Published On:Saturday, December 6, 2014
Posted by dadad

एएफसीले एन्फालाई कारबाही गर्दै गरेको गोलसमेत खोस्यो


anfaकाठमाडौं, २० मंसिर । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फलाई २ हजार जरिवाना लगाउनुका साथै नेपालले गरेका दुई गोल खोसेको छ ।

एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत उज्वेकिस्तान र कोरियासँगको खेलमा खेलाडीहरुको योग्यतासम्बन्धी नियम उल्लंघन गरेको भन्दै एन्फालाई कारबाही गरिएको हो ।

थाइल्याल्याडमा ७ सेप्टेम्बरमा उज्बेकिस्तानविरुद्ध नेपालले १-१ को बराबरी खेलेको थियो । नेपालका किरण सुनारले खेलको इन्जुरी टाइममा गरेको गोलको मान्यता हुने छैन ।

अनुशासनको कारबाही स्वरुप नेपालले गरेको गोल खोसेर अब उज्वेकिस्तानलाई १-० ले विजयी घोषणा गरिएको छ ।
यस्तै ११ सेप्टेम्बरमा उत्तर कोरियासँग भएको खेलमा अनन्त तामाङले २६औँ मिनेटमा गरेको गोल पनि खोसिएको छ । खेल कोरियाले ४-१ ले जितेको थियो ।
तर, एएफसीले कारबाही गर्दै खेलको परिणाम ४-० घोषणा गरेको छ । साथै जरिवाना सकम ३० दिनभित्र बुझाउन निर्देशन दिइएको छ ।

0 comments for "एएफसीले एन्फालाई कारबाही गर्दै गरेको गोलसमेत खोस्यो "

Leave a reply

    Popular Posts

    Blog Archive