Published On:Saturday, May 2, 2015
Posted by dadad

भवन निरिक्षणका लागि ३ सय जनाको टोली परिचालन

काठमाडौँ, वैशाख १९ । नेपाल इन्जिनियर एसोसिएसनले भूकम्पबाट क्षति भएका भवनको अवस्थाबारे जानकारी लिन तीनसय जना इन्जिनियरको टोली परिचालन गरेको छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका भवनहरुको निरीक्षण गर्न शनिबार टोली परिचालन गरिएको एसोसिएसनले जनाएको छ । थप दुई हजार इन्जिनियरहरुलाई तामिल दिएर ५०० टोली खटाउने तयारी भैरहेको एसोसियसनले जनाएको छ ।

निरीक्षण टोलीले घरमा बस्न हुने, बस्नै नहुने र सुरक्षा सचेतता अपनाएर बस्न सकिने गरी भवनलाई तीन वर्गमा वर्गीकरण गर्ने एसोसिएसनका अध्यक्ष धु्रवराज थापाले बताए ।

निजी तथा सार्वजनिक भवन, अस्पताल, विद्यालय, क्याम्पस, अपार्टमेन्टको निरीक्षण गरिने अध्यक्ष थापाले बताए ।

शनिबार र आइतबार काठमाडौँका भवन निरीक्षण गर्ने र आईतबारदेखि भूकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोक, धादिङ, काभ्रे, दोलखा, गोरखा, रसुवालगायत जिल्लामा टोली परिचालन हुने एसोसियसनले जनाएको छ ।

0 comments for "भवन निरिक्षणका लागि ३ सय जनाको टोली परिचालन"

Leave a reply

    Popular Posts

    Blog Archive