Published On:Wednesday, December 10, 2014
Posted by dadad

कोरियामा नेपाली कामदारको तलब बढ्ने,कति तलब ?

२५ मंसिर,काठमाडौं । नेपाली कामदारको लागि आकर्षक गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ ।

दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्णयसँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् ।

दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो ।आगामी महिनादेखि वृद्दि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्युनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ ।

समितिले कोरिया सरकारलाई पत्राचार गरेर वृद्दि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ । समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्युनतम पारिश्रमीक बढाउँदै आएको छ ।

नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलव पाउने कामदारले ५ हजार ५ सय ८० तलव पाउने छन् ।त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ । 

त्यसैगरि प्रतिमहिना (४० घन्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ,आजको नागरिक दैनिकमा खबर छ ।

0 comments for "कोरियामा नेपाली कामदारको तलब बढ्ने,कति तलब ?"

Leave a reply

    Popular Posts

    Blog Archive