Published On:Wednesday, December 10, 2014
Posted by dadad

समस्याको चंगुलले नेकपा–माओवादी धर्मसंकटमा

२५ मंसिर,काठमाडौं । नेकपा–माओवादी विभाजन भएपछि अध्यक्ष मोहन वैद्य किरणमाथि ठूलो संगठनात्मक दबाब सिर्जना भएको छ । 

संगठन बलियो नबन्दै तथा पार्टीले अघि सारेको आन्दोलन नयाँ चरणमा प्रवेश नगर्दै युवा नेताहरुसहितको समूह हिँडेपछि उनी दबाबमा परेका छन् ।

नेतृत्वले क्रान्तिकारी पार्टी निर्माण गर्न नसकेको आरोप लगाउँदै सचिव नेत्रविक्रम चन्द विप्लव समूहले पार्टीसित सम्बन्धविच्छेद गरेको थियो । उनको संयोजकत्वमा नयाँ पार्टी नेकपा माओवादी गठन भएको छ ।

माओवादीका पूर्वनेता एवं कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले विप्लवको सम्बन्ध विच्छेदले वैद्यमाथि ठूलो राजनैतिक दबाब पैदा गरेको बताए । 

‘वैद्यजीमाथि नेतृत्व कुशलताको प्रश्न उठेको छ,पहिलो चरणमा उहाँले जानीजानी नेतृत्व प्रचण्डलाई हस्तान्तरण गरेको भन्नुभएको थियो,तर अहिले वैचारिक धरातलअनुसार नेतृत्व गर्न नसकेको भनेर विप्लवले प्रश्न उठाएपछि उहाँमाथि दबाब परेको छ,’ थापाले भने,‘अब समस्या विप्लवलाई भन्दा वैद्यलाई बढी छ,नेकपा–माओवादी गठनका सुत्राधार नै निस्केपछि अब के गर्ने भन्ने समस्या वैद्यजीलाई परेको हुनुपर्छ ।’

सेक्टरकाण्डपछि वैद्यले महामन्त्रीबाट राजिनामा दिएर प्रचण्डलाई नेतृत्व सुम्पेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "समस्याको चंगुलले नेकपा–माओवादी धर्मसंकटमा"

Leave a reply

    Popular Posts

    Blog Archive