Published On:Saturday, December 6, 2014
Posted by dadad

राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीस नै तिर्दैनन् पानीको महसुल

२१ मंसिर,काठमाडौ । मुलुकको सवैभन्दा उच्च ओहोदामा बसेका पदाधिकारीले नै खानेपानीको महसुल बुझाउन अटेर गरेका छन् ।

हाल वाषिर्क २० करोड रुपैयाँ घाटामा सञ्चालन भइरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीसको कार्यालय, निवास र अन्य सरकारी निकायले एक अर्ब ४० करोड रुपैयाँ खानेपानीको बक्यौता तिरेका छैनन् ।

केयूकेएलले पटकपटक ताकेता गर्दा पनि ती निकायले बक्यौता भुक्तानी गर्न चासो देखाएका छैनन् । यो लामो समयदेखिको बक्यौता हो । केयूकेएलका अनुसार मन्त्री निवासको २५ लाख, प्रधानमन्त्री कार्यालयको १३ लाख, सभामुख निवासको चार लाख, राष्ट्रपति कार्यालयको तीन लाख, संसद सचिवालयको एक लाख, प्रधानन्यायाधीस निवासको एक लाख रुपैयाँ बक्यौता छ ।

हृयाता रिजेन्सी होटेलले चार लाख, सोल्टी होटेलले १० लाख, त्रिचन्द्र कलेजले ४ लाख ५३ हजार, अमृत साइन्स क्याम्पसले १० लाख ७१ हजार, राष्ट्रिय समाचार समिति (रासस)ले ११ लाख ३४ हजार, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच लाख २६ हजार, विद्युत प्राधिकरणले ६ लाख, नेपाल टेलिकमले २ लाख, महेन्द्र पुलिस क्लवले एक लाख, नेपाल बैंक लिमिटेड न्युरोड शाखाले ८७ हजार र राष्ट्र बैंक टक्सार विभागले ९२ हजार रुपैयाँ तिर्न बाँकी छ ।

त्यस्तै, नेपालस्थित रुसी दूतावासको सात लाख ६३ हजार, राष्ट्रिय खेलकूद परिषदको ४५ लाख २३ हजार, टेकु अस्पतालको १३ लाख, नेपाल कुष्ठरोग निवारण केन्द्रको ३४ लाख रुपैयाँ भुक्तानी उठ्न बाँकी छ । कारोबार दैनिकमा खबर छ ।

0 comments for "राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीस नै तिर्दैनन् पानीको महसुल"

Leave a reply

    Popular Posts

    Blog Archive