Published On:Sunday, May 3, 2015
Posted by dadad

आफन्त र कार्यकर्तालाई मात्र राहत

राजेन्द्र न्यौपाने, 
२१ बैशाख, गोरखा । विनाशकारी भूकम्प गएको आज दशौं दिन भईसक्दा पनि गोरखामा भूकम्प पिडितहरुले अझै राहत पाउन सकेका छैनन् । 

एकद्धार प्रणालीबाट वितरण गरिएको भनिएको राहत नेतागणहरुले आफ्ना नातागोता र कार्यकर्ताहरु तर्फ केन्द्रीत गरेका छन् । 

गोरखा नगरपालिकाको कुमाल बस्ती लगायत बेनिखोला क्षेत्रमा कुनै राहत पुग्न सकेको छैन । मृतकका परिवारजनहरुलाई दुईवटा चाउचाउ र एक माना चिउरा वितरण गरिएको छ, यो खबर बक्राङको हो । 
जिल्लामा ४६ हजार घरधुरी पूर्ण रुपमा नष्ट भएका छन् । १४ हजार घरधुरी बस्न नहुने गरी भत्किएका छन् । ४१० जनाले ज्यान गुमाईरहेका छन् । १६ सय जना घाइतेहरुको उपचार भईरहेको छ । 

हेलिकप्टर मार्फत भएका ढुवानी सम्बन्धित क्षेत्रमा पुग्न सकेका छैनन् । भुकम्प गएको आज दश दिन हुँदा गुम्दा गाविसको यम गाउँ र लप्सीबोटमा कुनै समान पुग्न सकेको छैन । उत्तरी गोरखाका उहिया, सामागाउँ, ल्हो, प्रोक, चुम्चेत छेकम्पारका गाउँ गाउँमा खाद्य सामग्री पुग्न नसकेको गोरखा निर्वाचन क्षेत्र नं। ३ का सभासद छम बहादुर तमुले बताए । 

यसैवीच एक हजार बोरा चामल बोकेर सुनसरीबाट आएको ट्रकको समान हराएको दुई दिन भैसक्दा पनि अझै पत्ता लाग्न सकेको छैन । भूकम्प पिडित जनधनको अवस्थाका बारेमा जानकारी लिन सभासद डाक्टर बाबुराम भट्टराई, हितराज पाण्डे, कृष्ण धिताल, छम बहादुर तमु, चिनकाजी श्रेष्ठ, कमला पन्त गोरखा आईपुगेका छन् । 

सभासद तमु, पाण्डे १३ गते देखिनै जिल्लामा खटिएका छन् । नेता पाण्डेले गोरखा निर्वाचन क्षेत्र नं। २ का सबै गाविसको स्थलगत अवलोकन गरी फर्किएका छन् । नेता भट्टराई यतिबेला क्षेत्र नं. १ को स्थलगत दौडाहामा रहेका छन् । श्रेष्ठ र पन्त जिल्ला विकास समितिको केन्द्रमा रहेका छन् भने नेता तमु र धिताल यतिबेला घ्याम्पेसाल पुगेका छन् । 

जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा सह सचिव नेतृत्वमा डिपो स्थापना गरिएको छ । घ्याम्पेसालमा सह–सचिव विष्णुप्रसाद नेपाल, क्षेत्र नं. २ मा सह–सचिव कपिल डंगोल र क्षेत्र नं. १ मा सह–सचिव रविन्द्र मोहन भट्टराईको टोली खटिएको छ । 

0 comments for "आफन्त र कार्यकर्तालाई मात्र राहत"

Leave a reply

    Popular Posts

    Blog Archive