गर्मी भयो ? औषधी होइन यी ५ चिज सेवन गर्नुस्

Posted by dadad | Saturday, June 6, 2015 | Posted in

गर्मी मौषममा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । मानिसहरु विरामी पर्नासाथ एन्टिबायोटिक सेवन गर्छन् । यस्ता एन्टिबायोटिकले हाम्रो शरीरमा रहेको उर्जा कम गर्ने मात्र होइन नराम्रो असर नै गर्छन् ।

सामान्यतया ब्याक्टेरियाको संक्रमण रोक्नका लागि एन्टिबायोटिकको उपभोग गरिन्छ । एन्टिबायोटिकले यसलाई रोक्न मद्दत गर्छ । तर एन्टिबायोटिकको सट्टा केही सामान्य घरेलु चिज सेवन गर्दा यस्ता एन्टिबायोटिक खानु पर्ने अवस्था नै नआउने विज्ञहरु बताउँछन् ।

एन्टिबायोटिकबाट टाढै राख्ने ५ खानेकुरा के के ?

१ लसुन

लसुन प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले एन्टिफंगल र एन्टिभायरलको काम गर्छ । १९९९ मा अध्यनका क्रममा लसुनमा भिटामिन, न्यूट्रिसस र खनिजले भरिपूर्ण रहेको पत्ता लागेको थियो । लहसुन खाली पेटमा सेवन गर्दा निक्कै फाइदा हुन्छ ।
२ मह



महलाई पनि प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसमा एन्टिसेप्टिक, सुक्ष्मजीव विरोधी र प्रज्वलनरोधी तत्व हुन्छ । २०१४ मा गरिएको एक अध्यनका क्रममा महलाई उच्च स्तरको एन्टिबायोटिकमा सूचीकृत गरिएको थियो । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।


३ बेसार

काँचो बेसार अर्थात हल्दीमा पनि राम्रो मात्रामा एन्टिबायोटिक हुन्छ । हल्दीलाई चीनमा औषधीकोरुपमा नै प्रयोग गरिन्छ । ब्याक्टेरिया नष्ट गर्न हल्दीको प्रयोग गरिन्छ । यसले शरीरमा हुने अनेक समस्या पनि निर्मुल गरिदिन्छ । एक चम्चा हल्दी ५ देखि ६ चम्चा मह मिसाएर एयरटाइट जारमा राखेर दैनिक आधा चम्मा सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

४ अदुवा



ब्याक्टेरियाबाट हुने स्वास्थ्य समस्याका लागि अदुवा प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले सामान्य स्वास्थ्य समस्या सजिलै समाधान गरिदिन्छ । अदुवा चियामामा राखेर सेवन गर्दा वा पानीमा उमालेर सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

५ निम



निमलाई पनि प्राकृतिकरुपमा एन्टीबायोटिक मानिएको छ । यसले अनुहारमा डन्डीफोर आउने लगायतका समस्या समाधान गर्छ भने मुखमा हुने अन्य समस्या पनि निम सेवनबाट निदान गर्न सकिन्छ । यसले छालाका सबै जसो समस्या समाधान गर्ने आयुर्वेद विज्ञहरु बताउँछन्

मिन्स भएको कति दिनसम्ममा बच्चा बस्छ .. ?

Posted by dadad | Monday, May 18, 2015 | Posted in ,

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब ( अण्डा ) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ ।
१) डिम्ब निष्कासन
२) यौन सम्पर्क
३) वीर्य स्खलन
४) डिम्ब निषेचन
५) डिम्बरोपण
एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

पहेलो दांतलाई मोति जस्तै चम्किलो बनाउने सहज तरिका

Posted by dadad | | Posted in

दांतमा पहेलोपनले तपाइकोसुन्दरतामा निकै प्रभाव परिरहेको हुन्छ। राम्रो, सेतो अनि सफा दांत ले तपाइको स्वास्थ्य मात्र हैन व्यक्तित्वमा पनि आकर्षण प्रदान गर्छ । यदि तपाइको पनि सेतो दांत छैन जति सफा गरेपनि दांत सेतो र चम्किलो हुँदैन भने अब यसो गर्नुहोस : आफ्नो दांतलाई सेतो अनि चम्किलो बनाउन कागतीको उपयोग गर्नुहोस । यसको उपयोगबाट पहेलो दांत पनि सेतो र चम्किलो बन्छ ।- दिनहुँ २ पटक ब्रश गर्नुहोस । ब्रश गरिसके पछि कागतीको रसमा थोरै पानी हालेर दांतमा मसाज गर्नुहोस । सुकाइएको कागतीको बोक्रा पिसेर पाउडर बनाउनुहोस् । यसको सहायताले दिनमा एक पटक दांत माझ्नुहोस दांत चम्कन थाल्छ । कागतीको रस र बेकिंगसोडालाई मिसाएर पेस्ट बनाईदांत ब्रश गर्नसक्नु हुन्छ । एक चम्चा कागतीको रसमा आधा चम्चा नुन मिसाई दांत मालिश गर्नुहोस । दांत बिल्कुलै सफा हुनेछ ।

साधारण घरेलु चीज जसले बढाउछ तपाईको सम्झिने शक्ति (तस्विर र विवरण सहित)

Posted by dadad | | Posted in

के तपाई सानोसानो कुरा भुल्नुहुन्छ ? कहिल्यै यस्तो भएको छ कि कुनै जरुरी काम नै भुलिएको होस । जसको बिर्सने बानी हुन्छ र पछि कुनै कुरा याद आएमा ओ हो यस्तो जरुरी कुरा भुलेछु भन्ने लाग्छ ? यहाँ यस्तै दिमागको लागि छाहिने महत्वपूर्ण खानाको बारेमा चर्चा हुदैछ जुन खानाले तपाई अल्जाइमरबाट टाढा रहनुहुन्छ साथै दिमागको तागत पनि बढाउछ ।
Tomato
गोलभेडा
गोलभेडामा प्रोटिन, भिटामिन पाइन्छ । यसमा कार्ब्रोहाईड्रेडको मात्रा कम हुन्छ । गोलभेडामा लाइकोपीन हुन्छ जसले शरीरको फ्रि रेडिकल्सको रक्षा गर्छ र साथमा दिमागको सेल्सलाई बिग्रनबाट बचाउछ र दिमाग स्वस्थ बनाउछ ।
जैतुन
जैतु केबल तपाईको शरीरको लागि नभइ अनुहारको लागि पनि लाभदायक हुन्छ । जैतुनमा धेरैमा मात्रामा फ्याट पाइन्छ । जसले कुनै पनि कुरा सम्झिन सहयोग गर्छ । अर्थात सम्झने शक्ति बढाउछ ।
never to eat food together
दही
दहीमा क्याल्सियम, प्रोटिन, कार्बोहाइड्रेड, खनिज, लबण र फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । दहीको नियमित सेवनले सम्झने शक्ति बढाउछ । यसमा अमिनो एसिड पाइन्छ जसले दिमागी तनावलाई भगाउन मद्दत गर्छ ।
जाईफल
जाईफल विशेष स्वादको लागि हामी बढी प्रयोग गर्छौं । तर यसमा यस्तो तत्व हुन्छ जसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्दछ । जसले सम्झिने शक्तिलाई बढाउछ ।
Tulasi
तुलसी
हिन्दु धर्ममा तुलसीलाई देवीको रुप मानिन्छ । यसको उपयोग मसलाको रुपमा पनि हुने गर्छ । यसलाई कयौं रोगको औषधी को रुपमा प्रयोग गरिन्छ । दिनहुँ २-४ पत्ताको सेवनले बिर्सने रोगबाट पनि छुट्कारा पाउन सकिन्छ ।
besar
बेसार
बेसार दिमागको लागि महत्वपूर्ण औषधी हो । यसले खानामा स्वाद ल्याउनुहो साथसाथै दिमागलाई पनि स्वस्थ राख्न सहयोग गर्दछ । यसको नियमित सेवनले अल्जाइमर रोग लाग्न सक्दैन ।
मरिच
कालो मरिचमा पेपरिन नामको रसायन पाइन्छ । यो रसायनले दिमागको कोशिकालाई आराम राख्न मद्दत गर्दछ । डिप्रेशनलाई यसले जादुको काम गर्ने बताइन्छ ।
black-pepper1
दालचिनी
अल्जाइमरको लागि दालचिनी एक महत्वपुर्ण औषधी हो । यसको नियमित सेवनले सम्झिने शक्ति बढ्छ र दिमाग स्वस्थ रहन्छ ।

पुरुषको विर्य खाना भन्दा धेरै उत्तम

Posted by dadad | | Posted in


spermएक नयाँ सोधले पुरूषको विर्य खाना भन्दा उत्तम हुने देखाएको छ । केही महिलाहरुले पुरूषको विर्यलाई खानाको रूपमा समेत प्रयोग गर्ने गरेको उक्त सोधमा बताइएको छ । पुरूषको विर्य महिलाको शरिरमा पौष्टिक तत्वको काम गर्नुका साथै अन्डाको निर्माण गर्न प्रयोग हुने बताइएको छ ।
जर्नल बायोलोजी लेटर्समा प्रकाशित एक प्रतिवेदनका अनुसार पुरूषको विर्य प्रजननकालागि प्रयोग नभइ खानाका लागी प्रयोग भए त्यसले प्रजनन क्षमतालाई असर गर्ने गर्छ । त्यसैले विर्यलाई सकेसम्म प्रजननका लागि प्रयोग गर्नु उचित हुने मोनाश विश्वविद्यालयका सोधकर्ता बेन्जामिन वागेनर बताउँछन् ।

मनोरञ्जनात्मक वातावरणमा कक्षा सञ्चालन गरिने

Posted by my storry | Monday, May 11, 2015 | Posted in , , ,

काठमाडौँ, २८ वैशाख । 
नेपाल शिक्षक महासङ्घले आगामी जेठ १ गतेदेखि भूकम्प प्रभावित जिल्लामा पनि विद्यालय खोली मनोरञ्जनात्मक वातावरणमा पठनपाठन गराउने भएको छ । विद्यार्थीलाई प्राकृतिक विपद्का कारण मनोवैज्ञानिक असर परेको हुनसक्ने भएकाले परामर्श दिँदै मनोरञ्जनात्मक वातावरणमा कक्षा सञ्चालन गर्न लागिएको हो । शिक्षकहरूको छाता संस्था मानिने महासङ्घका महासचिव तिलक कुँवरका अनुसार जेठ १ अगाडि विद्यालयमा सरसफाइ गरिनेछ ।
उहाँले विद्यालयमा शिक्षक कर्मचारी उपस्थित भई सरसफाइ, राहत सङ्कलनमा सहयोग, राहत कोषमा वृद्धिका कार्यक्रमा जुट्न पनि आह्वान गरिएको बताउनुभयो । भूकम्प प्रभावित १४ जिल्लाका अधिकांशका विद्यालय भवन भत्किएकाले अस्थायी टहरा र वैकल्पिक व्यवस्था गरेर कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयले तयारी गरिरहेको छ । रासस 

जाजरकोटमा महामारी नियन्त्रण

Posted by my storry | Wednesday, April 29, 2015 | Posted in

काठमाडौँ, वैशाख १६ । 
चैत तेस्रो हप्तादेखि जाजरकोटमा महामारीकै रुपमा फैलिएको ज्वरो सहितको रुघाखोकी अर्थात मौसमी फ्लुको प्रभाव पूर्ण नियन्त्रण नजिक देखिएको छ ।
रुघाखोकीको सङ्क्रमण फैलिएसँगै सरकारले जाजरकोटमा औषधि र विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटाएको थियो । 
पछिल्ला दिनमा बिरामीहरू शिविरमा आउनै छाडेका छन् । एक÷दुईवटा शिविरमा मात्र स्वास्थ्य परीक्षण गर्न फाटफुट रुपमा बिरामी आउने गरेका छन् । 
शिविरलाई निरन्तरता दिने वा के गर्ने भन्ने बारेमा आज र भोलिमा समीक्षा गरेर निक्र्याैलमा पुग्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिनुभो ।
रुघाखोकीको प्रकोप विस्तार भएसँगै प्रभावित १८ वटा गाविसमा ३० वटा सम्म शिविर सञ्चालन गरिएकोमा अहिले घटाएर आठ वटामात्र सञ्चालन गरिएको उहाँको भनाई छ  ।

भूकम्प, स्वास्थ्य समस्या र समाधान

Posted by my storry | Tuesday, April 28, 2015 | Posted in ,


काठमाडौं, १५ वैशाख । 
भुकम्पको वरिपरिको समयमा सकेसम्म उमालेको पानी र ताजा खाना खाने ब्यबस्था मिलाउन जनस्वास्थ्य विशेषज्ञहरुले आग्रह गरेका छन् । भुकम्पको समयमा जनजीवन अस्तव्यस्त हुने भएकोले खाना र पानीजन्य प्रदुषण विकराल हुने विशेषज्ञहरुको भनाई छ । उमालेको पानी र पकाएको तथा ताजा खानको अभावको कारण झाडावान्ता, टाइफाइड्, जन्डिस, आउँ, रुघाखोकी, फ्लु, आदि फैलने समस्या हुन्छ । विभिन्न स्वास्थ्य समस्या निम्तन नदिन जनस्वास्थ्य बिशेषज्ञ रवीन्द्र पाण्डेले सबैसँग बुँदागत रुपमा अपिल गरेका छन् ।
. भुकम्पको वरिपरिको समयमा जीबनचर्या अत्यब्यस्त्य हुने भएकोले खाना र पानीजन्य प्रदुषण बिकराल हुन्छ । उमालेको पानी र पकाएको तथा ताजा खानको अभावको कारण झाडावान्ता, टाइफाइड्, जन्डिस, आउँ, रुघाखोकी, फ्लु, आदि फैलने समस्या हुन्छ ! तसर्थ सकभर उमालेको पानी र ताजा खाना खाने ब्यबस्था मिलाऔं !
. भूकम्प पश्चात आएको बर्षाको कारण भिजेर बालबालिका तथा बृद्धबृद्धालाई निमोनिया, ब्रोंकाइटिस, दम, एलर्जी आदि रोग लाग्ने खतरा हुन्छ तसर्थ यस्तो जोखिम बर्गलाई तातो खानापानी खुवाउने, घाममा बसाल्ने अनि समयमा उपचार गर्ने आदि गर्नुपर्दछ !
. रक्तचाप, मधुमेह, मानसिक रोग, दम, हर्मोनजन्य रोग आदिका औषधि नियमित सेवन गरिरहेका व्यक्तिहरुले औषधि कुनैपनि हालतमा छोड्नु हुँदैन !
. भूकम्पको कारण केटाकेटी, धेरै सम्बेदनशील व्यक्ति तथा बुढाबुढीहरु तर्सिने, नराम्रा सपना देख्ने, डराउने, आत्तिने, नसुत्ने गर्न सक्दछन तसर्थ यस्ता समुहलाई सान्त्वना, भरोसा, आशा र सामुहिक बसाइमा राख्नुपर्दछ ! धेरै तनाब र अवसाद भएमा चिकित्सक वा मनोपरामर्शदाताबाट सहयोग लिनुपर्दछ !
५. जीवन रक्षक उपचार जस्तै अक्सिजन, रगत, डाइलाइसिस् आदिको सहारा लिइरहेकाहरुलाई उपचारमा प्राथमिकता दिनुपर्दछ !
६. भूकम्पको कारण आफन्त तथा घरसम्पत्ति गुमाएकाहरुको मनोदशा बिकराल हुन्छ तसर्थ उनीहरुलाई सबैले सहयोग, भरोसा एबम आड दिनुपर्दछ ! धेरै तनाब र आक्रोशजन्य पीडाको कारण हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप जस्ता आकस्मिक समस्या आउन सक्छन !
७. सामान्य चोट लागेपनि टिटानसको सुइ, ड्रेसिंग, झोलिलो खाना तथा संक्रमण रोक्ने औषधि सेवन गर्नुपर्दछ !
८. यस्तो विषम मौसम एबम वातावरणमा फ्रिजमा राखेको पानी, कोल्ड ड्रिंक्स, अल्कोहल आदिको सेवन गर्नुहुँदैन !
. सबैले आफ्नो घर अगाडि सरसफाई गर्नुपर्दछ ! पानी जम्न दिनुहुँदैन ! जमेको पानी र भत्केका पर्खालको कारण मलेरिया, डेंगु जस्ता कीटजन्य रोग लाग्न सक्दछ !
१०. प्राप्त भएसम्म रोगप्रतिरोग क्षमता बढाउन सागसब्जी, फलफुल, गेडागुडी, दाल, अन्डा, प्रशस्त पानी आदि सेवन गरेर आफ्नो स्टामिना बडाउन कोशिस गर्नुपर्दछ !

कलेजोको महत्व नबुझेका हामी

Posted by my storry | Friday, April 17, 2015 | Posted in , ,

बैशाख ४, काठमाण्डौ, 
काठमाडौं मेडिकल कलेज पव्लिक लिमिटेड (केएमसी) ले दुई साता सम्म १६ औं  केएमसी डे २०१५ मनाउने भएको छ । 
केएमसीले शनिबारदेखि विविध कार्यक्रमका साथ केएमसी महोत्सवको आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनगरी जानकारी दिएको छ ।
विश्व कलेजो दिवसको अवसरमा पारेर कलेजो स्वास्थ्य सम्वन्धित जनचेतनामूलक कार्यक्रम आयोजना गरिने केएमसीले जनाएको छ । 
यसैक्रममा शनिबार विहान काठमाडौंको बसन्तपुरदेखि कमलादीसम्म प्रभातफेरी आयोजना गरिने केएसीका कलेजोरोग विषेशज्ञ डा.क्षेतेन योन्जन तामाङले जानकारी दिइन् । 
कलेजो प्रत्यारोपणका लागि आवश्यक पूर्वाधारको तयारीमा रहेको केएमसीले कलेजो प्रत्यारोपणसम्वन्धी ऐनको अभाव प्रत्यारोपण सुरु गर्न नसकिएको जनाएको छ । 
कानुनी अवरोधका कारण नेपालमा कलेजो प्रत्यारोपण हुन नसक्दा वार्षिक करौंडौ रुपैयाँ विदेसिने गरेको छ । मिर्गौला जस्तै कलेजोका विरामीको संख्या दिनप्रतिदिन बढ््दै गएको चिकित्सकहरुले बताएका छन् । केएमसीमामात्रै विगत ३ वर्षयता कलेजो प्रत्यारोपण गर्नुपर्ने १४० जना विरामी आएको डा् क्षेतेन तामाङले जानकारी दिइन् । 
उनका अनुसार कलेजो प्रत्यारोपणका लागि भारतमा २० लाख भारु खर्च लाग्ने गरेको छ तर नेपालमै प्रत्यारोपण सेवा उपलव्ध भएमा निकै सस्तो पर्नेछ । अन्य मुलुकहरुमा निकै खर्चिलो उपचार रहेकोले नेपालमै प्रत्यारोपण सेवा उपलव्ध भएमा विदेशीहरुसमेत नेपाल आउने र नेपालको स्वस्थ पर्यटनमा समेत टेवा पुग्ने बताइएको छ । 
सबैभन्दा बढी मदिरा तथा मदिराजन्य पदार्थको सेवनबाट कलेजोमा क्षति पुग्ने गरेको छ । कलेजो प्रत्योरोपणबाट पाँचदेखि १० वर्षसम्म मानिसलाई बचाउन सकिन्छ ।

भ्यासेक्टोमी भनेको के हो ?

Posted by dadad | Tuesday, April 14, 2015 | Posted in


भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नलीलाईकाटेर त्यसका दुबै टुप्पालाई काँधिन्छ । यो काम जति सावधानीपूर्वक गरिने भए तापनि हजारौँमा एकदुई जनाको त्यसरी बाँधिएको धागो पछि फुस्किन पुग्छ ।भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नलीलाईकाटेर त्यसका दुबै टुप्पालाई काँधिन्छ । यो काम जति सावधानीपूर्वक गरिने भए तापनि हजारौँमा एकदुई जनाको त्यसरी बाँधिएको धागो पछि फुस्किन पुग्छ ।


भ्यासेक्टोमी भनेको के हो ?
भ्यासेक्टोमी पुरुषहरुका लागिगरिने स्थायी बन्ध्याकरणको नाम हो । यो बन्ध्याकरणमा पुरुषकोअण्डकोष थैलीमा सानो घाउ पारी अण्डकोषबाट लिंगसम्म गएको शुक्रबाहिनी नलीलाईकाटेर बाँधिने हुँदा पुरुषको बिर्यमा शुक्रकिट हुँदैन।  म्यासेक्टोमी गरेकापुरुषबाट  सन्तान उत्पादन हुने क्रिया स्थायी रुपमा नै बन्द हुन्छ । तर भ्यासेक्टोमी गर्ने पुरुषको यौनक्रियामा भने कुनै असर पर्दैन । यो धेरै साधारण, सजिलो र थोरै समय लाग्ने शल्यक्रिया (अप्रेसन) हो ।  केहीबेरको आरमपछि भ्यासेक्टोमी गरेको व्यक्ति हिँडेरै पनि घर जान सक्छ । 

म्यासेक्टोमी गर्दा वीर्यनली काटिन्छ भनेको सुनिन्छ, यदि वीर्यनली काटिने हो भने फेरि लिंगबाट वीर्य कसरी आउने हुन्छ त ?
म्यासेक्टोमी गर्दा वीर्यनली होइन  शुक्रकिट नली मात्र काटिन्ट । त्यसैले त शुक्रकीट आउन बन्द हुन्छ तर वीर्य प्रोस्टेट,सेमिनल भेसिकलबाट निस्कने तरल पदार्थ भने पहिले झैं आइरहन्छ । 

म्यासेक्टोमी गरेपछि उत्पादन भएका शुक्रकीट कहाँ जान्छन् ? 
भ्यासेक्टोमी गरिसकेपछि उत्पादन भएका शुक्रकीटहरु आफैँ छिन्नभिन्न भएर शरीरले नै सोसर लिन्छ । केही बर्षपछि शुक्रकीटबन्न पनिकम हुन्छ ।

भ्यासेक्टोमी गरिसकेकाहरुबाट पनि कसैकसैको सन्तान भएको सुनिएको छ, कसरी त्यस्तो भएको होला ?
भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नलीलाईकाटेर त्यसका दुबै टुप्पालाई काँधिन्छ । यो काम जति सावधानीपूर्वक गरिने भए तापनि हजारौँमा एकदुई जनाको त्यसरी बाँधिएको धागो पछि फुस्किन पुग्छ । दुबै टुप्पा जोडिएर महिलामा गर्भ  रहनजान्छ भने कसैकसैको तीवटा शुक्रबाहिनी नली पनि हुन्छन् जसले गर्दा दुईवटा काटे पनि अर्को काट्न बाँकी तेस्रो नलीबाट शुक्रकीट आउने क्रम नरोकिनाले गर्भ रहन्छ । त्यसैगरी कसैको भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नली काटिएका लिंगपट्टीको भागमा रहेको शुक्रमिश्रित वीर्य वाँकी नै रहने हुनाले त्यो ननिख्रिएसम्म अन्य साधनको प्रयोगगर्नुपर्नेमा त्यसो नगर्नाले गर्भ रहने गरेको पाइन्छ । 

म्यासेक्टोमी गरेको पुरुषले कति दिनसम्म यौनसम्पर्क गर्न हुन्छ ?
सामान्यतया म्यासेक्टोमी गरेको सात दिनपछि यौन सम्पर्क गर्न सकिन्छ । तर दुख्छ वा घाउमा पिडा हुन्छ भने जबर्जस्ती गर्नु चाहिँ हुँदैन यसो गर्दा घाउ पाक्ने तथा टाँका फुस्किने डर हुन्छ । साथै भ्यासेक्टोमी गरिसकेपछि कम्तिमा २० पटकमसम्म सम्भोग गर्दा कण्डम वा अन्य परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ । यति गरेपछि काटिएको शुक्रबाहिहनी नलीमा अड्की बसेको शुक्रकीट मिसिएको वीर्य सबै निख्रिन्छ अनि त्यसपछिका सम्भोगबाट गर्भ रहेने डर हुन्न ।

सुत्केरीमैत्री अस्पताल नहुँदा...

Posted by dadad | Saturday, April 4, 2015 | Posted in ,

२१ चैत, चरिकोट । समयमै दक्ष उपचार नपाउँदा यहाँका धेरै सुत्केरीको ज्यान जाने गरेको छ । जिरीमा जिल्ला अस्पताल र सदरमुकाम चरीकोटमा प्राथमिक स्वास्थ्य केन्द्र मात्र रहेकाले समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विसं २०६७ देखि हालसम्म ३२ सुत्केरीको ज्यान गइसकेको छ ।

जिल्लामा सञ्चालित निजी अस्पतालको आर्थिक प्रलोभनमा परी बिरामीको अन्तिम अवस्थासम्म उपचार गर्ने र पछि राजधानी सिफारिस गर्ने प्रवृत्ति बढेकाले सुत्केरीको ज्यान जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा अर्जुन सापकोटा बताउनुहुन्छ ।

सापकोटाले सुत्केरीको बढी मृत्यु हुनामा निजी अस्पताल र सरकारी कार्यालय दुवै दोषी रहेको स्वीकार गर्नुहुन्छ । उहाँले प्राथमिक स्वास्थ्य केन्द्रलाई विकास गरी शल्यक्रियासहितको सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो । 

मातृ मृत्युदर घटाउन सरकारले लाखौँ रुपैयाँ खर्च गरे पनि यहाँ बर्सेनि यतिका सङ्ख्यामा सुत्केरीको मृत्यु हुनु गम्भीर भएको स्थानीय बुद्धिजीवी बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालनमा ल्याएको बर्थिङ सेन्टरमा आवश्यक पूर्वधार र दक्ष जनशक्ति छैनन् ।

जिल्ला स्वाथ्य कार्यालयले सेन्टरमा आवश्यक सम्पूर्ण पूवर्धार र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने, सदरमुकाममा सुविधासम्पन्न सरकारी अस्पताल निर्माण गर्नुपर्ने र निजी अस्पताललाई कडाइका साथ अनुगमन गर्नुपर्ने सरोकार भएकाले बताउँदै आएका छन् । 

किन अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा बढी उत्तेजना हुन्छ ?

Posted by Unknown | Sunday, March 29, 2015 | Posted in

म १६ वर्षीय विद्यार्थी हुँ । मेरो उचाइ पनि बढेको छैन, अनि अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा बढी उत्तेजना हुन्छ । किन होला ? 

६५१६ 

सजिलो भाषामा भन्नुपर्दा त्यस्तो किसिमको शरीर भएकोे व्यक्ति जसको दृश्यपान गर्दा 
आनन्द प्राप्त हुन्छ वा भनौं सुन्दर लाग्छन्, त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं । विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई बढी महत्त्व दिइएको पाइन्छ । यस्तो विपरीतलिङ्गी वा समलिङ्गी दुवै सम्बन्धमा हुन्छ । शारीरिक रङ्गरूप अनि आकर्षणमासम्बन्ध बलियो हुने कुरा हामीले देख्दै आएका छौं । गहिरोसँग विचार गर्दा, धेरैजसो कुरा मानव स्वास्थ्यसँग सम्बन्धित हुन्छ । राम्रो शरीर वा जीउ मिलेको हुनुलाई आकर्षक शरीर भएको मानिन्छ । 

जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ । त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ । प्राय: सबै समाजमा महिलाको आकर्षणमा कम्मर-नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ । कम्मर-नितम्बको अनुपात शून्य दशमलव ७ भएका महिला (कम्मरको नाप नितम्बको नापभन्दा ७० प्रतिशत कम) बढी आकर्षक मानिन्छन् । विभिन्न देश अनि समाजमा शून्य दशमलव ६ देखि शून्य दशमलव ८ वा बढीसमेत हुन सक्छ । स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्राय: पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ । केही अपवादलाई छोडेर प्राय: व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । सम्भवत: तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।

विवाहितप्रति किन आकषिर्त ?

कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं । 

पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ । 

अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ । त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् । 

विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन । विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।

के गर्नुपर्ला  ?

तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ । तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ । उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकषिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ । 

माथि गरिएका आकर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर सम्बन्ध हो । यसबाट श्रीमान्लाई धोका दिएको नै मानिन्छ र सबन्ध-विच्छेदसम्म पनि हुन सक्छ । तपाईंको सम्बन्धले गर्भ रहन गए अर्को संकट निम्तिन सक्छ, तसर्थ यौन आकर्षणमा परेर जोसमा होस हराउनु हुँदैन । वासनाको प्रभावमा सोच-विचार नगरी निर्णय गर्नु हानिकारक हुन सक्छ ।


साभार : साप्ताहिक 

घरेलु उपचारबाट यसरी बढाउनुहोस् आँखाको ज्योती

Posted by Unknown | Monday, March 23, 2015 | Posted in

हुन त तपाईंको शरिरको सम्पूर्ण भागको आफ्नै महत्व हुन्छ तर सबै अंगहरुमध्ये आँखालाई निकै महत्वपूर्ण मानिन्छ । आँखा तपाईंको त्यो ऐना हो जसले तपाईंलाई संसारको निकै राम्रा कुराहरु देखाउने गर्दछ । संसार नियाल्नका लागि एउटा महत्वपूर्ण अंग भएका कारण यसलाई विशेष रेखदेखको आवश्यक छ । थाहा पाऔँ केहि घरेलु उपायः
१, आँखाको व्यायामः
आँखाको व्यायाम गर्नाले आँखाका तन्तुहरु लचिलो हुनुका साथै आँखाको रक्तसंचार पनि राम्रो हुने गर्दछ जसको असर आँखाको ज्योतीमा पर्ने गर्दछ । आँखाको व्यायाम तपाईंले यसरी पनि गर्नसक्नुहुन्छः
एउटा कलम लिनुहोस्, त्यसलाई एउटा हातले टाढाबाट समात्नुहोस् र त्यसमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र कलमलाई बिस्तारै बिस्तारै आफ्नो नाक नजिक लानुहोस् र फेरि टाढा राख्नुहोस् । याद राख्नुहोस्, तपाईंको नजर कलमबाट कतै नजाओस् । यस्तो तपाईंले दिनको १० पटक गर्नुभयो भने यो निकै फाइदाजनक हुन्छ । यसका साथै आँखामा दबाब नपर्ने गरि कुनै पनि वस्तुमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् । सबैभन्दा राम्रो तरिका भनेको चन्द्रमामाथि ध्यान केन्द्रित गर्नु हो । यस्तो हरेक दिन पाँच मिनेटसम्म गर्नुहोस् । राम्रो परिणामको लागि आँखाको व्यायाम हरेक दिन गर्नुहोस् ।
२, सनिङ र पामिङः
सनिङ र पामिङ आँखाको लेन्सको लागि निकै फाइदाजनक मानिन्छ । सनिङद्वारा सूर्य उपचारको क्षमतामा वृद्धि हुने गर्दछ भने पामिङद्वारा आँखालाई आनन्द हुने गर्दछ । सनिङका लागि आँखालाई बन्द गरेर गहिरो सास लिँदै सूर्योदयको समयमा सूर्यतर्फ करिब दुई मिनेटको लागि हेर्नुहोस् । याद रहोस्, यस्तो गर्दा तपाईंको आँखा बन्द हुन आवश्यक छ । पामिङका लागि दुबै हातलाई एकआपसमा रगड्नुहोस् र बिस्तारै दुबै हत्केलाले आफ्नो आँखा बन्द गर्नुहोस् । यस्तो दिनमा धेरैपटक गर्नुहोस् र हातले आँखा छोप्दा कुनै राम्रो दृश्यको कल्पना गर्नुहोस् ।
३, अमलाः
अमलामा भिटामिन सीको मात्रा भरपुर पाइने गर्दछ । भिटामिन सी धमनीको स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ जसले आँखाको रक्त संचार सहि तरिकाले हुने गर्दछ । यसका साथै भिटामिन सीले रेटिनाको कोशिकाहरुलाई पनि फाइदा पुर्याउने गर्दछ ।
४, आहारः
आफ्नो खानामा यस्तो आहार संलग्न गर्नुहोस् जसमा भिटामिन ‘ए, बी, सी, डी, ई, बिटा क्यारोटिन’ को मात्रा धेरै हुन्छ । यिनीहरु सबै आँखाको लागि राम्रो मानिन्छ । राम्रो ज्योतीका लागि गाजर, चुकन्दर, शख्खर खण्डा, ब्लुबेरी, ब्रोकोली, बन्दाको सेवन गर्नुहोस् । बोसोयुक्त माछा, अण्डा, बदाम र बीउहरु पनि आँखाको लागि राम्रो मानिन्छ ।
५, आँखाको परिक्षणः
आँखाको नियमित परिक्षण गराउनुहोस् ।@ratopati

तपाईका घरमा हाम्रा डाक्टर

Posted by Unknown | Friday, March 13, 2015 | Posted in


म ३७ वर्षको मात्र भएँ । मैले मधुमेहको औषधि सुरु गरेको दुई वर्ष भयो । अहिलेसम्म प्रायः नियन्त्रणमै भएकाले जँचाउन पनि गएको छैन । केही महिनायता यौनक्षमतामा कमी आएको महसुस भएको छ । औषधिको कारणले यस्तो भएको त होइन ? 
विप्लव, ललितपुर

विप्लवजी, तपाईंले आफ्नो चिनीरोगको अवस्था र परिस्थितिको नियमित परीक्षण गरेको देखिएन । दुई वर्षअघि औषधि सुरु गरेर नियन्त्रित थियो, त्यसपछि जँचाउन गएकै छैन भन्नु नै गल्ती हो । परीक्षण्ँ गरेर नतिजाहरु नियन्त्रण्ँमा भएमा राम्रै भयो, नत्र त विभिन्न जटिलताहरु देखा पर्न सक्छन् । यस्ता जटिलताहरु अल्पकालीन तथा दीर्घकालीन हुने गर्छन् । त्यस्ता जटिलता रक्तनली, स्नायु, मृगौला, आँखा जहाँ पनि हुन सक्छन् । शरीरमा हुने चिनीको अधिक मात्रा जति लामो समय रह्यो त्यति जटिलता बढ्दै जान्छ । त्यस्तै धेरै जटिलतामध्ये यौनक्षमतामा कमी आउने एउटा हो, यसमा स–साना रक्तनली तथा स्नायुका खराबी प्रतिविम्बित हुन्छन् । खाएको औषधिले यस्तो भएको होला भनेर अनुमानमा नबस्नुस् । उचित उपचार, चिनीको मात्रामा विशेष नियन्त्रण्ँ र नियमित व्यायाम गरेमा तपाईंको समस्यामा सुधार आउनेछ । आश्यकताअनुसार औषधि सेवन गरेर पनि सुधार गर्न सकिन्छ । उमेर पनि धेरै नभैसकेकाले ख्याल गर्नुस्, जिम्मेवार हुनुस्, नियमित चिनीको मात्रा हेर्नुस्, नियमित चिकित्सकको निगरानीमा रहनुस् ।

म १९ वर्षकी भएँ । भन्न पनि अप्ठ्यारो लाग्ने, मेरा स्तन अति ठूला देखिएका छन् । जुन पायो त्यही कपडा लगाएर बाहिरफेर निस्कन पनि लाज लाग्छ । कलेजको ड्रेस लगाउन झनै अप्ठ्यारो लाग्छ । मेरा आफ्नै साथीहरुले समेत जिस्क्याएर हैरान पारिसके । उपयुक्त सल्लाहको आशामा छु ।
– नाम गोप्य

नाम गोप्य राख्ने महिला मित्र, तपाईंको समस्या खासमा समस्या नै होइन । किनभने मान्छेको अंगको आ–आफ्नो नाप हुन्छ । उचाइ र तौलअनुसार पनि स्तनको आकार ठूलो–सानो हुन्छ । अनुचित बाह्य विज्ञापन, सूचना प्रण्ाँलीको प्रभावमा परेर आफ्नो अंगप्रति हेय भावना लिनु राम्रो होइन । आफूलाई सधैँ ठीक, राम्रो, स्वस्थ मान्यो भने त्यस्तो विचार आउँदैन पनि । तपाईंलाई स्तनका कारण नराम्रो दृष्टिले हेरी जिस्क्याउनेले तपाईंको स्तन सानो भए पनि बाँकी राख्ने थिएनन् होला । फेरि ठूलो स्तन राम्रो मान्ने मान्यता राख्नेहरु पनि हुन्छन् । ठूलो स्तन हुनेको यथेष्ट दूध आउने सम्भावना भएकाले बच्चाहरु बढी स्वस्थ हुन्छन् भन्ने धारण्ाँ पनि छ । त्यसैले ठूला स्तन भएकोमा ढुक्क हुन र आफूप्रति गर्व गर्न सल्लाह दिन चाहन्छु ।

मेरो उमेर ५५ वर्ष भयो । मैले उच्च रक्तचापको औषधि सेवन गरिरहेको छु । मेरो रक्तचाप नियन्त्रित नै छ । अरु सबै ठीक भए तापनि मलाई एउटा समस्याले भने हैरान पारेको छ । त्यो के भने, सुतेको बेलामा वा आराम गरेको बेलामा मेरो खुट्टा फतक्कै गल्छ । दुखेको, पोलेको वा टन्केको पनि होइन ।  यतिसम्म कि काटेरै फालौंजस्तो लाग्छ । यसले गर्दा निद्रा पनि पूरा लाग्दैन । यो के भएको होला र के गरेमा निको होला ?
– रामजी देवकोटा, डिल्लीबजार, काठमाडौं

देवकोटाजी, तपाईंको रक्तचाप नियन्त्रित नै रहेछ । जहाँसम्म खुट्टा गल्ने समस्या भन्नुभयो, त्यो रक्तचापको औषधि सेवन गरेपछि आयो कि पहिलेदेखि नै थियो भन्ने स्पष्ट भएन । यदि औषधिको सेवनले गर्दा विकसित भएको हो भने औषधि नफापेको हुन सक्छ । यदि पहिलेदेखि नै थियो भने अरु नै कारण्ँ हुने भयो । यस्तो लक्षण्ँ भएको स्थितिलाई विश्लेषण्ँ गर्दा युरिक एसिड बढी भएको अवस्था वा कुनै–कुनै भिटामिनको कमी वा रेस्टलेस लेग सिन्ड्रोम भन्ने खास अवस्था हुन सक्ने देखिन्छ । यदि औषधिको सेवनपछि त्यस्तो भएको भए औषधि नै परिवर्तन गर्नुपर्ने हुन सक्छ । हाललाई भिटामिन ‘ई’ क्याप्सुल ४०० मि.ग्रा. र क्याल्सियम चक्की दिनको एउटा–एउटा खाने गर्नुस् । पानी प्रशस्त पिउने गर्नुस् । अनि जति सक्दो चाँडो मुटुरोग विशेषज्ञलाई देखाउनुस् र उचित परामर्शसहित अघिको पाइला चाल्नुस् ।

कुनै पनि चारपाङ्ग्रे सवारीसाधनमा यात्रा गर्दा वाकवाक आउने, पेट बटारिने, टाउको दुख्ने, बान्ता पनि हुने भएकाले मेरो यात्रा कष्टदायक हुने गरेको छ । यात्रा अवधिभर खान, पिउन, बोल्न, हेर्न पटक्कै मन लाग्दैन । किन यस्तो भएको र यो समस्याबाट कसरी छुट्कारा पाई यात्राको रमाइलो अनुभव गर्न सकिएला ?
रत्न शाक्य, ललितपुर उमनपा–३, पुल्चोक 

शाक्यजी, यसरी सवारीसाधनमा यात्रा गर्दा वाकवाक आउने, पेट बटारिने तथा उल्टी आउने कसै–कसैलाई हुने गर्छ ।  यसलाई मोसन सिक्नेस भनिन्छ । हाम्रो मस्तिष्कमा हुने सन्तुलन केन्द्रमा यात्राको कारण्ँले हुने गति, घुम्तीको प्रभावस्वरुप सूचना प्रवाह हुन्छ । त्यही सूचनाको प्रभावले उल्टी आउने, वाकवाकी लाग्ने, सिथिल हुने, खान मान नलाग्ने आदि हुन सक्छ । यो सबै व्यक्तिलाई हुँदैन, मोसन सिक्नेस हुनेहरुलाई मात्रै यस्तो हुन्छ । धेरै घुम्ती भएको पहाडी सडकको यात्रामा, अधिक गति भएको अवस्थामा, बसको पछाडिको सिटमा बसेमा यस्तो लक्षण धेरै हुन्छ । यो शरीरको प्रतिक्रिया हो । यसबाट पूरै छुट्कारा पाउने भन्ने हुँदैन तर पनि औषधिको प्रयोगले केही कम गराउन वा उल्टी रोक्न सकिन्छ । त्यो औषधिको नाम  हो– एभोमिन । यात्रा गर्नुभन्दा आधा घन्टाअघि यसको सेवन गर्नुपर्छ । अगाडिका सिटहरुमा बस्ने, बाहिर कम हेर्ने, मुख चलाइरहन चुइगम चपाउने, काँचो बदामजस्ता खानेकुरा नखाने, समय–समयमा मुखले श्वास लिने अनि नाकले फाल्ने आदि तरिका अपनाएमा यो समस्या कम भएर जान्छ अनि यात्राको आनन्द लिन सकिने हुन्छ । 

हिउँमा ४८ घन्टा हराउँदा अद्भूत मान्छेहरु देखिएको घटना साधनामा पढियो । हाइ अल्टिच्युडमा जाँदा मस्तिष्कमा अक्सिजनको कमी भएकाले त्यस्तो अवास्तविक दृश्य देखिन सक्ने कुरा डा. साबहरुले नै सो लेखमा बताउनुभएको रहेछ । केही वर्षअगाडिको कुरा हो, रातको समयमा म तामाकोशीको किनारको बाटोमा हिँडिरहेको थिएँ । मेरो अगाडि एउटी महिला हिँडिरहेकी देखें, तर म जति दौडे पनि उनलाई भेट्न भने सक्दैनथें । आखिर उनी खोलातिर झरेजस्तो लाग्यो । अनि पो मान्छे होइन भन्नेमा म विश्वस्त भएँ । तामाकोशीको किनार त हाइ अल्टिच्युड होइन नि । किन यस्तो दृश्य देखिएको होला ?
बिजेश छेत्री, हालः चरिकोट बजार, दोलखा

बिजेशजी, मानसिकरुपमा एउटा अवस्था छ, जसमा नभएको वस्तु देखेजस्तो लाग्छ, आवाज सुनेजस्तो लाग्छ वा भ्रम हुन्छ । यसलाई  ‘हलुसिनेसन’ भनिन्छ । मस्तिष्कमा अक्सिजनको कमी भएमा, दमको रोग लागेर नीलो जिब्रो हुने कार्बनडाइअक्साइडको कमी भएमा, मस्तिष्क घात भएमा, रक्तश्राव भएमा, डर भएमा, मानसिक रोग भएमा यस्तो दृश्य देखिन सक्छ । यो लक्षण्ँ हो, रोग होइन । यसको भरमा मानसिक रोगी भन्न मिल्दैन, जसको लागि अन्य धेरै मिल्दा लक्षण्ँको आवश्यकता पर्दछ । तपाईंको तामाकोशीको किनारको बाटोमा हिँड्दा रातको समय थियो । त्यस बेला मस्तिष्कमा या त डर थियो, या त बच्चामा सुनाइएको भूत वा किच्कन्नीको कथाको छाप छँदै थियो, अथवा भूत–किच्कन्नी देखिने विश्वास थियो । यसले गर्दा नभएको दृश्य पनि भ्रमस्वरुप देख्नुभयो । यो अब्बल प्रकृतिको ‘हलुसिनेसन’को उदाहरण्ँ हो । अघिल्लो साधनामा बताइएको हाइ अल्टिच्युडमा भएको घटना र तपाईंलाई तामाकोशीको किनारमा भएको घटना अलग–अलग प्रकृति र अवस्थाका हुन् । तर पनि दुवै घटनामा उस्तै–उस्तै लक्षण्ँ देखिएका छन् । किनकि ‘हलुसिनेसन’ हुने एउटै मात्र कारण हुँदैन ।     

मेरी आमाको चिनीरोगको शंका लागेर रगतमा चिनीको मात्रा परिक्षण गराउँदा खालि पेटमा १४० मि.ग्रा.५ आयो भने खाना खाएको दुई घन्टामा २३० मिग्रा५ आयो । उहाँले आजसम्म औषधि उपयोग गर्नुभएको छैन । साथै खानेकुराको परहेज पनि गर्नुभएको छैन । यसरी खानाअघि र खानापछि गरी दुई पटक रगत जाँच्नुपर्छ भन्ने कुरा मलाई थाहा पनि थिएन । यस रिपोर्टले  चिनीरोग भएको, नभएको, भएको भए कुन अवस्थामा छ भन्ने देखाउँछ ? अब मैले के–के गर्नुपर्ला ?
हरि न्यौपाने, शंखमूल, काठमाडौं

हरिजी, माथिको रिपोर्टले तपाईंको आमालाई चिनीरोग भैसकेको देखाउँछ । तर भर्खरै सुरु अवस्थाको छ । साधारण्ँ मुख मात्रै बारे पनि नियन्त्रण्ँ होलाजस्तो लाग्छ । अब तपाईंले जति सक्यो छिटो चिनीरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ वा फिजिसियनलाई देखाउनुपर्यो । साथै खाना विज्ञको समेत सल्लाह लिनुपर्ने हुन्छ । चिनीरोग के हो, कसरी नियन्त्रण्ँ गर्ने, रगतमा चिनीको मात्रा कति स्वीकार्य हुन्छ भन्ने थाहा पाउन चिनी रोगसम्बन्धी पुस्तक पढ्ने, इन्टरनेटमा पढ्ने, चिकित्सकबाट सिक्ने गर्नुपर्छ । परहेज कसरी गर्ने भन्ने जान्नका लागि खाना विज्ञसँग सम्पर्क गर्नु उचित होला । सीधै चिनीको मात्रा बढाउने खानामध्ये चामल, चिउरा, चिनी, मह, मिठाई, किसमिस, मिश्री, घिउ, काजु, नरिवलजस्ता खानेकुरा वर्जित छन् । नियन्त्रित मात्रामा यिनीहरुको उपयोग आफ्नो शारीरिक सक्रियताअनुरुप गर्न पनि सकिन्छ । गहुँको रोटी, च्याँख्ला, साग, कोदो, जौ, मकैजस्ता चिनी ढिलो बढाउने वा कम बढाउने वा नबढाउने खानाहरु भने सहजै खान सकिन्छ । साथै नियमित व्यायाम र योगले पनि चिनीरोग नियन्त्रण गर्न सघाउ पुग्छ ।

म ३८ वर्षको भएँ । पत्रपत्रिका पढ्दा आँखाबाट केही टाढा लग्नुपर्ने भएको केही वर्ष भयो । आँखाकै नजिक ल्याएर पढ्दा पढ्नै नसक्नेचाहिँ होइन, तर असहज हुन्छ । चश्मा लगाउनुपर्ने अवस्था नभएकाले जँचाएको पनि छैन । म के गरौं ? उपयुक्त सल्लाह चाहन्छु । 
सनतकुमार लामा, बाह्रबिसे, सिन्धुपाल्चोक

लामाजी, ‘चालीसा’ लाग्यो भनेर जनाउने गरेको तथा आँखा कमजोर भएको लाक्षण्ँिक अर्थ लगाउने गरेको, सियोमा धागो उन्न नसकेको कथा त सुन्नुभएकै होला । तपाईं अलि छिटो नै अर्थात् चालीस नहुँदै चालीसको सिकार भएजस्तो छ । साधारण्ँतया पढ्दाबाहेक अन्य अवस्थामा खासै महसुस भएको पनि हुँदैन । त्यसैले तापाईंलाई चश्मा लगाउनै पर्ने स्थिति नभएजस्तो लागेको होला । यस्तो स्थितिमा पढ्दा मात्रै लगाउने प्लस पावरको चश्मा लगाउने गरिन्छ । त्यो पावर कति छ भनेर पत्ता लगाउन तथा आँखाको अन्य अवस्थाको परीक्षण्ँसमेत गर्न एकपटक आँखा विशे ष ज्ञलाई देखाउनुहोस् र उचित सल्लाह लिनुहोस् ।

बिहान दुई वटा आँप खाएको थिएँ । दिउँसोदेखि हातगोडा दुख्ने, झमझमाउने भयो भने बेलुकादेखि पटक–पटक पानीजस्तै दिसा लाग्यो । अनि पर्सिपल्ट मात्रै बिसेक भयो । विषादी हालेको आँप खाएर यस्तो भएको हो कि ? यसरी विषादी हालेको फलफूल खाँदा हुने अन्य लक्षणहरु के–के हुन सक्छन् र उपचार के हुन सक्छ ?
समीरबाबु महर्जन, बालाजु, काठमाडौं

समीरजी, आँप पकाउनको लागि विषादीभन्दा पनि ‘कार्बाइड’ भन्ने केमिकल उपयोग गरिन्छ । यसको काम ताप दिएर छिटो पहेँलो बनाउने र पकाउने हो । यसको पनि कुप्रभाव पर्छ नै । लट्ठ हुने, वाकवाक लाग्ने, नसा लागेजस्तो हुने, धेरै खाएमा बेहोस नै हुनेजस्ता लक्षण्ँ देखिने गर्छन् । अन्य फलफूलमा अन्य विषादी प्रयोग गर्ने चलन बढ्दो छ । ठूलो तथा धेरै फल लागोस् भनेर हर्मोनको सुई लगाउने, खास किसिमको केमिकल वा मल उपयोग गर्ने, कीरा नलागोस् भनेर अत्यधिक कीटनाशक छर्कने गरिन्छ । यी सबैमा न त सरकारको नियन्त्रण्ँ वा अनुगमन छ, न त अन्य संघसंस्थाको ? त्यस्तै उपभोक्तामा पनि सचेतनाको कमी छ । किसान⁄व्यापारीमा पनि मानवलाई हानि–नोक्सानी नगर्ने गरी विषादीको प्रयोग गर्नुपर्नेमा नाफाको लागि मरिमेट्ने प्रवृत्ति हाबी भएको छ । हरेक विषादीको समकालीन तथा दीर्घकालीन प्रभाव र लक्षण्ँ हुन्छन् । र, यो प्रभाव पनि फरक–फरक हुने गर्दछ  । यसको उपचार भनेको नै यसबाट बच्नु हो । त्यसैले विषादी प्रयोग भएको खानेकुरा सकेसम्म नखाने, विषादी उपयोगमा राष्ट्रीय नीति बनाउने र नागरिक वा सरकारी तहबाट अनुगमन⁄नियन्त्रण्ँ गर्ने गर्नुपर्छ । यसै गरी विषादी प्रयोग भएको फलफूल वा तरकारीलाई पानीमा धेरै बेर राखेर, धोएर, बासी राखेर मात्रै खाने गरेमा पनि अलि–अलि सुरक्षा होला कि ।

मेरो पित्तथैलीमा पत्थरी भएकाले काठमाडौंकै एक सरकारी अस्पतालमा गएर अप्रेसन गरियो । पत्थर निकाल्नका लागि कलेजोमा टाँसिएको पित्तथैली नै निकाल्नुपर्ने रहेछ । सो कुरा अप्रेसन गरेपछि थाहा पाएँ । यसरी पित्तथैली नै फाल्दा त्यसले गर्ने काम केले गर्छ ? यसले गर्ने काम के–के हुन् र अब ती काम कसरी सुचारु होलान् ? बताइदिनुहुन्थ्यो कि ?
श्यामराज पाठक, बनेपा, काभ्रे

पाठकजी, तपाईंले भनेको कुरा सत्य हो । पित्तथैलीमा पत्थरको अप्रेसन गर्दा पित्तथैली नै निकालिन्छ । पत्थर मात्रै निकालेर फ्याँक्न सम्भव नभएर यसो गर्नुपरेको हो । पित्तथैलीको वरिपरिको झिल्ली पातलो हुनाले अप्रेसनपछि सिलाउन नमिल्ने, फेरि पत्थरका टुक्रा सबै निकाल्न पनि गाह्रो हुने, पित्तथैलीको झिल्लीमा रक्तनली नहुने र यो अर्कै जोड्ने तन्तुले बनेको हुनाले घाउ निको पार्न नसकिने हुनाले पित्तथैलीमा प्वाल बनाएर पत्थर मात्रै निकाल्न नसकेको हुनुपर्छ । साथै पित्तथैली नभए पनि परहेज गरेर जीवन निर्वाह सहजै गर्न सकिने हुनाले पनि पित्तथैली नै फ्याँक्ने गरेको होला । पित्तथैलीको काम पित्त भण्डारण गर्ने र आवश्यक पर्दा अलि–अलि निष्कासन गर्ने हो । पित्तथैली नै हटाएमा पित्तरस अलि–अलि गरी आफैं आन्द्रामा जान्छ । बोसोजन्य खाना पचाउन पित्तको आवश्यकता पर्ने हुँदा पित्तथैली हटाएपछि गहन र बोसोयुक्त खाना नखाने, सादा खाना खानेजस्ता सल्लाह दिने गरिन्छ ।

मदिराको ह्याङओभर महले हटाउँछ

Posted by Unknown | | Posted in


मदिरा सेवनबाट क्षणिक आनन्दको अनुभूति त होला तर यसमा रहेको एसिटालडिहाइड विषाक्त हुने भएकाले शरीरमा यसले नकारात्मक असर पनि पार्न सक्छ । यस विषाक्त तत्त्वले टाउको दुख्ने, चक्कर लाग्ने र उल्टी आउनेसमेत हुन सक्छ । यति मात्र नभएर लामो समयसम्म ह्याङओभर भइरहन्छ । 

रोयल सोसाइटी अफ केमेस्ट्रीका शोधकर्ताका अनुसार मदिरा सेवनबाट हुने ह्याङओभर हटाउन महको सेवन प्रभावकारी हुन्छ । महमा पाइने फ्रुकटोसले शरीरमा हुने मदिराको कुप्रभाव हटाउँछ । त्यसैले महको सेवनपछि मदिरामा पाइने एसिटालडिहाइड विषाक्तको प्रभाव कम हुँदै जान्छ र बिस्तारै ह्याङओभर पनि खत्तम हुन्छ । यस शोधकर्ता दलका प्रमुख डा. जान एमस्लेका अनुसार ब्रेड वा टोस्टमा मह लगाएर खानाले शरीरमा पोटासियम र सोडियमजस्तो फाइदाजनक तत्त्व प्राप्त हुन्छ । यसले मदिराको कुप्रभाव हटाउँछ । डा. एमस्ले भन्छन्– ‘बिहान एक गिलास दूध र बेलुका सुत्नुभन्दा अगाडि पानी वा शीतल पेयपदार्थ पिउनाले पनि मदिराको असर कम हुन्छ ।

जीवन स्वस्थ वनाउने तरिका

Posted by Unknown | Wednesday, March 11, 2015 | Posted in

पुष्पराज अधिकारी

रक्तचाप जचाउने
रक्त चाप जाँच्नु भनेको साइकलमा हावा जाँच्नु जस्तै हो । यो कम खर्चिलो र स्वास्थ्यमा कुनै प्रभाव नपर्ने कार्य हो । कति मानिसको परिवारमा नै उच्च रक्तचापको समस्या हुन्छ । र त्यसको वंशानुगत प्रभाव पर्छ । कतिको खानामा नुनको मात्रा धेरै हुन्छ । तनावमा वस्ने, मोटोपन हुने, धुमपान वा मद्यपान गर्ने व्यक्तिहरु पनि उच्च रक्तचापको शिकार हुनुे डर धेरै हुन्छ । रक्तचापको नियमित परीक्षण गराउनेहरु हृदयघात वा मष्तिष्कघातवाट जोगिन सक्छन । उच्च रक्तचाप आज जटिन हुन थालेको छ । आजको जीवनशैलीमा सवैले रक्तचापको नियमित परीक्षण गराउनु आवश्यक छ ।

ठिक्क पिउने
अलिअलि मद्यपानले मुटुलाई फाइदा पनि गर्छ । तर त्यसको मात्रा वढ्यो भने कलेजोको सिरोसिर हुन्छ । अहिले सिरोसिस बोसो जमेो कलेजो र कलेजोको क्यान्सर पश्चिम युरोपमा मृत्युको बाह्रौंकारण भएको छ । रक्सीका कारण हुने झै झगडा र दुर्घटना जन्य मृत्युको त हिसावै अर्कै छ ।

सक्रिय रहने
मान्छेका शरिर बसिराख्नका लागि होइन , चलायमान रहिरहनका लागि बनेको हो । त्यसैले धेरै वस्नु स्वास्थ्यका लागि राम्रो होइन । मानसिक र शारीरिक व्यायाम एवं श्रमले मानिसलाई स्वस्थ वनाउँछ । रोगहरु घटाउँछ । गतिशिल शरीर मनले मानिसको आत्मसम्मान वढाउँछ । डिप्रेसन र चिन्ता घटाउँछ । कतिपय व्यायम गर्ने भन्ने प्रश्नो जवाफ सजिलो छैन । तर मानिसले सक्रिय नै रहन पर्छ ।

धमपान नगर्ने
धुमपानले जीवन छोट्याउने मात्र होइन, मर्नु अघि नै निकै दुःख पनि दिन्छ । मुटुका रोग र फोक्सोको क्यान्सरका कारण जीवनको अन्तिम समय कष्टकर बनाउनेमा पनि धूमपानको भूमिका छ । लामो समय सम्म धूमपान गर्ने मध्येका आधासरो व्यक्तिले ७० वर्ष काटदैनन् ।

पीर नमान्ने खुुसी रहने
पीर चिन्ता लिन कसैलाई पनि रहर हुदैन । तर पनि मानविय क्रियाकलापका आधारमा मानिसलाई पिर चिन्ता हुने गर्दछ । एक सर्वेक्षण अनुसार बेलायत धेरै चिन्ता गर्ने देशहरुको लहरमा पन्ध्रौ स्थनमा पर्दो रहेछ । खासमा अनावश्यक पीर र चिन्ताले समस्या समाधान त गर्दै गर्दैन उल्टो थप समस्या ल्याइ दिन्छ यसर्थ स्वस्थ रहन पिर चिन्तालाई हटाउनु पर्छ ।

ताजा अन्न पात खाने
हिजो आज मानिसहरु विभिन्न प्रकारका रंगिन खाद्यपदार्थहरु खान रुचाउछन् । भुटेको तारेको माछा मासुमा मानिसका मन वढी गएको पाइन्छ । वास्तवमा यो स्वस्थ्यको लागिहानिकारक छ । यसरी यस्ता खाद्य पदार्थ खाँदै गर्दा हाम्रो शरीरमा क्याल्सियम तथा दुध जन्य पदार्थको कमी हुदै गएको छ । यसले गर्दा मानिसमा माटोपना वढन गइ विरामी हुने गरेका पाइन्छ । मानिसमा हुने मोटोपन संसारकै मृत्युको चौथोकारक तत्व बनेको छ ।

सावधान ! धेरै अदुवा खानु हानिकारक हुन्छ

Posted by Unknown | | Posted in ,



jinger
अदुवाको सेवन हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले कतिपय पेटका रोगबाट छुटकारा दिलाउँछ । तर आवश्यकता भन्दा बढि अदुवा खानाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पूराउने कुरा हामीलाई थाहा नहुन सक्छ । विज्ञहरुका अनुसार धेरै अदुवाको सेवनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्या सिर्जना गर्दछ ।
गर्भावस्थाको समयमा महिलाले धेरै अदुवा सेवन गर्नाले पाठेघरमा विकशित भैरहेको भ्रुणको सेक्स हर्मोनमा असर पूराउँछ । निकै धेरै अदुवा खानाले गर्भपातको जोखिम समेत हुने बताइन्छ । साथै बढि अदुवा खानाले गर्भवती महिलामा सुत्केरी हुने समयमा धेरै रगत बग्ने जोखिम निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।
यद्यपि गर्भवती महिलाले थोरै मात्रामा अदुवा चपाउनु फाइदाजनक नै हुन्छ र यसले बिहानीपख हुने वाकवाकी रोक्न मद्दत गर्दछ । तर सुत्केरी हुने समय नजिकिएपछि गर्भवती महिलाले अदुवाको सेवन नगर्नु नै राम्रो हुने विज्ञहरुको सल्लाह छ ।
अदुवामा हुने तत्वले रगत जम्ने अर्थात् ब्लड क्लटिङको क्रियालाई धीमा बनाइदिन्छ । साथै यसले रगतमा ग्लुकोजको मात्रालाई समेत कम गरिदिन्छ । औषधि सेवन गरिरहेका मधुमेहका रोगीले अदुवाको सेवन गर्नु लाभदायक मानिँदैन । अदुवाले उनीहरुको रगतको ग्लुकोजको मात्रा अस्वभाविक रुपमा निकै कम गरिदिने खतरा हुन्छ ।
धेरै अदुवाको सेवन गर्नाले मानिसमा अनिद्राको समस्या समेत उत्पन्न हुनसक्छ । महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले तरकारी वा अचारमा अदुवाको मात्रा घटाउनु आवश्यक हुन्छ । धेरै अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा समेत बढ्ने बताइन्छ ।
अदुवाको सन्तुलित मात्रा भने सरीरका लागि लाभदायक नै हुन्छ । विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ ।-एजेन्सी @onlinekhabar

सहवासको तयारीमा हुनुहुन्छ ? यी चिज नखानुस्

Posted by Unknown | | Posted in


sexual-monotonyसहवासका लागि उर्जावर्धक खानेकुराहरुका बारेमा धेरैलाई थाहा होला । त्यसैले रात्रीकालीन सहवासलाई उर्जादायक बनाउन बेलुकीको खानामा कस्ता कस्ता परिकार समावेश गर्ने भन्ने विषयमा धेरै मान्छेले आफुलाई जानकारी भएको बताएपनि सहवासको तयारीमा रहेकाहरुले कस्ता खानेकुराहरु खानु हुँदैन भन्ने बारेमा भने थाहा नहुनसक्छ ।
हामीले खाने खानेकुराहरुले आफ्नो यौनेच्छालाई सकारात्मक र नकारात्मक दुबै तरिकाले प्रभावित गर्छन् । त्यसैले यौन सम्पर्कको तयारीमा हुनेहरुले आफुले खाने परिकारमा ध्यान दिनैपर्छ ।
केही खानेकुराहरुमा एन्टी एफ्रोडायासिक अर्थात् यौनबर्धक प्रतिरोधी गुण हुन्छ । त्यसैले सहवासको अगाडि त्यस्ता खानेकुराहरुले खानाले मानिसमा यौन इच्छामा कमी आउँछ । सहवास अगाडि खान नहुने केही खानेकुराहरु यी हुन्-
rade wine१. चिज- दुग्धजन्य पदार्थ विशेषगरी चिजलाई यौनइच्छा मार्ने खाद्यपदार्थको रुपमा लिइन्छ । सहवास अगाडि चिज नखानु राम्रो हुन्छ ।
२. सिमी- सहवास अगाडि सिमी तथा गेडागुडी समेत नखानु राम्रो हुन्छ । यसले पाचन क्रियालाई बढि व्यस्त बनाउने र पाचनमै उर्जा खपत हुने भएकाले मानिसलाई अल्छी तथा यौनिक रुपमा कम सक्रिय बनाउँछ ।
३. रातो मासु- सहवास गर्नु अगाडि रातो मासुको सेवन लाभदायक हुँदैन । खासगरी पाचन क्षमता राम्रो नभएका तथा बढि ग्यास पैदा गर्ने मानिसहरुलाई रातो मासुको सेवन गरेको लामो समयसम्मै जिउ पूरै थकानयुक्त बनाइदिन्छ । त्यसैले त्यस्ता व्यक्तिहरुमा तत्कालका लागि यौन इच्छा कम भइदिन्छ ।
४. टोफु- टोफु लगायतका भटमासजन्य पदार्थहरुमा फाइटोस्ट्रोजेन हुन्छ । यसको बढि सेवनले सरीरमा टेस्टेस्टेरोन हर्मोनको मात्रा घटाइदिन्छ जसका कारण यौनइच्छा कम हुन्छ ।
५.ड्राइ फुड तथा बोतलबन्द तयारी खानेकुराहरु- प्रोसेस्ड फुडहरु तथा कम पोषण भएका तयारी खानेकुराहरु जस्तै ड्राइफुडहरुको सेवन समेत सहवासका लागि सहयोगी हुँदैन । सहवास अगाडि यस्ता खानेकुराको सेवनले यौनेच्छा घटाउन सहयोग गर्छ ।
६. रेड वाइन- यद्यपि थोरै मात्रामा रेड वाइनको सेवन कामोत्तेजना बढाउन सहयोगी हुन्छ र यसले सरीरमा रक्त प्रवाह बढाउँछ । तर यसको मात्रा बढि भयो भने परिणाम उल्टो हुन्छ ।
७. इनर्जी डि्रंक्स- इनर्जी डि्रंक्सको सेवनले जिउमा उर्जा प्रवाह गर्ने र सम्भोगलाई थप उर्जाशील बनाउने सोँचाइ धेरै मानिसको हुनसक्छ । तर इनर्जी डि्रंक्सले सहवासलाई उर्जाशील होइन निकम्मा बनाउने खतरा हुन्छ । यस्ता पेय पदार्थमा उच्च मात्रामा चिनी तथा कृत्रिम रंग र स्वादजन्य पदार्थहरु हुन्छ । यसले कामोत्तेजनालाई क्षयिकरण गर्ने खतरा हुन्छ ।
८. ब्रोकाउली- ब्रोकाउलीको सेवनले सरीरमा रहेका विषाक्त पदार्थलाई निर्मल्ीकरण गर्नुका साथै पोषक तत्वहरुले जिउमा अनेक फाइदा पूराउँछ । तर धेरैलाई थाहा नहुन सक्छ ब्रोकाउलीले तत्कालका लागि कामोत्तेजना कम गरिदिन्छ । ब्रोकाउलीमा सल्फोरेफेन र इन्डोल थ्री कार्बिनोल जस्ता रसायन हुन्छन् जसले सरीरमा वेस्ट्रोजेन हर्मोनको मात्रा घटाउने र कामोत्तेजना घटाउने काम गर्छन् । त्यसैले रात्रीकालीन सहवासलाई रोमान्चक तथा उर्जाशील बनाउनका लागि बेलुकीको भोजनमा ब्रोकाउलीको तरकारी नखानु राम्रो हुन्छ ।
९. पुदिना- पुदिनामा मेन्थोल तत्व हुन्छ जसले सरीरमा टेस्टेस्टेरोन हर्मोन घटाउने काम गर्छ । यो हर्मोन कम हुँदा मानिसको यौनेच्छामा कमी आउँछ । त्यसैले सहवास अगाडि पुदिनाको चटनी नखानु राम्रो हुन्छ । @onlinekhabar
-

गर्भमा रहेका शिशु छोरा हो कि छोरी आफै थाहाँ पाऊँ

Posted by Unknown | Tuesday, March 10, 2015 | Posted in ,

अब जानकारीको लागि गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा अब सजिलो उपाय छ ,जो चाहि सुँघेर नै थाहा पाउने एक अध्ययनले बताएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेका हुन् ।
उक्त नयाँ अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरिरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ जबकि छोरी भएको अवस्थामा भिन्न प्रकारको गन्ध आउने गर्दछ । यो गन्धको आधारमा गर्भवती महिलाले छोराको जन्म दिँदैछिन् कि छोरीको जन्म दिँदैछिन् भन्ने थाहा हुन्छ ।
लीमर प्रजातिको बाँदरमा गरिएको थियो परिक्षणः
युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परिक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् ।
यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् ।  डेली मेल स्रोत मा उल्लेख गरिएको छ ।
ब्लड हर्मोनमा हुँदैछ परिवर्तनः
गर्भावस्थाको दौरान महिलाहरुको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढि मात्रामा हुने गर्दछ ।
छोरा छ भने तेज गन्धः   गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।
मानिसहरुमा पनि यस्तै सम्भवः   लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा÷छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन ।
Source- Osnepal

श्रीमान्को मसितको यौनसम्बन्धमा रुचि छैन

Posted by Unknown | Friday, March 6, 2015 | Posted in



करूणा कुँवर, मनोविद्



म ३३ वर्षीया महिला हुँ । बाहिरबाट म सामाजिक एवं आर्थिक रूपमा सम्पन्न देखिन्छु । मेरा श्रीमान् ३६ वर्षको हुनुहुन्छ । हाम्रो विवाह भएको छ वर्ष भयो । अहिलेसम्म हाम्रो सन्तान भएको छैन । दुई वर्षसम्मको यौनसम्बन्धको कुरा गर्ने हो भने पूर्ण सन्तुष्टि थियो, तर अहिले उहाँ मसँग रिसाउने, यौनसम्पर्कका बेला र्झकने, मन छैन भन्ने गर्नुहुन्छ । म यौनसम्पर्क राख्न रुचाउँछु अनि उहाँलाई निक्कै माया पनि गर्छु । यस्तो समस्या उहाँलाई यौनसम्पर्क गर्न इच्छा नभएर हो कि कुनै चिकित्सकीय कारणले हो वा उहाँको अन्य कुनै महिलासँगको सम्बन्धले गर्दा उत्पन्न भएको हो ? म निकै दुविधामा छु । 


ओ.

तपाईंको श्रीमान्को यौनचाहना समयअनुसार कम हुँदै गएको हो वा पहिलेदेखि नै कम थियो भन्ने कुरा अझ विस्तृत रूपमा बुझ्नु आवश्यक हुन्छ । यदि समयअनुसार कम हुदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पत्ता लगाउनुपर्छ । किनभने यस्ता समस्याका स्रोत धेरै हुन सक्छन् । अहिले तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक हुन्छ । प्रश्न पढ्दा एकअर्काप्रतिको सम्मान गर्ने स्वभावमा कमी आउन थालेको अनुमान गर्न सकिन्छ । त्यसको कारण एकअर्काप्रतिको आकर्षणमा कमी वा परस्त्रीसँगको सम्बन्ध पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत अनेकौं हुन सक्छन् । तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ । हाम्रो समाजमा धेरै मानिसले दुई दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपुर्ण संवाद, एकअर्काप्रति गरिने आदर-सम्म्ँान तथा यौनसम्बन्धलाई त्यति महत्व दिइएको पाइँदैन । 

श्रीमान्को मसितको यौनसम्बन्धमा रुचि छैन— श्रीमतीको मनमा बस्ने यस्तो विचारले उनको आत्मविश्वासलाई पूर्ण रूपमा प्रभावित गर्छ । यो कुराले श्रीमान्को मनमा उनीप्रति प्रेम रहेन भन्ने भावना सिर्जना गर्छ । यो शंकाले कतै उनको श्रीमान्को जीवनमा अर्की महिला त छैनन् भन्ने शंकासमेत उब्जाउन सक्छ । श्रीमान्को यौनप्रति कम भएको रुचिलाई कलहको कारण बनाउनु वा आफूलाई दोषी मान्नुभन्दा यो समस्याको मूल कारणसम्म पुग्न श्रीमान्-श्रीमती दुवैले आपसमा खुलेर कुराकानी गर्नु आवश्यक छ । यस्तो समस्याको कुनै चिकित्सकीय कारण पनि हुन सक्छ । मधुमेहजस्ता केही बिरामीका कारण पुरुषको कामशक्तिसम्बन्धी ऊर्जामा कमी आउन सक्छ । बढ्दो उमेरका साथ टेस्टोस्टेरोन हार्मोनको कमी पनि यौनसम्बन्धी अरुचिको कारण हुन सक्छ । 

यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो । चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्नेमा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या उत्पन्न भएका धेरै उदाहरण छन् । विवाहपछिको यौन सम्बन्धका बारेमा विभिन्न अध्ययन भएका छन् । ती अध्ययनअनुसार लगभग ८० प्रतिशत विवाहको दुईदेखि तीन वर्षको अवधि एकअर्काप्रतिको आकर्षण, रमाइलोपन कायम रहने अवस्था हो । त्यसकारण तपाईंको श्रीमान्मा यौन निष्क्रयतासम्बन्धी कुनै समस्या भएको हुन सक्छ । यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । यदि तपाईंको यौनचाहना बढी र श्रीमान्को कम हो भने यसलाई अस्वाभाविक भन्न मिल्दैन । किनभने हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ, यदि यौन चाहना घटीबेसी होे भने दुई व्यक्तिको यौनइच्छा भिन्नताका बारेमा बुझ्नु आवश्यक हुन्छ । कोही दैनिक त्यस्तो सम्बन्ध चाहन्छन् भने कोही महिनामा एक-दुई पटक । तपाईंहरू दुवैले कहिलेकाहीं हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन । आफ्ना श्रीमान्मा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाइर्ंहरू दुवैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एक-अर्काको यौनचाहनालाई सम्मान दिने भनेर चिन्तन गर्नु उचित हुन्छ । यसरी एक-अर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हाँसखेल गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुबि्रकेन्ट्स प्रयोग गर्ने, एकअर्काको शरीर तथा भावनालाई बुझ्नु प्रयास गर्ने कामहरू गर्नुहोस् ।

    Popular Posts