Published On:Friday, May 8, 2015
Posted by dadad
आईएमई र ग्लोबल आईएमईको प्रधानमन्त्री राहत कोषमा साँढे २ करोड सहयोग
२५ वैशाख, काठमाडौं । आइएमई लि र ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा दुई करोड ५० लाख रुपैयाँ प्रदान सहयोग प्रदान गरेका छन् ।
आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भएको क्षतिको उद्धारका साथै पीडितलाई सहायता उपलब्ध गराउन र पुनःनिर्माणका लागि रकम उपलब्ध गराइएको आइएमईले जनाएको छ ।
भूकम्पपीडितका लागि आइएमई लि र ग्लोबल आइएमई बैंकले यसअघि पनि सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रामेछाप, रसुवा, ललितपुर, काठमाडौँ र मकवानपुरमा खाद्यान्नलगायत राहत सामग्री पनि वितरण गरिसकेका छन् ।



