Published On:Sunday, December 7, 2014
Posted by Tekman Shakya
होसियार ! फोक्सो बिगार्ने नयाँ रोग नेपालमा
मंसिर २२,काठमाडौं । नेपालमा पहिलो पटक पानीको माध्यमबाट सर्ने नयाँ रोग फेला परेको छ । एक महिनाको अवधिमा पानीको माध्यमबाट सर्ने ‘लिगिनायर्स डिजिज’ का दुई बिरामीको उपचारपछि सो तथ्य खुलेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।
काठमाडौं उपत्यकाका स्थायी बासिन्दा रहेका उनीहरुको बयोधा अस्पतालमा उपचारपछि नयाँ रोग लागेको तथ्य खुलेको महाशाखाले जनाएको छ ।
उनीहरु १० दिनको उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार सो रोग नेपालमा पहिलो पटक देखिएको हो ।
यो रोज लागेपछि अन्य सामान्य रोजजस्तै रुघाखोबी लाग्ने,उच्च ज्वरो आउने,स्वास फेर्क गाह्रो हुने,पखाला लाग्ने र अचेत हुनेजस्ता लक्षण देखिन्छन् । रुघाखोकी लागेसँगै तीन वा चार दिनमा अचेत हुने देखिए लिगिनायर्स हुने सम्भावन बढी हुने चकित्सक मरासिनीको भनाइ छ ।आजको राजधानी दैनिकमा खबर छ ।



