Published On:Wednesday, December 10, 2014
Posted by dadad

अब एसएलसी दिने सबै पास !

२५ मंसिर,काठमाडौं । अब एसएलसी परीक्षामा सहभागी कोही पनि अनुतीर्ण नहुने भएका छन् ।


शिक्षामन्त्रीको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले विद्यालयबीचको अस्वस्थ प्रतिष्पर्धी उन्मुलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुुक्त पार्न एसएलसी परीक्षामा अनुतीर्ण हुने ब्यवस्था अन्त्य गरिसकेको बताए । उनका अनुसार अबदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन । गोरखापत्रमा खबर छ ।


यस्तै ब्यवस्था यसवर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिने छ ।

परिषद्को बैठकले प्रशितका आधारमा गरिदै आएको परीक्षाको मूल्यांकन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्यांकन गर्ने आधारलाई स्वीकृत गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक ढुंगेलका अनुसार ९० देखि एक सय प्रतिशत अंक ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रशित अंक ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सी’ (राम्रो) तथा २५ देखि ३९ प्रतिशत अंक ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।

0 comments for "अब एसएलसी दिने सबै पास !"

Leave a reply

    Popular Posts

    Blog Archive