Published On:Monday, May 4, 2015
Posted by dadad
११ जिल्लाका ११ गाउँमा नेतृ कोइरालाले घर बनाईदिने
२१ वैशाख, विराटनगर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले भुकम्प प्रभावित ११ जिल्लाका ११ गाउँमा घर निर्माण गरिदिने घोषणा गरेकी छिन् ।
उनले अति प्रभावित ११ जिल्लामा आफ्नै खर्चमा घर निर्माण गरिदिने घोषणा गरेकी हुन् । विराटनगरमा सोमबार प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले ११ गाउँमा ‘स्माल टाउन’ निर्माण गरिदिने बताएकी हुन् ।
जीपी कोइराला फाउण्डेसन मार्फत एघार वटा गाविसका ११ गाउँलाई सुविधा सम्पन्न घर निर्माण गर्ने कोइरालाले बताएकी हुन् । संस्थाकी संयोजक समेत रहेकी नेतृ कोइरालाले आफैं घर बनाइदिने भने पनि चीनको सहयोगमा भूकम्प पीडितलाई सहयोग गर्ने बुझिएको छ । घर निर्माणका लागि दातृ राष्ट्रहरुलाई आग्रह गरिने उनले बताएकी छन् ।
कोइरालाले एघार गाविसमा बाटो, पुल पुलेसा, स्वास्थ्य चौकी, विद्यालय, विद्युतदेखि अन्य भौतिक पूर्वाधारलाई समेत मध्यनजगर गर्दै घर निर्माण गरिदिने बताएकी छन् ।
नेतृ कोइरालाले भूकम्पबाट बढी क्षति पुगेको गाविस छनोट गर्ने बताउँदै सहयोग र निर्माणमा विदेशी दाताबाट समेत सहयोग प्राप्त हुने जानकारी दिइन् ।



