Published On:Sunday, December 7, 2014
Posted by Tekman Shakya

विपक्षीको २० दल मोर्चामा खटपट

मंसिर २२,काठमाडौं । एमाओवादीले अगुवाइ गरेको २० दलीय विपक्षी मोर्चामा खटपटी सुरु भएको छ । राष्ट्रिय सहमतिको सरकारको गृहकार्य भइरहेका बेला संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी नेताले गठबन्धनप्रति असन्तुष्टि जनाएका हुन् । 

गठबन्धनको साझा धारणा तय गर्न आइतबार बोलाइएको बैठकमा पाँच साना दल अनुपस्थित भए । सहभागी केही नेताले समेत मोर्चाको औचित्यमाथि प्रश्न उठाएका थिए । खासगरी साना दलहरुबीच खटपटकै कारण आइतबार सार्वजनिक गर्ने भनिएको साझा धारणासमेत रोकिएको छ । ‘संविधानसभा अन्तरबस्तुमा छलफल हुनेगरी मोर्चा बन्नुपथ्र्यो ।

त्यसविपरित सडक आन्दोलनमा जानेसम्मका कार्यक्रम बन् लागेपछि हामी नबस्ने भएका हौं,’ मोर्चामा आवद्द नेपाल परिवार दलका सभासद् एकनाथ ढकालले भने । 

मोर्चाबन्दी गरी आन्दोलनमा जाँदा माघ ८ मा संविधान जारी गर्ने काममा बाधा पुग्ने ठानी अलग भएको उनले बताए । मोर्चामा आवद्द मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित थिए ।

तर उनले सभासद् शिबजी यादवलाई पठाई पार्टीको धारणा राख्न लगाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ । 

0 comments for "विपक्षीको २० दल मोर्चामा खटपट"

Leave a reply

    Popular Posts

    Blog Archive