Published On:Thursday, December 11, 2014
Posted by dadad

पढ्नका लागि माइक्रोस्कोप चाहिने विश्वकै सबैभन्दा सानो बाईबल बन्यो

इजरायलको जेरुसेलममा नानो बाइबल कम्पनीले ५ मिलिमिटर अर्थात् ०.२ इनच लामो इसाइ ग्रन्थ बाइबल तयार गरेको हो । यो बविश्वकै सबैभन्दा सानो बाइबल हो ।

इसाइहरुको धर्मग्रन्थ बाइबलका सबै अक्षरहरु लेखिएको सुक्ष्म बाइबल घाँटीको मालामा झुण्डाउन सकिन्छ ।


घडिको भित्रपट्टी लगाउन पनि सकिन्छ । साथैँ औलामा समेत बेर्न सकिन्छ ।

बाइबल ल्याटिन भाषामा लेखिएको यो बाइबलको हालै उत्तरी इजरायलमा आयोजित एक समारोहमा प्रदर्शन गरियो । 

कम्पनीले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा यो बाइबललाई सबैभन्दा सानो बाइबलको रुपमा दर्ता गराउन औपचारिक दाबी पेश गरेपछि गिनिज बुकले अझै मान्यता दिइसकेको भने छैन ।
सुरुमा नानो बाइबलका २७ प्रति प्रकाशन गरिएको छ । 

बाइबलको पानाको रुपमा रहेका हरेक चिप सिलिकन वाफरबाट बनेको छ । हरेक अक्षरको चौडाइ ०.१८ माइक्रोन रहेको छ ।

विश्वमा अहिलेसम्म सबैभन्दा सानो बाइबलको रुपमा भारतमा बनेको १.१ इन्च लामो, १.३ इन्च चौडा तथा ०.३९ इन्च मोटाइको बाइबलले गिनिज बुकमा दर्ता गरेको छ ।

0 comments for "पढ्नका लागि माइक्रोस्कोप चाहिने विश्वकै सबैभन्दा सानो बाईबल बन्यो"

Leave a reply

    Popular Posts

    Blog Archive