Published On:Sunday, May 3, 2015
Posted by Tekman Shakya
दाहसंस्कार गर्न लाग्दा शव प्रहरीले लियो
इलाम, २० वैशाख । दाहसंस्कार गर्न लागिएको एक महिलाको शवलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले घाटबाट उठाएको छ । हत्या गरी दाहसंस्कार गर्न लागेको खबर स्थानीयवासीले दिएपछि पाँचथरको अमरपुर–९ स्थित माइतीमा बस्दै आएकी शान्ता तामाङको शव प्रहरीले घाटबाट उठाइ शव परीक्षणका लागि शव गृहमा पु¥याएको छ ।
उपचारका क्रममा झापाको मनमोहन अस्पतालमा मृत्यु भएको बताएर शनिबार इलाम नगरपालिकाको गुम्बाडाँडामा दाहसंस्कार गर्न एक्लैले शव लिएर आएपछि शङ्का उत्पन्न भएको थियो ।
अस्पतालको डेथ सर्टिफिकेट देखेपछि चुरेघाटी संवद्र्धन गर्न बनेको कमिटीले शव जलाउन अनुमति दिएको थियो । शव निकाल्दा शवको पेट ठूलो देखेपछि हामीले केरकार ग¥र्यौं, समितिका सचिव चन्द्र तामाङले भन्नुभयो, “अनि महिलाको पति तथा अन्य आफन्तको फोन नम्बर माग्दा पनि मृतकका दाजुले नदिएपछि प्रहरीलाई खबर गर्नुपरेको हो ।
प्रहरीले शव नियन्त्रणमा लिएर शव परीक्षण गर्न अस्पताल पठाएको हो । प्रहरीले मृतकका दाजु पशुपति तामाङलाई नियन्त्रणमा लिएको छ । पशुपतिले बहिनीको मृत्यु दमको रोगले भएको बयान दिएको प्रहरी निरीक्षक याम पौड्यालले बताउनुभयो ।
मृतकका पति वैदेशिक रोजगारमा छन् । रासस


