Published On:Sunday, May 3, 2015
Posted by Tekman Shakya
टोकियोमा गरियो भुकम्पमा ज्यान गुमाएकाको सम्झना
जापानका लागि नेपालीमाटो सम्पादक, प्रकाश पन्थी
मे ३, टोकियो,
जापान, नेपालमा गतशनिवारको विनाशकारी भुकम्पमा परि ज्यानका गुमाएकाहरुको सम्झना स्वरुप जापानकोराजधानी टोकियोमा आइतवार दिप प्रज्वलन तथा शोकसभा गरिएको छ ।
मृतकहरुको सम्झनामा जापानबासी नेपालीले दिपप्रज्वलन गरि श्रद्धान्जली अर्पण गरेका हुन् । उनीहरुले प्रभावित क्षेत्रमा पुग्न नसकेर पिडितलाई राहत वितरण तथा उद्धार कार्यमा भएको ढिलाई प्रति गम्भीर चिन्ता समेत जनाए ।
उनीहरुले विनाशकारी भूकम्पमा परि ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै एकमिनेट मौनधारण गरे । कार्यक्रममा नेपाली राजदुत मदन कुमारभट्टराइले अस्वाभाविक र अकल्पनिय घटनाका कारण मानविय तथा भौतिक क्षति भएको भन्दै पिडितका लागि सहयोग गर्न सबैनेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
तत्कालका लागि पिडितहरुको उद्धारमा सघाउनु नै सबैभन्दा ठूलो मानविय धर्म भएको भन्दै राजदुत भट्टराईले घाइते तथा अंगभंग भएकालाई शिघ्रस्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासघं जापानशाखाका अध्यक्ष तिलक मल्लले विनाशकारी भूकम्पमा परि मृत्यु हुनेसबैलाई चिरशान्तिको कामना र बेपत्ता तथा घाइतेहरुको उद्धारमा ढिलाई गर्न नहुने भन्दै पिडितहरुलाई आघात पुर्याउने काम गर्न नहुनेतर्फ सचेत गराउनु भयो ।
तत्कालका लागि जुनसकैपक्षबाट भएपनि पिडितका लागि उद्धारको कार्य नै पबित्र हो । त्यसका लागि हामी विदेशमा रहेपनि नेपालको बिपत्तीमा सगैं छौं, मल्लले भन्नुभयो ।
जापान नेपाल सोसाइटीका पूर्वउपाध्यक्ष डा.इतो युकीले नेपालीको पिडालाई कसैले पनि टुलुटुल हेरेर बस्न नसक्ने भन्दै सहयोगका लागि आफुहरु लागिपरेको बताउनुभयो । युकीले नेपाल र नेपालको उद्धारका लागि जापानी नागरिकले समेत सक्रियता देखाएको बताउनुभयो ।
युकीका अनुसार भुकम्प पिडितका लागि भनेर जापानी नागरिकहरुकै पहलमा प्रत्येक पसल तथा ठुलाठूला सुपरमार्केट देखी होटल रेष्टुरेन्टमा समेत दानपात्र राखिएको छ । दानपात्रमा भुकम्पबाट पिडित नेपालीलाई सहयोग गरि मानवधर्म निभाउन आग्रह गरिएको छ ।
स्मरण रहोस नेपालका भुकम्प पिडितको उद्धारका लागि राहत संकलनमा जापानमा बिश्वविद्यालय देखी विद्यार्थी पनि उत्तिकै सक्रिय भएर लागेका छन् । फुकुओका ओसाका,नागोया,टोकियो लगायतका स्थानमा अहिलेपनि राहतसंकलन कार्य भइरहेको छ ।
एनआरएन जापानको पहलमा यहा क्रियाशिल २ दर्जन बढी सघंसस्थाले राहत संकलनमा खटिएका छन् । नेपाली दुतावासले पनि राहत संकलनका लागि निजीक्षेत्रका व्यवसायीलाई समेत नेपालको बिपतमा सघाउन अनुरोध गर्दै आएको छ ।
दुतावासको पहल तथा नेपालीहरुको सक्रियतामा डेढअर्ब भन्दा बढी रकम जापानबाट मात्रै संकलन भएको छ ।



