Published On:Friday, December 5, 2014
Posted by dadad
ट्रमा सेन्टरको विशेषज्ञ सेवा अनिश्चित
काठमाडौं : सेवा दिन तयार रहेको भन्दै तामझामका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण र उद्घाटन गर्न लगाइएको राष्ट्रिय ट्रमा सेन्टरले दुर्घटनाका गम्भीर घाइतलाई दिने भनिएको आकस्मिक विशेषज्ञ सेवा अनिश्चित भएको छ।
एक अर्ब २५ करोडभन्दा रुपैयाँ लागतमा भारतले निर्माण गरिदिएको सेन्टरको उद्घाटन मंसिर ९ गते भएको थियो। कार्यक्रममा अब आकस्मिक विशेषज्ञ सेवा दिने घोषणा गरिएको थियो। तर अहिले सामान्य चोटपटकको टाँका लगाउने, काट्ने, प्लास्टार गर्नेबाहेक अन्य काम हुन सकेको छैन।
बजेट अभाव भएको भन्दै १४ गते सुरु गरिएको एक्सरे सेवासमेत रोकिएको छ। सेन्टरमा बेहोस बनाउने चिकित्सक नआएपछि शल्यक्रिया सुरु भएको छैन।
बजेट र जनशक्ति अभावमा आफूहरूले विशेषज्ञ उपचारसेवा सुरु गर्न नसकेको सेन्टरका निर्देशक डा. अशोक बज्राचार्यले बताए। सरकारले सेन्टर सञ्चालनका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्ट्याएको थियो। तर उक्त बजेट सेन्टरको बिजुली, पानी र हाल कार्यरत कर्मचारीलाई ठिक्क हुने बज्राचार्यले बताए।
'स्वास्थ्य मन्त्रालयले कार्यालय सञ्चालनका लागि मात्र बजेट दियो। तर सेवा दिनका लागि बजेट दिइएको छैन। हामीले माग गरेको जनशक्ति पनि पठाएको छैन', उनले भने।
सेन्टरले हाल सञ्चालन गर्ने भनिएको ५० शय्यामा २४ सै घन्टा सेवा दिनका लागि मन्त्रालयसँग हाडजोर्नी, न्युरो सर्जन, एनेस्थेसिस्टलगायत ३३ जना विशेषज्ञ चिकित्सक, ५० जना नर्स, १२ जना मेडिकल प्राविधिक, दुईजना फिजियोथेरापीसहित एक सय ८० जना जनशक्ति मागेको छ। अहिलेसम्म ४३ जनामात्रै सेन्टरमा पुगेका छन्।
'जनशक्ति जुटाउने काम तत्काल सम्भव छैन। बजेटका विषयमा हामी छलफल गर्दैछौं', सेन्टरको विकास समितिका संयोजकसमेत रहेको स्वास्थ्य सचिव श्रेष्ठले भने, 'आवश्यक कतिपय उपकरण भारतले पनि दिएको छैन।'
सेन्टरको गेटमा दिवासेवाका लागि हाडजोर्नी, न्युरो सर्जरी फलोअप क्लिनिक, रेडियोलोजी सेवा र सामान्य चोटपटकका लागि आपत्कालीन उपचार कार्यालय समयभित्र हुने सूचना टाँसिएको छ।
सूचना पढ्दै गरेका सर्वसाधारण कास्कीका सुमन मगरले प्रश्न गरे, 'यो अस्पतालले घाइतेको उपचार गर्ने, अप्रेसन गर्ने भनिएको होइन र? किन ओपीडी सेवा मात्रै छ भनेको?'
दुर्घटनामा परी गम्भीर घाइतेले उपचारको अभावमा ज्यान गुमाउने क्रम बढिरहेको छ। चिकित्सकका अनुसार ट्रमा पूर्णरूपमा चलेको भए घाइतेको जीवन बचाउने ७० देखि ८० प्रतिशत सम्भावना छ।
सेन्टर कसले चलाउने भन्नेमा विवाद
पूर्वघोषित सेवासमेत सुरु गर्न नसकेको ट्रमा सेन्टरलाई कसले सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रालयमा फेरि बहस सुरु भएको छ। सेन्टरलाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वा मन्त्रालय आफैंले सञ्चालन गर्ने भन्ने विषयमा उच्चस्तरमा छलफल सुरु भएको स्वास्थ्य सचिव श्रेष्ठले बताए।
'एउटा विकल्प रोज्नुपर्ने स्थिति आयो। आवश्यक सेवा सुरु गर्न तत्काल त्यति धेरै जनशक्ति जुटाउन नसक्ने देखिन्छ', श्रेष्ठले भने, 'सेन्टर चलाउन खोजिरहेको न्याम्ससँग जनशक्ति पनि छ। त्यसैले के गर्ने भन्नेमा माथिल्लो तहमा छलफल सुरु भएको हो।'
१७ वर्षअघि तत्कालीन भारतीय प्रधामन्त्री आइके गुजराल र नेपालका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संयुक्त रुपमा शिल्यान्यास गरी वीर अस्पतालको जग्गामा निर्माण गरिएको सेन्टरलाई न्याम्सले सञ्चालन गर्न नसकेको भन्दै गत वर्ष वैशाखमा तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोको पालामा स्वास्थ्य मन्त्रालयको मातहत ल्याइएको थियो।
वीर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा.अशोक बज्राचार्यलाई सेन्टरको निर्देशक बनाइएको थियो। स्रोतका अनुसार वीर अस्पतालको सहयोगबिना ट्रमा सेन्टर सञ्चानमा आउने नसक्ने देखिएपछि स्वास्थ्यमन्त्री र सचिव पहिलेको निर्णय उल्टाउने कसरतमा जुटेका छन्। न्याम्सका पदाधिकारीले पनि सेन्टर आफ्नो मातहतमा चल्नुपर्छ भन्दै निर्णय उल्टाउन प्रधानमन्त्रीलाई अनुरोध गरिरहेका छन्।
'न्याम्सकै संरक्षण र उसकै जग्गामा सेन्टर निर्माण गरिएको हो। सबै गृहकार्य सकेर सञ्चालनका लागि अन्तिम तयारी गरिरहेका बेला मन्त्रालयले सेन्टर हामीबाट चुँडेर लग्यो', न्याम्सका उपकुलपति डा.गणेश गुरुङले भने, 'न्याम्सअन्तर्गत भए मात्र सेन्टरले गरिबलाई सेवा दिन सक्छ। हैन भने कमाइखाने भाँडो मात्र हुनेछ।'
annapurnapost