Published On:Wednesday, May 6, 2015
Posted by Tekman Shakya

प्रचण्ड पुत्री रेणु लक्षित समाचारप्रति एकीकृत माओवादीको ध्यानाकर्षण (विज्ञप्ती सहित)

२४ वैशाख, काठमाडौं । नेप्लिज डटओआरजीले लेखेको ‘प्रचण्ड पुत्री रेणुको इसारामा लुटियो गोरखालाई आएको राहत’ शिर्षकको समाचारको एकीकृत नेकपा माओवादीले खण्डन गरेको छ । 

एकीकृत माओवादी काठमाडौं जिल्ला समितिका अध्यक्ष हिमाल शर्माले विज्ञप्ती निकालेर जिल्ला समिति सचिव दहाल प्रति लक्षित गरि प्रशारित समाचारको खण्डन गरेका हुन् । 

विज्ञप्तीमा उक्त झुटो, भ्रामक र कपोल्कल्पीत समचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी र इमान्दार व्यक्तिको चरित्र हत्या गर्ने नियोजित उद्वेश्य सहित समाचार प्रशारित भएको भन्दै अध्यक्ष शर्माले यस्तो पीत पत्रकारीता नगर्न र सम्वन्धीत सामाग्रीको खण्डन गर्न अनलाइनलाई आग्रह गरेका छन् । 

समाचारमा उल्लेख भए वमोजिम गोरखाको सामान काठमाडौ नआएको भन्दै उनले पार्टीको पहलमा देशभित्र र बाहिरबाट राहत संकलन र वितरण भैरहेको बताएका छन् ।

 महाभुकम्प पिडितलाई सहयोग गर्न पार्टीले अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा केन्द्रीय उद्धार तथा राहत सहयोग समिति गठन गरेको र काठमाडौ जिल्लामा पनि कमरेड हिसिला यमिको नेतृत्वमा समिति वनेकोले जे जति राहत सामाग्री संकलन तथा वितरण हुन्छ त्यो उनकै निर्देशन र परिचालनमा हुने जिल्ला अध्यक्ष शर्माले बताएका छन ।

0 comments for "प्रचण्ड पुत्री रेणु लक्षित समाचारप्रति एकीकृत माओवादीको ध्यानाकर्षण (विज्ञप्ती सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive