Published On:Sunday, May 3, 2015
Posted by my storry

भारतिय सेना चीन प्रवेश गरेपछि २ सयको मृत्यु

वैशाख २१, गणेश घिमिरे 
पहिलो दिनको ७.८ रेक्टर स्केलको महाभूकम्पले विचल्लीमा परिरहेका बेला आफनो ज्यान जोगाउनको लागि नेपालका सिमाक्षेत्रका करिव ५ सय व्यक्ति सुरक्षित स्थानको खोजी गर्दै पहिलो दिन नै चीनको खास्सा पुगेका थिए । 
त्यहाँ पुगेका भुकम्प पीडितहरुलाई चीन सरकारले बस्नेदेखि खानेसम्मको राम्रो व्यवस्था गर्दे आएको थियो । भूकम्प पीडितलाई सहयोग गर्ने निहुँमा भारतीय सेनाको हेलिकप्टर एकास्सी चीन प्रवेश गरेपछि सवै नेपालीलाई चीन सरकारले सिमा बाहिर जान आदेश दिएको थियो । 
त्यहाँ आश्रय लिइ बसेका पीडितहरुलाई त्यसपछि चीनले भगायो । लस्करै लागेर घर फर्किने क्रममा सोमवार फेरी ६.८ रेक्टर स्केलको अर्काे ठूलो भूकम्प गयो । 
चीन सरकारको आदेशमा खास्साबाट लाम लागेर सिन्धुपाल्चोकवासीहरु घरफर्किदै गरेका रेशम शर्माले भने ‘हामी ५ सय भन्दाबढी फर्किदै थियो, त्यही बेला सडकमा ठूलो पहिरो गयो, र २ सय भन्दबढी सिन्धुपाल्चोकवासीले ज्यान गुमाउनु पर्यो । दोस्रो ठूलो भूकम्पले सडकमा पहिरो गएपछि कयौँ गाडी समेत पुरिएका थिए । ती गाडीको अबस्था अहिले पनि देख्न सकिन्छ । कहाँली लाग्दो अवस्था थियो त्यो क्षण । फर्किदै गर्दा माथीबाट पहिरो आयो, त्यही पहिरोमा मात्र ६० भन्दा बढिले ज्यान गुमाए ।’ हामीले खास्सामै बस्न पाएको भए त्यति ठूलो मानवीय क्षति नहुने त्यहाँ भेटिए पीडित रेशमले हामीलाई बताउनु भयो । इन्टरनेशनल भोलेन्टीयर्स मिनिन्सटर युसएको टोली लिई सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाँउमा उद्धारका निम्ति गएको टोलीमा मानवअधिकारकर्मी गणेश घिमिरेले टोलीलाई स्थानियसँग सम्वन्य गरेका थिए ।
सो टोलीले महाभीर भन्ने कहाँलो लाग्दो पहाडबाट खसेको ठूलो पहिरोको ढिस्कोबाट थिचिएको सवारी सधानबाट लाश निकालेको थिए । भुकम्प गएको एकहप्ता बित्ता पनि त्यहाँ कसैको उद्धार गर्न सकिएको थिएन । सो बिदेशी टोलीले अस्ती शनिवार लगातार २ घन्टापछि बसभित्र एक महिलाको सब निकालेको थियो, सो उद्धारकार्यमा नेपाली सेनाले पनि उनीहरुलाई सहयोग गरेको थियो ।

0 comments for "भारतिय सेना चीन प्रवेश गरेपछि २ सयको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive