Published On:Thursday, December 11, 2014
Posted by dadad
बर्षाको जीवनमा अनिलले ल्याए खुशी
काठमाडौं । गायिका नम्रता काफ्ले (खरेल) को पहिलो गीति एल्बम ‘नम्रता’मा समाबेश ‘तिमि छौ’ र ‘जीवन’ गीतको भिडियो शूटिंग सम्पन्न भएको छ ।
गीतकार किरण खरेलको शब्दमा तयार भएको यो एल्बममा हरि लम्साल र दिपक शर्माको सुमधुर संगीत रहेको छ ।
भिडियोमा वर्षा राउत र अनिल थापालाई पहिलो पटक स्क्रीनमा उतार्ने प्रयास निर्देशक बिधान कार्कीले गरेका छन् ।
भिडियोमा माया प्रेमलाई जबर्जस्त प्रस्तुत गरिएको छ । भिडियोको सम्पादन कार्य भैरहेको छ ।
आउदो हप्तामा नै यसलाई दर्शकमाझ ल्याइने भएको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका छन् । बिधान र ज्ञानेन्द्रको जोडी यो भन्दा अघिनै हिट भैसकेको छ ।
भिडियोलाई कलरफुल बनाउन कुनै कसर बाँकी नराखेको निर्देसक कार्कीले बताए । भिडियो थानकोट र सितपाइलामा छायाकाँन गरिएको हो ।




