Published On:Thursday, December 11, 2014
Posted by dadad

बेलायत पठाउने भन्दै ३३ लाख ठगी

२६ मंसिर,काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै एक दलालले एकै व्यक्तिसँग ३३ लाख रूपयाँ असुल गरेको छ । 


म्याग्दी तुलसीकुमारी चेचाङ्गीले म्याग्दीकै एजेन्ट गिरबहादुर पुन विरूद्द वैदेशिक रोजगारीमा ठगी गरेको मुद्दा दायर गरेपछि यति ठूलो रकम ठगी गरेको खुलासा भएको हो। 


पीडित चेचाङ्गीले एजेन्ट पुनबाट रकम असुल गरी फिर्ता गर्न र हदैसम्मको कारबाही गरी पाँउ भनेर विभागमा उजूरी गरेकी छन् । रकम असुल गरेर पुनले डेढ वर्षदेखि चेचाङ्गीलाई झुलाउँदै आएका थिए । कारोबार दैनिकमा खबर छ ।

0 comments for "बेलायत पठाउने भन्दै ३३ लाख ठगी"

Leave a reply

    Popular Posts

    Blog Archive