Published On:Wednesday, December 10, 2014
Posted by dadad
डेटिङ बोलाएर प्रहरीमा कार्यरत प्रेमिकाको हत्या !
२५ मंसिर,नुवाकोट । नुवाकोट गणेशस्थानका एक युवाले आफूलाई धोका दिएको भन्दै प्रहरीमा कार्यरत आफ्नी प्रेमिकाको हत्या गरेका छन् ।
विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको सुनखानी गाविस २ चापाबोटमा मंगलबार राति गणेस्थान गाविस ४ फेदीबसीका २५ वर्षीय आजित ढकालले राष्ट्रिय अनुसन्धान विभाग (सिआईबी) मा कार्यरत गोराखा थालाजुङ गाविस ९ की २४ वर्षीया रिता गुरुङको हत्या गरेका हुन् ।
प्रहरीले स्थानीयबासीको सहयोगमा आजितलाई पक्राउ गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
त्रिशूली–छहरे–टोखा सडक किनारको जंगलमा लगेर युवतीले लगाएको सससले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।



