Published On:Sunday, December 7, 2014
Posted by Tekman Shakya
ऋणमा डुब्यो एमाओवादी, करिब एक अर्ब ऋण
२२ मंसिर,काठमाडौं । युद्धकालदेखि नै ऋणमा रहेको एमाआवादीका कमिटीहरु दुईपटकको संविधानसभा चुनावले चुर्लुम्म ऋणमा डुबेका छन् ।
शान्तिप्रक्रिया र संविधानसभा चुनावसम्म गरी एमाओवादीलाई करिब एक अर्ब ऋण लागेको छ । दुई पटक भएको संविधानसभा चुनावका लागि र कतिपय ठाउँमा निजी प्रयोजनका लागि लिएको ऋण तिर्न नसक्दा धेरै नेता तनावमा छन् ।
कतिपय नेताले ऋण तिर्न नसकेर जिल्ला आउजाउ नै घटाएका छन् । पाँचथरका पूर्वजिल्ला इञ्चार्ज तथा सभासद् श्रीप्रसाद जबेगुले चुनाव प्रचारमा गाउँ जाँदा लिएको ऋण कहिले तिर्ने भनेर साहुहरुले उल्टै हप्काएको र अदालत जानेसम्मको चेतावनी दिएको अनुभव सुनाए ।
पछिल्लो पटक संविधानसभा चुनावमा कार्यकर्तालाई खुवाएको खाना, माइक र मञ्च व्यवस्थापनको रकम एमाओवादले अझै तिर्न सकेको छैन ।
केन्द्रले जिल्लामा लिइएको ऋण स्थानीय स्तरबाटै व्यवस्थापन गर्न निर्देशन दिएको छ । तर, जिल्लाले सकेको छैन ।
सभासदहरुबाट आउने लेबी एकमात्र आम्दानीको स्रोतको रुपमा रहेको छ । एमाओवादीको मासिक आम्दानी १० लाखमात्र रहेको खबर नयाँ पत्रिकामा छ ।



