Published On:Sunday, December 7, 2014
Posted by dadad

प्रियंका चोपडा एसियाकै सबै भन्दा सेक्सी

पूर्व विश्व सुन्दरी समेत रहेकी बलिउड सुन्दरी प्रियंका चोपडा एसियाकै सबैभन्दा सेक्सी महिला घोषित भएकी छिन् ।
एक वेलायती पत्रिकाले गरेको सर्वेक्षणमा प्रियंका एसियाकै सेक्सी महिला बनेकी हुन् ।

प्रियंका र क्याट्रिना कैफबीच यो उपाधि खोस्ने होड देखिएको छ ।
यस अघि यो उपाधि क्याट्रिना कैफसँग थियो । तर त्यस अघि पनि यो सूचीको अग्रस्थानमा प्रियंका थिइन् ।
५० जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रियंकाले यो उपाधी जितेकी हुन् ।

बेलायतको साप्ताहिक पत्रिका इस्टन आइले गरेको सर्वेक्षणमा टीभी प्रस्तोता द्रष्टी धामी दोस्रो सेक्सी महिला बनेकी छिन् ।
त्यसै गरी टिभी स्टार सानिया इरानी तेश्रो स्थानमा रहेकी छिन् भने अघिल्लो वर्ष एक नम्बरमा रहेकी क्याट्रिन चौथो नम्बरमा छिन् ।

0 comments for " प्रियंका चोपडा एसियाकै सबै भन्दा सेक्सी "

Leave a reply

    Popular Posts

    Blog Archive