Published On:Friday, December 5, 2014
Posted by dadad
अख्तियारले अब ‘ठूला माछा’ समात्ने
२० मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका ठूला व्यक्तिमाथिको छानविनमा तिव्रता दिने बताएका छन् ।
अख्तियारले तल्ला तहका कर्मचारीलाई मात्र कारबाही गरेको गुनासोतर्फ संकेत गर्दै कार्कीले अब ठूला माछालाई पनि समात्ने बताएका हुन् ।
व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा अख्तियराका प्रमुख आयुक्त कार्कीले ठूला र आफूलाई भिभिआइपी ठान्नेहरुको सम्पत्ति मुल्यांकन र अनुसन्धान थालिएको जानकारी दिए ।
व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा अख्तियराका प्रमुख आयुक्त कार्कीले ठूला र आफूलाई भिभिआइपी ठान्नेहरुको सम्पत्ति मुल्यांकन र अनुसन्धान थालिएको जानकारी दिए ।
यसको छानविन प्रक्रिया केही जटिल हुने भएकाले अकुत सम्पत्ति कमाउनेहरुलाई कानुनको दायरमा ल्याउन ढिलाइ भएको उनको भनाई छ ।
उनले एक हजार भन्दा बढी ठूलाबढाको सम्पत्ति गोप्य खरुपमा छानविन भइरहेको समेत दाबी गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।