Published On:Friday, May 1, 2015
Posted by dadad

भूकम्प आएपछि भागदौडबाट साठी कैदीबन्दी घाइते

गौशाला, १९ वैशाख । गोरखालाई केन्द्रविन्दु बनाई शनिबार काठमाडौँलगायत देशभर गएको महाभूकम्पमा महोत्तरीको जलेश्वरस्थित कारागारमा ६० जना कैदीबन्दी घाइते भएका छन् । 

महाभूकम्प गएका बेला जलेश्वर कारागारभित्र रहेका कैदीबन्दीमा भागदौड मच्चेको र सोही भागदौडमा परी ६० जना कैदीबन्दी घाइते भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । 

एकसय ३५ कैदीबन्दी राख्ने क्षमता भएको जलेश्वर कारागारमा त्यसदिन ३८५ कैदीबन्दी रहेको र आत्तिएर कैदीबन्दी भाग्न खोज्दा अधिकांश कैदीबन्दी घाइते भएको जेलर ठाकुरको भनाइ छ । 

भागदौडमा परी ४० जना कैदीबन्दीको टाउको फुटेको, हातखुट्टामा घाउ लागेको र २० जना सामान्य चोटपटक लागेर घाइते भएका छन् । 

एकसय ३३ वर्षअघि राणाकालमै निर्माण भएको जलेश्वर कारागार महाभूकम्पमा परी धेरै क्षतिग्रस्त भएको छ । कारागारको ५ वटै बुर्जाहरु चर्किएको छ भने बाहिरी पर्खाल र भित्रका सबै कोठा चर्किर जर्जर भएको जेलर ठाकुरले बताउनुभयो । रासस 

0 comments for "भूकम्प आएपछि भागदौडबाट साठी कैदीबन्दी घाइते"

Leave a reply

    Popular Posts

    Blog Archive