Published On:Friday, May 1, 2015
Posted by dadad
भुकम्प पीडितका लागि जापानी दानवीरहरु जुट्दै
जति नै ठूलो घर भएपनि एक झट्का मै ढल्दो रहेछ ।जति नै धन कमाएपनि खुला आकाश मुनिको बास हुदोरहेछ ।।त्यसैले घर होइन मन ठूलो बनाउँ ।धन होइन मन जोडौं ।।
जापान सम्पादक, प्रकाश पन्थी
मे २, टोकियो जापान,
गुल्मी अर्जै घर भई १० बर्षदेखी जापानको मेगुरोमा मजदुरी गर्दै आएका पिताम्बर गौतमको यो फेसबुकको भनाई जतिको गहकिलो छ । भुकम्प पिडित बास्तबिक दृष्यपनि योभनाई जतिकै गहिरो छ । किनकी राजधानी काठमाडौमा भुकम्प अघिका करोडपतिहरु अहिले रोडपति भएका छन् । तर के थाहा हिजो करोडपति हुँदा रोडपतिको व्यथा के थियो भनेर ?
नेपालमा गतशनिवार गएको विनाशकारी भुकम्पका कारण भएको ठुलो जनधनको क्षतीप्रति सहानुभूति जनाउदै राहत बितरणमा अहिले पनि नेपालमा स्वदेशी र विदेशी दातृनिकाय लामवद्ध छन् । यध्यपी रोडपति भएका धेरैले अहिलेपनि गासबास पाएका छैनन् । खुला आकाशमुनि बसेर खानाको आहारा कुर्नु बाहेक उनीहरुसित बिकल्प नै छैन् ।
यो बास्तविकता भन्दा कत्ति फरक नभएको बरु त्यो भन्दा बढी पिडित थिए सन २०११ मा जापानका नागरिकहरु । जापानमा सन २०११ मार्चमा भुकम्पपछि आएको सुनामीले २० हजार भन्दा बढीको मृत्यु भएको थियो । हजारौंको घरवार गुमेको थियो ।
ती पिडितहरुले अहिलेसम्म पनि घर बनाउन सकेका छैनन् । बेपत्ता भएका आफन्त भेटाउन सकेका छैनन् । त्यतीमात्र होइन विस्थापित भएकाहरु पुर्नस्थापित भएका छैनन् । त्यतिबेला पिडितको उद्धारमा जुटेका नेपाली सहित बिदेशी नागरिकले जापानमा गरेको साहसलाई भुलेका छैनन् ।
त्यहि साहसको स्मरण गर्दै अहिले जापानभर नेपालमा भुकम्पको चर्चा मात्रै होइन, कसरी पिडितलाई उद्धार गर्न सकिन्छ भनेर धेरथोर सहयोग गर्ने जापानी दानवीरहरुका लामो लाइन छ ।
उनीहरुमध्येका मासातोसी आकुनेले नेपालीलाई सहयोग गर्न पाउदा आफुलाई खुशि लागेको बताए । जापानको सिन्जुकु वार्ड इइदावासी स्थित जावातामीको म्यानेजर समेत रहेका आकुनेले नेपालीलाई परेको पिडा सबैले मनन गर्नुपर्ने बताउछन् । मानविय सगैं भौतिक क्षति बढी छ ।
भौतिक संरचना बन्न पनि बर्षौ लाग्ने भएकाले एउटै देश वा नागरिकले ध्वस्तसंरचना बनाउन नसक्ने भन्दै राहत संकलनमा लाग्नुपर्ने बताए । उनी एउटा नमुना मात्र हुन्, जसले खुलेर नेपालीलाई सहयोग जारी राखेका छन् ।
उनीजस्ता यहाँ धेरै जापानी दानवीरहरुले अहिलेपनि नेपाली बरावर भएर खटिएका छन् । यतिसम्मकी उनीहरुले कामको दौंरानमा क्षणिक समयका लागि लगाइएका कामदारलाई समेत सहयोग गर्न आग्रह गर्छन । उनीहरुको आनुरोधमा धेरैदानवीर थपिदै गएका छन् ।
त्यही अनुरोधलाई स्विकार गरेर चन्दा संकलन गर्ने जापानको वातामी गु्रप नेपालीलाई सहयोग गर्नेमा जापान सरकारपछिकोपहिलो ठुलोतथा समग्र जापानी दानवीरहरुमा दोश्रो हुने तयारी छ ।
होटल रेष्टुरेन्टक्षेत्रमा प्रसिद्धी कमाएको यो गू्रप अन्तरगत प्रत्यक्षरुपमा काम गर्ने जापानी र बिदेशी नागरिक गरि ४ हजार भन्दा बढी कामदारले कम्तीमा २ हजार देखी अधिकतम ५० हजार जापानीयेन सम्म चन्दा संकलन गरेका छन् ।
अप्रत्यक्ष रुपमा काम गर्ने ३ हजार भन्दा बढीले पनि यहि अनुपातमा रकम रहायता गरेका छन् । यो सबैको गर्दा करिव २ करोड भन्दा बढी रकम नेपालीलाई उपलब्ध गराउने छ । वातामीलाई हालसम्म औपचारिक वा अनौपचारिक रुपमा कसैले सहयोगको अपिल त परैजाओस भे्ट्न समेत पाएका छैनन् ।
यसका लगानीकर्ता र प्रमुख व्याक्ती को हुन भन्ने समेत धेरैलाई थाहा छैन् । तरपनि तर पनि सहयोग रकम संकलन कार्य तिब्र छ ।
आकुने म्यानेजर रहेको वातामी ग्रूपमा नभएर जापानी नागरिक यति सम्म सक्रिय भएर लागेका छन् की उनीहरुले प्रत्येकजसो पसल तथा ठुलाठूला सुपरमार्केटमा समेत दानपात्र राखेका छन् । दानपात्रमा नेपालमा गएको भुकम्पबाट पिडित नेपालीलाई सहयोग गरि मानवधर्म निभाउनोस भनेर लेखिएको छ ।
अहिलेसम्म टोयोटा ले सबैभन्दा बढी १ करोड जापानीयेन उपलब्ध गराएर सहयोगी जापानी दानवीर बनेको छ । यसमा थपिनेक्रम चलिरहेको छ । राहत संकलनमा यहाका बिश्वविद्यालय देखी विद्यार्थी पनि उत्तिकै सक्रिय छन् । उनीहरुले मात्रै आजसम्म करिव २० लाख जापानीयेन भन्दा बढी संकलन गरिसकेको जनाएका छन् ।
उनीहरुले फुकुओका ओसाका,नागोया,टोकियो लगायतका स्थानमा अहिलेपनि चन्दासंकलन कार्यलाई रोकेका छैनन् । यो सबै गर्दा जापानी नागरिकबाट मात्रै १० करोड सहित भन्दा बढी रकम संकलन भइसकेको छ ।
जापानी नागरिक बाहेक त्यसबाहेक राष्ट्यि विपतमा परेकाहरुलाई सेवा गर्नु नै मानविय धर्म भन्दै नेपाली एकदर्जन बढी सघंसस्था पनि निरन्तर राहतमा छन् । उनीहरुले पनि दैनिकजसो न्यूनतम पनि १५ लाख भन्दा बढी संकलन गरिरहेका छन् ।
जापान स्थित नेपाली दुतावासले पनि दिनहुँ जसोयहाका ठूला साना संघसस्थालाई राहत संकलनकार्यमा सघाउन आग्रह गर्दै आएको छ ।
दुतावासको पहलमा जापानको टोयोटा समुहले १ करोड जापानीयेन सहयोगको घोषणा गरेको छ । त्यस्तै इयोन क्लब फाउन्डेसन १ करोड जापानीयेन बौद्धमार्गी संगठन सोकागाइकाले ५ लाख जापानीयेन उपलब्ध गराएको छ । सहयोगी हात निरन्तर बढीरहेका छन् ।
जापान सरकारले अहिलेसम्मकै बढी रकम ८० करोड डलर तत्कालका लागि उपलब्ध गराएको छ । यो सबै गर्दा जापानबाट मात्रै डेढ अर्ब भन्दा बढी राहत रकम भुकम्प पिडितका नाममा संकलन भएको छ । अझै पनि एनआरएन जापानको अभियान उत्तिकै सक्रिय छ ।
जसअन्तरगत करिव ४ करोड जापानीयेन संकलन भइसकेको छ । गल्कोट समाजले सुरु गरेको महा बिपत राहत अभियान २०७२ अन्तरगत संकलित ३० लाख रुपैया नेपाल पठाइसकेको अध्यक्ष हर्क थापाले बताउनुभयो । पिडितको उद्धारका लागि एनआरएन आइसीसी जापानका उपाध्यक्ष भवन भट्ट १ करोड रुपैया सहयोग सहित गतमंगलबारदेखी नेपालमा खटिरहनुभएको छ ।
त्यस्तै आइची र गिफु जिल्लामा रेष्टुरेन्ट व्यवसाय गर्दै आउनु भएका पाल्पाका तोयानाथ पोखरेलले ३० लाख जापानीयेन,नेपाली जनसम्पर्क समितिले १४ लाख रुपैयाँ संकलन गरिसकेको छ । रकम त्यस्तै रेमिट्यान्स कम्पनी क्योदाई रेमिट्यान्सले १० लाख जापानीयेन जापानमा लामो समयदेखी व्यवसाय गर्दै आएका व्यवसायी दिपक सुवेदीले ८ लाख १० हजार जापानीयेन राहत र सुवेदी आवद्ध कर्लिम समाज र बिहुँकोट समाजले संयुक्त रुपमा ५ लाख तथा दुबै सस्ंथाको संयुक्त पहलमा ३ लाख १० हजार जापानीयेन संकलन भइसकेको छ ।
एनआरएन जापानले सुरु गरेको भुकम्प उद्धार तथा सेवा समितिले जापानका विभिन्न स्थानमा भएको राहत कार्यक्रममा ४ लाख ७७ हजार जापानी येन संकलनमा भएको छ ।
त्यस्तै क्योदाई रेमिट्यान्सका अध्यक्ष युईचिरो किमोतो र प्रबन्ध निर्देशक कासीको किमोतोले संयुक्त रुपमा १ लाख जापानीयेन ,गोर्खाली समाज र टोकियो ब्रर्दश लगायतका संघसस्थांल पनि १ लाख ३० हजार जापानीयेन,जनप्रगतिशिल समाजले १ लाख र स्यांजा सम्पर्क समाजले १ लाख जापानीयेन पिडितलाई राहत दिइसकेका छन् । अझ समुह अनुसार हेर्नेको भने त यसरी दानगर्ने दानवीरहरुको नामावली सयौंको संख्यामा छ ।



