Published On:Saturday, December 6, 2014
Posted by dadad

मोदीका कारण रोकिएको तीतोसत्य दर्शकले हेर्न पाउने

काठमाण्डु  सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै चर्चित हास्य ऋंखला तीतो सत्य प्रसारणमा लगाएको रोक हटाएको छ ।

मोदीको क्यारिकेचर गरिएको उक्त ऋंखलाको गत बिहीबार राति प्रसारण हुनुपर्ने १ सय ७६ औं भागको नेपाल टेलिभिजन सेन्सर शाखाले प्रसारण रोकिदिएको थियो ।

तीतो सत्य प्रसारणमा लगाइएको रोकबारे सञ्चार माध्यम र सामाजिक सञ्जालहरुबाट व्यापक विरोध भएपछि रोकिएको ऋंखला दर्शकले आगामी बिहीबार हेर्न पाउने भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले तीतो सत्यका निर्देशक एवम् प्रमुख कलाकार दिपकराज गिरीलाई भेटेर प्रसारण रोकिएकामा दु:ख व्यक्त गर्दै आगामी साता सोही कार्यक्रम प्रसारण गर्न दिन सम्बद्ध पक्षलाई निर्देशन दिइसकिएको बताएका छन् ।

गिरीका अनुसार उक्त प्रकरणबारे आफू अनभिज्ञ रहेको मन्त्री भन्दै रिजालले माफी मागेका थिए । ‘मन्त्रीज्यूले मलाई थार्ह थिएन, नहुनुपर्ने कुरा भएछ । 

आगामी हप्ता त्यही कार्यक्रम प्रसारण गर्न निर्देशन दिएको छु भन्नुभएको छ’, गिरीले काठमाण्डु टुडेसँग भने, ‘पूर्वाग्रही ढंगबाट जसरी विगतदेखि नै सेन्सरसिप लगाउँदै आइएको थियो, त्यसबाट हैरान हामी कलाकार, व्यंग्यकार र साहित्यकारको जित भएको छ ।’

गिरीले मन्त्री रिजालसँगको भेटमा आफूले नेपाल टेलिभिजनमा रहेको सेन्सरसिपको निरंकुशता हटाउन पनि माग गरेको बताए ।

‘इगोका कारण त्यस्तो भएको थियो’, गिरीले भने, ‘लोकतन्त्रको अनुभूति सबै तहका जनता र कलाकारले पनि गर्न पाउनुपर्‍यो, नेताले मात्र उपयोग गर्न पाउने लोकतन्त्र हामीले चाहेका थिएनौं ।’
kathmandutoday.com

0 comments for "मोदीका कारण रोकिएको तीतोसत्य दर्शकले हेर्न पाउने"

Leave a reply

    Popular Posts

    Blog Archive