Published On:Wednesday, May 6, 2015
Posted by Tekman Shakya
विरहका गीत गाउदै पिडा भुलाउदै नेपन्थ
जापानका लागि नेपालीमाटो सम्पादक–प्रकाश पन्थी
मे ७ ,टोकियो

मे ७ ,टोकियो
जापान, सधैभरी नौला गीत संगित मार्फत मनोरंजन दिदै आएको नेपथ्य सांगीतिक समुहले यो पटक जापानमा फरक प्रस्तुती मार्फत
दर्शक दिर्घालाई मनोरंजन दिलाएकोछ । भूकम्पमा ज्यान गुमाएका तथा हराइरहेका आफन्तलाई भइरहेको पिडा भुलाउन विरहका गीतसंगित मार्फत जापानका दर्शकलाई मनोरंजन दिलाएको हो ।
भूकम्पका कारण देश शोकमा डुवेको बेला राहत संकलनका लागि भन्दै बिदेश दौडाहामा निस्केको नेपथ्थ समुहको यो कार्यक्रम पूर्वनिर्धारित समयअनुसार पूर्णरुपमा हाँसो रमाइलो र नाचगान सहितको आधुनिक हास्यव्यंग्य तथा मनोरंजनात्मक थियो ।
तर भूकम्पमा परी अकल्पनीय रुपमा ज्यान गुमाएका आफन्तलाई तत्कालका लागि बगिरहेका आशु र सुकिरहेको आत्मको प्यास मेटाउने प्रयास स्वरुप विरहका गीत संगीतमार्फत कला प्रस्तुत गरियो ।
एकमहिनासम्म नेपथ्य भन्ने बित्तिकै लोकलयमा आधारित छमछमी नाच्ने गीतहरुको परिकल्पना हुने गरेपनि यो पटक त्यसो गर्न मन भएर पनि सकियन । नेपथ्थ समुहका संयोजक तथा गायक अमृत गुरुंगले दुःखको समयमा गीत गाउन नसक्दा आफुमा पनि पिडा भएको बताउनुभयो ।
यसअघि द्धन्द्धको समयमा शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल जस्ता सन्देश मुलक गीत मार्फत मनोरंजन दिएको थियो । नेपालमा द्धन्द्धको अन्त्यपछि सन्देश मुलक दुःख र विरहका गीत मार्फत विछिप्तीएको नेपाली मनलाई भुलाउने गरी कार्यक्रम गरिएएको यो पहिलोपटक हो ।
कार्यक्रम अवधीभर नेपथ्यले रमाइला गितहरु एउटै गाएनन् । शिक्षा मुलक र पिडितलाई राहत दिने गितहरु गाए । हामीलाई गासको खाचो छ । बासको जुगाड गर्नु छ जस्ता गितहरु गाएर दर्शक्लाई मनोरंजन दिलाए । नेपालीलाई आपत विपतको बेलामा सहयोग गर्नु हाम्रो धर्ममात्रै होइन, घरभित्रको पवित्र आत्म पनि दिलाउनु हो । गीत मार्फत गायक गुरुंगले नेपालमा जहा गयो पिडा बाहेक केही छैन् ।
त्यसैले पिडामा समवेदना तथा सहयोगी बन्ने प्रयास गरौं भन्दै जापानका सबै नेपालीलाई सहयोगी बन्न आग्रह गर्नुभयो । प्राकृतिक बिपत्तीमा परेका पिडितहरुको सम्झनामा नेपथ्थ समुहद्धारा तयार पारिएको सम्झीराख लामो सफरमा बोलको गीतबाट सुरु गरिएको कार्यक्रममा सहभागी दंर्शकहरु प्राय भावविवहल देखिएका थिए ।
गीत गाउदा गाउदै घरि घरि भक्कानीयका गाएक गुरुंगले माया गर्ने

मानिस.....,मार्यो विपत्तीले ....तथा जोसीला युवापुस्तालाई लक्षित गरी गाँउ गाँउबाट उठ...., रातो र चन्द्र सुर्य जस्ता राष्ट्यि गीत मार्फत दर्शकलाई मनोरंजन दिलाएका थिए ।
कार्यक्रममा शोकमग्न नेपालीलाई अभावै अभाव भयो तिमी विनाको यो जिवन....., जिवन यो सुख, दुःख .... जस्ता कोसेली मार्पत मनोरंजन दिलाइएको थियो । भुकम्पले धेरैको मुहार छोपेको छ । गुरुंगले भन्नुभयो हामीमा पनि हासो र रमाइलो त हुने कुरै भएन । स्वदेश वा विदेश जो जाहा भएपनि मन त नेपाली न हो ।
कार्यक्रम आयोजक तमु धींका अध्यक्ष भीम गुरुंगले बिछिप्तीएका मन थामिने प्रयास स्वरुप गरिएको यो कार्यक्रममार्फत नथामिएका आशु र पिडा मेटाउने मात्र नभएर भूकम्प पिडितका सहयोग जुटाउन सहयोग मिलेको बताउनु भयो ।
अध्यक्ष गुरुंगले आफन्त गुमाएर शोकमा परेका राहत दिलाउन गरिएको यो फरक खालको कार्यक्रम भएको बताउनु भयो । तमु धींले २० औं बर्षगाठको अवसरमा भुकम्प पिडितका लागि सहयोगार्थ मंगलवार आयोजित नेपथ्थ लाइभ कन्सर्टमा उठेको रकम खर्च कटाएर बाकी सबैं भुकम्प पिडितका लागि प्रदान गर्ने बताएको छ । भुकम्प पिडितका लागि नेपथ्थ समुहले ५ लाख सहयोगको घोषणा गरिसकेको छ ।
तमु धींले जापानमा आयोजना गरेको नेपथ्थ लाइभ कन्सर्टमा गीत गाउदै गायक अमृत गुरुंग । कार्यक्रम भूकम्प पिडितका लागि आयोजना गरिएको हो । तस्वीर प्रकाश पन्थी, जापान
तमु धींले जापानमा आयोजना गरेको नेपथ्थ लाइभ कन्सर्टमा गीत गाउदै गायक अमृत गुरुंग । कार्यक्रम भूकम्प पिडितका लागि आयोजना गरिएको हो । तस्वीर प्रकाश पन्थी, जापान



