संविधान निर्माण सम्बन्धमा चार राजनीतिक दलबीच सहमति

Posted by dadad | Monday, June 8, 2015 | Posted in ,

काठमाडौँ, २५ जेठ । नयाँ संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलबीच आज ऐतिहासिक सोह्रबुँदे सहमति भएको छ । 
नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार  फोरम नेपाल(लोकतान्त्रिक)बीच राति अबेर भएको सो सहमति काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले एमालेका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिरामणि पोखरेलका साथ प्रधानमन्त्री निवास बालुवाटारको परिसरमा पत्रकारहरूमाझ सार्वजनिक गर्नुभएको थियो ।
   
सहमतिको पूर्ण पाठ 

संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरूबीच भएको सहमति 

संविधानसभाबाट संविधान जारी गर्ने सम्बन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशीघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौंँ । 

सङ्घीयता र प्रदेश रचना                   
१) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका पाँच  र सामथ्र्यका चार आधारमा आठ  प्रदेश निर्माण गरिनेछ ।
२) प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ ।
३) प्रदेशको सीमाङ्कनसम्बन्धी सिफारिस गर्न नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि छ महिना हुनेछ । सङ्घीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसद्को दुई तिहाइ बहुमतले गर्नेछ ।

संसद र निर्वाचन प्रणाली
४) सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।
५) प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा कुल दुई सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसङ्ख्याका आधारमा देशमा कुल एक सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् ।  यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बहुमत प्राप्त गर्ने एक सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी एक सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् ।
६) राष्ट्रिय सभाको सदस्य सङ्ख्या कुल ४५ कायम हुनेछ । यसमध्ये प्रत्येक प्रदेशबाट समान सङ्ख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् र बाँकी पाँच सदस्य सङ्घीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।

शासकीय स्वरुप
७) देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य  दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुनेछन् ।
८) नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन् । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् एवम् प्रादेशिक सभा सदस्यसहितको निर्वाचकमण्डलबाट हुनेछ ।
( संसदीय शासन प्रणाली र संवैधानिक राष्ट्रपतिका बारेमा एनेकपा माओवादीको भिन्न मत रहेको छ । भिन्न मत रहे पनि संविधान निर्माणको प्रक्रिया अघि बढाउने कुरामा भने सहमति रहेको छ ।)
९) नयाँ संविधान घोषणापश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसद्बाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम  हुने गरी व्यवस्था गरिनेछ । 
१०) नयाँ संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रुपान्तरित व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद्को गठनसम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिनेछ  । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखविरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान, २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिनेछ ।

न्याय प्रणाली
११) स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप नेपालमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरिनेछ ।
१२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ ।
१३) केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी विवादमा न्याय निरुपण गर्न एक  संवैधानिक अदालत गठन गरिनेछ । यी विषयमा संवैधानिक अदालतको निर्णय अन्तिम हुनेछ । यो अदालत सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षता र  दुई जना अन्य वरिष्ठतम् न्यायाधीश तथा दुई जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानुन क्षेत्रका विज्ञको सहभागितामा गठन हुनेछ । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको  मितिले १० वर्षसम्म हुनेछ ।
१४) न्याय परिषद् गठनसम्बन्धी व्यवस्था नेपालको अन्तरिम संविधान,२०६३ को व्यवस्थाबमोजिम हुनेछ ।
१५) सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा भएको यो मूलभूत सहमतिको भावनाअनुरुप संविधान निर्माणको प्रक्रिया अघि बढाइने छ । 
स्थानीय निकायको निर्वाचन
१६) जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनको लागि यथाशक्य चाँडो स्थानीय निकायको निर्र्वाचन गरिनेछ ।

सुशील कोइराला, प्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस
केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, एनेकपा (माओवादी)
विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)
मितिः २०७२÷०२÷२५,बालुवाटार, काठमाडौँ । 

प्रमुख चार शक्तिको बैठक सुरु, बैठकमा चार शीर्ष नेता मात्रै

Posted by dadad | | Posted in ,

काठमाडौँ, २५ जेठ । प्रमुख चार राजनीतिक शक्तिको बैठक औपचारिक रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

संविधानका विवादित विषयमा सहमति जुटाई आजै हस्ताक्षर गर्ने ध्येयका साथ बैठक सुरु भएको हो । आज बिहान भएको सहमतिलाई कसरी सूचीकृत गर्ने र सहमतिको मस्यौदा कसरी तयार गर्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताको बैठक सुरु भएको नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

साँझ ५ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केहीबेर अगाडिदेखि मात्र सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार मात्रै सहभागी हुनुहुन्छ । 

चार शीर्ष नेताका बीचमा सहमति भएपछि अन्य नेतालाई पनि सहभागी गराएर औपचारिक बैठक सुरु हुने श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सबै विषयलाई अन्तिम टुङ्गो लगाएर हस्ताक्षरसमेत हुने बुझिएको छ । प्रमुख दलबीच भएको सहमतिलाई संविधानसभामा कसरी प्रवेश गराउने भन्ने विषयमा पनि दलबीच छलफल जारी छ । 

दलबीच भएको सहमतिबारे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई जानकारी गराइनेछ । डा बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले दलहरुबीच हुने सहमतिका विषयलाई औपचारिकता दिने छ । रासस 

काँग्रेस पदाधिकारी बैठकमा छ प्रदेशको खाकामाथि छलफल

Posted by dadad | Thursday, June 4, 2015 | Posted in

२१ जेठ, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको आजको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ । 

बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै उपयुक्त हुने र प्रदेश नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिनुपर्ने तथा सीमाङ्कनका लागि छुट्टै आयोग बनाइ टुङग््याउनुपर्ने विषयमा छलफल भएको छ । 

संविधानका विवादित विषयमा छिट्टै सहमति गरी संविधान निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा छलफल भएको काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । विवादित विषयमा सहमति भएपछिमात्र राष्ट्रिय सहमतिको सरकारमा जानुपर्नेमा छलफल केन्द्रित रहेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलबीच संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा भइरहेका वार्ताको समीक्षा गर्दै आगामी कार्यदिशा सम्बन्धमा समेत छलफल भएको थियो । 

बैठकमा निर्वाचन प्रणालीका बारेमा प्रत्यक्षतर्फ ७० प्रतिशत र समानुपातिक तर्फ ३० प्रतिशत हुनुपर्नेमा पनि छलफल भएको बताइएको छ । 

संविधानका विवादित विषयमा विभिन्न विकल्पमाथि छलफल भएको काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । संविधानका विवादित विषयमा विभिन्न विकल्पका बारेमा छलफल केन्द्रित रहेको उहाँले बताउनुभयो । 

पछिल्लो समयमा प्रमुुख दलहरुबीच भूकम्पपछिको विपद् व्यवस्थापनसँगै संविधान जारी गर्नका लागि संविधानका विवादित विषय राज्यको पुनःसंरचना, निर्वाचन प्रणाली तथा न्याय प्रणाली र शासकीय स्वरुपका विभिन्न विकल्पबारेमा दुई पक्षीय तथा बहुुपक्षीय रुपमा छलफल हँुदै आएको छ । रासस 

एमाले–एमाओवादीबीच समझदारी

Posted by dadad | | Posted in ,

काठमाडौँ, २१ जेठ । नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ । 

सिंहदरबारमा आज भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा मतैक्यता भएको हो । दुई दलको बीचमा बहुपहिचानका आधारमा छ वा आठ प्रदेश बनाउने भन्ने विषयमा छलफल भएको र नेपाली काँग्रेससँगको छलफलपछि टुङ्गो लगाउने सहमति भएको छ । 

‘‘राज्य पुनःसंरचनाको विषयलाई चाँडो टुङ्ग्याउने विषयमा एकसरो छलफल भएको हो, संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र भैँचालोबाट पीडित भएका जनतालाई राहत तथा पुनःनिर्माणमा जुट्ने विषयमा दुई दलबीच समान धारणा बनेको छ ।’’ 

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव चूडामणि खड्काले भन्नुभयो । बैठकमा दुवै दलका शीर्ष नेताको सहभागिता थियो ।
यसैबीच एमालेका उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीले सकेसम्म कम प्रदेशको प्रस्ताव आज बस्ने चार राजनीतिक शक्तिको बैठकमा राख्ने बताउनुभयो ।

जनताको सेवामा कन्जुस्याईं नगर्नुस्–महासचिव महरा

Posted by dadad | Tuesday, June 2, 2015 | Posted in

१९ जेठ, काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महराले आज काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा जारी राष्ट्रिय श्रम अभियानको अनुगमन गर्नुभएको छ ।
एमाओवादी निकट अखिल नेपाल टे«ड युनियन महासङ्घका ४०० भन्दा बढी नेता तथा कार्यकर्ता बौद्ध, तीनचुलीलगायत क्षेत्रमा क्रियाशील छन् । महासचिव महराले भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना हटाउने कामलाई तीव्रता दिन र जनताको सेवा गर्न आग्रह गर्नुभयो ।
महासचिव महरा नेतृत्वको टोलीले आज काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुलीमा नवराज पुडासैनीको भत्किएको घर तथा संरचना हटाउने काममा सङ्लग्न हुनुभयो । महासचिव महरा एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम अभियान २०७२ को काठमाडौँ संयोजकसमेत हुनुहुन्छ ।
एमाओवादीका नेता तथा कार्यकर्ताले सो क्षेत्रमा ३०० भन्दा बढी अस्थायी घर तथा आवासस्थल बनाउने बताएका छन् । सो क्षेत्रमा एमाओवादीका केन्द्रीय सदस्य तथा महासङ्घका अध्यक्ष शालिकराम जमरकट्टेलको नेतृत्वमा टोली परिचालित भएको छ ।
यस्तै महासङ्घको झापा जिल्ला समितिले काठमाडौँ महानगरपालिका–६ मा रहेको जनकल्याण उच्च माविलाई अस्थायी कक्षाकोठा निर्माण गर्न एक हजार थान बाँस उपलब्ध गराएको छ । यस्तै सोही विद्यालयका लागि एमाओवादीले ३० बण्डल जस्तापाता उपलब्ध गराएको छ ।
जस्तापाता र बास उपलब्ध भएकाले तीन दिनभित्र अस्थायी संरचना तयार पारिने महासङ्घका महासचिव गणेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाम, पाँचथरबाट उपलब्ध भएको बास पनि आउने क्रममा छ ।
यस्तै एमाओवादी काठमाडौँ जिल्ला समितिले आज नन्दी रात्रि माविको भग्नावशेष हटाउने र अस्थायी संरचना निर्माण गर्ने कामलाई तीव्रता दिएको छ । एमाओवादी काठमाडौँ अध्यक्ष हिमाल शर्माका अनुसार हालसम्म एक हजार अस्थायी आवास निर्माण गरिएको छ ।
यस्तै विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, धर्मस्थली उच्च मावि, दरबार हाइस्कुल, मानसिंह धर्म उच्च माविलगायत १० विद्यालयको अस्थायी संरचना तयार पारेको उहाँले जानकारी दिनुभयो । रासस

ओलीको उपस्थितिमा कृपासुर र गणेशबीच समझदारी, शेर्पाले सम्बन्ध स्वीकारे

Posted by dadad | Monday, June 1, 2015 | Posted in ,

kripashur sherpa Sex abuse 650_१९ जेठ, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लागि समझदारी भएको छ । एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो ।

गणेश शेर्पाले आफ्नो ३५ वर्षसम्म नागरिता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजुरी दिएका थिए । एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले गणेश र कृपासुरको नाताबारे चासो राखेको नयाँ पत्रिकामा खबर छ ।

स्रोतका अनुसार ओलीले आफ्नो निवासमा कृपासुर र गणेशलाई भेटेर सम्बन्धबारे जानकारी लिएका थिए । उपाध्यक्ष विद्या भण्डारीले पनि मन्त्री शेर्पासँग जानकारी मागेकी थिइन् । ओली र भण्डारीसँग भेटमा मन्त्री कृपासुरले गणेशसँगको सम्बन्ध स्वीकार गरेको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कृपासुर र गणेशबीच पनि संवाद भएको छ ।

एमालेका एक स्थायी समिति सदस्यका अनुसार सोमबार बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष भण्डारीले गणेशको निवदेनमाथि छलफल गर्न माग गरेकी थिइन् । उनको मागपछि यो विषयमा मंगलबार बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने सहमति भएको ती सदस्यले जानकारी दिए ।

संविधानसँगै राष्ट्रिय सरकार, त्यसपछि पुनःनिर्माणमा जुट्ने प्रमुख दलको प्रतिबद्धता

Posted by dadad | | Posted in ,

काठमाडौँ, १८ जेठ । प्रमुख तीन दल र मधेसी मोर्चाले वर्तमान राजनीतिक सङ्कटको अन्त्य संविधान जारी गरेरै हुने ठहर गर्दै त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाएर पुनःनिर्माणमा एकताबद्ध भएर जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रमुख तीन दल र मधेसी मोर्चाका अध्यक्षसहित प्रधानमन्त्री निवासमा आज भएको बैठक राजनीतिक समस्या समाधान भएपछि मात्र राजनीतिक एकता हुने भएकाले सहमतिमा संविधान जारी गरेर पुनःनिर्माणमा जुट्नु बुद्धिमत्तापूर्ण हुने निष्कर्षमा पुगेको छ । 

संविधान र राष्ट्रिय सहमतिको सरकारका लागि मुलुकको अहिलेको राजनीतिक समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा शीर्ष नेतृत्वबीच मतैक्यता कायम भएको छ । 

बैठकपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पका कारण मुलुकले व्यहोर्नुपरेको महाविपत्तिको सामना गर्न सम्पूर्ण राजनीतिक दल र नागरिक पुनर्वास र नवनिर्माणमा एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो – “गफका लागि गफ गर्ने नभई काम गर्ने किसिमले नेतृत्वपङ्ति अग्रसर हुनेमा बैठकमा मतभेद रहेन, मुलुकसामु उत्पन्न चुनौती सामना गर्न र त्यस्ता चुनौतीबाट देशलाई पार लगाउँदै अघि बढ्न पहिले राजनीतिक समस्या समाधान हुनुपर्छ ।” 

वर्तमान राजनीतिक समस्या समाधान गर्नु भनेको सहमतिमा संविधान बनाएर घोषणा गर्नु हो भन्दै अध्यक्ष गच्छदारले राजनीतिक समस्या समाधान भएपछि मात्र राजनीतिक एकता कायम हुने बताउनुभयो । 

भूकम्पबाट सिर्जित जटिल परिस्थितिको सामना गर्न सबै पक्ष एकजुट हुनु आवश्यक रहेको बताउँदै उहाँले राष्ट्रिय सहमतिको सरकार गठन गरेर कम्तीमा पनि तीन÷चार वर्ष नयाँ नेपाल निर्माणको अभियानमा एकजुट भएर काम गर्ने प्रतिबद्धता बैठकमा जनाइएको जानकारी दिनुभयो । 

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष गच्छदारले भन्नुभयो – “एक महिनाभित्रै संविधान जारी गर्ने, त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठन गरेर पुनःनिर्माण र नवनिर्माणका माध्यमबाट जनतामा विद्यमान नैराश्यता र दुःखकष्ट हटाउने प्रयत्न गर्नेछौँ ।” 

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो । रासस 

३० दलीय मोर्चा भन्छ– सरकार ! कार्यशैली सच्याउ

Posted by dadad | Sunday, May 31, 2015 | Posted in ,

काठमाडौँ, १७ जेठ । एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले भूकम्पपीडितलाई प्रदान गरिएको राहतमा एकद्वार प्रणाली कायम हुन नसकेको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले सरकारले भूकम्प प्रभावित जिल्लामा आफ्नो उपस्थिति देखाउन नसकेको तथा चरम राजनीतिकरण गरिएको भन्दै तत्काल गलत कार्यशैली सच्याउन आग्रह गरेको हो ।

भूकम्पपीडित जनतालाई जस्ता पाता खरिदका लागि दिने भनिएको १५ हजार पनि हालसम्म नदिइएको र राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले दिएको निर्देशनबमोजिम ५० हजार तत्काल प्रदान गर्न भनिएपनि सोअनुसार काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

‘एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने भनिएपनि सरकारका मन्त्रीहरु नै राहत वितरणमा राजनीतिकरण गरियो, आजको बैठकले सरकारलाई गैरकानुनी कार्य सच्याउन आग्रह गर्ने र नसच्चिए विरोध गर्ने निर्णय भएको छ’– प्रवक्ता सिंहले बताए ।

सरकारभन्दा ‘एजेण्डा’ प्रधान

मोर्चाको बैठकमा राष्ट्रिय सहमतिको सरकारको विषयमा समेत छलफल भएको थियो । बैठकमा सहभागी दलका नेताहरुले सरकारभन्दा पनि संविधान लेखन प्रक्रिया र भूकम्पपीडित जनतालाई प्रदान गरिने राहतका विषयमा प्रष्ट योजना नबनाई सरकारको विषयमा अगाडि बढ्न नहुने सुझाव दिएका थिए ।

‘एजेण्डा प्रमुख विषय हो, सरकार जस्को भएपनि केही फरक पर्दैन, संविधान लेखन प्रक्रियाले पूर्णता पाउने र भूकम्पपीडित जनताले राहत पाउने विषय प्रमुख रहनु पर्दछ’–बैठकमा सहभागी पासाङ शेर्पाले जानकारी दिए ।

बैठकमा मोर्चाका संयोजक एवम् एमाओवादी अध्यक्ष दाहालले आइतबार बिहान प्रमुख चार राजनीतिक पक्षका बीचमा भएको छलफलका बारेमा जानकारी गराएका थिए ।

भूकम्पपीडित जनतालाई राहत र पुनःस्थापनाको कामलाई प्रमुख प्राथमिकतामा राखी संविधान लेखनको कामलाई केही समय पछाडि सार्ने प्रस्ताव विभिन्न पक्षबाट आएको तथा त्यसखालको प्रस्तावले पुनः संविधान लेखन प्रक्रियालाई पूर्णता प्रदान नगर्ने भन्दै अस्वीकार गर्नुपर्ने अध्यक्ष दाहालले बताएका शेर्पाले जानकारी दिए ।

संविधान निर्माणको क्रममा प्रमुख विवादित विषयका रुपमा रहेको राज्य पुनः संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा प्रष्ट सहमति भएको खण्डमा सरकारको विषय पनि सहज हुने बैठकले निष्कर्ष निकालेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सहअध्यक्ष कर्णकाअनुसार मोर्चाका सहभागी सबै दलले आन्तरिक रुपमा तयारी गर्ने र सोमबार पुनः समान धारणा बनाउने निर्णय भएको बताए । रासस

३३ बर्ष पहिले आफैले पढाएको स्कुलमा पुगेर यसो भने प्रचण्डले

Posted by dadad | | Posted in ,

gorkha cm-640गोरखा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प पडितहरुको अवस्था बुभ्mन शनिबार गोरखाको आरुघाट बजार क्षेत्र पुगेका छन् । विनाशाकारी भूकम्पले क्षति पु¥याएका देशका विभिन्न ठाउँहरु पुगेर जनतासँग प्रत्येक्ष संवाद गरिरहेका प्रचण्डले गोरखाको दोर्लाङ गाविसका वासिन्दासँग छलफल गरेका थिए ।

दोर्लाङ गाविसका करिब १३ सय बढी घरहरु भूकम्पले ध्वस्त भएका छन् । स्थानियका समस्या र आवश्यक राहत सामाग्रिका बारेमा कुरा सुनेपछि प्रचण्डले आफु सँधै जनतासँगै रहने भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेका थिए । जनताका समस्याका लागि आफु सँधै लडिरहने बताएका प्रचण्डले ‘राज्यले भूकम्प पीडितका लागि छुट्टाएको पन्ध्र हजार रुपैयाँ कम हुने भनेर लडेर पचास हजार बनाएको’ पनि बताए ।

cm-640भूकम्पबाट क्षतिग्रस्त बनेको आरुघाट स्थीत ३३ साल अघि आफैले अध्यापन गराएको श्री भिमोदय उमाविको निरिक्षण समेत गरेका थिए । उक्त विद्यालयमा अहिले एनेकपा माओवादीका कार्यक्रताले अस्थाई कक्षाकोठा निर्माण गरिरहेका छन् । पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र गोरखा जिल्लाका सभासद हितराज पाण्डेको नेतृत्वमा उक्त भवन निर्माण कार्य भइरहेको छ ।
प्रचण्ड आरुघाट बजार निरिक्षण गर्ने क्रममा आफु बसेको पुरानो घरमा समेत पुगेका थिए । साथै उतिबेलाका समकक्षिहलाई समेत भेटेका प्रचण्डले बर्सौ पछि भेट हुँदा पनि आफ्ना समकक्षिहरुलाई चिनेका थिए ।
यसपछि गोरखाका विभिन्न क्षेत्रमा पुगेर प्रचण्ड आजै काठमाडौ फर्किने तयारीमा छन् । प्रधानमन्त्री सुशिल कोइरालाले उनलाई टेलिफोन गरि आजै काठमाडौ फर्किन आग्रह गरेपछि उनि छिटै फर्किने तयारीमा छन् ।
khabardabali

स्वयम्सेवाको उच्च मूल्याङ्कन हुनेछ–अध्यक्ष ओली

Posted by dadad | | Posted in ,

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई सघाउन गरिएको स्वयम्सेवाको राज्य, समाज, आमजनता र पार्टीबाट उच्च मूल्याङ्कन हुने बताउनुभएको छ ।

‘नेपाली योजना ः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व, हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ (एमाले)द्वारा सुरु गरिएको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान दोस्रो हप्तामा प्रवेश सन्दर्भमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले अभियानमार्फत् पीडितलाई सङ्कटको घडीमा ‘तपाईंहरु एक्लै हुनुहुन्न’ भन्ने सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्नुभएको छ ।

“अभियानबाट भग्नावशेषबाट पनि नयाँ निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन चाहन्छौँ । सङ्कटको घडीमा एक–अर्कालाई सहयोग गर्ने नेपाली चरित्रलाई सुदृढ गर्न र आफ्नै खुट्टामा उभिएर, आफ्नै साधन–स्रोत र श्रमबाट राष्ट्रको पुनःनिर्माण सम्भव छ भन्ने राष्ट्रिय भाव निर्माण गर्न चाहन्छौँ ।”

भूकम्पपीडितलाई सघाउन गाउँ–गाउँमा खटिएका दश हजार स्वयम्सेवकद्वारा पहिलो हप्तामै एक हजारभन्दा बढी अस्थायी आवास बनाइएको एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले वर्षायाम सुरु हुनु अगावै प्रत्येक भूकम्पपीडित नागरिक सुरक्षित अस्थायी आवासभित्र पुग्न सक्नुहोस् र हरेक नानीहरुले विद्यालय जाने वातावरण पाउन सकुन् भन्ने हिसाबले थप सक्रियता, कुशलता र सजगताका साथ काममा लाग्न स्वयंसेवकलाई आह्वान गर्नुभयो ।

मोरङ काँग्रेस धादिङको बाहुनटार सुनारबस्तीमा टहरा निर्माणमा पसिना बगाउँदै

Posted by dadad | Wednesday, May 27, 2015 | Posted in

(सूर्यचन्द्र बस्नेत) 
बेनीघाट (धादिङ), १३ जेठ । सधैँ झैँ तल बूढीगण्डकी बगिरहेको थियो । नदीपारिको गोर्खा माझीटार तथा बारि बाहुनटार गाउँ बस्तीमा मानिस खेतीपाती, तरकारी र वस्तु हेर्ने काममा व्यस्त थिए । 

वैशाख १२ को मध्याह्नतिरको त्यो समय घर्कदै थियो अचानक आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले लालबहादुर सुनारको ढुङ्गा, माटोले बनेको घर भत्काइदियो । 

तल बूढीगण्डकी माथिभिर नजिकको बस्तीमा उभिएको उनको घर भूकम्पले ढलायो । “वर्षा आइसकेको छ कहाँ बस्ने भन्ने चिन्ता थियो, मोरङदेखि आएका मनकारी मानिसको सहयोगले वर्षामा ओत लाग्ने ठाउँ पाइने भो,” लालबहादुरले भन्नुभयो । 

मङ्गलबार उहाँ भत्केको घरका फोहर हटाएर खाँबो गाड्न जमिन खन्दै हुुनुहन्थ्यो । सुनारलाई सघाउँदै हुनुहुन्थ्यो नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल । पार्टीको जनश्रमदान अभियानअन्तर्गत मोरङबाट आएका काँग्रेसका ५१ कार्यकर्तासँग सहभागी भएर लालबहादुर सुनारलाई खाल्डो खन्नमा सघाउँदै हुनुहुन्थ्यो । 

“स्थानीय स्रोत साधनको परिचालन गरेर सङ्कटमा परेका जनताको घरटहरा बनाउनुपर्छ, माटोमा हात चोबलेर नवनिर्माणको नवीन युग थाल्नुपर्छ सुकिलामुकिला संस्कृतिको अन्त गरी समाजवादी संस्कृतिको विकास गर्नुपछ,” उपसभापति पौडेल भन्दै हुनुहुन्थ्यो । 

बेनीघाट गाविसको यो बाहुनटार गाउँका ६७ मध्ये आधा दर्जन घर मात्र भूकम्पबाट बचेका छन् । अरु सबै चर्के भत्केर बस्न नहुने भए । गाउँको नाम बाहुनटार भए पनि यहाँ अधिकांश सुनार जातिको बसोवास रहेको छ । 

खाद्यान्नका अलावा तरकारीखेती यो बस्तीमा निकै हुन्छ । तथापि, भूकम्पले बेच्न नपाउँदा बारीमा तरकारी त्यसै फाल्नु परेको स्थानीयवासी ठाकुर सुनारले गुनासो गर्नुभयो । ‘‘भूकम्पले घर मात्रै लगेन, आम्दानीको अवसर पनि खोसिदियो’’ उहाँले भन्नुभयो । 

नेपाली काँग्रेस पार्टीले जन श्रमदान अभियानअन्तर्गत भूकम्पपीडित जनतालाई सघाउन आह्वान गरको थियो । आह्वानअनुरुप मोरङबाट आएका नेपाली काँग्रेस, नेवि सङ्घ, तरुण दल, महिला सङ्घसहितका पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थाका नेता कार्यकर्ता यहाँका ६० बढी टहरा बनाउन तीन दिनदेखि व्यस्त छन् । 

सो टोलीमा नेता कार्यकर्ताको अलावा प्राविधिक, चिकित्सक र सिकर्मीसहितका सहयोगी छन् । पाल बनाएर सामूहिक भोजन र बसोबासको बन्दोवस्त उनीहरु आफँैले गरेका छन् । पार्टीले खासगरी तराईबाट पहाडका बढी भूकम्पप्रभावित जिल्लामा आफ्नो स्रोत साधन र व्यवस्थापनमा पुगेर श्रमदान गर्न आह्वान गरेअनुरुप श्रमदान गर्ने टोली ती जिल्लामा पुगेको जनाएको छ । 

“आउनासाथ काममा जुटिहाल्यौँ, आधा दर्जन बनाइसक्यौँ ६० टहरा बनाउने लक्ष्य छ,” मोरङ तरुण दलका सचिव सञ्जय घिमिरले भन्नुभयो । केन्द्रीय सदस्य गुरु घिमिरेले विपद् कम परेको ठाउँबाट बढी सङ्कट भोगेका जनताको घरदैलोमा पुगेर घर निर्माणजस्तो काममा सहयोग गर्न पाउँदा आत्मगौरव र आत्मसन्तोष लागेको बताउनुभयो । 

“नसोचेको विपत्तिले जनता अकल्पनीय धनजनको क्षति भोग्नुप¥यो, यस्तो श्रमदानको अभियानले विपद्मा सहयोग गर्ने संस्कृतिको पनि सुरुवात भएको छ,” नेता घिमिरेले भन्नुभयो । महिला सङ्घकी केन्द्रीय अध्यक्ष डा डीला सङ्ग्रौलाले पनि जनताले भोगेको समस्यामा होस्टेमा हैँसे गर्न श्रमदानको महत्व रहेको बताउनुभयो । शिविर सात दिनसम्म चल्ने जनाइएको छ । 

चर्को घामको प्रवाह नगरी मोरङ काँग्रेसका नेता कार्यकर्ता कोही चर्केका जोखिमूर्ण घर भत्काउन तल्लिन थिए भने कोही पाल टाँग्न । कोही काठका खाँबा गाड्न, बास र टिन मिलाएर अस्थायी घर बनाउन । अघिल्लो साँझ आएको हावाहुरीले निर्माण कार्यमा र बसोबासलाई केही अप्ठ्यारो पारेको थियो । 

“पार्टीको आह्वानअनुरुप पीडित जनताको घाउमा मल्हम लगाउन सहयोगमा जुटेका छौँ, शीर्ष नेताको उपस्थितिले काम गर्ने हौसला मिलेको छ,” मोरङ काँग्रेसका कृष्ण कार्कीले भन्नुभयो । 

तनहँुँबाट आएनुभएका नेवि सङ्घका नेता आनन्द त्रिपाठीले जनता यति धेरै दुःखमा पर्दा जनताको हक अधिकार र सुविधाको लागि लड्ने पार्टीहरु हात बाँधेर बस्न नहुने बताउनुभयो । “ त्यही भएर अरु काम छोडेर भए पनि पार्टीको श्रमदान अभियानमा सहभागी भएको छु,” त्रिपाठीले भन्नुभयो । 

उपसभापति पौडेलले बाहुनटारमा पार्टीका नेता कार्यकर्ताले घामपानी दिनरात नभनी काम गरिरहेकामा उनीहरुको प्रशंसा गर्नुभयो । “यसले काँग्रेस किसानको पार्टी हो र जनताको साथी हो भन्ने प्रमाणित भएको छ, अझै ग्रामीण बस्तीका पीडित जनताको सहयोगमा जुट्नु छ,” उपसभापति पौडेलले भन्नुभयो । 

सो अवसरमा स्थानीय जनता र पार्टीका नेता कार्यकर्ताले जनताले घोषणा गरेको नगद एवम् राहतका सामग्री सहज ढङ्गले पाउन नसकेको गुनासो गरेका थिए । “सरकारले दिने भनेको जस्तापाता पाउन नसक्दा अस्थायी टहरा निर्माणमा अप्ठ्यारो भयो, अरु राहतका सामग्री पनि सहज ढङ्गले पाउनुप¥यो,” नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले भन्नुभयो । रासस 

राजनीतिभन्दा माथि उठेर श्रमदान गर्नुपर्छ– महासचिव पोखरेल

Posted by Tekman Shakya | Monday, May 25, 2015 | Posted in

काठमाडौँ, ११ जेठ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले भूकम्पका कारण विस्थापित भएका जनताको घर पुनःनिर्माण गर्दा उनीहरुको सेवाको भावनालाई केन्द्रमा राखेर अघि बढ्न स्वयम्सेवकलाई निर्देशन दिनुभएको छ । 

टोखा नगरपालिका–३ स्थित फैडोलमा स्वयम्सेवकले गरेको स्थानीयको घर टहरा पुनःनिर्माणको निरीक्षण गर्दै उहाँले अहिले मुलुकमा उत्पन्न भएको विपद्को अवस्थामा अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउन निःस्वार्थ भावनाले श्रमदान गर्न आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले त्यस क्षेत्रमा खुला आकाशमुनि तथा पालमा बसेका जनतालाई राजनीतिभन्दा माथि उठेर छानामुनि ल्याउन खाँचो रहेको औँल्याउँदै स्थानीय गाउँलेलाई श्रमदानको बोझ भारबाट मुक्त गरी पुनःनिर्माणको अभियान एक महिनासम्म जारी राख्न सुझाव दिनुभयो । 

स्थानीय शोभा डङ्गोलले भूकम्पका कारण आफ्नो दुई तले घर भत्किएपछि बासको समस्या परेकामा अहिले स्वयम्सेवकले टहरा निर्माणमा सहयोग गरेकाले छिट्टै अस्थायी बसोबास गर्न पाइने बताउनुभयो ।

प्रधानमन्त्रीको अध्यक्षतामा पुनःनिर्माण परामर्श समिति गठन

Posted by Tekman Shakya | Thursday, May 21, 2015 | Posted in ,

काठमाडौँ, ७ जेठ । सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा पुनःनिर्माण परामर्श समिति गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को निर्देशनअनुसार प्रधानमन्त्री अध्यक्ष रहने र अन्य राजनीतिक दलका प्रतिनिधिसमेत रहने गरी सो समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो । 

बैठकले हालको प्राकृतिक विपद् तथा भविष्यमा आउन सक्ने विपद्मा स्वदेशी र विदेशी सङ्घसंस्था, व्यक्ति र निकायसँग कार्यविधिका आधारमा सम्झौता गरी अस्थायी, स्थायी विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, कृषि बजार भवन निर्माण तथा मर्मत र त्यसका लागि आवश्यक सामग्रीलगायत अन्य सहयोग प्राप्त गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ । 

यसैगरी सरकारले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ को व्यवस्था बमोजिम सन् २०१० मा नेपालले संयुक्त राष्ट्र सङ्घको मानवाधिकार समितिमा प्रस्तुत गरेको प्रतिवेदन उपर सो समितिले प्रस्तुत गरेको सिफारिसको कार्यान्वयन सम्बन्धमा सिफारिस सङ्ख्या ५, ७ र १० को प्रयोजनका लागि तयार पारिएको नेपालको जवाफलाई स्वीकृत गरेको छ । 

त्यस्तै सरकारले बेरुजु फछ्र्योट मूल्याङ्कन र अनुगमन समितिको वार्षिक प्रतिवेदन–२०७१ को परिच्छेद ३ मा उल्लेख भएका सुझाव एवम् सिफारिसहरु कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री डा रिजालले जानकारी दिनुभयो । 

सरकारले सेवाग्राही सन्तुष्टि सर्वेक्षण वार्षिक प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्नुका साथै सरकारबाट प्रदान हुने सेवा सुधार कार्ययोजना तत्काल बनाएर मन्त्रिपरिषद्मा पेस गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले नेपाली सेनाका सहायक रथी रमेश पुनःलाई साधारणतर्फ रिक्त उपरथीमा, साधारणतर्फका महासेनानी प्रेमसिंह बस्न्यातलाई सहायक रथीमा, रिक्त सहायक रथी चिकित्सकमा अरुणकुमार चौलागार्इंलाई र रिक्त प्राविधिक महासेनानी चिकित्सकमा इभाप्रिया श्रेष्ठलाई पदोन्नति गरेको छ । 

सरकारले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको प्रमुख कन्सल्टेन्ट पदबाट डा अचला वैद्यले दिएको राजीनामा स्वीकृत गरेको मन्त्री डा रिजालले बताउनुभयो । 

राष्ट्रिय सहमतिको सरकारका लागि सैद्धान्तिक सहमति भइसक्यो- नेता गच्छदार

Posted by dadad | Wednesday, May 20, 2015 | Posted in

विराटनगर, ६ जेठ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार अवश्यंभावी रहेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय सहमतिको सरकारका लागि दलबीच सैद्धान्तिक सहमति भइसकेको स्पष्ट पार्नुभयो । 

सरकारको नेतृत्वको विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै उहाँले चाडै नै राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले सहमतिकै सरकारको माध्यमबाट सहमतिमा संविधान निर्माण हुने र स्थानीय निकायको निर्वाचन समेत हुने उल्लेख गर्नुभयो । 

विनाशकारी भूकम्पका कारण राष्ट्र विपत्तिमा रहेको अवस्थामा सबैलाई ऐक्यबद्ध भई राष्ट्र निर्माणको कार्यमा जुट्नुपर्ने आजको आवश्यकता रहेको बिचार पनि उहाँले प्रकट गर्नुभयो । रासस 

प्रभावित स्थलमा सिंहको सक्रियता (फोटो फिचर सहित)

Posted by dadad | Tuesday, May 19, 2015 | Posted in , ,

६ जेष्ठ, काठमाडौं । विनाशकारी भूकम्पले प्रभावित जिल्लाहरुमा उप्र प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सक्रियता देखाईरहेका छन् । उनी प्रभावित स्थलहरुमा निरिक्षणका लागि हिडिरहेका छन् । बुधबार बिहान पनि सिंह ललितपुरको हरिसिद्धी पुगेर भुकम्प पीडितहरुको समस्या सुने । 

उनले लत्कालका लागि अस्थायी बासस्थान मिलाउन सरकारले प्रति परिवार १५ हजार वा सो बराबरको जस्तापाता उपलब्ध गराउने जानकारी दिए ।

भुकम्प पीडितहरुलाई घर बिहीन हुन नदिन सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउन लागेको बताउँदै धैर्य गर्न उनको आग्रह थियो । उप प्रधानमन्त्री सिंहले भुकम्प पीडितका लागि सहयोग गर्न सरकारी स्तरबाट आफुले सकेसम्म पहल गरिरहेको बताए ।

सिंहले हरेक दिन जसो भुकम्प पीडितको घरमा पुगेर उनीहरुको दुःख बुझ्ने क्रममा छन् । केही दिनअघि मात्र उनले सुनदरीजलका भुकम्प पीडितहरुलाई एक एक बण्डल जस्तापाता उपलब्ध गराएका थिए । देशैभरका भुकम्प पीडितहरुका लागि तत्कालीन आवश्यकता पुरा गराउन आफु लागिपरेको उनको भनाई छ ।



 
 


एमाले नेता नेपाललाई पितृशोक

Posted by dadad | Monday, May 18, 2015 | Posted in ,

काठमाडौँ, ५ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । 

उहाँका पिता मङ्गलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा कोटेश्वरस्थित निवासमा आज बिहान ७ बजे निधन भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । 

उहाँ केही साताअघि अस्वस्थ भई पाटन अस्पतालमा उपचार गरी निवासमै आराम गरिरहनुभएको थियो । 

शिक्षासेवी र समाजसेवी उपाध्यायका धर्मदर्शन तथा व्याकरणसम्बन्धी चारवटा पुस्तक प्रकाशित छन् । उपाध्यायको आज अपराह्न १ः३० बजे शोकसभासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

विसं १९७३ असोज २५ मा रौतहटको गौरमा जन्मनुभएका उपाध्यायका तीन छोरा र तीन छोरी हुनुहुन्छ । रासस 

५ माओवादीले के के निर्णय गरे ? (विज्ञप्ती सहित)

Posted by Tekman Shakya | | Posted in

४ जेष्ठ काठमाडौं । ५ माओवादी कार्यगत एकता समितिले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निमाण तथा पुनःस्थापनाका लागि १५ दिने अभियान संचालन गर्ने भएको छ । 

एकिकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल निबास लाजिम्पाटमा आज बसेको बैठकले यहि जेठ १० गतेदेखि अभियान सुरु गर्ने निर्णय गरेको हो । पाँच माओबादिको संयुक्त बैठकले अस्थायी बासस्थान निर्माण, स्वास्थ्य चौकी निर्माण, विद्यालय निर्माण लगायतमा आफ्ना कार्यकर्ता परिचालन गर्ने बताएको छ । 

अभियानमा मुख्य नेताहरु हरेक जिल्लाहरुमा परिचालित हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिब मणि थापाले जानकारी दिए ।

बैठकमा एकिकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, मातृका यादब नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापा नेतृत्वको नेकपा एकिकृत सहभागि थिए ।

काँग्रेसले श्रमदान अभियान सुरु गर्ने

Posted by dadad | | Posted in ,

काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ ।

अभियान सम्बन्धमा जानकारी गराउने उद्देश्यले नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आफ्ना गाउँ, टोल छिमेक र वरपर जहाँ सम्भव हुन्छ कम्तीमा सात दिन श्रमदान गरी पीडित परिवारको मद्दतमा उत्रन आह्वान गर्नुभयो ।

भूकम्पबाट प्रभावित नभएका वा कम प्रभावित भएका जिल्लाका पार्टी एवम् भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आ–आफ्नो ठाउँमा राहत सङ्कलन गर्न तथा दक्ष–अर्धदक्ष जनशक्तिसहित प्रभावित ठाउँमा पुगी घर, टहरा एवम् अस्थायी शिविर निर्माणका लागि प्राविधिक सरसल्लाहअनुरुप सहयोगका लागि क्रियाशील बन्न पनि उहाँले आग्रह गर्नुभयो । त्यसका लागि आफ्नो जिल्ला र जाने जिल्लाका सम्बन्धित निकायसँग समन्वय गर्न पार्टीले निर्देशित गरेको पौडेलले भनाइ छ ।

“यस अभियानले कम क्षति भएका एउटा गाउँका कार्यकर्ता अर्को आहत गाउँमा गई घर निर्माणमा जुट्ने छन् । पहाडबाट हिमाली गाउँलाई, मधेसबाट पहाडका प्रभावित गाउँलाई सहयोग गर्न कम्तीमा अर्धदक्ष कामदारसहित जाने र सात दिनसम्म शिविर खडा गरी त्यहाँका भत्केका घर मर्मत वा अस्थायी टहरा बनाएर वर्षाबाट जोगिने भरपर्दो बासस्थान बनाउन सहयोग गर्नेछन्” – उहाँले भन्नुभयो । यस क्रममा मधेसबाट पहाडमा काम गर्न खाना खर्च र बस्ने पालको व्यवस्था समेत आफँैले गर्ने पार्टीले जनाएको छ ।

राहत वितरण तथा विपद् व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच राम्रो समन्वय नदेखिएको चर्चा गर्दै संयोजक पौडेलले यस्ता विपत्तिको सामना गर्न अधिकार सम्पन्न विपद् व्यवस्थापन प्राधिकरणको आवश्यकता रहेको औँल्याउनुभयो ।

पत्रकारले राष्ट्रिय सहमतिको सरकार सम्बन्धमा राखेको जिज्ञासामा पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने हो भने संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन तथा नव नेपालको निर्माणका लागि दलहरुबीच पूर्व प्रतिबद्धता आवश्यक हुनेमा जोड दिनुभयो ।

उहाँले पार्टीका सबै तहका अधिवेशनका लागि एक–एक दिन मिति तोकी सम्पन्न गराउन सकिने चर्चा गर्दै महाधिवेशन निर्धारित समयमा हुने उल्लेख गर्नुभयो । रासस

अनुगमन तथा निर्देशन समितिको टोली गोरखाको स्थलगत निरिक्षणमा

Posted by dadad | Friday, May 15, 2015 | Posted in

राजेन्द्र न्यौपाने ।
गोरखा, २ जेठ । चार जना सभासद सहितको अनुगमन तथा निर्देशन समितिको टोली गोरखाको स्थलगत निरीक्षणमा यहाँ आईपुगेको  छ । टोलीले जिल्लामा भएका कामको बारेमा जानकारी लिएर अहिले बारपाकका लागि प्रस्थान गरेको  छ । 

जिल्ला स्थित दैवि प्रकोप समितिले कामका लागि खाद्यन्न कार्यक्रम, अस्थायी टहरा, भूगर्ववीद, एक  गाविस एक इन्जिनियर, सार्वजनिक खरिद ऐन परिमार्जन, अस्पताल लगायतका विषयगत कार्यलयमा भएका रिक्त दरबन्दी परिपुर्ती, पिडितलाई क्षमता विकास तालिम, अनाथ, असहाय, अपाङ्गहरुको एकीकृत व्यवस्थापन, विद्यालय सञ्चालन, जस्तापाता  वितरणमा एकद्वार प्रणाली, कृषि तथा पशुपालनमा जोड दिनुपर्ने लगायतका माग राखेको छ ।

तत्काल एक महिना भित्र सबैको पुर्नस्थापना गर्न र खतरा रहेका क्षेत्रबाट बस्ती हटाउन सुझाव दिएको छ । 
संसदीय टोलीमा नेपाल परिवार दलका एकनाथ ढकाल, नेकपा एमालेका युवाराज ज्ञवाली, एकीकृत नेकपा (माओवादी)का कृष्ण बहादुर महरा, नेपाली काँग्रेसका भरत शाह सहभागि थिए ।  

कार्यक्रमका एकीकृत नेकपा माओवादीका सुसिला सिंखडा, नेकपा एमालेका विशेश्वर कट्टेल, नेपाली काँग्रेसका हरि बहादुर घले, नेकपा –माओवादीका परशुराम रम्तेल, संघीय समाजबादी पार्टीका नारायण रेग्मी, राप्रपा नेपालका शंकर अधिकारी, नेपाल परिवार दलका कृष्ण गोपाल बञ्जरा, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, जिल्ला शिक्षा अधिकारी हरी अर्याल, जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रतिनिधि नबराज खड्का लगायतले भईरहेका कामका बारेमा आफ्ना धारणा राखेका थिए । 
कार्यक्रममा सभासद कृष्ण बहादुर महराले क्षतीको वर्गिकरण गरेर तत्काल राहत उपलब्ध गराउन, अस्थायी आवास निर्माणका लागि आफूहरुले सरकारलाई सुझाव दिने बताए । एकतामा बल हुने बताउँदै यहीँबाट एकताबद्ध भएर काम गर्न उनले आग्रह गरे । विश्वास र एकताको तागतलाई बढाउनुपर्ने नेता महराको जोड थियो । 
अर्का सभासद एकनाथ ढकालले नेपाल सरकारले  निर्देशन दिए अनुसारका कार्यक्रम भए नभएको बारेमा जानकारी लिन आफूहरु आएको बताउँदै राष्ट्रिय एकताको खाँचो रहेकाले एक भएर काम गर्न आग्रह गरे । विपत्तिका विरुद्ध सबै एक भएर अघि बढ्नुपर्ने उनको भनाई छ । 

सभासद युवाराज ज्ञवालीले यतिबेला सबैले मिलेर काम गर्नुपर्ने बताए । सभासद शाहले विपत्तिमा सबै एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी अधिकांशले सरकारले तत्काल उद्धार तथा राहतमा कन्जुस्याईँ गरेको भन्दै विरोध गरेका थिए । नेपाली काँग्रेसका जिल्ला सभापति हरी बहादुर घललेले देशमा सरकार भए जस्तो नलागेको बताए ।  


राहत पुगे नपुगेको खबर गर्न विशेष समितिको आग्रह

Posted by Tekman Shakya | | Posted in ,

१ जेठ, काठमाडौं । व्यवस्थापिका–संसद्, राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुगे नपुगेकाबारे जानकारी गराउन सर्वसाधारण नागरिकसँग आग्रह गरेको छ । 

व्यवस्थापिका–संसद्द्वारा गत वैशाख ३० गते गठित शीर्ष समितिले भूकम्प प्रभावित व्यक्तिलाई राहत सामग्री वितरण भए नभएको, उद्धारको काम भए नभएको र राहत सामग्रीको उचित प्रयोग भए नभएको विषयमा आफूलाई थाहा भएको जानकारी समितिमा पठाउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।

समितिले आज जारी गरेको सूचनामा यस्तो जानकारी विशेष समिति, व्यवस्थापिका– संसद् सचिवालय सिंहदरबारमा पठाउन सकिने जनाइएको छ । यसका साथै टोली फ्री नम्बर १६६० ०१ २२ ३३४ मा तथा समितिको इमेल चदष्उबमकबmष्तष्२नmबष्।िअयm मा पनि पठाउन सकिनेछ । भूकम्प प्रभावित ठाउँमा सरकार तथा विभिन्न निकायद्वारा भइरहेका कामकारबाहीको अनुगमन तथा निरीक्षणका लागि सभामुखको अध्यक्षतामा ७२ सदस्यीय विशेष समिति गठन गरिएको हो । रासस 

    Popular Posts