Published On:Tuesday, May 5, 2015
Posted by my storry
दाङको सहयोग काठमाण्डौमा
वैशाख २२, काठमाडौं ।
नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र नं. ४ ले विनासकारी महाभुकम्पबाट प्रभावित क्षेत्रका लागि करिव १० लाख रुपैया बरावरको खाद्यान्न सामग्री आज पिडितलाई हस्तान्तरण गरेको छ ।
स्थायी कमिटी सदस्य पार्टी नेता शंकर पोखरेलले आज बल्खुमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
तत्काललाई काठमाडौं निर्वाचन क्षेत्र नं. १० अन्तर्गतका विकट पहाडी क्षेत्रका पिडितहरुलाई वितरण गर्नका लागि एमाले उपत्यका इन्चार्ज समेत रहनुभएका स्थानीय नेताहरु सानुकुमार श्रेष्ठ र सुरेन्द्र मानन्धर मार्फत सामग्री वितरण गरिएको थियो ।
नेता पोखरेलको पहलमा दाङमा राहत संकलन गरिएको थियो । अन्य क्षेत्रले पनि संकलन गरेको सामग्री चाँडै उपलब्ध गराउने सामग्री ल्याएर काठमाडौं आइपुगेका स्थानीय नेता मनोहर बुढाथोकीले बताउनुभयो ।
पहिलो चरणमा ३ सय ५६ वोरा सोनामनसुली चामल, १ सय ९ बोरा सोयाविन, एक सय बोरा चना र केराऊ वितरण गरिएको बुढाथोकीले जानकारी दिनुभयो । उक्त सामाग्री संकलनमा पूर्व मेयर ढुण्डीराज लामिछानेको परिवारले मात्रै करिव ४ लाख बरावरको सामाग्री सहयोग गरेको जानकारी दिइएको थियो ।
राहत वितरण कार्यक्रममा एमाले पोलिट्व्यूरो सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्य सुजिता शाक्य लगायतको सहभागिता थियो ।


