Published On:Thursday, December 11, 2014
Posted by dadad

१८ वटा जनसंगठनका नेता बैद्य छाडेर विप्लवतिर

काठमाडौं । बिप्लव नेतृत्वको नेकपा माओवादी चितवनले जिल्लाका बिभिन्न १८ वटा जनवर्गिय संगठनले आफ्नो पार्टीलाई समर्थन गरेको जनाएको छ ।

भरतपुरमा बिहीवार पत्रकार सम्मेलन गरी पार्टीका जिल्ला सेक्रेटरी गुणराज लोहोनीले बिप्लवको नेतृत्वमा पुनरगठित पार्टीमा सहभागी हुने र समर्थन गर्नेको संख्या उत्साहजनक रहेको दावी गरे ।

केन्द्रिय सदस्य समेत रहेका लोहोनीले आगामी पुष ११ गते काठमाण्डौमा युवा मार्च प्रदर्शन गरिने जानकारी दिए ।


पत्रकार सम्मेलनमा १८ वटा जनवर्गिय संगठनका जिल्ला अध्यक्ष एवम् प्रतिनिधीहरुले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ती बितरण गरिएको थियो । बिज्ञप्तीमा प्रचण्ड, बाबुराम र बैद्यले संघर्षलाई अगाडी बढाउन नसकेकाले बिप्लव नेतृत्वको माओवादीलाई समर्थन गरिएको जनाइएको छ ।

हस्ताक्षर गर्नेहरुमा राष्ट्रिय जनस्वयम्सेवक् चितवनका अध्यक्ष किरण पोखरेल, अनेरास्ववियु क्रान्तिकारी चितवनका संयोजक सरोज भण्डारी, क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष नवराज ढकाल लगायतका रहेका छन् ।

नेपालका कम्युनिष्ट पाटी हरुले जनबादि क्रान्ति पुरा गर्ने सम्भावना नरहेपछि जनतन्त्र जनजिबिका र राष्टियता मजबुत बनाउन आफुहरु बिप्लपको नेत्रित्वमा जनबादि क्रान्ति पुरा गर्ने अठोठका साथ नया पाटिमा समाहित भएको राष्टिय युवा जनस्वयमसेवक जिल्ला अध्यक्ष किरण पोख्रेल केशवले बताए ।

0 comments for "१८ वटा जनसंगठनका नेता बैद्य छाडेर विप्लवतिर"

Leave a reply

    Popular Posts

    Blog Archive