएनन होला ।

बाटोको यात्राको क्रममा आइरहने पराकम्पनहरुले भत्कीने बाटाहरु र भिर बाट गुल्टीने ठुला ठुला चट्यानहरुले पछाडी आउदै गरेको साथीलाई त लगेन भनी फर्केर हेर्दा उ मुस्कीलले बाचेको त्यो अबस्थामा डर अनि खुसी दुवैलै मनमा कम्पन भइरहेको थियो ।

 यसरी हिडीरहदा हाम्रो अगाडि बजारीने ठुला ठुला रुखरुले कतै हामीलाई त च्यापेन भनि अगाडिका साथीहरु हाम्रो प्रतिक्षामा हुन्थे जब हामीलाई सकुशल देख्दथे अनि मन ढुक्क बनाई फेरी आफ्नो बाटो लाग्थ्यौ । आफ्नै अगाडि मन्दीको गजुर कोल्टे परेको देख्दा यता धरहराको शिर ढल्यो रे सयौं मान्छी पुरीए रे भन्ने समाचारले छिया छिया मन पारी बजार छिर्दा किन चाहिदो रैछ व्यवस्थीत बजार अनि किन चाहिदो रैछ बलिया घरहरु भन्ने कुराको आवश्यकता बुझन कतै जानु पर्दैनथ्यो ।

सयौ बर्ष पुराना घरहरुमा च्यापीएका हजारौं नेपालीहरुलाई कालको मुखमा पुराउने काम हामी आफैले गरेको हो भन्ने बुझनको लागि त्यति कठिन थिएन । काठमाण्डौ झरिसके पछि बाचिने आसा पलायो । बाटोमा भत्केका घर अनि घाइते देख्दा बरु उतै मर्न पाएको भए हुन्थ्यो नि यस्तो त देख्न पर्दैनथ्यो भन्ने हामीलाई लाग्यो  । सपना हो कि विपना जस्तो आज पनि भइरहेको छ यतिका दिन पछि पुन ठुला धक्का महसुश भइरहेका छन ।

 हजारौले ज्यान गुमाए कति घाइते छन । विनासकारी भुकम्पबाट नयाँ जुन पाएको हामी सबैलाई महसुश भएको छ । नयाँ जुनिको श्रेय साथी लोकेन धमलालाई जान्छ । सगै जाने साथीहरु खगराज पौडेल,दिनेश पौडेल,सन्तोष चापागाई,लोकेन धमला,ज्ञानु प्रसाद न्यौपाने,विशाल के.सी, नवराज निरौला,समिर शर्मा,उत्तम खतिवडा,विकाश पौडेल,मनोज बोहोरा, रघुनाथ भण्डारी लगाएतका साथीहरु आज पनि त्यो दिन सम्झना चाहदैनन् । जिवन दान दिन तथा दुखको बेला पनि धर्यधारण गर्ने शक्ति इश्वरले हामीलाई दिनउ, साथमा मुत्युको मुख बाट बाचेको यो जिन्दगीलाई समाज सेवा र देशको भलाइको लागि जिउन सकौं यहि कामना छ र अब फेरी यस्तो दिन कसैले पनि भोग्न नपरोस यो कामना पनि ।

पहाडी बस्ती मधेशमा सारे गृहयुद्धः सीके राउत

Posted by dadad | Monday, May 18, 2015 | Posted in

सीके राउत
एक माथि अर्को सुनियोजित षड्यन्त्रद्वारा पहाडीहरूलाई मधेशमा बसाउनाले २००८ साल देखि २०५८ सालको ५० वर्षको अवधिमा मात्रै मधेशमा पहाडीहरूको जनसंख्या ६% बाट बढेर ३३% हुन पुग्यो। २०६३-६४ को मधेश आन्दोलन पछि नेपालीहरूले एउटा डिस्कोर्स नै क्रिएट गरे कि सबै पहाडीहरूलाई मधेशबाट धपाइएको छ, जुन डिसकोर्स चलाउनका लागि केही मधेशी लेखक, पत्रकार र बुद्धिजीवीलाई समेत अगाडि सारियो, र उनीहरुलाई बैंकको चेक मात्र हैन, राष्ट्रिय सम्मान नै दिइयो।तर २०६८ सालको जनसंख्यामा देखियो ठीक उल्टो, २०५८ सालमा नेपाली साम्राज्यको केवल ४८.८% जनसंख्या मधेशमा रहेकोमा त्यो झन बढेर १० वर्षको अवधिमा नै ५०.३% हुन पुग्यो, र पहाडको जनसंख्या त्यति नै मात्रामा उल्टो घटेको पाइयो।
कहिले थारुलाई दारु पिलाएर, राजवंशीसँग मितेरी लाएर, संथाललाई नागरिकतामा फँसाएर यी पहाडीहरूले मधेशको भूमि कब्जा गर्दै मधेशमा जमीन्दार बन्दै गए, र मधेशी मूलबासी आदिवासीहरूलाई आफ्नै भूमिमा घरबार बिहीन बनाएर, भूमिहीन बनाएर, दास बनाएर, कमैया-कमलरी बनाएर बस्न बाध्य गरे, भने लाखौं मधेशी मूलबासीहरू विस्थापित भए।
पहाडीहरूको आप्रवासनले मधेशको जनघनत्व थेग्नै नसक्ने हुन पुगेको छम, अहिले नै पहाडको जनघनत्व १८६ व्यक्ति प्रति वर्ग किमी मात्रै छ भने मधेशको त्यो भन्दा दुईगुणा भन्दा बढी ३९२ छ। अझ सुनियोजित षडयन्त्रद्वारा पहाडीहरूलाई बसाएका झापा, चितवन, कंचनपुर जस्ता जिल्लाहरूमा त जनघनत्व कहालीलाग्दो तरीकाले विष्फोट भएको छ। उदाहरणका लागि कंचनपुर जिल्लाको जनघनत्व २०१८ सालमा केवल १२ थियो भने २०६८ सालमा पहाडीहरूको आप्रवासनले बढेर २८० हुन पुग्यो (२५ गुणा !) जबकि सँगैको पहाडी जिल्ला डडेल्धुरामा ५७ बाट बढेर केवल ९२ भयो। यसरी जनघनत्व बढिरहदा सन् १९५४ मैं UN ले तराईमा वन विनाश र आप्रवासनका कारणले उर्वरता घटदै जानी, पानी सुक्दै जाने र जलवायु नै परिवर्तन हुने चेतावनी दिएको थियो। तैपनि पहाडीहरूले मधेशमा बसाउने षडयन्त्र गरिरहे।
पहाडीहरू मधेशमा बसाइनाले मधेशको जनघनत्व मात्रै बढेको छैन, मधेशीहरूको जमीन मात्रै खोसिएको छैन्, मधेशीहरू विस्थापित मात्रै भएका छैनन्, उनीहरूको सम्पूर्ण अस्तित्व नै संकटमा छ। नेपाली प्रशासनको आडमा यी आप्रवासी पहाडीहरू मधेशीहरूलाई घर-घरमा घुस्दै कुटपीट मात्रै गर्दैनन्, मधेशीहरूको सविनाशलाई (annihilation) नै मूर्तरूप दिन खोजिरहेका छन्। विराटनगरमा खुकुरी ग्यांगहरूको यति त्रास छ कि मधेशीहरू एक-आपसमा कानेखुसी गर्दै डरले बाँचिरहेका छन्, नेपालगंज र लहानमा मुठ्ठी भर पहाडीहरूले नेपाल प्रहरीको आडमा दंगा फैलाएर कसरी मधेशीहरूको आफ्नै घर र पसलमा आगो लगाइ दिए र खोजीखोजी पिटे, भनि राख्नु पर्दैन।
र यो भूकम्प पछाडि नेपाल सशस्त्र प्रहरीले मधेशीहरूलाई हप्काउदै आफ्नो घरमा राख्न भनिरहेका छन्, मधेशीसँग भएको १-२ कठ्ठा जमीनमा पहाडीहरूलाई घर बनाउन दिन बन्दुकको कुन्दा देखाउँदै पिट्दै छन्। केही समय अगाडी मात्र सप्तरीको राजविराजको दक्षिण तिरका गाउँहरु नजीक सशस्त्र प्रहरी आएर पहिला क्याम्प राख्ने सुरसार कसे, र अहिले त्यहाँ पहाडबाट हजारौं मान्छेहरू ल्याएर टोल नै बसाउन लागेका छन्, मधेशीहरूको घर-घरमा राख्न दबाब दिइरहेका छन्, आफ्नो महिलाहरूको लागि मात्रै भएको शौचालय दर्जनौं पहाडीहरू जबरदस्ती आँगनमा पसेर प्रयोग गर्दैछन, र त्यसो नगर्न अनुरोध गर्दा सशस्त्र प्रहरीले मधेशीलाई कुटपीट गरेर एस.पी. कार्यालयको हिरासत मै थुनेका छन।
यस्तो परिस्थितिमा (सबै हैन तर) अधिकांश मधेशी लेखक, पत्रकार, बुद्धिजीवीहरू पहाडीबाट मोटो रकमको चेक पाउने वा अवार्ड पाउने आशामा उल्टा डिसकोर्स क्रिएट गर्दै आएका छन्, “हामी त एक हौं” भन्दै इमोशनल ब्ल्याकमेल गरी भ्रम छर्दै पहाडीहरूलाई मधेशमा घुसाउने वातावरण सिर्जना गर्नमा लागेका छन्, भने संसदवादी मधेशी पार्टीहरू नेपालमा ठूलो मात्रामा भित्रिएको राहतमा आफूले पनि केही % पाउन, र राष्ट्रिय सरकारमा जानका लागि चुप्पी साधेर बसेका छन्। उनीहरूलाई मधेशमाथि सशस्त्र प्रहरीले गर्दै आएको दमन देखिन्न, फिरंगीहरूले मधेशमा गरिरहेको अत्याचार देखिन्न, उनीहरू त काठमांडू र पहाडमा सेल्फी खिच्न, आफ्नो मालिकहरूको ‘गूडबूक’मा रहन मैं व्यस्त छन्। ४५% मधेशी दलितहरू, ४१% मुस्लिमहरू, लाखौं थारू, संथाल, राजवंशीलगायत का आदिवासीहरू, कमैया कमलरीहरू, बाढी र अग्निपीडितहरू अझै भूमिहीन छन्, तिनीहरूलाई बसाउने, भूमि दिने कुरो उठदैन, तर चुरिया फडानी गरेर भएपनि, मधेशीलाई आफ्नै घरबाट धपाएर भएपनि सद्भावको नाममा मधेशमा बसाउने र बांकी मधेशीलाई पनि भूमिहीन बानउने, विस्थापित गर्ने षडयंत्र हुँदैछ।
तर चाहे त्यो ऋतिक रोशन कांड, नेपालगंज कांड, कपिलवस्तु कांड जस्तो होस्, कि बारा र रौतहटमा पहाडीहरूले भर्खरै गरेको अत्याचार, घर-घरमा घुसेर मधेशी महिलाहरूलाई समेत पिटने काम, त्यो आउने दिनमा निकै नै बढदै जाने कुरा प्रष्ट हुँदैछ। पहाडीहरूलाई मधेशमा बसाउन देशी-विदेशीहरूले अनेकौं षडयन्त्र गर्ने नै छन्। यस्तोमा आफ्नो अस्मिता, आफ्नो आमा-बहिनी, छोरी-बुहारीको ईज्जत बचाउनका लागि पनि आज न भोलि मधेशीहरूले ज्यानको बाजी थाप्ने नै छन्, र भूकम्प प्रभावितको नाममा पहाडीहरूलाई मधेशमा बसाउने क्रम जारी रहयो भने आउँदा दिनमा गृहयुद्ध सुनिश्चित नै छ। र त्यो कुनै पार्टी, संगठन वा नेतृत्व विशेषको आह्वानमा होइन, मधेशीहरूको कारणले पनि होइन, बरु पहाडीहरूको अत्याचार र दादागिरीबाट नै स्वस्फूर्त रूपमा शुरु हुनेछ। त्यो घोर गृहयुद्ध “मरता क्या नहीं करता!” को परिस्थितिबाट उब्जिनेछ।
यो लेखकको निजी विचार होः नेपाली हेडलाइन्स बाट साभार

भूूकम्पभन्दा खतरानाक दलाल पुँजीपतिवर्ग

Posted by dadad | Sunday, May 17, 2015 | Posted in ,

– खेम थपलिया    
जनता खुला आकासमुनि भोक, शोक, प्यास, छटपटी र अनिंदोका साथ काला रातहरूसित जुधिरहेको बेला संसद्भवनमा जनताकै प्रतिनिधि भनिएका सभासद्हरूले त्रिपालको हारालुछ गरे । अर्थमन्त्री रामशरण महतले नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रमा छानीछानी काङ्ग्रेसीजनलाई राहत बितरण गराए । 

अर्की एक सभासद्ले त्रिपाल आफ्नो घरमा लुकाएर राखिन् । यो प्रकरणले नेपालका सभासद्हरूका अनैतिकता, लुब्धता, दरिद्रता, लापरबाही, गैर–जिम्मेदारिता, गैर–जवाफदेहिता, संवेदनहीनता, जनताको जीवनप्रति पूर्णतः बेवास्ताजस्ता धेरै प्रवृत्तिहरूलाई एकैचोटि सतहमा ल्याइदिएको छ । बाह्य हस्तक्षेप पनि नयाँ नयाँ शैलीमा प्रस्तुत भएको छ । यसले दलाल पुँजीपतिवर्गको चरित्रलाई राम्ररी उजागर गरेको छ । यतिखेर राष्ट्र र जनताको जीवन बचाउने कुरा प्राथमिकताको विषय हो । यही सन्दर्भमा प्रस्तुत कथा सान्दर्भिक हुने ठान्दछु ः

एकजना डाक्टर बिदाको समय मिलाएर आफू जन्मेहुर्केको गाउँमा पुगेछन् । उनी गाउँमा पुग्दा साँझ परिसकेको रहेछ । त्यही रात गाउँमा ठूलो असिना पानी परेछ । भीषण वर्षाका कारण गाउँमा ठूलो सङ्कट आइलागेछ । गाउँका थुप्रै घरहरू बाढीले बगाएछ । थुप्रै मानिसहरू बेपत्ता भएछन् । थुप्रै घाइते भएछन् । थुप्रैमध्ये एकजना गम्भीर घाइतेको उपचार गर्नुपर्ने परिस्थिति ती डाक्टरको अगाडि आइपरेछ । उनी गाउँमा जाँदा रित्तै हात गएका रहेछन् । उपचार गर्ने कुनै साधन उनीसित रहेनछ । त्यस्तो अवस्थामा ती घाइतेलाई जसरी पनि बचाउनुपर्ने अवस्थामा ती डाक्टरले गाउँमा पाइने घाँस दाउरा काट्ने गरेको हँसियाले पेट चिरेर अपरेसन गरेछन् । अपरेसन सफल भएछ ।

त्यसपछि उनले गाउँमा बोरा सिउने सियोले चिरेको पेट सिलाएर ती गम्भीर बिरामीको जीवन बचाएछन् । ती डाक्टरको सो कार्य राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेछ । ती डाक्टरले ‘मेडिकल इथिक्स’ को आधारमा उपचार नगरेको भनेर आलोचना पनि भएछ । साथै, उनले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि मानिसको जीवन बचाएकोमा प्रशंसा पनि भएछ । अन्तिममा त्यो विषय अदालतसम्म पुगेछ । अदालतले उक्त डाक्टरले ‘मेडिकल इथिक्स’ को पालना नगरेकोेले दण्डित गर्नुपर्ने फैसला गरेछ । साथै, अत्यन्त प्रतिकूल परिस्थितिमा पनि मानिसको जीवन बचाएकोले पुरस्कृत गर्न सम्बन्धित पक्षलाई सुझाव पनि दिएछ । अन्ततः ती डाक्टरलाई सरकारले राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरेछ ।

अहिले नेपालको परिस्थिति असमान्य छ । वैशाख १२ गते आएको ७.८ रेक्टरस्केलको भूकम्प र त्यसपछि पटक पटक आएका विभिन्नस्तरका पराकम्पनजन्य भूकम्पले जनधनको व्यापक क्षति गरेको छ । यसले नेपालको आन्तरिक जीवनमा पु¥याएको क्षति अपूरणीय छ । यो भूकम्पले नेपालको झन्डै आधा हिस्साका भौतिक संरचनालाई जति हल्लाएको छ, त्योभन्दा कैयौँगुणा बढी मानिसभित्रको मुटु हल्लाएको छ । यतिखेर नेपाली तन, मन पूरै हल्लिएको छ । संसद्वादी दलहरूका असक्षमता र अलोकतान्त्रिक चिन्तन र चरित्रका कारण सङ्कटग्रस्त बनेको नेपालमा अहिले यो प्राकृतिक सङ्कट थपिएको हो ।

देशमा राजनीतिक सङ्कट चुलिएको बेला थपिएको प्राकृृतिक सङ्कटले ससद्वादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गलाई एक किसिमले आनन्दको अनुभूति गराएको कुरा तिनका भनाइ र गराइले प्रमाणित गरैकै छ । यसपटकको भूकम्प त निमित्त मात्र हुन् । राष्ट्रिय सङ्कटको नायक त संसद्वादी दलहरू नै हुन् । अहिले नेपालमा भूकम्पको निहुँमा दलाल पुँजीपतिवर्गलाई लुटको स्वर्ग भएको छ । उनीहरूको कमाउधन्दा सुरु भइसकेको छ ।

हामीलाई महाभूकम्पमा परी निधन भएकामा गहिरो पीडा छ, घाइते र बेपत्ताजनप्रति गहिरो दुःख छ । यतिखेर उद्धार, राहत वितरण, पुनस्र्थापना तथा पुनर्निर्माणमा सम्पूर्ण जनपक्षीय शक्तिहरू एकजुट हुन आवश्यक छ । भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनु, घाइतेको तत्काल निःशुल्क उपचार गर्नु र वैकल्पिक बसोवासको व्यवस्था गर्न राज्य असफल भएको छ । यस्तो बेलामा पनि अलमल, ढिलासुस्ती र मनोमानी गर्नु हददर्जाका अनैतिकता हो ।

राज्यका सम्पूर्ण एकाइहरू परिचालन गर्ने र बिनाभेदभाव तत्काल राहत सामग्री उपलब्ध गर्न सरकार असफल भएको छ । क्षति भएका सांस्कृतिक सम्पदाहरूको तत्काल पुनर्निर्माण थाल्न र राहतका नामामा भएका सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्न पनि राज्य सफल देखिएन ।

नेपालको राष्ट्रिय अस्मितामाथि आँच आउनेखालका काम हामीलाई अस्वीकार्य छ । भारतीय सेना, पुलिस र पत्रकारको ज्यादतीले सीमा नाघेको छ । भूकम्पपीडित संस्कृतिकर्मी–स्रष्टाहरूलाई विशेष राहतको व्यवस्था गर्नु तथा महाविपद्को घडीमा उद्धार र राहतमा जुट्नुको कुनै विकल्प छैन । राष्ट्र सङ्कटको घडीबाट गुज्रिरहेको यतिबेला बाह्य शक्तिहरू चलखेल गर्नु उनीहरूको अनैतिकताको पराकाष्ठा हो । त्यसकारण राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा एकताबद्ध हुनु हामी सबैको पहिलो कार्यभार हो ।

सरकारले अमेरिकी सैनिक तथा अन्तर्राष्ट्रिय आईएनजीओ कर्मचारीका नाममा आएका विदेशी दूतहरू फिर्ता पठाउन र राहत वितरणका नाममा अन्तर्राष्ट्रिय आईएनजीओका नामबाट नेपालमा भएको हस्तक्षेपलाई रोक्न सकेन । नेपालमा भारतीय दादागिरी पुरानै परम्परा हो । उसले नेपालमा राहत तथा उद्धारका नाममा गुप्तचरी गरिरहेको छ । स्वार्थ र शर्तसहित तथाकथित सहयोगका नाममा हुने सार्वभौमिकतामाथि हस्तक्षेप हामीलाई अमान्य छ । हामीलाई हाम्रो राष्ट्र, हाम्रो राष्ट्रिय जीवन सर्वप्रिय छ ।

भारतीय सेनाले विमानस्थलको क्याम्प खडा गरेर बसेको र सरकारका प्रतिनिधिको निर्देशनको अवज्ञा गरेको कुराले नेपालीको मन असाध्यै दुःखेको छ । यतिखेर हामी सबैले एक स्वरमा भन्नुपरेको छ– भारतीय सरकार ! राहतका नाममा आहत नदेऊ, गुप्तचरी नगर, आफ्नो विस्तारवादी नीति बन्द गर ।

सबैतिरबाट नाङ्गिएको, असफलसिद्ध भएको सरकार र संसद्वादी दलहरू यो भूकम्पको निहुँमा आफ्नो आयु बढाउन चाहिरहेका छन् । यही कुरालाई बल पुग्नेगरी माओवादीको एउटा हिस्साले पनि राष्ट्रिय सरकारको डम्फू बजाउनु उदेकलाग्दो भएको छ । राष्ट्रिय सरकारको डम्फू सरकार तथा संसद्वादी दलहरूप्रति जनताको आक्रोश मत्थर पार्ने षड्यन्त्रबाहेक अरू केही होइन । दलालहरूका यस्ता षड्यन्त्रलाई बेलैमा चिर्न जरुरी छ । कुनै पनि असली माओवादी दलाल पुँजीपतिवर्गको सेवक हुनै सक्तैन ।

पहिलो संविधानसभा त असफल भयो भयो, दोस्रो संविधानसभा पनि असफलताको सन्निकट पुगिसकेको यतिबेला नेपालको राजनीतिक मुद्दाहरू जस्ताको तस्तै छन् । वास्तवमा नेपालको समस्या यो भूकम्पले पैदा गरेका समस्याहरूभन्दा निकै भयावह छन् । सत्तामा दलाल पुँजीपतिवर्गको हालीमुहाली छ । यो वर्गलाई हटाएर राज्यसत्तामा जनतालाई पु¥याउनु र नेपालीहरू आफ्नो समस्या आफैँ समाधान गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गरेर देखाउने बेला पनि यो हो । नेपालको सरकार, संसद्वादी दलहरू र ब्युरोक्रेसीप्रति अन्तर्राष्ट्रिय जगत्को नकारात्मक धारणा यसपटक छर्लङ्ग भएको छ । यो उनीहरूको इथिक्समाथि ठूलो प्रश्नचिन्ह हो । संसद्वादी दलहरूको अवस्था ‘१२ वर्ष बाइबल पढायो, भूकम्प आउँदा राम राम’ भनेजस्तै भएको छ ।

भारत र अमेरिकाले नेपालको उत्तरी सिमानामा दिएको चासोलाई सरकारले प्रस्ट पार्नुपर्छ । यस्तो पीडाका बेलामा पनि धर्म परिवर्तन गराउन खोज्ने पश्चिमाहरू कति पाखण्डी रहेछन् भन्ने कुरा पनि यसपटक जनताले बुझ्ने अवसर पाएका छन् । राष्ट्रमाथि आइपरेको यति ठूलो विपत्को घडीमा पनि मानवीय समवेदना र मानवीय इथिक्स अर्थात् नैतिकता देखाउन नसक्नुले दलाल पुँजीपतिवर्गको अन्त्यको अवश्यम्भावितालाई थप पुष्टि नै गरेको छ ।

राजनीतिक, वैचारिक, सैद्धान्तिक, दार्शनिक र व्यावहारिक रूपमा इथिक्सविहीन भइसकेका संसद्वादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गले अब नेपालको सङ्कट समाधान गर्न सक्छन् भनेर सोच्नु जस्तो विडम्बना अरू के हुन सक्छ ? यिनीहरूले विगतमा माओवादीसित गरेको सहमति र सम्झौताको कुन धाराको पालना गरे ? समानान्तर सत्ता सञ्चालन गरेर आएको माओवादीलाई यिनीहरूले कहिले सत्तामा पहुँच दिनुपर्ने कुरा गरे ? महान् जनयुद्धलाई अवमूल्यन गर्ने तिनीहरू को हुन् ? बाह्यशक्तिको सहयोग र इशारामा माओवादीलाई घेराबन्दी गर्नु यिनीहरूको कस्तो इथिक्स हो ? त्यसैले अहिले परिस्थिति भनेको संसद्वादी दलहरूले माओवादीसित गरेको सहमति र सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्ने बेला हो ।

अन्यथा, भूकम्पबाट भएको आहात त केही समयपछि मत्थर हुँदै जाला, जनताले आफ्ना पीडा विस्तारै बिर्संदै जालान् तर संसद्दवादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गद्वारा पैदा गरिएको सङ्कटले अर्को राजनीतिक भूकम्प आउने कुरा निश्चित छ । यो भूकम्पबाट पैदा भएका समस्याहरूको व्यवस्थापन मात्र होइन, राजनीतिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बेला हो । यतिखेर माथिको कथाको डाक्टरजस्तै सबैले आ–आफ्नो क्षमता, सीप र इमानदारिता प्रस्तुत गरेर राष्ट्र र जनताको जीवन बचाउने बेला हो ।

राष्ट्र र जनताको जीवन बचाउने कुराभन्दा ठूलो इथिक्स संसारमा अरू केही हुन सक्दैन । भूूकम्पभन्दा खतरानाक छ– दलाल पुँजीपतिवर्ग । यो वर्गलाई आफ्नो र आफ्नो प्रभुभन्दा बाहेक अरूको कसैको सरोकार नै हुँदैन । यो वर्गसित लड्ने शक्ति भनेको माओवादी मात्रै हो । नेपालको दलाल पुँजीपतिवर्गलाई पराजित नगरीकन जनताले मुक्तिको सास फेर्न असम्भव छ ।

भूकम्पबाट पैदा भएका समस्यासित लड्दै गर्दा दलाल पुँजीपतिवर्गसितको लडाइँलाई पनि तीब्रता दिन आवश्यक छ । असली माओवादीबिना नेपालको कुनै पनि शक्तिले महासङ्कटसित लड्छु भन्नु सोम शर्माको कथासिवाय केही होइन । दलाल पुँजीपतिवर्गको ढाडमा टेकेर टाउकोमा हान्ने बेला यही हो ।
जेठ २०७२ ।

भूकम्पबारे नेपालीले जान्नैपर्ने तथ्य

Posted by dadad | Sunday, May 10, 2015 | Posted in

आनन्द लामिछाने
आनन्द लामिछाने

आनन्द लामिछाने

भूकम्प विशाल भौगर्भिक चट्टान (टेक्टोनिक प्लेट) को हलचल हो । हाम्रो पृथ्वीको गर्भमा जम्मा सातवटा टेक्टोनिक प्लेट छन् । जसरी जमिनमा रहेका ढुङ्गा प्राकृतिक रुपमा टुक्रने, फुट्ने र चलायमान हुने गर्दछ, त्यसैगरी पृथ्वीको गर्भमा रहेका भौगर्भिक चट्टान स्वाभाविक र प्राकृतिक रुपमा चल्ने, एकमाथि अर्को खप्टने, एकअर्काको भित्र छिर्ने प्रक्रिया निरन्तर रुपमा भइरहन्छन् । यो एक स्वाभाविक प्रक्रिया हो । साथसाथै पृथ्वीको गर्भमा अति उच्च चापमा रहेका तरल पदार्थको हलचलका कारणबाट पनि भूकम्प पैदा हुन्छ ।

 
के नेपाल भूकम्पका लागि उच्च जोखिम क्षेत्र हो ?
नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिम क्षेत्र हो । किनकि पृथ्वीमा रहेका सात विशाल टेक्टोनिक प्लेटमध्ये इन्डियन प्लेट र युरोसियन प्लेटको संगम नेपालको हिमालय पर्वत क्षेत्रमा पर्दछ । यी दुई टेक्टोनिक प्लेटमध्ये युरोसियन प्लेट माथिल्लो खण्डमा र इन्डियन प्लेट तल्लो खण्डमा रहेको छ । जसमा इन्डियन प्लेट क्रमशः युरोसियन प्लेटको मुनि छिर्ने क्रम जारी रहेको छ । यो क्रम कहिले उच्च गतिमा त कहिले मन्द गतिमा चलिरहेको हुन्छ । फलस्वरुप माथिल्लो (युरोसियन) प्लेटको तलतिर इन्डियन प्लेट छिर्ने क्रममा हिमालयन पर्वतको निर्माण भएको मानिन्छ । विश्वमा जम्मा सात टेक्टोनिक प्लेट रहनु र त्यसमा पनि नेपाल दुईवटा प्लेटको साँधमा पर्नु ठूलो दुर्भाग्य हो । सोही कारणले नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिमको क्षेत्र मानिन्छ ।

नेपालमा अहिले गएको भूकम्प लामो समयपछि गएको होइन । नेपालमा निरन्तर भूकम्प गई नै रहेको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार नेपालमा अघिल्लो वर्ष पनि तीन दर्जनभन्दा बढी भूकम्प गएको थियो । तर, ती सबै भूकम्प पाँच रेक्टर स्केलको म्याग्निच्युडभन्दा कमका थिए । जसमा पनि अधिकांश चार रेक्टरभन्दा कमका थिए, जसलाई हामीले साधारणतः महसुस गर्दैनौँ । साथै, चार रेक्टर स्केलको म्याग्निच्युड भन्दा कमको भूकम्प राष्ट्रिय भूकम्पमापन केन्द्रले बाहिर ल्याउने गरेको छैन । सोही कारण हामीलाई उक्त भूकम्पको असर र प्रभाव महसुस नभएको हो ।

अहिले गएको भूकम्प कस्तो हो ?
भूकम्प सामान्यतः तीन चरणमा जाने गर्छ । कुनै पनि ठाउँमा आएको भूकम्पको सुरुवाती वा प्रारम्भिक कम्पनलाई पूर्वकम्पन वा प्रि–सक भनिन्छ । प्रारम्भिक कम्पन गएपछि आउने ठूलो धक्कालाई प्रमुख कम्पन (मेजर सक) र प्रमुख धक्कापछि आइरहने पछिल्ला धक्कालाई पराकम्पन (आफ्टर सक) भनिन्छ । यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, पूर्वकम्पन गएपछि प्रमुख कम्पन कहिले, कुन ठाउँमा, कति रेक्टर स्केलको जान्छ र प्रमुख कम्पन गएपछि पराकम्पन कहिले, कुन ठाउँमा, कति स्केलको जाँदै छ भन्ने कुरा कसैले पनि भविष्यवाणी गर्न सकेको छैन । सोही कारण नै एउटा धक्का पछि अर्को धक्का कुन स्थानलाई केन्द्रबिन्दु बनाएर, कहिले, कति रेक्टरको जाँदै छ भनेर कसैले भन्छ भने त्यो पूर्णतयाः निराधार र कपोल्कल्पित हल्ला मात्रै हो । जसको पछाडि कुनै वैज्ञानिक सत्यता रहेको छैन ।

नेपालमा वैशाख १२ को भूकम्प प्रमुख धक्का हो भन्ने भूगर्वविद्हरुको ठम्याइरहेको छ । सोभन्दा अगाडि पाँच रेक्टर स्केलभन्दा कमको पूर्व–कम्पन गएको थियो । साथै, प्रमुख कम्पनपछि निरन्तर पराकम्पन गई नै रहेका छन् । भूकम्पपछि आउने पराकम्पन स्वाभाविक प्रक्रिया हो । तर, हालसम्म विश्वमा गरिएको रेकर्डमा प्रमुख कम्पनभन्दा पराकम्पन ठूलो गएको रेकर्ड छैन । यदि प्रमुख कम्पनभन्दा पराकम्पन ठूलो धक्का गएमा त्यो पराकम्पन नभई प्रमुख कम्पन नै हुन पुग्छ र ठानिएको प्रमुख कम्पन पूर्वकम्पन हुन पुग्छ । तर यसो भन्नुको अर्थ नेपालमा वैशाख १२ को भूकम्प प्रमुख भूकम्प नभई पूर्वकम्पन हो भन्न खोजिएको होइन । वैज्ञानिकका अनुसार वैशाख १२ पछि निरन्तर स–साना कम्पन गइरहनुले १२ गतेको भूकम्प नै मुख्य कम्पन हो भन्नेमा दुईमत रहेको छैन ।

हाल चर्चामा रहेको नेपालमा पराकम्पन कहिलेसम्म जान्छ भन्ने प्रश्नमा भूगर्भविद्का अनुसार पराकम्पन निरन्तर रूपमा गई नै रहन्छ । तर, अब क्रमिक रुपमा जाने पराकम्पनको मात्रा बिस्तारै कम, रेक्टर स्केल पनि कम र पराकम्पन जाने समयको अन्तर पनि लामो हुँदै जान्छ । त्यसको पुष्टि राष्ट्रिय भूकम्पमापन केन्द्रले गरेको पछिल्लो मापनबाट पनि प्रस्ट हुन आउँछ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जसरी वैशाख १२ गते १२ घन्टाको अन्तरालमा चार रेक्टर स्केलभन्दा बढीका ३९ वटा धक्का मापन ग¥यो भने त्यसपछि क्रमशः २४ घन्टाको अन्तरमा वैशाख १३ गते ३८ वटा, वैशाख १४ मा १३ वटा र वैशाख १५ मा ११ वटा चार रेक्टर स्केलभन्दा माथिका कम्पन मापन ग¥यो । साथै, यसै बीचमा ६ सय भन्दा बढी चार रेक्टर स्केलभन्दा कमका कम्पन राष्ट्रिय भूकम्पमापन केन्द्रले मापन ग¥यो । जसमा १६ वैशाखसम्म आइपुग्दा २४ घन्टाको अन्तरमा राष्ट्रिय भूकम्पमापन केन्द्रले चार रेक्टरभन्दा माथिका ६ वटा धक्का मापन ग¥यो । अहिले यसको मात्रा बिस्तारै घट्दो क्रममा छ र आगामी दिनमा यो क्रम बिस्तारै घट्दै दिनमा चारवटा, दुई, एक हुने क्रम जारी छ भने आउँदा दिनमा हप्तामा दुईवटा, एक हुँदै महिनामा दुईवटा, एकवटा हुँदै क्रमशः ६ महिनामा वा १ वर्षमा सामान्य खालको ९५ रेक्टरभन्दा कम० भूकम्प एक–दुईपटक जान सक्छ । त्यसैले हामीले बुझ््नैपर्ने तीतो यथार्थ के हो भने भूकम्प र नेपालीको जनजीवनको बीचमा घनिष्ट सम्बन्ध रहेको छ । किनकि नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिमको क्षेत्र हो । त्यसै कारणले आउँदा दिनहरुमा नेपालीको दैनिकी भूकम्पबाट त्रसित हुनुभन्दा पनि भूकम्पमैत्री अर्थात् भूकम्प प्रतिरोधात्मक हुनु नितान्त जरुरी छ । जसका लागि हरेक दिन पूर्व–सावधानीका उपाय अपनाइरहनु हाम्रो प्राकृतिक बाध्यता हो ।

के हुन् त पूर्वसावधानीका उपाय?
यथासम्भव भूकम्पमैत्री अर्थात् भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माणमा सम्झौता गर्नुहुँदैन ।भूकम्पबाट डराएर, आत्तिएर भागदौड गर्नुभन्दा पनि भूकम्प आउनुपूर्व नै कुन ठाउँमा कसरी सुरक्षित हुन सकिन्छ, अगाडि नै मानसिक रूपमा तयारी रहनुपर्दछ ।घर, भवन, कार्यालय, आदिमा रहँदा सुरक्षित स्थलमा छिटो र सजिलोसँग कसरी पुग्न सकिन्छ, सोको पूर्वजानकारी राख्नुपर्दछ ।
 भूकम्पले नै मानिसलाई मार्ने होइन, बरु भूकम्प जाँदा भौतिक संरचना भत्किएर वा भागदौड गर्दा मानिस मर्ने र घाइते हुने हो । त्यसमा पनि सिसा वा काँचजसरी घर एक्कासि झ¥यामझुरुम्म नभई घर कर्केर, लर्केर, खाँबो वा पिल्लर टुक्रिएर, भाँचिएर घर लड्न पुग्छ । तसर्थ, भूकम्प जाँदा घरको भुँइतलामा भएका व्यक्ति भूकम्प आउनेबित्तिकै सुरक्षित स्थलतर्फ अवतरण गर्नुपर्दछ, जसले सम्भावित मानवीय क्षति हुनबाट बचाउँछ ।यदि घरबाट बाहिर नजिकै सुरक्षित स्थल नभएमा घरभित्रै बलियो खाटमुनि, टेबलमुनि, ढोकाको चौकोसको आडमा वा ठूलो दराज भए दराजभित्र वा लामो समयसम्म भूकम्प गइरहेमा भने स्थिति हेरी सुरक्षितस्थलतर्फ नै अवतरण गर्नु राम्रो हुन्छ । यदि भूकम्पका कारण घरहरु चर्किएका वा भत्किएका छन् भने दक्ष तालिमप्राप्त विज्ञद्वारा जाँच गराउनुपर्छ । भूकम्पका सम्बन्धमा फैलाइएका अफवाहको पछि लाग्नुहुँदैन ।आफूलाई चाहिने आधारभूत सामान (टर्चलाइट, प्राथमिक उपचारका सामाग्री, आफ्नो परिचय खुल्ने कागजात आदि) को थैली-बाकस हरसमय तयारी अवस्थामा राख्नुपर्दछ र भूकम्प गईालेमा सुरक्षित स्थलमा अवतरण गर्दा उक्त थैली लिएर निस्कनुपर्दछ ।सकेसम्म बालबालिका, वृद्धवृद्धा वा अपांगलाई सुरक्षित स्थलमा पु¥याउन प्राथमिकता दिनुपर्दछ ।
 नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिम क्षेत्रमा भएकाले भूकम्पसँग डराउने र आत्तिने नभई अभ्यस्त हुनुपर्दछ, यसका लागि जुनसुकै समयमा पनि चनाखो र सजग रहनुपर्दछ ।@ratopati online

लेखक सहिद स्मृति बहुमुखी क्याम्पस चितवनका सहायक प्राध्यापक हुन् ।

भूकम्प विशाल भौगर्भिक चट्टान (टेक्टोनिक प्लेट) को हलचल हो । हाम्रो पृथ्वीको गर्भमा जम्मा सातवटा टेक्टोनिक प्लेट छन् । जसरी जमिनमा रहेका ढुङ्गा प्राकृतिक रुपमा टुक्रने, फुट्ने र चलायमान हुने गर्दछ, त्यसैगरी पृथ्वीको गर्भमा रहेका भौगर्भिक चट्टान स्वाभाविक र प्राकृतिक रुपमा चल्ने, एकमाथि अर्को खप्टने, एकअर्काको भित्र छिर्ने प्रक्रिया निरन्तर रुपमा भइरहन्छन् । यो एक स्वाभाविक प्रक्रिया हो । साथसाथै पृथ्वीको गर्भमा अति उच्च चापमा रहेका तरल पदार्थको हलचलका कारणबाट पनि भूकम्प पैदा हुन्छ ।
के नेपाल भूकम्पका लागि उच्च जोखिम क्षेत्र हो ?
नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिम क्षेत्र हो । किनकि पृथ्वीमा रहेका सात विशाल टेक्टोनिक प्लेटमध्ये इन्डियन प्लेट र युरोसियन प्लेटको संगम नेपालको हिमालय पर्वत क्षेत्रमा पर्दछ । यी दुई टेक्टोनिक प्लेटमध्ये युरोसियन प्लेट माथिल्लो खण्डमा र इन्डियन प्लेट तल्लो खण्डमा रहेको छ । जसमा इन्डियन प्लेट क्रमशः युरोसियन प्लेटको मुनि छिर्ने क्रम जारी रहेको छ । यो क्रम कहिले उच्च गतिमा त कहिले मन्द गतिमा चलिरहेको हुन्छ । फलस्वरुप माथिल्लो (युरोसियन) प्लेटको तलतिर इन्डियन प्लेट छिर्ने क्रममा हिमालयन पर्वतको निर्माण भएको मानिन्छ । विश्वमा जम्मा सात टेक्टोनिक प्लेट रहनु र त्यसमा पनि नेपाल दुईवटा प्लेटको साँधमा पर्नु ठूलो दुर्भाग्य हो । सोही कारणले नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिमको क्षेत्र मानिन्छ ।
नेपालमा अहिले गएको भूकम्प लामो समयपछि गएको होइन । नेपालमा निरन्तर भूकम्प गई नै रहेको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार नेपालमा अघिल्लो वर्ष पनि तीन दर्जनभन्दा बढी भूकम्प गएको थियो । तर, ती सबै भूकम्प पाँच रेक्टर स्केलको म्याग्निच्युडभन्दा कमका थिए । जसमा पनि अधिकांश चार रेक्टरभन्दा कमका थिए, जसलाई हामीले साधारणतः महसुस गर्दैनौँ । साथै, चार रेक्टर स्केलको म्याग्निच्युड भन्दा कमको भूकम्प राष्ट्रिय भूकम्पमापन केन्द्रले बाहिर ल्याउने गरेको छैन । सोही कारण हामीलाई उक्त भूकम्पको असर र प्रभाव महसुस नभएको हो ।
अहिले गएको भूकम्प कस्तो हो ?
भूकम्प सामान्यतः तीन चरणमा जाने गर्छ । कुनै पनि ठाउँमा आएको भूकम्पको सुरुवाती वा प्रारम्भिक कम्पनलाई पूर्वकम्पन वा प्रि–सक भनिन्छ । प्रारम्भिक कम्पन गएपछि आउने ठूलो धक्कालाई प्रमुख कम्पन (मेजर सक) र प्रमुख धक्कापछि आइरहने पछिल्ला धक्कालाई पराकम्पन (आफ्टर सक) भनिन्छ । यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, पूर्वकम्पन गएपछि प्रमुख कम्पन कहिले, कुन ठाउँमा, कति रेक्टर स्केलको जान्छ र प्रमुख कम्पन गएपछि पराकम्पन कहिले, कुन ठाउँमा, कति स्केलको जाँदै छ भन्ने कुरा कसैले पनि भविष्यवाणी गर्न सकेको छैन । सोही कारण नै एउटा धक्का पछि अर्को धक्का कुन स्थानलाई केन्द्रबिन्दु बनाएर, कहिले, कति रेक्टरको जाँदै छ भनेर कसैले भन्छ भने त्यो पूर्णतयाः निराधार र कपोल्कल्पित हल्ला मात्रै हो । जसको पछाडि कुनै वैज्ञानिक सत्यता रहेको छैन ।
नेपालमा वैशाख १२ को भूकम्प प्रमुख धक्का हो भन्ने भूगर्वविद्हरुको ठम्याइरहेको छ । सोभन्दा अगाडि पाँच रेक्टर स्केलभन्दा कमको पूर्व–कम्पन गएको थियो । साथै, प्रमुख कम्पनपछि निरन्तर पराकम्पन गई नै रहेका छन् । भूकम्पपछि आउने पराकम्पन स्वाभाविक प्रक्रिया हो । तर, हालसम्म विश्वमा गरिएको रेकर्डमा प्रमुख कम्पनभन्दा पराकम्पन ठूलो गएको रेकर्ड छैन । यदि प्रमुख कम्पनभन्दा पराकम्पन ठूलो धक्का गएमा त्यो पराकम्पन नभई प्रमुख कम्पन नै हुन पुग्छ र ठानिएको प्रमुख कम्पन पूर्वकम्पन हुन पुग्छ । तर यसो भन्नुको अर्थ नेपालमा वैशाख १२ को भूकम्प प्रमुख भूकम्प नभई पूर्वकम्पन हो भन्न खोजिएको होइन । वैज्ञानिकका अनुसार वैशाख १२ पछि निरन्तर स–साना कम्पन गइरहनुले १२ गतेको भूकम्प नै मुख्य कम्पन हो भन्नेमा दुईमत रहेको छैन ।
हाल चर्चामा रहेको नेपालमा पराकम्पन कहिलेसम्म जान्छ भन्ने प्रश्नमा भूगर्भविद्का अनुसार पराकम्पन निरन्तर रूपमा गई नै रहन्छ । तर, अब क्रमिक रुपमा जाने पराकम्पनको मात्रा बिस्तारै कम, रेक्टर स्केल पनि कम र पराकम्पन जाने समयको अन्तर पनि लामो हुँदै जान्छ । त्यसको पुष्टि राष्ट्रिय भूकम्पमापन केन्द्रले गरेको पछिल्लो मापनबाट पनि प्रस्ट हुन आउँछ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जसरी वैशाख १२ गते १२ घन्टाको अन्तरालमा चार रेक्टर स्केलभन्दा बढीका ३९ वटा धक्का मापन ग¥यो भने त्यसपछि क्रमशः २४ घन्टाको अन्तरमा वैशाख १३ गते ३८ वटा, वैशाख १४ मा १३ वटा र वैशाख १५ मा ११ वटा चार रेक्टर स्केलभन्दा माथिका कम्पन मापन ग¥यो । साथै, यसै बीचमा ६ सय भन्दा बढी चार रेक्टर स्केलभन्दा कमका कम्पन राष्ट्रिय भूकम्पमापन केन्द्रले मापन ग¥यो । जसमा १६ वैशाखसम्म आइपुग्दा २४ घन्टाको अन्तरमा राष्ट्रिय भूकम्पमापन केन्द्रले चार रेक्टरभन्दा माथिका ६ वटा धक्का मापन ग¥यो । अहिले यसको मात्रा बिस्तारै घट्दो क्रममा छ र आगामी दिनमा यो क्रम बिस्तारै घट्दै दिनमा चारवटा, दुई, एक हुने क्रम जारी छ भने आउँदा दिनमा हप्तामा दुईवटा, एक हुँदै महिनामा दुईवटा, एकवटा हुँदै क्रमशः ६ महिनामा वा १ वर्षमा सामान्य खालको (५ रेक्टरभन्दा कम) भूकम्प एक–दुईपटक जान सक्छ । त्यसैले हामीले बुझ््नैपर्ने तीतो यथार्थ के हो भने भूकम्प र नेपालीको जनजीवनको बीचमा घनिष्ट सम्बन्ध रहेको छ । किनकि नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिमको क्षेत्र हो । त्यसै कारणले आउँदा दिनहरुमा नेपालीको दैनिकी भूकम्पबाट त्रसित हुनुभन्दा पनि भूकम्पमैत्री अर्थात् भूकम्प प्रतिरोधात्मक हुनु नितान्त जरुरी छ । जसका लागि हरेक दिन पूर्व–सावधानीका उपाय अपनाइरहनु हाम्रो प्राकृतिक बाध्यता हो ।
के हुन् त पूर्वसावधानीका उपाय ?
  • यथासम्भव भूकम्पमैत्री अर्थात् भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माणमा सम्झौता गर्नुहुँदैन ।
  • भूकम्पबाट डराएर, आत्तिएर भागदौड गर्नुभन्दा पनि भूकम्प आउनुपूर्व नै कुन ठाउँमा कसरी सुरक्षित हुन सकिन्छ, अगाडि नै मानसिक रूपमा तयारी रहनुपर्दछ ।
  •  घर, भवन, कार्यालय, आदिमा रहँदा सुरक्षित स्थलमा छिटो र सजिलोसँग कसरी पुग्न सकिन्छ, सोको पूर्वजानकारी राख्नुपर्दछ ।
  •  भूकम्पले नै मानिसलाई मार्ने होइन, बरु भूकम्प जाँदा भौतिक संरचना भत्किएर वा भागदौड गर्दा मानिस मर्ने र घाइते हुने हो । त्यसमा पनि सिसा वा काँचजसरी घर एक्कासि झ¥यामझुरुम्म नभई घर कर्केर, लर्केर, खाँबो वा पिल्लर टुक्रिएर, भाँचिएर घर लड्न पुग्छ । तसर्थ, भूकम्प जाँदा घरको भुँइतलामा भएका व्यक्ति भूकम्प आउनेबित्तिकै सुरक्षित स्थलतर्फ अवतरण गर्नुपर्दछ, जसले सम्भावित मानवीय क्षति हुनबाट बचाउँछ ।
  • यदि घरबाट बाहिर नजिकै सुरक्षित स्थल नभएमा घरभित्रै बलियो खाटमुनि, टेबलमुनि, ढोकाको चौकोसको आडमा वा ठूलो दराज भए दराजभित्र वा लामो समयसम्म भूकम्प गइरहेमा भने स्थिति हेरी सुरक्षितस्थलतर्फ नै अवतरण गर्नु राम्रो हुन्छ ।
  • यदि भूकम्पका कारण घरहरु चर्किएका वा भत्किएका छन् भने दक्ष तालिमप्राप्त विज्ञद्वारा जाँच गराउनुपर्छ । भूकम्पका सम्बन्धमा फैलाइएका अफवाहको पछि लाग्नुहुँदैन ।
  • आफूलाई चाहिने आधारभूत सामान (टर्चलाइट, प्राथमिक उपचारका सामाग्री, आफ्नो परिचय खुल्ने कागजात आदि) को थैली÷बाकस हरसमय तयारी अवस्थामा राख्नुपर्दछ र भूकम्प गईालेमा सुरक्षित स्थलमा अवतरण गर्दा उक्त थैली लिएर निस्कनुपर्दछ ।
  • सकेसम्म बालबालिका, वृद्धवृद्धा वा अपांगलाई सुरक्षित स्थलमा पु¥याउन प्राथमिकता दिनुपर्दछ ।
  • नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिम क्षेत्रमा भएकाले भूकम्पसँग डराउने र आत्तिने नभई अभ्यस्त हुनुपर्दछ, यसका लागि जुनसुकै समयमा पनि चनाखो र सजग रहनुपर्दछ ।
(लेखक सहिद स्मृति बहुमुखी क्याम्पस चितवनका सहायक प्राध्यापक हुन् ।)
 

सम्बन्धित समाचारहरु

- See more at: http://www.ratopati.com/2015/05/05/231649.html#sthash.FS0qgQ3m.dpuf

एउटै भूकम्पको मापन फरक फरक किन ?

Posted by dadad | Friday, May 8, 2015 | Posted in ,

लोकविजय अधिकारी ,  
 बुढापाकाले भन्ने गर्छन् ‘पृथ्वीको मुनी एउटा ह्वेल माछा छ । त्यसले नै पृथ्वी धानेको छ । कहिलेकाहीँ त्यो माछाले काँध फेर्दा भूकम्प आउँछ ।’ बुढापाकाको त्यो भनाई आफ्नो ठाउँमा छ ।
तर वैज्ञानिकहरुका अनुसार पृथ्वीको  भित्री भागमा हुने हलचलले सतह हल्लाउँछ अथवा कम्पन गराउँछ त्यो नै भूकम्प हो ।  पृथ्वीको सतहबाट झण्डै १ सय किलोमिटर तल टेक्टोनिक प्लेट हुन्छन् । चट्टानबाट बनेका विशाल प्लेटहरु पानीमा तैरिए जस्तै बसेका हुन्छन ।

ती टेक्टोनिक प्लेटमाथिको भागमा चिरा चिरा परेर थप चट्टानका टुक्रा बसेका छन् ।ती टुक्राहरु चलायमान छन् ।  ती टुक्रा ३ प्रकारले चल्छन । पहिलो प्रकारमा ती टुक्राहरु एक आपसबाट छुट्टिन्छन्, जसका कारण जमिन हल्लिन्छ । दोस्रोमा प्रकारमा ती टुक्रा एक आपसमा दायाँ बायाँ ठोकिँदा पनि भूकम्प आउँछ भने तेस्रो प्रकारमा एक टुक्राको स्थान अर्काे टुक्राले लिन खोज्दा भूकम्प आउँछ ।

नेपालमा भूकम्प जाने कारण भने भारतीय महाद्धिपको मुनी रहेको प्लेट र तिब्बतमुनि रहेको प्लेटबिचको घर्षण हो । भारतीय प्लेट प्रतिवर्ष ४ सेन्टिमिटरका दरले तिब्बततर्फ जान खोज्छ तर तिब्बतीयन प्लेटले त्यसलाई रोक्न खोज्छ । जसका कारण एउटा प्लेटमाथि अर्को प्लेट चढ्न पनि सक्छ अनि भूकम्पको धक्का आउछ ।

नेपालको भूभागमुनी जम्मा २ सेन्टिमिटर मात्र प्लेट धकेलिन्छ त्यो पनि हिमालय क्षेत्रमा मात्र । तराईको चुरेदेखि हिमालतिरको १ सय किलोमिटरसम्मको भागमा रहेका प्लेटले भारतीय प्लेटको मिचाई रोक्ने भएकाले त्यहाँ घर्षण उत्पन्न हुन्छ  ।

नेपालको उत्तरी क्षेत्रमा फेदीमा झण्डै १५/२० किलोमिटरमुनी रहेका चट्टानका टुक्राबिच घर्षण भएर एउटा शक्ति निस्कन्छ । जबसम्म त्यहाँका चट्टानले त्यो शक्ति थेग्न सक्छन् त्यो बेलासम्म भूकम्प आउँदैन । तर जब शक्ति थेग्न नसकेर ती चट्टान टुक्रिन थाल्छन तब जमिन हल्लिन थाल्छ । चट्टानहरु जति ठुलो गतीमा ठोक्किने र टुक्रिने प्रक्रिया हुन्छ त्यति नै ठुलो भूकम्प जान्छ । जहाँ चट्टानहरु ठोकिएर घर्षण भयो र दरार सुरु भयो त्यही ठाउँको सतहलाई भूकम्पको केन्द्रविन्दु भनिन्छ ।

भूकम्प नाप्ने विधि र प्रक्रिया अनुसार एउटै भूकम्पको फरक फरक मापन
भूकम्पलाई हामी रेक्टरमा नाप्छौं । तर यसको गती र चालको आधारमा यसलाई  म्याग्नेच्युड स्केलमा मापन गरिन्छ । दुई चट्टानविचको घर्षणले कति शक्ति बराबरको कम्पन ल्यायो त्यती नै म्याग्नेच्युडमा गणना गरिन्छ । कम्पन हुँदा केही शक्ति तापबाट जान्छ कति शक्ति आवाजबाट जान्छ भने भूकम्पको रुपमा पृथ्वीको माथि आउने शक्ति तरंग भएर आउँछ । त्यसले पृथ्वी हल्लाउछ । तरंग कति हल्लिन त्यसको आधारमा १ देखि १० रेक्टर स्केलसम्मको भूकम्प नापिन्छ । सबै ठाउँबाट गरिएका भूकम्पको मापन एउटै हुँदैन ।
भूकम्पको कम्पन र तरंग सबैतिरबाट नाप्दा एउटै स्केल आउँदैन । टाढाबाट मापन गरिएको छ भने रेक्टरको अंक फरक हुन पनि सक्छ । केन्द्रविन्दु नजिकैबाट मापन गरिएको मापनलाई लोकल म्याग्नेच्युड भनिन्छ भने तरंग कति टाढासम्म गए भन्ने आधारमा मापन गरिन्छ यसलाई बडिवेभ म्याग्नेच्युड भनिन्छ यसलाइ एमबीमा मापन गरिन्छ । त्यस्तै भूकम्पको तरंग जमिनको तलबाट माथि कति गतीमा आयो त्यसलाई आधार मानेर पनि भूकम्पको मापन गरिन्छ । त्यसैले  भूकम्प मापन गर्ने फरक फरक निकायले फरक फरक रेक्टर मापन गर्छन ।

नेपालमा अहिले गएको महाभूकम्प होइन
गोरखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले धेरै जनधनको क्षति गरेकाले धेरै सञ्चार माध्यमले महाभूकम्प भनेपनि वास्तवमा यो महाभूकम्प होइन । ८ रेक्टर स्केलभन्दा माथिका भूकम्पलाई हामी महाभूकम्प भन्छौं भने ७ देखि ८ रेक्टर स्केलका भूकम्पलाई मुख्य भूकम्प भनिन्छ  । तर वैशाख १२ गतेको भूकम्पले जनधनको धेरै क्षति गरेकाले यसलाई सरकारले महाभूकम्प भनेको हुन सक्छ । त्यस्तै ६ देखि ७ रेक्टर स्केलका भूकम्पलाई बलियो भूकम्प भनिन्छ । ५ देखि ६ रेक्टर स्केलका भूकम्पलाई मध्यमस्तरको भूकम्प भनिन्छ । ५ रेक्टर स्केल भन्दा तलका भूकम्पले खासै क्षति गर्दैनन् ।

ठूलो भूकम्पपछि लगातार साना भूकम्प आउनु सामान्य
ठूलो भूकम्प गैसकेपछि साना साना भूकम्प पनि गइरहन्छन् । ती साना भूकम्पलाई हामी पराकम्पन भन्छौं  । पृथ्वीको तल्लो भागमा ठुला चट्टान ठोक्किएपछि धेरै टुक्रा बन्छन् । ती टुक्रा पृथ्वीको भित्रि भागमा मिलेर बस्नको लागि र ठाउँ ओगट्न एक आपसमा ठोक्किरहन्छन र साना कम्पन आइरहन्छन । चट्टान पुरानै अवस्थामा आउन केही समय पनि लाग्छ त्यसैले साना साना कम्पन महिनौंसम्म पनि आउन सक्छन । पहिला ठुलो भूकम्पपछि साना भूकम्प आएमा कम खतरा हुन्छ ।

भूकम्पको क्षति भूबनोटमा पनि फरक पर्छ
भूकम्पले कत्ति धेरै क्षति गर्छ भन्ने कुराको निर्धारण पृथ्वीको सतहमा भएको भूबनोटले निर्धारण गर्छ । यदि सतहमा कडा चट्टान छ भने त्यो क्षेत्रमा भूकम्प तीव्र गतिमा कुद्छ र धेरैबेर झड्का लाग्न पाउँदैन । अनि चट्टान भएको क्षेत्रमा भूकम्पको धक्का कम मात्र महसुुुस हुन्छ । क्षति पनि कम हुन्छ ।
तर भूसतहको माटो कमजोर छ भने त्यहाँ भूकम्पले बढि क्षति पु¥याउँछ । किनकि मलिलो र कमजोर माटो भएको सतहमा भूकम्पको तरंग छि¥यो भने धक्का बढेर १० गुणा बढिसम्म पुग्न सक्छ । किनकि कमजोर भुभागमा भूकम्पले धेरै हल्लाउँछ ।

७०/८० वर्षलाई टर्‍यो भन्नु गलत
भूकम्प कहिले र कतिखेर जान्छ कसैले भन्न सक्दैन । पृथ्वीभित्र प्रर्याप्त शक्ति सञ्चय भएकाले ठूलो भूकम्प जतिखेर पनि जान सक्छ । इतिहासले पनि त्यही भन्छ । नेपालमा विक्रम संवत् १२५५ मा नेपालको पूर्वी क्षेत्रमा ठुलो भूकम्प गएको थियो  । तर पूर्वी नेपालमा नै अर्को भूकम्प १९९० सालमा मात्र गयो ।
तर यसको ५५ वर्षपछि नै २०४५ सालमा ठुलो भूकम्प गएको थियो । यसले के देखाउँछ भने भूकम्प ८ सय वर्षसम्म नजान पनि सक्छ भने ३०÷४० वर्षमै ठुला ठुला भूकम्प जान पनि सक्छ । त्यसैले एकपटक आएपछि लामो समयको लागि भूकम्प टर्‍यो भन्नु गलत हो । तर एकपटक गएपछि सम्भावना भने कम हुन्छ ।

नेपालमा भूकम्प अध्ययनको लागि सुविधायुक्त केन्द्र र उपकरण नै छैन
प्रयाप्त अध्यन अनुसन्धान हुनेहो भने हामीले भूकम्पबाट हुने क्षति केही कम गर्न सक्छौं । सन् १९७८ मा फुलचोकीमा पहिलो भूकम्प मापन स्टेशन खोलिएको थियो । तर त्यो बेकामी भयो किनकि ३ वटा केन्द्र बिना भूकम्प मापन गर्न सकिन्न ।
अहिले फुलचोकी, दामन, ककनी, गोरखा, सिन्धुपाल्चोक, उदयपुर, ताप्लेजुङ, कास्की, प्यूठान, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा भूकम्प मापन केन्द्र राखिएको छ । यी सबै केन्द्रको निर्माण फ्रान्स सरकारले गरिदिएको हो । सुर्खेतमा रहेको केन्द्रले ९ वटा केन्द्रको सूचना संकलन गर्छ भने काठमाडौंको राष्ट्रिय भूकम्प मापन केन्द्रले १२ वटा जिल्लाको सूचना संकलन गर्छ ।

अहिलेको क्षति हाम्रै कमजोरीले 
नेपालमा जुनसुकै बेला पनि ठुलो भूकम्प जान सक्छ भनेर वैज्ञानिकले सचेत गराएका थिए । तर वैज्ञानिकको चेतावनीलाई वेवास्ता गर्दा अहिले धेरै क्षति भएको हो । जापानमा ९ रेक्टर स्केलको भूकम्प जाँदा पनि निकै कम क्षति हुन्छ भने मानवीय सचेतता नअपनाएकाले सन् २०१० मा हाइटीमा ७ रेक्टरको भूकम्प जाँदा दुई लाख मानिसले ज्यान गुमाएका थिए । नेपालमा पनि धेरै सचेतनामुलक कार्यक्रम सञ्चालन गरेपनि सर्वसाधारणले वेवास्ता गर्दा ठुलो क्षति भएको छ ।

भूकम्प बढ्दै जाँदा निकै ठुलो रुप लिन्छ 
भूकम्पले १ रेक्टरबाट अर्को रेक्टरमा जाँदा ३५ गुणा बढि ठुलो रुप लिन्छ । उदाहरणको लागि ६ रेक्टरको भूकम्प ५ रेक्टरको भूकम्पबाट ३५ गुणा शक्तिशाली हुन्छ । तर ६ रेक्टरको भूकम्पभन्दा ७ रेक्टरको भूकम्प (३५ गुणा ३५) १२ सय २५ गुणा शक्तिशाली हुन्छ ।
– राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीसँग अर्जुन पोख्रेलले गरेको कुराकानीका आधारमा @ujjwaloonline

पुश स्वास्थ्य एवं पशुपालनका लागि चुनौती

Posted by Tekman Shakya | Friday, April 24, 2015 | Posted in ,

 पशु चिकित्साकर्मी डा. केदार कार्की

पृष्ठभूमी
पशुपालन क्षेत्र हाम्रो जस्तो विकाशील कृषि प्रधान देशका लागि बलियो आधारस्तम्भ मानिन्छ । मुलुकको आजको कुृल ग्राहस्थ उत्पादनमा यस क्षेत्रले पु¥याएको योगदान हेर्दा, विश्व प्रतिस्पर्धामा टिक्न अझ धेरै गर्न बाँकी त छ नै, यसका पनि पुश चिकित्साकर्मीको विश्वसनीयता बचाउन पनि । यो माग त्यति बेला पुरा गर्न सकिन्छ जब पशु स्वास्थ्य संर्वद्धनका लागि विश्वाशिलो प्रयत्न गरिने छ । 

यसका लागि पशु विकास तथा पशु स्वास्थ्य संर्वद्धनमा लागेकाको संयुक्त प्रयास हुनु पर्छ । त्यसका लागि आज हाम्रा सामु चुनौतीका रुपमा छदम भेषि रुपमा देखा परेका पशु चिकित्साकर्मीका कारण सृजना हुन पुगेका समस्या समाधान खोजीनु पर्ने हुन्छ । जसकारण उपयुक्त अध्ययन एवं पशुपालक कृषकका लागि त यो मन्द विष सरह भएको देखिन्छ ।

छदमभेषि चिकित्साकर्मी चाहे त्यो पशु स्वास्थ्य सेवा प्रवाह गर्ने हुन वा मानव स्वास्थ्य सेवा प्रवाह गर्नै हुन यीनीहरु फुर्तिपुर्णरुपमा आफूलाई प्रस्तुत गर्दछन्, सवै चिकित्सा जन्यज्ञान आफूसँग भएको भनी सेवा ग्रहीलाई झुक्याएर यीनको उदेश्य एउटै हुन्छ त्यो भनेको सोझ सेवा ग्राहीबाट पैसा कुमल्याउने ।

यी छदमभेषि पशु चिकितसाकर्मी कसरी सतहमा देखिन्छन् । यीनीहरु प््राायः पशु स्वास्थ्य सेवा प्रवाह गर्ने स्थापित निकायमा साना तीनो जागीर खाएर दक्ष एवै्र विज्ञ पशु चिकितसाकर्मीको सहयोगीका रुपमा रहेका हुन्छन् । यीनले ती दक्ष एवं विज्ञसँग विरामी जाँच गर्दा। औषधी उपचार तथा रोकथामका उपायबारे दिने सल्लाह सुझावको सुक्ष्म अवलोकन गर्ने गरेका हुन्छन् ।

त्यस्का आधारमा उनीहरु आफै  चिकित्सक भएको अनुमती गर्दछन् । उनी पटक पटक सोही अनुसारको प्रयोग गरी सवैसाधारण कृषकलाई भ्रममा पारी धेरै, गोठ अनि खोरमा पुग्दछन् । यीनले पु¥याउने उपचार सेवा भनेको झरे आप गए झटारोे भने जस्तै हुन्छ नै । यीनको विशेषता भनेको स्थानिय छर छिमेकी हुनु अनि विभिन्न साइनो जोड्ने चिकित्सा विज्ञानको जटिल शब्दावलीलाई सेवा ग्राहीका भेषभुषा अनि स्थानियता हेरी उनकै बोली, भाषा अनि लवज प्रयोग गर्नुलाई मानिन्छ । 

यसरी यीनले सेवाग्रहीलाई ाभ्रम तथा विश्वासमा पारी आफ्नो स्वार्थ पुरा गर्छन्  तर दुःख पाउने भनेको बोलीविहीन पशु पंक्षी हुन पुग्दछन् । यस्ता छदमभेषि पशु चिकित्साकर्मीको वीगविगि हुनुमा सहायक भूमिका कस्तो त ?

क)  कृषक आफै दक्ष तथा विज्ञ पशुचिकिस्ताकर्मी त्यतिकै घर दैलो गर्देनन् त्सकारण यीनै छदमभेषि उनका भरपर्दा सहयोगी ठान्लाले पनि ।

ख) सरकारी सेवामा रहेका जिम्मेवारी पशु चिकित्सा कर्मी जो अफूलाई सरकारी आर्थिक प्रशासनिक कार्यमा व्यस्त राख्न रुचाउँछन् अनि आफ्ना सहयोगीलाई यो विरामी यो रोगले ग्रसीत होला यो–यो औषधी उपचार यसरी गर्नु भनि अहाउन्छन् जस्को प्रभाव सेवा ग्राही चिकित्सक काम लाग्ने भनै यीनै रहेछन् भन्ने भान हुन पुग्छ ।

ग) केही औषधी उत्पादक संस्था, औषधी व्यापारमा संलग्न संस्थाले पनि यीनलाई विभिन्न खाले प्रलोभनमा पारी रोग जे लागे पनि आफ्नो उत्पादक प्रयोग गरेवापत पुरस्कृत बेला बेलामा गर्दछन् ।

यसबाट पशु स्वास्थ्यमा हुने क्षति
यीनलाई पशुपंक्षी के कारणले विरामी परे भन्ने सोच्ने फुर्सद त हुदैन बरु आफ्नो झोलामा भएको औषधी बेच्दा बढि नाफा को मात्र चिन्ता हुन्छ । सकभर यीनले सबै खाले औषधी एकै साथ प्रयोग गर्ने गराउँछन् । एउटाले नगरे अर्काेले त गर्ला भी तर यीनलाई यस्ता विभिन्न समुहका औषधीको सहप्रयोग कारणा उत्पन्न हुन सक्ने रसायनिक अन्तर संघर्षका पशुको स्वास्थ्यमा नै पु¥याउने अकल्पनिक क्षतिको बारे यीनलाई चिन्ता पो किन हुने भयो । यस्को दुष्परिणाम भनेको विभिन्न खाले रोग लगाउने जीवाणु विषाणु,ढुसी परजीवीमा, विकशीत हुन जाने औषधी प्रतिको शहनशीलताको विकास ।

यीनले एन्टी वायोटिक प्रयोग गर्ने भनेको शुरुमानै सवै भन्दा कडा त्यो पनि कि चाहिने मात्रा भन्दा बढि वा कम त्यो एण्टीवायोटिक कति मात्रामा कति दिन सम्म र कसरी प्रयोग गराइनु पर्ने भन्दा यीनलानई के उपयुक्त वा सहज लाग्न सम्म हो. । कुन जिवाणु कुन एण्टीवायोटिक प्रति सम्वेदनशील वा सहनसील छ भन्ने कुरा यीनीहरुका लागि कुनै अर्थ राख्दैन त्यसैले होला आज चर्चा छ, वातावरणमा एण्टीवायोटिक सहनशील जीवाणुको विगविगीको ।अर्काे तर्फ पशुपन्छीलाई झाडा पखालाले सतायो भने प्रति परजीवीको प्रयोग यीनले गर्नु सामान्य मानिन्छ कारण जे भए पनि ।

कस्तो खाले परजीवीबाट पशु ग्रीित भए, कस्तो खाले प्रति परजीवी औषधी कति मात्रामा दिने वा थप्नै पर्ने कहिले भन्ने चिन्ता यीनमा कमै पाइनछ । बरु कडा खाले उच्चतम मात्रामा दिने गरेको सामान्य रुपमा दिनु, विरामी निको  नभए सोही समूहको वा अन्य समूहको प्रति परजीवी औषधी दिनु सामान्य मानिन्छ । यसरी प्रति परजीवी जन्य औषधीको उच्चतम मात्रा प्रयोग गर्दा यसले निम्त्याउने परिणामको न्यूनीकरणको उपाय अवलम्बन गर्न यीनलाई फुर्सद नै किन पर्दथ्यो ।

अझ यी छदमभेषि पशुचिकित्साकर्मीहरु कहिले काँहि जटिल प्रकृतिका शल्यक्रिया गर्न पनि पछि पर्दैनन् । यसो गर्दा अपनाउनुपर्ने पूर्व सक्रमणका निरोधकका न्यूनतम उपाय अवलम्बन गर्न यीनलाई फुर्सदको किन होस् । जसको परिणाम विरामीले ज्यान गुमाउने जोखिम त रहन्छनै, घाउ पाकी जनावरले पाउने  दुःख आफ्नै ठाउँमा छ । 

किनभने यीनले प्रयोग गर्ने शल्यक्रिया गर्ने चाहिने सामान भनेको एउटा सर्जिकल ब्लेड, एउटा सिरिन्ज र एउटा निडल त मात्र हुने त हो । किन्यो एक पटक प्रयोग गरि हजार पटक, निर्मलीकरण र निसंक्रमण के हो यीनलाई के चिन्ता ? जिउमा कतै सुन्निएको यीनले देख्न पनि हुन्न । झोलाबाट झिक्यो सियो खोप्यो सुटुक्क । अझ थुनबाट दुध आएन भनेर सोध्ने हो भने थुनमा काठ बाँस र कुनै धातुको सुइरोले घोचे दुध आइहाल्छ भन्ने नभए भन्दिए भयो । यो गाई भैसीले दुध दिदैन है, मेरो कुरा मन नपरे जानु सोध्न जानु ती डिग्री बोकेका पशु चिकित्सकलाई ।

यी छदमभेषि पशुचिकित्सकको ठुलो योगदानको काुरा विर्सन हुदैन । त्यो भनेको हामे किसानको घरमा त्यो गर्भ टिकाउन सकेन, यसलाई बाँझोपन भनिन्छ । पशु प्रजनन विज्ञानको भाषामा पशुहरुको वंशाणुगत सुधार अनि उत्पादकत्व छोटो समयमा बृद्धि गर्ने विधि कृतिम गर्भाधारण विधि सल्पानजानीले आविष्कार ग¥यो ।

व्याडको राँगो साधेँ के खोजिराख्ने आज यी छदमभेषि पशुचिकित्साकर्मीका कारण हाम बहुमुल्य दुधालु गाई भैसी बाँझोपन, अनी गर्भ उल्टीने बाँझोदेखिने समस्या  विर्य कहाँ र कति बेला राख्ने हेक्का त यीनलाई के होला । विर्य जडित बंदुक त्यो पेटमा हाले पुग्ने, क्षति भए त्यो निरिह प्राणीको यौनाङ्ग मात्र होइन पाठेघर अनि गर्भस्थलको त के कुरा विर्य पुग्छ पेटमा पाथठेघर स्थलमा हुने संक्रमणले निम्त््याउछ मेट्राटिस इन्डो मेट्राइटिस अनि पायोमेट्र हेर्दा साच्चै मेरो गाईभैसी अब व्याउने भयो भनेर ढुक्क हुन्छ किसान । गर्भिणी बेथा च्यापे पछि निश्चित समावधिमा बच्चा जन्मन्छन् ढिलो र चाडो यो विज्ञानको नियम हो  । 

तर कहिलेकाही समस्या आउछ नै । यीनका लागि यो पैसा थुत्नु सरल माध्यम पनि बन्दछ । बच्चा गर्भस्थलमा  कुन अवस्थामा कसरी अवस्थित छ र कसरी निस्कन खोजिएको छ भनी उनलाई यसको चिन्ता गरी पो रहनु किन प¥यो । गर्भस्थलमा रहेको बच्चाको जे भाग भेट्यो त्यो तानेर निकाली दिदा पुग्दछ ।बरु माउको गभस्थल नै बाहिर किन न आओस ।

कहिले काही बच्चा स्वभाविक रुपमा जन्मे पछि साल अडाकिने गर्छ, तयसमा धेरै रोगजन्य कारण पनि हुन सक्दछ सोही अनुसार साल नाल छुट्याउन सक्ने दक्षताको खाँचो पर्छ । तर यीनलाई साल थुतेर पराक्रम गरे जस्तो हुन्छ, यस्तो बेला पशुले मृत्यु वरण सम्म गर्नुपर्ने हुनछ््न्छ । बाँची हाले, जीवनभर बाँझोपनको सिकार हुनुपर्छ । यसबाहेक कहिल ेकाही गर्भिणी दुधालु गाई भैसीमा उपयुक्तपोषणा व्यवस्थापन नगरिएको अवस्थामा गर्भाशय उल्टो गरी फर्केर बाहिर आउने गर्छ । 

जस्लाई भन्डारो फर्किने भनिन्छ । यस्तो बेला यी छदमभेषि पशुचिकित्साकर्मी छु भन्नेले गर्ने भनिएको जबरजस्ती भित्र पसाइदिने मात्र हो । यसरी बाह्य वातावरणमा प्रस्तुत भएको त्यो संवेदनशील प्रजनन अंगको निर्मलीकरण, निसंक्रमण अनि यथास्थितिमा प्रतिस्थापन उनको प्राथमिकता मा त परेन जस्का कारण  पशुले मृत्युवरण गर्नुपर्ने सम्म हुन्छ । पशुपन्छीमा प्रयोग गरिने  खोप निष्प्रभावी हुनुमा यीनको भूमिका रहेको अधिकाँश विकाशील देशमा मानिन्छ । 

यी खोप जैविक प्राकृतिक हुने कारणले यीनलाई उपयुक्त चिस्याइलो ताक्रममा सञ्चय एवं पारवाहन गरिनुपर्ने वैज्ञानिक मान्यता त विश्वव्यापी छ । तर यीनले गर्ने भनिएको एग्राभेटबाट दुई टुक्रा बरफ राखेर गोठमा पुगेर लगाएको खोपको विश्वस्नियता कति हुन्छ । झन विडम्बना त के छ ख्याती प्राप्त निर्माताको एक भायल यीनले किन्योृ भने त्यो कहिले सकिन्न । त्यो भायलमा कति पशुलाइृ पुग्ने भन्दा उनले कतिलाई पु¥याउने मात्र चिन्ता हुने गर्दछ । भनिन्छ एउटा पशुलाई प्रयोग गरेको सिरिन्ज र निडल अर्काेलाई प्रयोग गर्नु हुदैन । 

तर यीनले एक पटक यो किन्यो भने अकाृे किन्ने फुर्सद पो किन पर्नु प¥यो । प्रत्येक खोप निश्चित मात्रामा अनी पशु्पन्छीका लागि प्रयोृग गरिनुपर्छ तर आज हाम्रो परिवेशमा घर धनी बुझ्न पाएका हुदैन । डाक्टर घरै आइपुग्छन् उपचार गर्न अनी सेवाग्रही धन्य ठान्छन् । अनि दिउँसो केन्द्रीय पशु चिकित्सालय पुग्दछन् त्यहि पशुपन्छी लिएर ।  

अब यसलाई रोक्न के गर्नुपर्ला ?
क) यस्ता छदमभेषि पशुचिकित्सकहरुको प्ष्ट पहिचान गरी उनको दुष्कर्मको लागि दण्दित गर्ने व्यवस्था गर्नुपर्दछ । 

ख( एने कानून निर्मम रुपमा लागु गर्नुपर्ने हुन्छ । 

ग) यदि कुनै वैधानिक पशु चिकित्सक यस्ता कार्य गर्न सघाउन मद्दत गर्नलाएको पाइएमा  तिनलार्य पनि एृेन नियममा व्यवस्था भए अनुसार कार्वाही गनुपर्ने हुन्छ ।

घ) छदमभेषि पशु चिकित्सकहरु सघन निग्रानीमा राखिनुपर्छ ।

ङ) समग्र सेवा ग्रहीलाई आज यस्ताबाट तपाईको पशु धनको क्षती पु¥याउछन् । छदमभेषि पशु चिकित्सक र औपचारिक पशु चिकित्सक जसले विधिवत पशु चिकित्सा विज्ञानमा कम्तिमा स्नातक तहको अध्ययन गरेकोमा फरक हुन्छ है भनने सूचना प्रवा ह गरिनुपर्छ । 

च) सरकारी पशु स्वास्थ्य प्रवाहको सेवा अझ बृहत रुपमा पशु पालक कृषकको घर दैलोसमम पु¥याउन पहल गर्नुपर्छ । सोही अनुसार जनमानसलाई सूचना र सेवाको पहुच पु¥याउने प्रयास गरिनुपर्छ । 

अन्तमा एक निष्कर्षः
यी र यस्ता अमानवीय व्यवहार गर्ने जसले जहाँ गर्छ तिनलाई तिरस्कार गर्नुपर्छ । पशु धनीले यस्ताको विश्वास गर्दा आफूले पालेको पशुधनीले भोग्नुपरेको पिडा र व्यहोनृ परेको आर्थिक क्षतिको बारेमा पनि सोच्नुपर्ने हुन्छ । 
दर्ता भएको पशु चिकित्सकले यस्ता कार्य प्रोत्साहित गर्नु हुन्न । भए को देखिन्छ भने सामूहिक प्रतिरोध गर्न सक्नुपर्छ । अनि मात्र पशु चिकित्सक पेसा मर्यादित  हुन्छ ।

नेपाल : भारत र चीनको गतिशील पुल

Posted by dadad | Wednesday, April 15, 2015 | Posted in ,

ऐतिहासिक रूपमा नेपालको विदेश सम्बन्धलाई केन्द्रीकृत राज्य निर्माणका समयमा पृथ्वीनारायण शाहले दुई ढुंगाबीचको तरुल भन्ने बिम्बका रूपमा व्याख्या गरे ।

नेपालले त्यसवेला स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता जोगाएर राख्नका लागि उनले दुई ढुंगाको तरुल भनेका थिए ।  दुई ढुंगा तत्कालीन अंग्रेज उपनिवेशवाद रहेको भारत र चिनियाँ साम्राज्य थिए, जो बलियो ढंगले स्थापित थिए ।

त्यो वेला दुईवटा ठूला देशबीच नेपाल चेपिएर रहेको अवस्था थियो । हल्लाउनै नसकिने विशाल ढुंगाबीचको तरुलजस्तो नेपालको भौगोलिक अवस्थिति भएकोले दुवै ठूला शक्तिसँग जोरी नखोजीकन संयमित भएर सन्तुलित सम्बन्ध राखेर बस्नुपर्छ भन्ने अर्थमा त्यसो भनिएको थियो । १८औँ शताब्दी बाह्य रूपमा उपनिवेशवाद र भित्री रूपमा सामन्ति युग भएकोले त्यहीअनुसारको परिकल्पना थियो दुई ढुंगाको तरुलको अवधारणा । 

अढाइ सय वर्षपछिसम्म नेपाल औपचारिक रूपमा कमसेकम भौगोलिक अखण्डता, सार्वभौमसत्ता बचाइराख्न त्यो अवधारणाले ठीकै काम गरेको छ ।

बीसौँ शताब्दीको अन्त्य र एक्काइसाँै शताब्दीको सुरुवातको वर्तमानमा अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिमा कैयौँ परिवर्तन आएका छन् । 

अन्तर्राष्ट्रिय रूपमा अहिले प्रत्यक्ष उपनिवेशवाद छैन, तर यो युग नवउपनिवेशवादको हो । 
प्रत्यक्ष उपनिवेशवाद भनेको ठूलो देशले सानो देशको भू–भाग कब्जा गरेर आफ्नो वर्चस्व कायम राख्ने परिपाटी हो । 

अहिले भू–भाग कब्जा गरेरभन्दा सम्बन्धित देशको अर्थतन्त्रमाथि कब्जा जमाएर आफ्नो प्रभुत्व कायम राख्ने नवऔपनिवेशिक युग हो । आन्तरिक रूपमा पुँजीवाद र लोकतन्त्रको युग हो । नेपालमा ढिलै भए पनि हामी सामन्ती युगको अन्त्य गरेर पुँजीवादी लोकतान्त्रिक युगमा प्रवेश गरेका छौँ । 

बाह्य रूपमा जुन पुँजीवादी अर्थतन्त्रको वर्चस्व छ, त्यसको प्रभाव र नेपालको आन्तरिक आवश्यकताअनुसार पनि समाजवादउन्मुख वा समाजवादी भू्रणसहितको पुँजीवादी अर्थतन्त्र निर्माणका क्रममा हामी छौँ । 

यसरी बाह्य र आन्तरिक रूपमा आएको परिवर्तनका क्रममा हामीले परराष्ट्रनीतिलाई नयाँ तरिकाले परिभाषित गर्नु जरुरी छ । 

अहिले पनि सामन्ती, औपनिवेशिक युगकै दुई ढुंगाको तरुलको बिम्बका रूपमा प्रयोग हुँदै आएको परराष्ट्रनीति कायम रहिरहन सम्भव पनि छैन, राखिरहन उपयुक्त पनि छैन । पुरानै  तरिकाले सोच्ने हो भने दुई ढुंगाले किचिएर हाम्रो अस्तित्व सकिने खतरा रहन्छ । 

बदलिँदो चीन र भारत
एक्काइसौँ शताब्दी एसियाको शताब्दी हुने यतिवेला प्रक्षेपण गरिँदै छ । यो शताब्दीको मध्यदेखि नै चीन विश्व महाशक्ति बन्ने, आर्थिक, सामरिक हिसाबले पहिलो शक्तिका रूपमा उदय हुने परिकल्पना गरिएको छ । मोटामोटी रूपमा चीन अहिले नै अमेरिकाको हाराहारीमा पुगिसकेको छ । 

भारत पनि अहिले तीव्र आर्थिक गतिमा अघि बढिरहेको छ । चौथो–पाचौँ शक्तिका रूपमा अहिले उदय भएको भारत यो शताब्दीको अन्त्यसम्म तेस्रो शक्तिका रूपमा आउन सक्ने आँकलन भइरहेको छ । 

चीन र भारत विश्व शक्तिका रूपमा उदय हुने, बीचमा रहेका कारण नेपालले यतिवेलैदेखि आफ्ना योजना नबनाए, नीति कार्यक्रम तय गरेन भने राजनीतिक–आर्थिक सामरिक हिसाबले ठूलो नोक्सान हुने खतरा रहन्छ । त्यसकारण ठूला अर्थतन्त्र र राजनीतिक शक्ति रहेका चीन र भारतको बीचमा रहेर हामी कसरी आफूलाई तीव्र आर्थिक विकासको गतिमा अगाडि बढाउने भन्ने बहस अहिलेदेखि नै गर्नुपर्ने जरुरी भइसकेको छ ।
हामीले भारत र चीनबीचको सम्बन्धलाई अहिलेदेखि नै ठीक ढंगले बुझ्नु जरुरी छ । यतिवेला उनीहरूको सम्बन्ध प्रतिस्पर्धासहितको सहकार्य हो, को–अपरेसन विथ कम्पिटिसन । उनीहरूबीच बर्सेनि करिब एक खर्ब डलरबराबरको बन्द व्यापार छ । उनीहरूबीच सांस्कृतिक र अन्य सम्बन्ध पनि विस्तार भइरहेको छ । त्यससँगै उनीहरूबीच स्वत: प्रतिस्पर्धा पनि रहन्छ ।

त्यसकारण हामीले उनीहरूबीचको सहकार्यबाट अधिकतम फाइदा लिने ढंगले आफ्ना नीति–निर्माण गर्नुपर्छ । उनीहरूबीच हुने प्रतिस्पर्धाको पनि ठीक ढंगले मापन गरेर दुवैसँग सन्तुलित सम्बन्ध कसरी राख्ने भन्ने पनि ठीक आँकलन गर्न सक्नुपर्छ । हामीले राजनीतिक, आर्थिक सामरिक ढंगले परिवर्तित आयामलाई बुझ्न सकेनौँ भने नजानिँदो रूपमा हामी भारत र चीनबीचको प्रतिस्पर्धामा तानिने खतरा रहन्छ ।
अहिले वैचारिक हिसाबले मात्रै सम्बन्ध राख्ने जमाना छैन ।

भलै विभिन्न देशमा कुन राजनीतिक शक्ति सत्तामा हुन सक्छन्, उनीहरूको आफ्नो वैचारिक, राजनीतिक सोच हुन सक्छ । तर, देशका हिसाबले वैचारिक रूपमा होइन, व्यावहारिक रूपमा अरू देशसँग सम्बन्ध राख्नुपर्ने अवस्था छ । राष्ट्रिय हितलाई केन्द्रमा राखेर आग्रह–पूर्वाग्रहविनाको सम्बन्ध बनाउनु आजको आवश्यकता हो । हामीले यही कुरालाई मध्यनजर गर्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ ।

राजनीतिक र सामरिक पाटो
शीतयुद्धकालको आरम्भमा सन् १९५० को दशकसम्म  चीन र भारत सोभियत संघसँग नजिक थिए, ६० को दशकपछि फरक धु्रवमा रहे । भारत र चीन एक–अर्काको खेमामा पुगे र युद्धसम्मको परिस्थिति बन्यो । 

त्यतिवेला महाशक्तिका रूपमा अमेरिकाले यहाँ चासो राख्यो । भारत, चीन र अमेरिकाबीच त्रिपक्षीय द्वन्द्वको बीचमा  नेपाल सन् ६० र ७० को बीचमा रह्यो । 

शीतयुद्धको अन्त्यपछि क्षेत्रीय सामरिक परिस्थिति बदलिएको छ । तत्काल नेपाल बाह्य शक्तिको द्वन्द्वको केन्द्रमा रहने अवस्थामा छैन । भलै, चीन र अमेरिकाबीच बढ्दो प्रतिस्पर्धाले भविष्यमा नेपाल अन्तर्राष्ट्रिय रूपमा द्वन्द्वको एउटा केन्द्र नबन्ला भन्न पनि सकिने अवस्था छैन ।

भारत अमेरिकातिर ढल्किन्छ वा चीनसँग सहकार्य गरेर साझा एसियाली शक्ति निर्माण गर्ने दिशातिर जान्छ भन्ने कुरा हेर्न बाँकी छ । यतिवेला हेर्दा भारत सापेक्ष रूपमा अमेरिका र चीनको बीचमा बसेर आफ्नो फाइदा लिने अवस्थामा छ । 

अमेरिकासँग सम्बन्ध राख्ने, चीनसँगको सम्बन्ध पनि नबिगार्ने पक्षमा भारत देखिन्छ । केही दशक नेपाल बाह्य शक्तिहरूको द्वन्द्वको थलो बनिहाल्ने अवस्था नभए पनि शताब्दीको बीचतिर अथवा ३०–४० को दशकतिर नेपाल द्वन्द्वको थलो बन्न सक्ने अवस्था हुन सक्छ ।

त्यतिवेला चीन ठूलो शक्ति बनिसकेको हुन्छ र अमेरिका केही ओरालो लाग्दै जाने क्रममा, भारतले कस्तो नीति अपनाउँछ भन्ने आधारमा नेपाल त्रिकोणात्मक शक्ति संघर्ष (चीन, अमेरिका र भारतबीच)को थलो नबन्ला भनिहाल्न सकिने अवस्था पनि छैन ।

त्यसकारण राजनीतिक, आर्थिक रूपमा हामीले अहिलेदेखि नै प्रमुख ठूला शक्ति र त्यसमा पनि छिमेकी दुई शक्तिसँग सन्तुलित सम्बन्ध राख्ने ढंगले हामी जानुपर्छ ।

नेपालको सामथ्र्य
गतिशील पुलको अवधारणा भनेको आर्थिक रूपमा दुई देशबीच समन्वयकारी भूमिका निर्वाह गर्ने नै हुनुपर्छ । एउटा पुँजीवादी युगमा राज्यका सिमाना आर्थिक रूपमा एउटै मुलुकभित्र सीमित रहँदैनन् । एउटा देशको लगानी, अर्को देशको जनशक्ति, प्रविधि अरू देशमा वारपार भइरहन्छन् । 

चीन र भारतको ठूलो अर्थतन्त्रको बीचको सेतु बन्नका लागि हामीले के भूमिका निर्वाह गर्न सक्छौँ भन्ने विषयमा गहिरिएर सोच्नुपर्ने जरुरी भएको छ ।

चीन र भारतबीचको हाम्रो भौगोलिक अवस्थितिका सन्दर्भमा चीनसँग जोड्ने हिमायल शृंखला आवत–जावतका लागि सहज भएनन् । निश्चित हिमाली घाँटीबाहेक चीनसँग नेपालको आवत–जावत बन्द व्यापारका लागि अन्य उपाय थिएन । 

तिब्बतको पनि नेपाल जोड्ने भूभाग त्यतिधेरै जनसंख्या भएको चिनियाँ भाग पर्दैन । तिब्बतको ठूलो पठारसँग जोडिएको हुनाले चीनले सामरिकबाहेक नेपालसँग अन्य मामलामा त्यति धेरै चासो राखेको स्थिति थिएन । तर, नेपालमा भारतको आर्थिक रूपमा पनि बढी नै चासो रहँदै आएको छ । स्वाभाविक रूपमा हाम्रो अर्थतन्त्र दक्षिणतिर ढल्किएको छ । 

हाम्रो दुईतिहाइ बन्दव्यापार भारतसँग हुन्छ भने करिब १५ प्रतिशत मात्रै चीनसँग हुन्छ । यो अवस्थामा नेपालमा भारतको नै तुलनात्मक लाभ बढी छ । भारतसँग ढल्किएको र चीनसँग टाढा रहेको हाम्रो असन्तुलनलाई हामीले सापेक्ष सन्तुलनमा बदल्नुपर्छ । 

तर, नेपालप्रति भारतको अनुकूलता चीनको भन्दा बढी हुने भएकाले पूर्ण रूपमा सन्तुलन बन्दैन । तर, हामीले नीतिगत रूपमा असन्तुलनको खाडल पुर्न सक्छौँ । 

तुलनात्मक लाभका क्षेत्र
नेपाल हुँदै भारत र चीनको बीचमा सडक, रेल, हवाईलगायत यातायात र सञ्चारमाध्यम विस्तार गर्ने पुल हामी कसरी हुन सक्छौँ, यसबारे अहिलेदेखि नै सोच्नु जरुरी छ । भारत र चीनबीच हामी मात्रै पुल बन्दैनौँ । कुन्मिङबाट बर्मा हुँदै भारतसम्म जाने वैकल्पिक बाटो चीनले पहिले नै खोलिसकेको छ । 

अहिले हिन्द महासागरबाट सामुद्रिक रेसमी मार्ग निर्माण गर्ने प्रयत्न पनि गरिरहेको छ । त्यससँगै कुन्मिङबाट ल्हासा भएर नेपाल हँुदै भारतसम्म जाने रेलमार्गको प्रस्ताव चीनबाट भएको छ । यस हिसाबले हेर्दा दुई देशबीच नेपाल मात्रै एउटा पुल नभएर धेरै पुलहरूमध्येको एउटाचाहिँ बन्छ भन्ने बुझ्नु जरुरी छ ।


हामी नहुँदा भारत र चीनको सम्बन्ध बन्दै बन्दैन भन्ने ढंगले बुझियो भने त्यो वस्तुवादी हुँदैन । भौतिक ढंगले हेर्दा ल्हासा, काठमाडौं हुँदै लुम्बिनीसम्म जाने प्रस्तावित रेलमार्ग भारत र चीनबीचको सबैभन्दा ठूलो भौतिक पुल बन्न सक्छ । त्यसका अतिरिक्त म अर्थमन्त्री र प्रधानमन्त्री हुँदासमेत कोसी, गण्डकी र कर्णाली कोरिडोर खोल्न सकियो भने भारत र चीनबीच नेपाल हुँदै नजिकबाट सडकले जोड्न सकिन्छ भन्ने अवधारणा ल्याएको थिएँ । त्यसले व्यापारका लागि सहजता ल्याउन सक्छ ।

त्यससँगै भारत र चीनका बीचमा बौद्ध र हिन्दू पर्यटकहरूको आवत–जावतका लागि नेपाल उपयुक्त बाटो हुन सक्छ । तिब्बतमा पर्यटनका लागि भारतीयहरू जाने बाटोको सन्दर्भमा नेपाल सबैभन्दा भरपर्दो पुल हुन सक्छ । काठमाडांैसहित निर्माणाधीन निजगढ र भैरहवा विमानस्थल यसमा केन्द्र बन्न सक्छन् । यसरी भौतिक रूपमा नेपाल दुई देशबीच गतिशील पुल बन्ने आधार छ ।

नेपाल गतिशील पुल बन्ने अन्य आधार पनि छन् । पर्यटन क्षेत्रको विकास एउटा महत्त्वपूर्ण हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको भारत र बुद्धधर्म विस्तार भएको तिब्बत र चीनका लागि बौद्ध पर्यटन प्रवद्र्धनमा नेपाल महत्त्वपूर्ण स्थान हुन सक्छ ।

बुद्धको जन्मस्थलका हिसाबले मुख्य केन्द्र नै नेपाल बन्न सक्छ । यसका लागि दुवै देशका तीर्थयात्रीहरू नेपाल हुँदै भारत र चीनतिर आवत–जावत गर्न सक्छन् । हिन्दूहरूको आस्थाको केन्द्र कैलाश मानसरोवर तिब्बतमा छ । त्यहाँ भारतीय हिन्दू तीर्थयात्रीहरू पश्चिम नेपाल भएर जान बढी सुगम हुन्छ । 

हाम्रो हिमालय दुई देशबीच गतिशील पुल हुने अर्को आयाम बन्न सक्छ । आठ हजार मिटरभन्दा माथिका आठवटा हिमचुचुरा नेपालमै छन् । त्यहाँ दुवै देशका पर्यटकहरूको आवत–जावत गराउन सकिन्छ, गर्नुपर्छ । यो खालको पर्यटन दुवै मुलुकबीच गतिशील पुल बन्न सक्छ ।

अहिले ऊर्जा विकासको युग हो । कोइला इन्धनबाट वातावरणमा प्रतिकूल असर पर्न जाने भएकाले जलविद्युत्को प्रयोग आगामी दिनमा अझै बढेर जाने स्थिति छ । हिमशृंखलाबाट बग्ने नेपालका नदीनालाबाट बन्ने जलविद्युत् परियोजनाहरू यो शताब्दीका लागि ऊर्जाको धेरै महत्त्वपूर्ण स्रोत बन्न सक्छन् । 

नेपालमा जलविद्युत् विकासका लागि भारत र चीन दुवैले संयुक्त लगानी गर्ने र जलविद्युत् मूलत: भारतपट्टि निर्यात हुन सक्ने सम्भावना बढी हुन्छ । तिब्बतको कम जनसंख्या र भौगोलिक विकटताका कारण चीनतिर निर्यात भारतको तुलनामा सहज हुँदैन ।

नेपालमा  करिब ११ हजार मेगावाटको चिसापानी, सात हजार मेगावाटको पश्चिम सेतीजस्ता ठूला जलविद्युत् योजनामा संयुक्त लगानी गराउने परिस्थिति बनाउनुपर्छ । चीनको अतिरिक्त पुँजीलाई यहाँ लगानी गरेर भारतको बजारलाई उपयोग गर्ने परिस्थितिका लागि नेपालले उपयुक्त नीति अपनाउनुपर्छ । 

संयुक्त लगानी गराउनका लागि नेपाल गतिशील पुल बन्न सक्छ । तुलनात्मक लाभका उद्योगहरू पनि हुन सक्छन् । नेपालले विशेष आर्थिक क्षेत्र घोषणा गरेर भारतीय तथा चिनियाँ लगानीकर्तालाई आउने वातावरण बनाउनुपर्छ । भारतको सामान चीनतिर, चीनको सामान भारततिर निर्यात गर्ने थलो नेपाल बन्न सक्छ । 

यसका लागि उत्तरतिर जोडिएका केही क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्नुपर्छ । नेपाल सार्कको हेडक्वार्टर भएको नाताले र चीन पनि सार्कको पर्यवेक्षक भएको हुनाले वित्तीय, सञ्चार, सेवा क्षेत्रको केन्द्र नेपाल बन्न सक्छ । नेपालमा ठूला वित्तीय संस्थाहरूको कार्यालय राख्न सक्छौँ । 

चीनले नयाँ बैंकको स्थापना गरिरहेको छ, सार्क बैंकको पनि परिकल्पना भइरहेको छ । यस्ता बैंकहरू नेपालमा स्थापना हुने हो भने त्यो दुवै देशका लगानीका लागि सहज बन्न सक्छ ।

नेपालको विविध पर्यावरणीय क्षमता छ । हिमाली भेगमा चीनको हावापानीसँग मिल्दोजुल्दो जडीबुटीजन्य र कृषिजन्य उद्योग सञ्चालन गर्न सक्ने, दक्षिणी भेगमा भारतको हावापानीसँग मिल्दोजुल्दो उत्पादनमूलक उद्योग खोल्न सक्ने सम्भावना रहन्छ । 

त्यसका लागि नेपालले दूरदृष्टिसाथ आर्थिक नीति अवलम्बन गर्न सक्नुपर्छ । दुवै देशका लगानीकर्तालाई आकर्षित गर्ने वातावरण बनाउन सक्यौँ भने नेपाल दुवै देशबीच गतिशील पुल बन्न सक्छ । 

चीन र भारतको रुचि
त्यसैले युग सुहाउँदो परराष्ट्रनीति र अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूप कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा मैले सम्भवत: पहिलोपटक नेपाल दुई देशबीचको गतिशील पुल भन्ने अवधारणा अघि सारेको हुँ । पहिला मैले सामान्य रूपमा अवधारणा अघि सार्दै आएको थिएँ । 

प्रधानमन्त्री भएका वेलामा मैले औपचारिक ढंगले नै यो पदावली प्रयोग गरेँ । चीनका प्रधानमन्त्री यहाँ आएका वेलामा र भारतीय पदाधिकारीसँग मैले नेपाललाई भारत र चीनबीचको गतिशील पुलका रूपमा विकास गर्नु हाम्रो र छिमेकको हितमा छ भन्ने अवधारणा अघि सारेँ । 

तर, हामीले व्यवस्थित रूपमा यो अवधारणा अघि सार्न सकेका छैनौँ । फाट्टफुट्ट कुराले मात्रै कूटनीतिक रूपमा यसले अर्थ राख्दैन । राज्यका तर्फबाट साझा रूपमा यो अवधारणा प्रस्तावित गर्नुपर्छ । देशभित्रै एकरूपता कायम गर्नुपर्छ ।

भलै, यो धारणा अहिले विदेशनीतिसम्बन्धी डिस्कोर्सको मूल प्रवाह बन्दै गएको छ । विहङ्गम ढंगले छलफल गरेर गतिशील पुलको अवधारणाको चरित्र र आयामका विषयमा निष्कर्षमा पुग्नु जरुरी छ । हामीले भारत र चीनको संवेदनशीलतालाई पनि ध्यानमा राख्नुपर्छ । किनकि, हामीले चाहँदैमा, कुरा गर्दैमा ठूला शक्तिले त्यही रूपमा बुझ्छन् भन्ने हुँदैन । उनीहरूको आफ्नै मनोविज्ञान र बुझाइ हुन्छ । 

दुवै छिमेकीबीच सम्बन्धमा सहयोग पुर्‍याउने र यसबाट आफूले पनि लाभ लिने हिसाबले नेपाल अघि बढ्नुपर्छ । यहाँ बाह्यशक्तिलाई निम्त्याउने यो अवधारणा होइन । अब बदलिएको युगमा कसैको परम्परागत पकड त्यही ढंगले रहन पनि सक्दैन । पुँजीवादी आर्थिक विकासको युगमा यो बदलिन्छ ।

पुरानै ढंगले प्रभाव कायम राख्न खोज्यो भने त्यो भारतका लागि प्रत्युत्पादक बन्ने हुन्छ । हामीले पहल गर्‍यौँ भने भारत पनि सकारात्मक रूपमा आउन सक्छ । त्यहाँ पनि छलफल सुरु भइसकेको छ । 

अबको बाटो
गतिशील पुलको अवधारणा कार्यान्वयनका लागि हामीले परम्परागत मूल्यमान्यतामा आमूल परिवर्तन ल्याउनुपर्छ । दिमागमा नै पूरै क्रान्ति ल्याउनुपर्छ । हाम्रो राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डताको अवधारणालाई नयाँ सन्दर्भअनुसार परिभाषित गर्नुपर्छ । 

दु:खद् कुरा यो हो कि अहिले पनि हामी विगत औपनिवेशिक युगको राष्ट्रियताको अवधारणामा बाँधिएर बसेका छौँ । त्यो खालको अत्यन्तै संकीर्ण र हीनताग्रन्थीयुक्त राष्ट्रियताको अवधारणा अब काम लाग्दैन । 

हिजोको हीनताग्रन्थीले छिमेकीहरूसँग सम्बन्ध नराखीकन लुकेर बस्नुपर्छ अनि मात्रै सुरक्षित भइन्छ भन्ने मान्यता राख्थ्यो । अन्तरमुखी र रक्षात्मक प्रकारको अवधारणा होइन अब बहिर्मुखी र प्रोएक्टिभ भएर जानुपर्छ । 

हिजो रियाक्टिभ भयौँ, अब प्रोएक्टिभ भएर जाने नीति अपनाउनुपर्छ ।  हामी विकास र समृद्धिमा पछि पर्‍यौँ भने राष्ट्रियताका जतिसुकै नारा जपेर पनि हामी विदेशीहरूको नवउपनिवेशको घेरामा पर्ने खतरा हुन्छ । भलै, भौगोलिक रूपमा देश रहन्छ नै ।

(२०७२ बैशाख १ गते नयाँ पत्रिकामा प्रकाशित डा. बाबुराम भट्टराईको विचार)

यस्तो कुनै पनि आमालाई कहिल्यै नहोस

Posted by dadad | Friday, April 10, 2015 | Posted in ,

बैंकुण्ठ ढकाल

स्टेचर खाली गर त । 
बिरामीलाई तुरुन्त ओटीमा लग्नु प¥यो । 
ईन्टरकलमा कुराकानी गर्दै एक नर्स 
ओटी (अप्रेसन थेयटर) खाली छ । 
छैन । 
हो र ? 
हो, हो । अर्कोको अप्रेशन चलिरहेको छ । टाईम लाग्छ । 
देख्दै नदेखेको भर्खरै धर्तीमा आएको मानिसलाई शब उल्लेख गरेको कागज लिनको लागि साक्षी बस्दै गर्दा सुनेको आवाज हो । 
मन मनै अब आमा र सन्ताको ज्यान नै जाने भयो, कत्तिबेला के अप्रिय खबर सुन्नु पर्ने यो यो काननले कुनै ठेगान छैन । 
सिस्टर तपाँईहरु कहाँ कति वटा ओटी छ । 
दुईवटा । 
अनि अहिले दुई वटै बिजी हो ? 
त्यही भन्ने खबर आयो । 
अब ती चिच्याईरहेको महिलालाई तलमाथि भई हाल्यो भने ? 
हामीसंग कुनै उपाय र बिकल्प छैन । 
मेरो  पनि च्यूँ.......च्यू.........गर्नुको विकल्पै रहेन यत्तिखेर । 
यहाँ कति जनालाई सुत्केरी गराउन सकिन्छ यहाँ एक पटकमा ? 
आठ जना । 
अनि ड्यूटीमा कति जना हुनुहुन्छ, तपाँईहरुलाई ?
दुई जना । 
दुई जनाले आठ जनालाई हेर्न भ्याउनु हुन्छ त ? 
भन्न मिल्दैन (माथिबाट प्रमिशन लिएर मात्रै हामीले बोल्न पाउँछौं)
के जनताले जान्न पाउने हक राख्दैनन ? 
पाउँछन किन नपाउनु, तर हामीले आदेश आएपछि मात्रै भन्न मिल्छ ।
(यो सम्बाद हो, बिहिबार थापाथली प्रशुती गृहको सुत्केरी गराउने अति गोप्य कक्षमा रहेका नर्ससंगको) 
भित्र प्रबश पीडाले छटपटाईरहेकी महिला आवाज झन झन ठूलो भईरहेको थियो । जत्तिनै आवाज ठूलो भए पनि उनको पालो आउने हैन, किनकी ओटी बिजी छ । 
...............
च्याहाँ......च्याँह......
यही आवाजले आमाको सबै पीडा बिर्साउने । 
अनि नारीले पाउने सबैभन्दा ठूलो सन्तुष्टि र आफूलाई पूर्ण भएको ठान्ने । 
तर, न पीडा बिर्साउन पाइयो, न त आफैंले जन्माएको पहिलो सन्तानको, पहिलो र अन्तिम पटक मुख हेर्न पाइयो । आँखै अगाडि हुँदा आवाजको खोजीमा भौतारिनु पर्ने । आँखाबाट टाढा पुगेपछि सक्किगो नि ! 
अस्पतालमा कुनै कुनै कोठाहरु हुन्छन, जहाँ पुरुषलाई बर्जित गराईन्छ । म पनि त्यही सोचेर ढोकाबाट च्याउँदै फर्कदैं गरेको थिएँ । तर सुत्केरी भईसकेपछि, वार्डमा सार्नुभन्दा अगाडि राखिने ठाउँमा जान पाईने रहेछ । गएँ । भर्खरै आमा भएकी बहिनीको निधार छामें । 
कस्तो छ नानी , तिमीलाई ?
मेरो भन्दा मलिन स्वरमा जवाफ फर्काईन 
ठीक छ । 
अहिले गा¥हो त भएको छैन नि छैन ? 
छैन । 
यत्ति भनें आँखामा आँखा जुधाउन सकिन । 
मैले कुनै अपराध गरेको थिइँन, तर आँखा जुधाउन सकिन । चस्माले छोपेका एक जोडी आँखामा औंलाहरु पु¥याउन सकिन । आँसुले आँखाका आलीहरु नाघिसेका थिए, अब केहिबेरमा वार्डमा सार्छ अनि सजिलो होला । यत्ति भने अनि हतार हतार बाहिर निस्केर आँखालाई ओभानो र गोजीमा भएको रुमालको एउटा छेऊ चिस्याएँ । 
ल बधाई छ, तपाँईले पुत्र÷पुत्री लाभ गर्नुभएको छ । 
यही वाक्यको प्रतिक्षामा बसेका बाबालाई डाक्टरले पहिलो पटक आएर भने
बच्चाको अबस्था एकदमै क्रिटिकल छ, हामीले भेन्टिलेटर राखेर कोसिस गरिरहेका छौं । 
त्यसको एक घण्टा पछि फेरी डाक्टर बाहिरिए । 
माफ गर्नुहोला, हाम्रो प्रयास सफल भएन । 
सबैको शीर निहुरिए, आँखा भरिए । कसले कस्को अनुहार हेर्नु के भन्नु । आँखा अगाडिका डाक्टर कता गए थाहा नै पाईएन । 
राति नै पेट दुखेपछि बहिनीलाई अस्पताल पु¥याईएको रहेछ । हत्तारहतार आकस्मिक कक्षमा लगियो । हिजो मात्रै अस्पताल गएर चेकजाँच गराउँदा सबै ठीक छ । आमा र बच्चालाई कुनै खतरा छैन । अब दिन नजिकै आउँदैछ, अप्ठ्यारो भयो भने अस्पताल आईहाल्नु होला । दिउँसो चेकजाँचमा डाक्टरहरुले भनेका थिए ।
२०७२ साल बैशाख ४ गतेका लागि डेट दिईएको थियो । डेट आउन बाँकी नै थियो । कुनै समस्या छैन भनेपछिको आनन्द त बेग्दै भयो । नियमित जाँच भईरहेको थियो, कहिल्यै पनि कुनै खराबी नै देखिएन । खराबी देखिएर पनि डाक्टरहरुले नभनेको भए बेग्लै कुरा । 
बहिनीसंगै अस्पताल गएकाहरुसंग सबैकुरा बुझें । आमाको अबस्था ठीक छ, तर बच्चालाई बचाउन नसकेको डाक्टरहरुले बताए । 
जे सुन्नु नपरोस भनेको त्यही सुन्नु प¥यो । 
किन यस्तो भयो रे ? 
बच्चा जन्मनु अघिसम्म कुनै खराबी छैन, तपाँईको बच्चा सबैभन्दा राम्रो छ भन्ने जन्मने बित्तिकै यस्तो कुरा गर्छन । 
मलाई त भाउन्न भो । 
अस्पतालका निर्देशक प्रध्यापक डाक्टर जागेश्वर गौतमलाई फोन गरें । आफू नेपाल एफएममा कार्यरत रहेको र यत्तिखेर अस्पतालमै रहेको जानकारी गराएर भेट्न चाहेको बताएँ । 
गौतमले दुई घण्टा पछि मात्रै फ्रि हुने बताए । 
पत्रकारको परिचयले तत्काल भेट नहुने देखिएपछि मैले आफ्नो समस्या बताएँ, अनि घटनाबारे स्पष्ट हुन चाहेको अबगत गराएँ । मैले फोन गर्दा १२ बजेर ५ मिनेट गएको थियो । पौने एक बजे भेट्ने समय मिल्यो । 
गयौं, बिरामीको नाम पुनस्मरण गराएपछि सचिबालयका कर्मचारीलाई बिरामीको कागज ल्याउन लगाए । 
त्यत्तिन जेल भर्खरै प्रेस काउन्सिलबाट राजिनामा दिएको प्रसंग कोट्याएँ । गौतम खुलेर कुरा गर्ने मुडमा रहेछन छोटो समयमा धेरै कुरा बताए । संगसंगै आत्मपुराण पनि सुनाउन भ्याए । आफू  गोरखाको भएर काठमाण्डौं नचिनिएको प्रष्टिकरण दिए अनि । आफू कहिल्यै पनि दोस्रो हुन नपरेको बताए । आफू राम्रो सर्जन रहेको बताउँदै कुराको बिट मारे । 
सचिबालयका कर्मचारीले कागाज ल्याए । डाक्टरले कागज पढूनजेल त्यहाँ पूरै सन्नाटा छायो । कहिं बाट कुनै आवाज आएन । 
निर्देशक डाक्टर बोल्न थाले, यो घटनाले तपाँईहरुलाई जति दुःखी बनाएको छ, म पनि त्यत्ति नै दुःखी भएको छु । हाम्रो मान्यता कुनै पनि बच्चा लस नहोस भन्ने हो । तर कहिल्यै काहिं नचाएका दुर्घटनाहरु हुन्छन । आज राति मात्रै हामीले पालुंगबाट आएकी आमालई बचायौं, तर बच्चालाई बचाउन सकेनौं । धेरै ढिलो भईसकेको थियो, बच्चाले आमाके पेटमै दिसा खाईसकेको रहेछ । धड्कन अलिअलि बाँकी छ, बच्चा बाँच्ने चान्स निकै कम छ, अप्रेसन गरौं भनेर अभिभाबकहरुसंग कन्सर्न लिएर आफ्नो काम गर्यौं, तर हामी सफल भएनौ । 
तर यहाँ तपाँईहरुले बच्चा गुमाउनुको देखिने र  तपाँईहरुलाई भन्ने कारण केहि पनि छैन । 
विना कारण पनि मृत्यु सम्भब छ र ? 
ल सुन्नुहोस, आज बिहान २ बजेर ५० मिनेटमा भर्ना तपाँईहरको बिरामी भर्ना भएको देखिन्छ । ५ बजेर ५० मिनेटमा डाक्टरले दोस्रो पटक जाँच गर्दा ६ सेन्टीमिटर खुलेको देखायो । बिहान ९ बजेर ४१ मिनेटमा  डेलिभरी भएको देखाउँछ । यहाँ कुनै समस्या आएको नै देखिदैन यही भएर हामीले अप्रेसन गर्नु पर्ने कारण देखेनौं । अप्रेशन गर्न डिल भएर यसो भएको हो भन्ने तपाँईहरुको जिज्ञासा होला ? तर अप्रेशन गर्न पनि त कारण चाहिन्छ नि ? अप्रेशन गर्नु आवश्यक नै देखिएन । यसरी हेर्दा आमा र अस्पतालको कुनै कमजोरी वा खराबी छैन । सायद बच्चामा केहि समस्या हुनुपर्छ । 
केहिबेर अघिसम्म सबै ठीक भएको बच्चा कसरी एकाएक त्यस्तो हुन्छ ? 
हुन सक्छ, अहिलेसम्म बच्चाको भित्री अबस्थाको बारेमा बुझ्न सक्ने कुनै पनि यन्त्र उपकरण नै बनेको छैन । भिडियो एक्सेबाट बच्चाको बाहिरी अंगहरु ठीक छ, छैन भन्ने देखाउने मात्रै हो । जसरी आँखाले रातो, हरियो, पहेलो भन्ने मात्रै देखाउँछ, गन्ध थाहा पाउँदैनन नि ? हो कुरा त्यस्तै हो । आमाको पेटमा रहँदा बच्चाको रक्तसंचार र श्यासप्रश्वास प्रक्रिया बाहिर आईसकेपछि फरक हुन्छ । सायद त्यो प्रक्रियामा बालक असफल भयो ।
ड्यूटीमा रहेको र आमाबच्चा हेर्ने डाक्टरको मुखबाट सुनेर चित्त बुझाउने ठाउँ हुन्छ कि भनेर निर्देशक गौतमलाई पटक पटक आग्रह गरें । तर उनले डाक्टरको नाम समेत बताउन चाहेनन । किन चाहेनन उनै जानुन । 
मैले शंका गरेको यहीं नै हो, किन गौतमले हेर्ने डाक्टरको परिचय दिएनन, किन कुरा गराएनन ?
हुन त म मेडिकल बिद्यार्थी नभएर पनि होला, डाक्टरको कुराबाट म अलिकति सन्तुष्ट हुन सकिन । चित्त बुझाउने ठाउँ नै देखिन । यो नेपाल हो, जहाँ मर्नेहरुलाई नै दोष थोपरिन्छ । यत्रो राजदरबार हत्याकाण्ड भयो, त्यहाँ मर्ने दिपेन्द्रकै दोष भयो । हवाई जहाजहरु दुर्घटनाहरु हुन्छन, दोष पाईलटकै देखाईन्छ । दुर्घटनामा चालक बाँचे भने सडककै दोष देखाईन्छ । त्यही भएर हो यहाँ पनि जन्मने बित्तिकै मर्ने बच्चाको नै दोष भयो । जन्मने बित्तिकै मर्नु पनि त्यही बच्चाको दोष देखियो । जन्मने बित्तिकै रुन नसक्नु सबैभन्दा ठूलो गल्ती उसको त्यही थियो । 
कुनै दिन त्यो बच्चाले आफूमाथि थोपरिएको दोषको जवाफ दिन सक्छ कि ? 
कसरी हुन्छ, म मन बुझाउने उपायको खोजीमा थिएँ । फेरी बहिनी भएको ठाउँमा पुगें ।
बहिनीसंग प्रश्न गरें नानी, सिष्टरहरुले जबरजस्ती बच्चा तानेका थिए कि ? 
छैनन, त्यस्तो केहि पनि गरेको मैले थाहा पाईन । मैले बच्चा जन्माईसक्ने बित्तिकै, त्यत्तिकै छाडेर अर्को बेडमा गए । अर्को महिलालाई पनि बेथाले च्यापेको थियो । 
सायद मृत्युको कारण जन्मने बित्तिकैको बच्चालाई बेबारिसे अबस्थामा छाड्नुको कारण पो हो कि मृत्युको कारण । 
जे होस म, मुखसम्म हेर्न नपाएको जन्मने बित्तिकै नरुने र सास फेर्न प्रयास नगर्ने बच्चोको शब बुझेको कागजमा हस्ताक्षर गर्ने ठाउँमा उभिएको थिएन । त्यो भन्दा पहिले सही  गर्न डाक्टर कुरिरहेको थिएँ । 
त्यही डाक्टरले हेरेका होलान भनेर मृत्युको कारण सोधें । उनले पनि निर्देशक गौतमकै बोली बोले, त्यसमा म पहिल्यै सन्तुष्ट हुन सकेको थिईन । त्यत्ति भने बिरामी हेर्ने बेड तिर दौडिए । डाक्टरले कुनै आईडी भिरेका थिएनन । माथि एप्रोन र तल एप्रोनको कलरसंग नमिल्ने पाईन्ट लगाएका थिए, डाक्टर रहेछन भन्ने एउटा आधार त्यही थियो । 
यत्ति बुझ्न पनि मैले धेरै गाली खानु परेको थियो, कुनै बेला डाक्टरलाई सिस्टर बनेको निहुँमा हो, गाली खाएको । तलदेखि माथिसम्म सेतो कपडा लगाउने सिस्टर रे, माथि सेतो तल अर्कै कलर लगाउने डाक्टर रे । 
अस्पतालमा हुने लापरबाही र त्यहाँ माथि प्रशुती गृह थापाथलीको अबस्थाको बारेमा जगजाहेर छ । २०१६ सालमा बनेको प्रशुती गृह जुन सेवा सुबिधाले भरिपूर्ण छ । जहाँबाट सुत्केरी गराउन दक्ष बनाउने भनेर स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिन्छ । 
संयोग पनि कस्तो, केहिघण्टाकै फरकमा मकवानपुरको पालुङकै दुई जना आमाले सन्तान बियोग ब्यहोर्नु प¥यो ? 
पशुपति जाने हो ? 
हँ, म झस्किँए । 
केहि अगाडि कार्टुन बोकेर आफन्त उभिरहनु भएको थियो, बच्चा त्यहि कार्टुन भित्र छ भन्ने पक्का भयो । 
सोचें, मृत्युको कारण स्पष्ट बताउन नसकेका डाक्टरहरुलाई बच्चाले रोएर आफूलाई लागेको दोषको जवाफ दिन्छ कि जस्तो लागिरहेको थियो । 
तर, त्यो कहिल्यै साकार नहुने मेरो कल्पना थियो । 
के साकार हुन्थ्यो । 
मनमा तर्कना खेलाउँदै खेलाउँदै, अस्पतालको मूख्य गेटसम्म पुगें । 
आँखाले देख्नेबेलासम्म हात उठाएर बाई गरिरहें ।
जन्मने बित्तिकै रुन नसकेको दोषमा कार्टुनमा प्याक भएर पशुपति यात्रामा गएको बच्चालाई बिदा गरिसकेपछि, 
नर्सहरुसंग कुराकानी गरें । 
बच्चाको आमालाई कस्तो छ ? 
ठीक छ, हामीले बच्चा जन्मेको ठाउँ थोरै सिलाई दिएका छौं । तर टाँकाबाट रगत बगिरहेको छ । केहि समयमा ठीक हुन्छ । हामी वार्डमा सार्छौं । भोलिसम्म डिस्चार्ज होला । 
(ठीक छ भन्दा भन्दै मेरो बहिनीलाई पनि मार्नु हुन्छ कि ? मनमनै प्रश्न गरें । मुखबाट आवाज निकालिन । प्रशुती गृह लैजानु सट्टाा अन्य कुनै अस्पताल लगेको भए, बच्चा बाँच्थ्यो कि ?)
यी पंक्तिहरु लेखिरहँदा अहिले पनि प्रशब बेदनाले छट्पटाई रहेकी आमा हुने तयारीमा रहेकी महिलालाई सम्झिरहेकी छु । 
ओटी कुर्दा कुर्दै आमा र बच्चाको हालत के होला ? 
तर भगवान त्यस्तो नहोस, आमा खोसेको वा रुन नसकेको दोष जन्मने बित्तिकैको बच्चालाई नलागोस ।

    Popular Posts