Published On:Sunday, May 3, 2015
Posted by Tekman Shakya

प्रधानमन्त्री राहत कोषमा यती डेभलपमेन्ट बैंकको १० लाख रुपैयाँ सहयोग

काठमाडौं, वैशाख २० । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था यती डेभलपमेन्ट बैंक लिमिटेडले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । बैंकले आइतबार विज्ञप्ती निकालेर राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको जनाएको हो ।

बैंकले २०७२ बैशाख १२ गते शनीबार देशमा आएको महाबिनाशकारी भुकम्पबाट पुग्न गएको अपुरणीय मानबीय तथा भौतीक संरचनाहरुमा भएको क्षती प्रती यती गहिरो दुःख ब्यक्त गर्दै मृतक आत्माहरुको चिर शान्तिको कामना तथा घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गरेको छ ।

यस्तै कर्मचारीहरुकोे तर्फबाट ३ दिनको तलब बराबरको २ लाख उन्नाईस हजार रुपैयाँ राहत सामाग्री खरीद प्रयोजनको लागी उपलब्ध गराउने बैंकले जनाएकोे छ । बैंकको चरीकोट शाखा र पालुङ्ग शाखाहरुले पनि चाउचाउ, चामल, त्रीपाल प्लाष्टिक, म्याट्रेस लगायत अन्य खाद्य सामाग्रीहरु सम्बन्धित जिल्लाको प्रकोप उद्धार समीती मार्फत पिडितहरुलाई राहत स्वरुप बितरण गरेको विज्ञप्तीमा भनिएको छ ।

0 comments for "प्रधानमन्त्री राहत कोषमा यती डेभलपमेन्ट बैंकको १० लाख रुपैयाँ सहयोग"

Leave a reply

    Popular Posts

    Blog Archive