Published On:Friday, December 5, 2014
Posted by dadad

फेसबुकबाट आधुनिक शिक्षा अभियान

२० मंसिर, अर्घाखाँची । भनिन्छ, सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्न जाने फाइदा, नजाने घाटा। अहिले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्न नजान्ने मान्छे प्रायः कमै मात्र भेटिन्छन्। 

फेसबुकबाट नकारात्मक काम गरेको भन्दै साइबर क्राइमअन्तर्गत सयौं मानिस सजायको भागिदार बनिरहेका हुन्छन्।

तर, अर्घाखाँचीमा फेसबुकबाटै आधुनिक शिक्षा अभियान सुरू गरिएको छ । फेसबुक पेजको सहायता र फेसबुकै अनलाइनमा च्याटमा गरिने कुराको माध्यमबाट जिल्लामा आधुनिक शिक्षा अभियान सञ्चालन गरिएको हो।

मनको इच्छा र शरीरमा जागर हुने अनि मनैदेखि लाग्ने हो भने काम गर्न सकिने रहेछ भन्ने उदाहरण देखाएका छन् अर्घाखाँचीका युवाले। उनीहरूले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरेर जिल्लाका सम्पूर्ण विद्यालयहरूमा वैज्ञानिक र कम्प्युटर शिक्षा प्रदान गर्न आधुनिक शिक्षा अभियान सञ्चालन गरेका छन्। युवाहरुको यो अभियानबाट धेरैले लाभ लिइरहेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments for "फेसबुकबाट आधुनिक शिक्षा अभियान"

Leave a reply

    Popular Posts

    Blog Archive