Published On:Sunday, December 7, 2014
Posted by dadad
सभासद खड्काको निधन
काठमाडौं । सवारी दुर्घटनामा गम्भिर घाइते भएका नेपाली कांग्रेस बाग्लुङका सभासद हरि खड्काको निधन भएको ।
बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा खड्काको आइतबार साँझ निधन भएको हो ।
बुधबार बाग्लुङमा भएको सवारी दुर्घटनामा परी सभासद खड्का घाइते भएका थिए ।
ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुँदा सभासद खड्कासहित चार जना घाइते भएका थिए ।
बाग्लुङ १ बाट प्रत्यक्ष निर्वाचित सभासद खड्कालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।



