Published On:Sunday, December 7, 2014
Posted by dadad

पत्रकार डेकेन्द्र थापा हत्याको फैसला सुनाइयो


नेपालगन्ज, । जिल्ला अदालत दैलेखले द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्रराज थापा हत्याको  फैसला आज सुनाएको छ ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हत्यामा संलग्न र हाल थुनामा रहेका तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ता वीरबहादुर केसीलाई एक वर्ष, लक्षीराम घर्तीलाई एक वर्ष ६ महिना र निरक घर्तीलाई दुई वर्षको कैद सजायको पैmसला सुनाएको छ ।
त्यसैगरी, सर्वोच्चको आदेशपछि २०७१ साउन २१ गते साधारण तारिखमा छाडिएका हरिलाल पुन र जयबहादुर शाहीलाई जनही दुई÷दुई वर्षको कैद सजायको पैmसला सुनाइएको छ । 
 हत्या आरोप लगाइएका फरार चारजना बमबहादुर खडका (मुक्ति), बमबहादुर खड्का (तरुण), केशव खड्का र भक्तिराम लामिछानेको मुद्दा भने सो इजलासले मुल्तबीमा राखेको छ । 
पत्रकार डेकेन्द्रकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला अदालत दैलेखमा जाहेरी दर्ता गर्नु भएपछि थुनछेक आदेशअन्तर्गत २०६९ माघ १९ गते जाहेरीमा उल्लेखित नौ जनामध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो भने चार जना त्यसबेलादेखि नै फरार छन् । 
द्वन्द्वकालीन समयमा ४५ दिन बन्धक बनाई २०६१ साउन २७ गते तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले पत्रकार थापाको निर्मम तरिकाले हत्या गरी खाल्डोमा गाडेका थिए ।
गत १५ गते सोमबार वादीका तर्पmबाट जिल्ला न्यायाधिवक्ता लक्ष्मीनारायण दाहाल, अधिवक्ता बसन्त गौतम, सुरेन्द्र अधिकारी र काशीराम ढुङ्गाना तथा प्रतिवादीकातर्पmवाट एकराज भण्डारी, केदार गुरागाईं, भोजराज सुवेदी, शालिकराम सापकोटा, विष्णु खनाल र वैतनिक वकिल ललितबहादुर थापाले सो मुद्दामा बहस गरेपछि आज अदालतले पैmसला सुनाएको होे ।

0 comments for " पत्रकार डेकेन्द्र थापा हत्याको फैसला सुनाइयो "

Leave a reply

    Popular Posts

    Blog Archive