Published On:Tuesday, May 5, 2015
Posted by dadad

तीनदल सङ्कल्प प्रस्तावको तयारीमा

काठमाडौँ, २३ वैशाख । भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा जनसहयोग तथा पुनःस्थापनाको साथै भौतिक संरचनाको पुनः निर्माणबारे व्यवस्थापिका संसद्को आगामी बैठकमा प्रस्तुत गर्ने सङ्कल्प प्रस्ताव तयारीमा प्रमुख तीन जुटेका छन् । 

प्रधानमन्त्री निवासमा आज साँझ सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका शीर्ष नेताहरुबीच सोही विषयम केन्द्रित रहेर छलफल भयो । 

बैठकमा सहभागी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तीन दलको बैठकमा भूकम्प प्रभावित जनताका आवश्यकता सम्बोधन र भौतिक संरचनाको पुनः निर्माणबारे छलफल भएको जानकारी दिनुभयो । 
तीन दलको बैठमा तीनवटै दलका नेताले सङ्कल्प प्रस्तावमा समेटिनुपर्ने विषयबारे दलगत धारणा प्रस्तुत भएको बताउनुभयो । 

नेपाली काँग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विपत्तिका बेला संसद् एक ठाउँमा उभिएर सङकटको सामना गर्ने खालको सङ्कल्प प्रस्ताव तयार गर्नेबारे तीन दलबीच विचारविमर्श भएको बताउनुभयो । 

नेता खड्काले भूकम्प प्रभावित संरचनाको पुनः निर्माण र पुनः स्थापनाको कार्यमा कसरी जुट्ने भन्नेबारे दलहरुबीच छलफल चलिरहेको र भोलि अपराह्न ४ः०० बस्ने बैठकले त्यसको खाका तयार गरी सभामुखसमक्ष प्रस्तुत गरिने बताउनुभयो । व्यवस्थापिका–संसद्को आगामी बैठक यही वैशाख २४ गते अपराह्न ३ः०० बजे बस्ने छ । रासस 

0 comments for "तीनदल सङ्कल्प प्रस्तावको तयारीमा"

Leave a reply

    Popular Posts

    Blog Archive