Published On:Thursday, December 11, 2014
Posted by Unknown

सार्वजनिक यातायातको चालक बन्न अब १० कक्षा पास र कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने

२६ मंसिर, काठमाडौं । सार्वजनिक यातायातको चालक बन्न अब १० कक्षा पास र कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने भएको छ । 

देशमा दुर्घटना बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातको चालकसम्बन्धी छुट्टै नियमावली ल्याएको हो ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सार्वजनिक सवारीचालकसम्बन्धी नियमावली ०७१ पारित गरेको छ । 

नियमावलीमा सार्वजनिक यातायातका चालक हुन अनिवार्य १० पास गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

६० वर्ष उमेर नाघेका व्यक्तिले सार्वजनिक यातायात चलाउन नपाउने व्यवस्था रहेको नयाँ पत्रिकामा खबर छ ।

नियमावली राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ । सार्वजनिक यातायातको चालक हुन सडकपरीक्षा पनि दिनुपर्ने प्रावधान छ । सडकमा कम्तीमा तीन किलोमिटर ट्रायलका रुपमा चलाउनुपर्ने प्रावधान नियमावलीमा छ ।

सार्वजनिक यातायात अन्तर्गत यात्रु बोक्ने बस, माइक्रो, ट्याक्सीलगायत कालो नम्बर प्लेटका सवारीसाधन पर्छन । अन्य चालकहरुका लागि भने पुरानै प्रावधानअनुसार लाइसेन्स दिइन्छ ।

0 comments for "सार्वजनिक यातायातको चालक बन्न अब १० कक्षा पास र कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने "

Leave a reply

    Popular Posts

    Blog Archive