Published On:Thursday, December 4, 2014
Posted by dadad

महिला र उनको मर्जी

कल्पना किरण  ।  
मेट्रिक पास गरेका मेरा बुबाले मेरी अनपढ आमालाई १८–१९ को कलिलो उमेरमा बिहे गरे, त्यो पनि मागी बिहे । भर्खर बैसमा चढेका बाले १५ बर्षकी आमाको मर्जी अनुसार इच्छा पूति गरे या जबर्जजस्ती गरे त्यो त गम्भिर बिषय नै छ । 

तर बिहे पूर्व कुनै युवतीलाइ राम्ररी नदेखेका बाले एक्कसी आङ्खनो ओछानमा आमालाई देख्दा उनले यौन इच्छालाई कदर गरे या गरेनन त्यो सोच्नै सकिदैन । यसमा नत मेरा बुबालाई नत मेरी आमालाई दोषी देख्छु, अर्ध–शिक्ति, अर्ध–सचेत बुबाको जीवनमा आएको त्यो सामाजिक परिबर्तनमा कसको ज्यानलाई कसले राज गर्यो, त्यो सोचनीय नै छ । हामी कस्का मर्जीले जन्मियै त्यो पनि सोध्नै पर्छ।

मेट्रिक पास गरे पछी बुबाले स्कूल पढाउन थाले, जुन हाम्रो घरको एकमात्र आयश्रोत थियो, आमाले हामीलाई, खेतीलाई र बस्तुभाउलाई उतिनै मायाले हेर्ने थालिन, उनले लगाउने हरेक धागामा कित बाका पसिना हुन्थ्यो कित मामालिका दान हुन्थ्यो । 

उनले खाने जेरी देखि समोसा सम्ममा बुबाकोनै कमाइ हुन्थ्यो । आमा कतै घुम्न गएको मलाई खासै याद छैन, कि हामीलाई लेर मामाघर गइन कि बसबासंग कुनै तिर्थ या हस्पिटल गईन । अब रहे बलको कुरा, बुबाको शरीरमा बग्ने हर्मोनेले नै बुबालाई आमाभन्दा बलवान बनेको थियो, यसरी हेरक कुरामा बासंग आश्रीत मेरी आमाको जिन्दगीमा कसको मर्जी चल्छ त ?

पल्लोपट्टि काकाको घर छ,्र बेलामै गतिलो पढेका काका ठुलै ठाउमा इन्जीनियर छन् । स्कूल देखिको प्रेमिका बिहे गरेका काकाकी काकी पनि हस्पिटलमा नर्स छिन । नर्सको डिउटी राती पर्दा काकाले नै बच्चालाई हेर्ने, खान बनाउने, घरको काम गर्ने गर्छन ।

बर्र्षमा परिवार मिलेर घुम्न गएकै हुन्छन, कहिले अफिसबाट एक्लै एक्लै पनि हिडेकै हुन्छन, घरको आयमा काकीको पनि उतिनै योगदान छ र पढाइका हिसाबले पनि काकी काका भन्दा तेती काम होइनन।
यसरी ज्ञान र धनमा काका समान काकीको मर्जीले नै उनको घर चलिरहेको छ आजकल,  ? मेरो जिन्दगी मेरै मर्जी ?  भनेर धेरै महिलाहरु कुलिर्रहेका हुन्छन ।

जसको ज्यान उसकै मर्जी हो, यसमा मानवता बुझने सबै मानिसको एकैमत होला, हाम्रो नेपाली समाजमा महिलामाथि हैकम जमाउने प्रचलन पहिले देखिनै थियो, हजुरबाले जिजुबाबाट सिके, बाले हजुरबबाट सिके, मैले बाबाट सिके तर महिला माथि गरिने हैकम र अत्याचारमा निरन्तर गिरावट आएको नै छ। अहिले को बास्तविक शिक्ति वर्गमा शासन गर्ने र शासित हुने क्रमको लगभग अन्त्यनै भैसकेको छ,

 मुख्यतय तिन महत्वपुर्ण गुणले शासित हुने या शासन गर्ने भनेर छुट्टाउने गर्छ ज्ञान, धन र बल, वर्तमान परिस्थितिमा नेपाली समाजमा महिला भन्दा धेरै पुरुषलेनै धेरै पढ्ने अवसर पाएका हुन्छन, प्राय पुरुषहरु महिला भन्दा बढि पढेलेखेकै छन्। अनि पुरुषहरुमा महिला भन्दा जान्ने सुन्ने छु भने भावना आफै आइरहेको हुन्छ, अर्कोतर्फ नेपालीका प्राय घरहरुमा पुरुषको आम्दानीले नै घर चलिरहेका छन ।

स्वदेशमा बसेर होस् या विदेशमा गएर होस् काम गरेर पैसा कमाउने प्रमुख पात्र पुरुष नै हुन्, भगवानले नै महिलालाई शारीरिक रुपमा पुरुष भन्दा अलि कोमल र नाजुक बनाएकै हुन। अहिलेको सामाजिक परिबेशमा ठुलो महिलाको समूह पुरुषसंगै पूर्ण आश्रित भएकाले महिलाको मर्जीको नाराले खासै महत्तो राख्दैन।

अर्ध–शिक्षित नेपाली परिबेसमा जब एउटा बच्चाको जन्म हुन्छ, त्यो जन्मेको बच्चाको लिङग देखिने बितिकैै भेदभाव सुरु हुन्छ । (हुनत आजकल पहिले लिङग पहिचान गरेर गर्भ तुहाउने प्रचलन धेरै नै फस्टाएको छ) सन्तान प्राप्तिको खुसीमा बाडिने मिठाइको क्वालिटीमा समेत त्यो बच्चाको लिङगले धेरै स्थान लिईरहेको अवस्था छ । त्यसपछीको हुकिर्ने–बढ्ने वातवरण्ँमा त आकास पातालको नै फरक छ । 

पढ्ने स्कूल देखि अनेकै कुरामा महिलालाई पछाडीनै परिरहेका हुन्छन् । क्रमिक रुपमा महिलाहरु कमजोर बन्दै जान्छन् । राम्रो शिक्षा नहुनु, राम्रो अवसर नपाउनुले ज्ञानमा कमी हुदै अन्तत आथिर्क रुपमा पनि महिलाहरु स्वत कमजोर हुदै जान्छन् । आखिरमा महिलाहरु पुरुषसंग परजीबी भएर बाच्न बाध्य परिन्छन् । 
परिवतिर्त परिबेशमा पुरुष जतिनै ज्ञान भएकी र आथिर्क रुपमा सवल महिलालाई लड्न धेरै सजिलो भैसकेको छ, जति गार्हो र दुख हाम्रा आमाहरुलाइ थिए । यसरी सबै महिलाहरु पुरुष बराबर हुदै गए सबै महिलाको जिन्दगीमा उनीहरुकै मर्जी चल्ने छ । 

भगवानले पुरुषलाई महिलालाई भन्दा अलिक धेरै यौन–इच्छा दिए जस्तो लाग्छ मलाई । पुरुषहरु आङ्खनो बंश विस्तारका लागि आङ्खनो जवानीको सुरुवात देखि नमरिन्जेलसम्म यौनका लागि सक्षम हुन्छन् । अर्कोतर्फ महिलाहरु आङ्खनो जीवनका केहि दसकमात्रै सन्तान उत्पादन र यौनका लागि तत्पर हुन्छन् । त्यसैले महिलाहरु आङ्खनो साथी रोज्ने कुरामा पुरुषहरु भन्दा बढि चयानात्मक हुन्छन् ।

जनावरहरुमा पनि भाले–भाले बीचको लडाईबाट नै सक्षम भाले चुनिन्छ अनि तेही भालेले कयौ पोथीलाई आमा बन्नमा सहयोग गर्छ । पहिले हुने मागी बिहेमा पनि बा–आमाले सक्षम केटा खोजेर नै दिने गर्थे । भलै मान्छेमा सक्षम हुनलाई ज्ञान र अर्थले ठुलो भूमिका खेलेको हुन्छ । 

अहिलेको शिक्षित बर्गमा पनि यो प्रक्रिया चालु नै छ । अब मैले सुनेका र देखेका केहि कुराहरु लेखौ, हुनत यी बिषयहरु विवादित होलान तर पनि मलाई लेख्ने मन लग्यो । अहिले पनि महिलाहरु बिवाहपुर्ब पुरुष या केटासाथि रोज्ने क्रममा धेरैनै बिसेष हुने गर्छन् । 

धेरै महिलाहरुलाई आफु भन्दा धेरै पढेको , आफुले भन्दा धेरै कमाउने अनि आफु भन्दा सवल केटाहरुनै खोजिरहेको देखिन्छन् । यसरी केटाहरुलाई आङ्खनो कवजको रुपमा हेर्ने खोज्ने आचरण पनि अहिले महिलाको मर्जीको बाधक भनेको देखिरहेको छु मैले । आफु समान केटासाथीबाट दुख पहिरहेको छु भन्ने केटीहरुको संख्या खासै धेरै छैन् । 

आजकल शिक्षित बर्गमा धेरैका केटासाथी–केटिसाथी हुने प्रचलन बढिरहेको छ । अहिलेको प्राय सम्बन्धहरुमा दुबैको मर्जी चलेकै देख्छु । अझ केटिहरुकै नियन्त्रणमा बसिरहेको देख्छु म त । कुनै कुनै सम्बन्धहरुमा केटीहरुलाइ केटाहरुले अलि बढि नै दबाएको पनि देखिन्छ । 

जुन केटि साथी को हिड्ने खर्च, मनोरंजन खर्च, खाने खर्चका लागि केटासंग निर्भर हुन्छन, तेही उनीहरुको मर्जी कम चलेको देखिन्छ । रिसाएर, माया गरेर होस् या स्वांङ परेर होस् सधै आङ्खनो केटासाथीबाट धेरै अपेक्षा राख्ने केटीहरुले आङ्खनो ठाउ आफै सगुरो बनाइरहेका हुन्छन् ।

हरेक कुरामा बराबर हिस्सा राख्न सके कुनै केटाको पनि हेप्ने आट गर्न सक्दैन र ति केटीहरुका लागि केटाको दिलमा छुटै स्थान भएको देखेको छु मैले । सिप, ज्ञान र आथिर्क रुपमा सक्षम हुनाले नै हरेक महिलाको आङ्खनो मर्जी को सुरक्षा गर्ने छ । 

यो ब्लगमा विभिन्न कुराहरु उठाईएका छन । अहिले पनि नेपाली समाजमा एकल पुरुष र महिला दुबैले सन्तान हुर्काएको खासै देखिदैन् । सबैको समान अधिकार हो, एकल व्यक्तिले पनि सन्तान हुर्काउन र बढाउन पाउनै पर्छ । पुरुष सरह महिलालाई पनि सम्पूर्ण कुरामा समान व्यावहार हुनै पर्छ । यस्ता कुराहरु कानुनमा नभए नया कानुनहरु ल्याउने र पुराना कानुनलाई परिमार्जन गर्दै लैजानै पर्छ । तर अमेरिका होस् या जर्मनी एउटा बच्चाको कुसल बिकाशका लागि आमा–बुबा दुवैको आवस्यकता पर्छ नै । एउटा अबोध बालकले अर्को बालकलाई सोध्यो भने आमा–बाबु दुबैको नाम सोध्ने नै छ किनकि आमा र बाबु को मिलन नभई एउटा शिशुको जन्मको सम्बभ नै छैन  ।

अन्य कुराहरुमा महिलाहरुलाई समानता दिलाउनु पर्ने सम्पूर्ण नागरिकको दाइत्यो हो । प्रत्यक कुरामा बोल्न पाउने, चाहेको गर्न पाउने, जान मन लागेको ठाउ जना पाउने आदि कुरामा बाबारुपी, दाईरुपी या श्रीमानरुपी पुरुषहरुलाई औला ठडाउने अधिकार छैन् । 

बच्चाको थर चाही आमाको राख्ने या बुबाको राख्ने भन्ने कुरा खासै महत्वपुर्ण छैन् । आजकल तेस्रो थर राखेर पनि नागरिकता लिन पाइन्छ तर आमाको नाममा नागरिकता लिनलाई धेरै सहज बनाउनु पर्ने देखिन्छ् । एक तिर आङ्खनो मर्जी भन्ने अर्को तर्फ बसमा सिट माग्दै हिड्न चाही मिल्दैन् । अहिले नेपालमा प्राय बसहरुमा महिलाका सिटहरु सुरक्षित हुन्छन (धेरै सिटमा पुरुषहरु बसेको देखेको छु मैले )्र महिला हुदैमा किन सिट चहियो । 

सिट बच्चालाई, बच्चाको आमालाई, गर्भवतीलाई, अपांगलाई र वृद्धलाई हुनु पर्छ । २५ बर्सकी जवान महिलाका लागि सिट ७० बर्से बुढाले छोड्ने नियमको कुनै तर्क नै छैन । यस्ता कानुनले नै महिला लै कमजोर हुन्छन भनेर टिका लगाइदिएको छ । यदि महिलालाई दुर्वेवार हुन्छ भने तेही तेस्को उचित जवाफ दिनुहोस् कानुन र समाजले सबै महिलालाई साथ दिनेछ तर बसमा महिला सिट खोज्दै नहिड्नुहोस् ।

हिजोआज मर्जी भित्र धेरै कुरा आउछन । हरेक महिला तथा पुरुषलाइ आङ्खनो जीवनसाथी संग मानसिक तथा भौतिक रुपले सन्तुस्ट हुने अधिकार छ । यदि आङ्खनो जीवनसाथी संग खुसि हुनुहुन्न भने जीवनसाथी बदल्नोस, कानुनले पनि महिलालाई नै धेरै अधिकार दिएको छ यो मामिलामा तर एस्मा पनि महिला स्वावलम्बन ले ठुलो भूमिका खेल्ने गर्छ । 

अहिले धेरै नेपाली यूवाहरु बाहिर छन्, जसका कारण लैगिक असन्तुलन धेरै बढेको छ । महिलाले आङ्खनो मर्जी यहा गर्ने पुरुषले आङ्खनो मर्जी बाहिर गर्ने भए समाज कता जाला त्यो भन्न निकै कठिन छ । अहिले बैदेशिक रोजगारका कारणले पनि धेरै सम्बन्धहरु तुक्रिदै छन् । अब यसमा कसलाई दाष दिने भन्न निकै कठिन छ, बिदेशिएकालाई लाग्ला आफुले दुख गरेको पैसामा नेपालमा श्रीमतीले मस्ती गर्दै छिन, श्रिमती लागि कति एक्लै बस्ने कति आशा मा मात्रै बस्ने यो समस्याको समाधान कसैसंग छैन अहिले । 

जे भए पनि महिलाको इज्जत उनको यौनांगमा छैन, उनले चाहेकोसंग प्रेम गर्ने सम्भोग गर्ने उनको आङ्खनै अधिकारी हो । आफुसंग नमिल्ने भए छोडेर नया जीवन सुरु गर्न पाउने उनको नैतिक अधिकार हो । कति जना संग सम्भोग गरिन भनेर तेस्ले उनको अस्मितामा कुनै असर गर्दैन । तर हरेक मर्जी भित्र नैतिकताको बन्धन हुन्छ ।  

मानिसको जीवनमा सबै भन्दा ठुलो कुरा खुसि नै हो, खुसि भन्दा ठुलो नैतिकता पनि नहोला, तर घाटीमा मंगलसुत्र लगाएर रेमिटेन्सको पैसाले परपुरुषगमन गर्न, एउटा केटा साथी पोखरामा अर्को काठमाडौमा बनाउने एस्तो छुट चाही कुनै महिलालाई पनि नहोला र एस्तो छुट पुरुषलाई पनि छैन । धेरै आकस्मिक सम्बन्धहरु बनाउने छुट सबैलाइ हुन्छ तर यस्ता कुराहरुमा अगाडी बढ्दा कुरा स्पस्टसंग गरेर बढ्नोस  ताकी पछी कसैको दिल नटुटोस लिविंग रिलेशनमा बस्न मन छ या सिंगल मदर भएर बस्न मन छ, आट गरेर बस्नुस, कसैले पनि रोक्न सक्ने छैन । 

अहिले यस्ता कुराहरु रोपेर त हेर्नुस पछी आफै बढेर रुख बन्ने छ । अन्तिममा, गाउने, हिड्ने, मनलागेको गर्ने, प्रेम गर्ने, सम्भोग गर्ने अधिकार पुरुषलाई जति छ, महिलालाई पनि तेती नै छ । आङ्खनो परिधि भित्र रहेर आङ्खनो जिन्दगी खुसि बनाउन सबैले पाउनै पर्छ । कथम्कदाचित त्यो परिधि सगुरो लागेमा, पुरानो नाता तोडेर नया बनाउने पनि कसैले रोक्न सक्दैन् । 

तर यो सबै सम्भव हुनाकालागी महिलाहरु पनि ज्ञान, सिप, र अर्थमा पुरुष जति नै सवल हुने पर्छ । अधिकार मागेर पाइएन भने खोस्नु पर्छ, खोस्नका लागि आफु बलियो हुने पर्छ । अनि मात्र मेरो जिन्दगी मेरै मर्जी सार्थक हुने छ । घरका सबै काम आफै गरि आइ, पाका पुरुषलाई महिला सिटबाट उठाई तेही सिट मा बसेर अफिस आइ, अनि अफिसमा एसो आङ्खनो मन्द मुस्कान छरेर साइडमा बसेर पुरुषलाई आङ्खनो काम गर्न लगाएर महिला मर्जीको नारा जपेर केहि हुनेवाला छैन् ।

0 comments for "महिला र उनको मर्जी"

Leave a reply

    Popular Posts

    Blog Archive