Published On:Friday, December 5, 2014
Posted by dadad

कक्षा १०का विद्यार्थीलाई नेपाली विषयको प्रश्न : श्रीमती पोइल गए के गर्छौ ?

२० मंसिर, काठमाडौं। परीक्षामा सोधिने प्रश्नले विद्यार्थीको मनोभावमा ठेस पुर्‍याउनुहुन्न। यो, शैक्षिक मान्यता नै हो । तर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनले कक्षा १०का विद्यार्थीका लागि तयार गरेको प्रश्नपत्रमा मनोभावमा ठेस मात्रै पुर्‍याएन, छात्रलाई मात्र सम्बोधन गरेर प्रश्न सोधिएको छ।

छात्रालाई होच्याइएको छ । त्यसको जवाफबारे पनि छात्राले अनुमान लगाउन गाह्रो हुन्छ । ‘आफू धन कमाएर घर फर्किँदा आफ्नी श्रीमती पोइल गएपछि आफ्ना मनमा उठेका भावहरू समेटी एक मनोवाद लेख्नुहोस्’ एसएलसी पूर्वयोग्यता परीक्षा ०७१ अन्र्तगत शुक्रबार नेपाली विषयको प्रश्नपत्रमा सोधिएको एक प्रश्न हो यो।
प्रश्नले विद्यार्थी नै अलमलमा परे । मनोभाव लेख्न सोधिएको प्रश्नको विद्यार्थीले सहजै उत्तर लेख्न सकेनन् ।

‘कक्षा १०मा अध्ययन गर्ने छात्राले यसबारेमा कस्तो मनोभाव लेख्लिन् ? यस्तो नकारात्मक भाव फैलाउने प्रश्न गरेर शिक्षकले कस्तो मनोभाव बुझ्न खोजेको हो ?’ शिक्षाविद् डा. सुसन आचार्य भन्छिन् ‘प्रश्नकर्ता शिक्षकको मनोभाव यसैबाट प्रष्ट हुन्छ।’
यसमा प्रश्नपत्र बनाउने शिक्षक मात्रै दोषी नभएर सिंगो परीक्षा समिति र प्याब्सनकै गम्भीर लापरबाही भएको डा. शर्माले बताइन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "कक्षा १०का विद्यार्थीलाई नेपाली विषयको प्रश्न : श्रीमती पोइल गए के गर्छौ ?"

Leave a reply

    Popular Posts

    Blog Archive