Published On:Sunday, May 3, 2015
Posted by my storry

अत्यन्तै जोखिम ठाँउमा विदेसी उद्धारटोलीले काम गर्दै

वैशाख २१ गते , 
बैशाख १२ गते शनिवार दिउसो गएको महाभुकम्पले देशका विभिन्न भागमा धेरैधनजनको बिनास भएको छ । डाइनेस्टीक फाउन्डेशन नेपालको संयोजनमा इन्टरनेशनल भोलेन्टीयर्स मिनिन्सटर युसएको  टोलीले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाँउमा रातदिन उद्धारका कार्यहरु गरिरहेका छन् । बिशेषगरी यस टोलीले अत्यन्तै जाखिम भएको ठाँउमा काम गर्ने तालिम प्राप्त उद्धारकर्मीहरुले बाटोमा पहिरो खसि पुरिएका मानिसहरको उद्धार साथै त्यहाँबाट निकाल्न नसकिरहेका सबहरुलाई निकाल्ने कार्य गर्दे आएका छन । यो उद्धार टोलीमा २५ जनारहेका छन् । विभिन्न ठाँउहरुमा सम्वन्य र काम गर्नको लागि र स्थानिय बासिन्दाहरुसित भाषा सम्वन्य गर्न मानवअधिकारकर्मी गणेश घिमिरे गर्दे
आएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको तातोपानी जाने बाटोमा पर्ने धेरै डरलाग्दो महाभीर भन्ने ठाँउमा बाटोमा गेडिरहेका सवारी साधान माथि पुरै पहिरो खसेको छ । जसले गर्दा त्यहाँ बाटोमा हिड्दै गरेका मानिसहरु पनि त्यो पहिरो किचेर मरेको अनुमान त्यहाँका स्थानिय बासिन्दाहरुले बताएका छन् । हिजो २ घन्टाको लगातार काम गरेपछि पहिरोले पुरेको बसभित्रबाट एक महिलाको लाश निकालिएको छ । जसकार्यका नेपाली टोलीले सघाँएको थियो । धेरैदिन भएको कारण गर्दा ती लाश अत्यन्तै दुरगन्धित छन् । त्यो महाभीर खसेर तातोपानी तर्फ जाने बाटो पनि अबुरुद्ध भएको छ ।

0 comments for "अत्यन्तै जोखिम ठाँउमा विदेसी उद्धारटोलीले काम गर्दै"

Leave a reply

    Popular Posts

    Blog Archive