Published On:Tuesday, March 3, 2015
Posted by Tekman Shakya

सरस्वती माविलाई आर्थिक सहयोगको खाँचो

सरस्वती मावि चिम्लिङले आफनो ४२ औं स्थापना दिवस मनाएको छ । मांखा गाविसमा रहेको विद्यालयले गत शनिबार फागुन १६ गते भव्य रुपमा आफनो स्थापना दिवस मनाएको हो ।  

विद्यालय स्थापना भएको ४२ वर्ष भएतापनि विद्यालय भौतिक र आर्थिक रुपमा भने निकै कमजोर रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार लामाले जानकारी दिनुभयो । कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य विद्यालयको भौतिक संरचना निर्माणको लागि आर्थिक सहायता जुटाउनु रहेको पनि समितिका अध्यक्ष लामाले बताउनुभयो । 

सो अवसरमा विभिन्न क्षेत्रका व्यतिmत्वहरु, समाजसेवी, स्थानीय बासिन्दाबाट सहयोगको प्रतिबद्धता आएको थियो । कार्यक्रमका प्रमुख अतिथि बन्नुभएका क्षेत्र नं. १ का सभासद मोहन बहादुर बस्नेतले विद्यालय निर्माणकालागि जग्गा खरिदका गर्न ३ लाख ५० हजार सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो । सरस्वती माविको पक्की भवन निर्माणकालागि नाम्लो फाउण्डेशनले ३५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि  समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । 

यसअघिपनि नाम्लोकै सहयोगमा ४ कोठे पक्की भवन निर्माण भएको छ भने ४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि दिदै आएको छ  । यसै गरी सरस्वती माविले विद्यालयको सहयोगकालागि अक्षयकोषपनि खडा गरेको छ । अक्षयकोषमा लालकाजी तामाङले आफ्नी आमाको नाममा ८० हजार र भक्त नेपालीले आफ्नो हजुरआमाको नाममा १० हजार रुपैयाँ जम्मा गरिसकेको पनि समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । त्यस्तै गरी विद्यालय नजिक गएको पहिरो नियन्त्रणकालागि नेपाली कागे्रंसका शिक्षा समितिका सदस्य प्रेमध्वज प्रधानले तार जाली उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । 

२०२९ सालमा स्थापना भएको विद्यालयमा २०६६ सालदेखि मात्र मावि संचालन भएको भएपनि अहिलेसम्म मावि दरबन्दी नभएकाले विद्यार्थीको पठनपाठनमा समस्या परेको र आर्थिक सहायता जुटाउन गा¥हो परेको लामाले गुनासो गर्नुभयो । विद्यालयलाई नाम्लो फाउण्डेशन, ट्रक कन्टेनर संघ, उद्योग वाणिज्य संघ, नेपाल तामाङ संघ सिन्धुपाल्चोक र विभिन्न हाइड्रो पावरले सहयोग गरिरहेको छ । 

विद्यालयको भवन निर्माणकालागि सहयोग रकम प्राप्त भईरहेपनि भवन पुरा गर्न अझ धेरै सहयोगको खाँचो रहेकाले सम्पुर्ण समाजसेवीलाई सहयोग गर्न लामाले आग्रह गर्नुभयो । सो अवसरका कलाकार घमेश दुलाल, समाजसेवी, चन्दादाता र जग्गादातालाई सम्मान पनि गरिएको थियो । 

0 comments for "सरस्वती माविलाई आर्थिक सहयोगको खाँचो"

Leave a reply

    Popular Posts

    Blog Archive